Wednesday, February 25, 2015

नेपालमा के- कस्तो किसिमको हावापानी पाइन्छ ? भौगोलिक बनोटका आधारमा लेख्नुहोस् ।


      नेपालमा भौगोलिक बनोटका आधारमा पाँच किसिमको हावापानी पाइन्छ । जसलाई निम्न अनुसार लेख्न सकिन्छः-
१) उपोष्ण मनसुनी हावापानी (Sub-tropical Monsoon Climate) :  समुद्र सतहदेखि करीव १२०० मिटरसम्मको उचाइमा पर्ने तराई‚ भावर‚ दुन‚ भित्रि मधेश‚ टार आदि भागमा यो जलबायु पाइन्छ । यस हावापानीमा गर्मीमा १५ डिग्री से. देखि ४० डिग्री से. सम्म तापक्रम हुन्छ । बर्षायायमा २०० सेन्टिमिटर भन्दा बढी बर्षा हुन्छ ।
२) न्यानो समशितोष्ण मौसमी हावापानी (Warm Temperate Monsoon Climate) : यस प्रकारको जलवायु चुरे पर्वतको माथिल्लो भाथ महाभारत क्षेत्रमा पाइन्छ । समुद्र सतहदेखी १२०० देखी २१०० मिटर सम्मको उचाइँमा रहने यस क्षेत्रमा गर्मीमा २४ डिग्री से. देखी ३० डिग्री से. सम्म तापमान हुन्छ । बर्षामा १२५ सेन्टिमिटरसम्म वर्षा हुन्छ ।
३) ठण्डा समशितोष्ण हावापानी (Cold Temperate Climate) : यस प्रकारको हावापानी महाभारतको उच्च भाग र हिमालको तल्लो भाग २१०० देखी ३३०० मिटरसम्मको उचाइँमा पाइन्छ । यस क्षेत्रमा तापक्रम गर्मीमा १५ देखी २० डिग्री से. तथा बर्षा १०० सेमीभन्दा कम हुन्छ । भने हिउँदमा तापक्रम शुन्य डीग्रीसम्म हुन्छ ।
४) लेकाली हावापानी (Alpine Climate) :  हिमरेखामुनिको भाग र भित्री हिमालयमा ३३०० मिटर भन्दा माथि र ५००० मिटरभन्दा तलको हावापानी हुने यस जलवायुमा बैशाख जेठमा १० देखी १५ डिग्री से. सम्म तापक्रम पुग्छ र वर्षा भर वर्षभरीमा करिव ४० सेमी सम्म हुन्छ ।

५) हिमाली हावापानी (Himalayan Climate) :  यस प्रकारको हावापानी हिमरेखाभन्दा माथि हुन्छ । यहाँ वर्षभरी नै हिउँले ढाकेको हुन्छ । ५००० मिटरभन्दा माथि यस प्रकारको हावापानी पाइन्छ । 

नागरिक समाजका दायित्व के-के हुन् ? उल्लेख गर्नुहोस् ।


      सरकारभन्दा बाहिर रहने गैरराजनीतिक‚ गैरमुनाफामुखी स्वयंसेवी संस्था नागरिक समाज हो । सरकारको नागरिकप्रति जुन दायित्व रहन्छ‚ त्यस्तै दायित्व नागरिक समाजको नहुन सक्छ किनकि नागरिक समाज सरकारमा नरहने संस्था हो  । तर पनि मुलुको हितका लागि नागरिक समाजको निश्चित दायित्व हुने गर्दछ । जसलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छः
Þ     नागरिकका हक अधिकार सुनिश्चित गर्ने‚
Þ     लोकतान्त्रिक पद्धतिको विकासमा आवश्यक भूमिका निर्वाह गर्ने‚
Þ     सरकारलाई जनताप्रति उत्तरदायी बनाउने‚
Þ     व्यक्तिगत‚ संस्थागत एवं दलगत स्वार्थभन्दा माथि उठेर विशेष गरी पिछडिएको वर्ग‚ क्षेत्र‚ लिंगहरुको बारे बुलन्द आवाज उठाउने‚

