Thursday, April 28, 2016
Monday, April 25, 2016
अधिकार प्रत्यायोजन र अधिकार निक्षेपणमा भिन्नता
अधिकार प्रत्यायोजन र अधिकार निक्षेपण सङ्गठनका आधारभूत सिद्धान्त हुन् ।
यी विकेन्द्रीकरणका रुप पनि हुन् । यी बीच विविध भिन्नता छ । जसलाई
निम्नानुसार देखाउन सकिनछ ः
अधिकार प्रत्यायोजन
१. माथिल्लो निकाय वा पदाधिकारीले आफूमा भएको केही प्रशासनिक अधिकार तल्लो निकाय वा पदाधिकारीलाई हस्तान्तरण गर्ने कार्यलाई अधिकार प्रत्यायोजन भनिन्छ । यो प्रशासनिक निर्णय हो ।
२. माथिल्लो निकाय वा पदाधिकारी स्वयंको कार्यबोझ कम गर्नु, मातहतका कर्मचारीलाई जिम्मेवार बनाउनु तथा सेवा प्रवाहलाई छिटोछरितो बनाउनु यसके उद्देश्य हो ।
अधिकार प्रत्यायोजन
१. माथिल्लो निकाय वा पदाधिकारीले आफूमा भएको केही प्रशासनिक अधिकार तल्लो निकाय वा पदाधिकारीलाई हस्तान्तरण गर्ने कार्यलाई अधिकार प्रत्यायोजन भनिन्छ । यो प्रशासनिक निर्णय हो ।
२. माथिल्लो निकाय वा पदाधिकारी स्वयंको कार्यबोझ कम गर्नु, मातहतका कर्मचारीलाई जिम्मेवार बनाउनु तथा सेवा प्रवाहलाई छिटोछरितो बनाउनु यसके उद्देश्य हो ।
शक्ति पृथकीकरण
राज्य संयन्त्रको शक्ति प्रयोग गर्ने अङ्गहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अलग अलग रहने, यी अङ्गवीच शक्ति र अधिारको बाँडफाँड हुने, यी अङ्गले आ–आफ्नो शक्ति र अधिकार आ–आफ्नो सीमाभित्र रही स्वतन्त्रतापूर्वक प्रयोग सिद्धान्तलाई शक्ति पृथकीकरण भनिन्छ । यो शक्तिको विभाजन हो । यो लोकतान्त्रिक पद्दतिको आधारशिला हो । यसले निरङ्कुशता र स्वेच्छाचारिताको अन्त्य गरौं नागरिक स्वतन्त्रताको रक्षा गर्दछ । यो अवधारण सन् १७४८ मा फ्रान्सका दार्शनिक मन्टेस्क्यूले प्रतिपादन गरेका हुन ।केही बस्तुगत प्रश्नोत्तरः खरिदार बिषेश
१. विश्व स्काउट सङ्गठनद्वारा प्रदान गरिएको ब्रोन्ज बल्फ अवार्ड बाट सम्मनित
हुने नेपाली को हुन् ?
- श्रीराम लामिछाने (नेपाल स्काउटका सल्लाहकार
तथा पूर्वप्रमुख आयुक्त सन् १९३५ मा स्थापना गरिएको सो पुरस्कार पाउने लामिछाने
पहिलो नेपाली हुन् ।)
२. हाल नेपालसँग हवाई
सेवा सम्झौता भएका राष्ट्र सङ्ख्या कति पुगेको छ ?
- २८ (३७ औं राष्ट्रः भियतनाम र
३८ औं राष्ट्रः न्युजिल्याण्ड)
३. साउथ एसियन
फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) द्वार प्रदान गरिएके सर्टिफिकेट अफ मेरिट्सबाट सम्मानित
हुने बीमा कम्पनी कुन हो ?
- एलएलजी
इन्स्योरेन्स
Thursday, April 21, 2016
२०७३ साल बैशाख ८ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोत्तर
१. विश्व बैङ्कद्वारा सन् २०१६ अप्रिल ११ मा
प्रकाशित सार्वजनिक प्रतिवेदन अनुसार सने २०१७ मा दक्षिण एसियाको आर्थिक बृद्धिदर
कति हुने अनुमान छ ?
– ७.३ प्रतिशत
२. २०७२ को पारिजात सिर्जना सम्मानबाट सम्मानित
हुने स्रष्टा को हुने ?
– साहित्यकार तथा साहित्य पत्रकार मोहन दुलाल
३. हेनरी ड्युना कुन संस्थाका संस्थापक हुन ?
– रेडक्रस
४. BIMSTEC-Bay of Bengal
Initiative for Multi-Sectoral and economic co–operation मा हाल कति सदस्य राष्ट्र रहेका छन् ?
– ७ (नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड)
५. जर्नल अफ एजुकेसन लिडरसिपको इमरन्ड इएफएमडी २०१५
सर्वोत्कृष्ट अवार्ड अन्तर्गत मस्ट कमन्डेयल अवार्ड बाट सम्मानित हुने नेपाली को
हुन् ?
– काठमाण्डौं विश्वविद्यालयका उपप्राध्यापक प्रकाशचन्द्र भट्टराई
६. नेपालमा बर्सेनि नयाँ बर्षको पहिलो
सप्ताहलाई बन्यजन्तु सप्ताहका रुपमा
कहिलेदेखि मनाउँदै आइएको हो ?
– वि.सं. २०५३ (वि.सं. २०७३ बैशाख पहिलो साता बन्यजन्तुको भविष्य हाम्रो हातमा
भन्ने नाराका साथ २१ औं बन्यजन्तु सप्ताह मनाइएको ।)
७. सरकारको कानुनी सल्लाहकार महान्याधिवक्तामा को नियुक्त भएका छन् ?
– हरि फुयाँल