बेरोजगारी भनेको के हो ? नेपालमा बेरोजगारी बढ्नुका कारण के के हुन् ? लेख्नुहोस् ।


      जीवन निर्वाहका लागि गरिने काम‚ इलम‚ पेशा वा व्यवसायलाई रोजगारी भनिन्छ । यही रोजगारी नभएको अवस्थालाई बेरोजगारी भनिन्छ । व्यक्तिले जव कुनै पेशा‚ काम‚ इलम वा व्यवसाय गर्दैन वा पाउँदैन तब व्यक्ति बेरोजगार हुन पुग्दछ । नेपालमा बेरोजगारी एउटा प्रमुख समस्याको रुपमा रहेको छ । हाल नेपालमा प्रतिबर्ष चार लाख भन्दा बढी व्यक्ति श्रम बजारमा प्रवेश गर्दछन् तर रोजगारी बृद्धिदर करीब ३ प्रतिशत मात्र छ । बाँकी सबै बेरोजगार हुन्छन् । अहिले मुलुकमा २३.८ प्रतिशत गरीबी छ । ७० लाख ब्यक्ति गरीबीको रेखामुनी छन् । यो सबै बेरोजगारीको उपज हो ।
नेपालमा बेरोजगारी बढ्नुका कारणहरु
      व्यक्तिमा काम गर्ने सीप‚ काम गर्ने जाँगर‚ लागानी गर्ने पुँजी र मुलुकमा लागानीका लागी उपयुक्त वातावरण एवं रोजगारीका अन्य अवसर पर्याप्त छैनन् भने व्यक्ति बेरोजगार हुन्छ । नेपालमा बेरोजगारी बढ्नुको मूलभूत कारण यही हो ।
      समग्रमा नेपालमा बेरोजगारी बढ्नुका कारणलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छः
Þ     काम सानो ठुलो जेसुकै होस् काम गर्नुपर्दछ भन्ने मान्यतामा कही हुनु‚
Þ     सरकारी क्षेत्र र निजी क्षेत्रले दुबैले पर्याप्त रोजगारी दिन नसक्नु‚
Þ     भौतिक पूर्वाधारको विकासले गति लिन नसक्नु‚
Þ     पेशा‚ इलम‚ व्यवसाय गर्नका लागि व्यक्तिमा व्यवसायीक सीपको कमी हुनु‚
Þ     मुलुकमा लागानी अनुकूल वातावरण हुन नसक्दा स्वदेशी र विदेशी दुबै लगानी बढ्न नसक्नु‚
Þ     रोजगारीका क्षेत्रहरु जस्तैः उद्योग‚व्यापार‚ पर्यटन‚ कृषि‚ निर्माण आदि फस्टाउन नसक्नु‚
Þ     राष्ट्रिय तथा अन्तराष्ट्रिय मागअनुरुपको व्यावसायिक सीप विकास तालिमको कमि हुनु‚
Þ     अन्तर्राष्ट्रिय श्रम बजारको मागअनुरुपको सीपयुक्त दक्ष जनशक्ति आपूर्ति गर्ने क्षमताको अभाव हुनु‚
Þ     दक्ष जनशक्तिको अभावमा वैदेशिक रोजगारीबाट पर्याप्त फाइदा लिन नसक्नु‚
Þ     मुलुकमा आर्थिक क्रियाकलाप बढ्न नसक्नु‚

Þ     सरकार र निजी क्षेत्रविच रोजगारी सिर्जना गर्ने सम्बन्धमा समन्वयको अभाग हुनु‚ स्पष्ट नीतिको कमी हुनु । 

२०७१ फागुन १३ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत / छोटा प्रश्नोत्तर


१. बाशु शशी स्मृति पुरस्कार-२०७१ बाट सम्मानित हुने स्रस्टा को हुन् ?
- कणाद महर्षि (बासु शशी स्मृति अभिनन्दन-२०७१ बरिष्ठ आख्यानकार परशु प्रधानलाई प्रदान गरिएको)
२. युनिभर्सल पिस फेडेरेसन सहितका संस्थाहरुको संयुक्त आयोजनामा राजधानी काठमाण्डौंमा दुईदिने अन्तर्राष्ट्रिय लिडरसिप सम्मेलन कहिले सम्पन्न भयो ?
- वि.सं. २०७१ फागुन ८-९
३. अप्ठेरो अवस्थाले मानिसलाई असाधारण भविष्यका लागि तयार गर्छ – भन्ने विचारक को हुन् ?
- सी.एल. लुइस
४. आठ बर्षकै उमेरमा फिल्म निर्देशन गरी विश्वकै कान्छो निर्देशनका रुपमा गिनिज बुकमा नाम लेखाउन सफल बाल निर्देशक को हुन् ?
- सौगात विष्ट
५. सरकारले नयाँ तालिम नीति- २०७१ मार्फत कुन तहका निजामती कर्मचारीलाई नियुक्तिलगतै र हरेक ३/३ बर्षमा एक पटक अनिवार्य तालिमको व्यवस्था गरेको छ ?
- सबै तहका कर्मचारी
६. नेपाली मुद्राको इतिहासमा सर्वप्रथम कागजी नोट कहिले निश्कासन भएको थियो ?
- वि.सं. २००२ असोज १

Sunday, February 22, 2015

जैविक विविधता भनेको के हो ? यो कति प्रकारको हुन्छ ? छोटो परिचय दिनुहोस् ।


      जैविक भन्नाले जीवहरुसम्बन्धी बुझिन्छ । यसमा प्राणी र वनस्पति पर्दछन् । विविधता भनेको भिन्नता‚ फरकपन वा किसिम हो । जीवित प्राणी र वनस्पतिवीचको भिन्नता‚ किसिम एवं फरकपनलाई जैविक विविधता भनिन्छ । जैविक विविधताले संसारका सबै क्षेत्र जस्तैः जल‚ स्थल‚ समुन्द्र तथा सिमसारमा रहेका सबै जीवित प्राणी तथा वनस्पतिवीच पाइने फरकपन‚ प्रकार तथा तिनिहरुवीचको अन्तरसम्बन्ध एमं साँयोजनसमेतलाई जनाउँछ । कुनै एक स्थानको वन क्षेत्रमा वनस्पति‚ पशुपंक्षी र अन्य जी रहेका हुन्छन् । यो जैविक विविधता हो । वन नासिएमा वा आगो लागेमा अरु जीवहरुलाई असर गर्दछ । यो तिनिहरु वीचको अन्तरसम्बन्ध हो ।
जैविक विविधताका प्रकार:
जैविक विविधता निम्न ३ प्रकारको हुन्छः
१. पारिस्थिक प्रणाली विविधता (Ecosystem Diversity) :
      जीवजन्तुहरुको वासस्थानलाई पारिस्थितिक प्रणाली विविधता भनिन्छ । यसले जीवजन्तुहरु र तिनीहरको वातावरणसँगको अन्तरसम्बन्ध समेतलाई जनाउँछ । वनजंगल‚ घाँसे मैदान‚ सिमसार‚ पोखरी‚ खोलानाला‚ समुद्र आदि यसका उदाहरण हुन् ।
२. प्रजाति विविधता (Species Diversity) :
      प्राणीहरुको विविधता र वनस्पतिहरुको विविधतालाई प्रजाति विविधता भनिन्छ । विश्वमा रहेका प्राणी र वनस्पतिहरुको फरकपन नै प्रजाति विविधता हो ।
३. बंशानुगत विविधत (Genetic Diversity) :

       प्राणी एमव वनस्पतिको आफ्नै समूहभित्र देखिने फरकपनलाई बंशानुगत विविधता भनिन्छ । बाबुआमाबा गुणहरु छोराछोरीमा भए पनि छोराछोरीको बाबुआमाभन्दा फरक हुन्छन्‚ यो नै वंशानुगत विविधता हो । 

नेपालमा लागू गरिएका योजनाको नाम लेख्नुहोस् ।

नेपालमा वि.सं. २०१३ सालदेखी योजनाबद्ध विकासक्रम प्रारम्भ भएको हो । त्यसदेखी हालसम्म १२ वटा योजना लागू भइसकेका छन् । तेह्रौ योजना कार्यान्यनको अवस्थामा छ । नेपालमा लागू गरिएका आवधिक योजनाहरु निम्नानुसार छनः

स्थानिय सरकार भनेको के हो ? स्थानिय सरकारको आवश्यकता किन पर्दछ ? लेख्नुहोस् ।


      स्थानीय क्षेत्रको शान्तिसुरक्षा‚ विकास एवं प्रशासन स्थानीय क्षेत्रकै  निर्वाचन प्रतिनिधिद्वारा सञ्चालन गर्ने सरकारलाई स्थानीय सरकार भनिन्छ । स्थानियक सरकार स्थानीय संस्थाबाट गरिने शासन हो‚ जसमा जनताबाट निर्वाचित प्रतिनिधि हुन्छन् । केन्द्रीय सरकारको सामान्य नियन्त्रण र निर्देशन भए पनि तोकिएको विषयमा आफ्नो क्षेत्रभित्र स्थानीय सरकारको पूर्ण अधिकार र उत्तरदायित्व हुने गर्दछ । केन्द्रीय सरकारले समग्र देश र स्थानीय सरकारवीच समन्वय र नियन्त्रण गर्दछ भने स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र समन्वय र नियन्त्रण गर्दछ । एउटा देशमा केन्द्रीय सरकार एउटा मात्र हुन्छ भने स्थानीय सरकार एकभन्दा बढी हुने गर्दछ । नेपालमा गा.वि.स.‚ नगरपालिका र जि.वि.स. लाई स्थानीय सरकारका रुपमा लिने गरिन्छ ।
स्थानिय सरकारको आवश्यकता
Þ     स्थानीयस्तरमा जनचाहना अनुरुपका आवश्यकता पूर्ति गर्न‚
Þ     स्थानीय नेतृत्वको विकास गर्न‚
Þ     स्थानीय तहमा छरिएर रहेको शक्तिलाई एकीकृत गरी परिचालन गर्न‚
Þ     स्थानीय साधन स्रोत‚ सीप‚ प्रविधि‚ क्षमता एमं अनुभवको अधिकतम परिचालन गर्न‚
Þ     लोकतन्त्रको स्थानीयस्तरदेखी नै संस्थागत विकास गर्न‚
Þ     स्थानीय जनतामा राजनीतिको व्यवहारीक ज्ञान बृद्धि गर्न‚
Þ     स्थानीयस्तरको योजना व्यवस्थापन (योजना पहिचान‚ तर्जुमा‚ कार्यान्वयन‚ अनुगमन‚ प्रतिफल बाँडफाँड) मा स्थानीय निकायलाई नै जिम्मेवार र जवाफदेही बनाउन‚
Þ     शासन व्यवस्थापनमा जनताको सहभागिता प्रवर्द्धन गर्न‚
Þ     जनतालाई स्थानीय स्तरमा नै सेवा सुविधा उपलब्ध गराउन‚

Þ     स्थानीय तहबाट नै शुशासनको स्थापना गर्न । 

Saturday, February 21, 2015

नेतृत्व भनेको के हो ? नेतृत्वका कार्यहरु उल्लेख गर्नुहोस् ।


      साहूहिक उद्देश्य प्राप्तिका लागि व्यक्ति अथवा समूहका क्रियाकलापलाई प्रभावित पार्ने कार्यलाई नेतृत्व भनिन्छ । यो जुनसुकै परिस्थितिमा अरुहरुको प्रवृत्ति र बानी ब्यहोरालाई एउटा आकारमा ल्याउने प्रक्रिया पनि हो । निर्णय क्षमता‚ इच्छाशक्ति‚ सही र गलत छुट्टाउन सक्ने खुवी‚ विषयबस्तुको राम्रो ज्ञान‚ परिस्थिति अनुरुप आफ्नो कार्यनीति र कार्यशैलीमा परिवर्तन गर्ने लचकता‚ सच्चरित्रता‚ केही गर्नुपर्दछ भन्ने उत्साह‚ आत्मबिश्वास‚ स्वत्याग‚ निष्पक्षता‚ धैर्यता आदि असल नेतृत्वका गुण हुन् । नेता‚ कार्यकर्ता एवं परिस्थिति नेतृत्वमा प्रमुख तत्व हुन् । प्रजातान्त्रिक शैली‚ निरंकुश शैली‚ स्वतन्त्र शैली‚ नोकरशाही शैली आदि नेतृत्व शैली हुन् ।

Wednesday, February 18, 2015

आकस्मिक लाभ भनेको के हो ? यसमा कति प्रतिशत कर लाग्छ ?



      व्यक्तिको रोजगारी‚ व्यवसाय र लगानीसँग प्रत्यक्ष सम्बन्धित नरहेको अनपेक्षित आयलाई आकस्मिक लाभ भनिन्छ । यो पूर्वअनुमान नगरिएको आय हो । यो लगानीविनाको आकस्मिक आम्दानी हो । उपहार‚ चिठ्ठा‚ पुरस्कार‚ बक्सिस‚ जितौरी तथा अन्य कुनै पनि आकस्मिक रुपमा प्राप्त हुने लाभ आकस्मिक लाभ हुन् । आयकर ऐन‚ २०५८ ले आकस्मिक लाभलाई आयको स्रोतका रुपमा लिई आकस्मिक लाभमा २५ प्रतिशत कर लाग्ने व्यवस्था गरेको छ । आकस्मिक लाभको रकम भुक्तानी गर्दा भुक्तानी रकममा २५ प्रतिशत कर अग्रिम कटाएर बाँकी रकम मात्र भुक्तानी गर्नुपर्दछ

२०७१ फागुन ६ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत / छोटा प्रश्नोत्तर


१. राष्ट्रिय कविता महोत्सव-२०७१ मा प्रथम स्थान हासिल गर्न सफल हुने कवि को हुन् ?
- एकल यात्री
२.२०७१ माघ २९ गतेको मन्त्रीपरिषद् बैठकले सरसफाइ दुतका रुपमा कसालाई नियुक्त गरेको छ ?
- सीताराम कट्टेल र कुञ्जना घिमिरे
३. चार सय ५० मेगावाट क्षमताको नलसिंहगाड जलबिद्युत आयोगना कहाँ पर्दछ ?
- जाजरकोट
४.सूचना प्रविधि सुरक्षण आकस्मिक पहूँच समूह (Information Technology Security Emergency Response Team Nepal-ITSERT) को आयोजनामा नेपालमा पहिलपटक साइबर सुरक्षा तथा साइबरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कहिले हुने भएको छ ?
- वि.सं. २०७१ फागुन ७-९
५. डिजिटल केवल प्दायक सिम टिभी ले इन्टरनेट चलाउन र टेलिभिजन हेर्न मिल्ने डिजिटल केवल सेवा औपचारीक रुपमा कहिलेदेखी शुरु गरेको छ ?
- वि.सं. २०७१ माघ २५
६. नेपाल वायुसेवा निगमले फ्रान्सेली विमान निर्माण कम्पनी एयरबससँग खरिद गरेको सगरमाथा कहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरित भयो ?
- वि.सं. २०७१ माघ २५
७. नेपाल व्यवस्थापन संघ (म्यान) द्वारा हरेक वर्ष प्रदान गरिने प्रतिष्ठित पुरस्कार म्यानेजर अफ दि इयर-२०१४ बाट सम्मानित हुने व्यवस्थापक को हुन् ?
- विजय बहादुर शाह
८. नेपाल खेलकूद महासंघको आयोजनामा काठमाण्डौंमा पहिलोपटक नेपाल इन्टरनेशलन स्पोर्टस् फिल्म फेस्टिबल कहिले सञ्चालन हुने भएको छ ?
- वि.सं. २०७१ फागुन १५-१६

Tuesday, February 17, 2015

१०० भन्दा बढी बस्तुगत प्रश्नोत्तरहरु


१. रातो मच्छिन्द्रनाथको भोटो जात्रा हेर्ने पहिलो लिच्छवि राजा को हन् ?
वरदेव
२. राजा रणबहादुर शाहको हत्या सौतेनी भाइ शेरबहादुर शाहद्वारा कहिले गरिएको थियो ?
वि.सं. १८६३ बैशाख १४ (शेरबहादुर शाहलाई तत्काल जङ्बहादुरका बाबु लनरसिंह कुँवरले छप्काएका थिए)
३. पहिलो विश्वयुद्धमा बेलायती सेनामा खटिएका र अङ्गभङ्ग भई फर्केका सैनिकलाई बार्षिक रुपमा निश्चित रकम दिने परम्परा कुन राणा प्रमले बसालेका हुन् ?
चन्द्र शमशेर
४. कुन राणा प्रमले सैनिक द्रव्यकोषको स्थापना गरी तोकिएको वर्ष सेवा पुरा गरेका जंगीतर्फका अफिसरहरुका लागि सैनिक द्रव्यकोषको व्यवस्था मिलाई नोकरी छुटेपछि एकमुष्ट रुपियाँ पाउने व्यवस्था मिलाएको थियो ?
जुद्ध शमशेर
५. नेपाल सरकार मन्त्रिपरिषद्को कहिलेको निर्णयबाट कौशी तोषाखाना कार्यालयको नाम परिवर्तन गरी निवृत्तिभरण व्यवस्था कार्यालय कायम गरिएको छ ?
वि.सं. २०६९ श्रावण १२
६. वि.सं. १३१० मा गएको भूकम्पमा परेर मर्ने मल्ल राजा को हुन् ?
अभय मल्ल (यिनी पहिलो मल्ल राजा अरि मल्लका छोरा थिए)
७. कर्मचारीलाई निवृत्तिभरण (पेन्सन) दिने प्रचलन विश्वमा सर्वप्रथम सन् १८८३ मा कुन देशबाट प्रारम्भ भएको हो ?
जर्मनी
८. रोमन राम्राज्यका पहिलो सम्राट को हुन् जो ४० वर्षे लामो शासकका रुपमा रहेका थिए ?
अगस्टस्
९. विश्वविख्यात योद्धा अलेकजेण्डर द ग्रेटकी पत्नीको नाम के थियो ?
रोक्सना
१०. सन् १४९२ मा अमेरिका पत्ता लगाउने भौगोलिकवेत्ता क्रिस्टोफर कोलम्बसको जन्म कुन देशमा भएको थियो ?
इटली (इटलीको गेनोआमामा, अमेरिका पत्ता लगाउँदा उनी ४१ वर्षका थिए)
. सर्बप्रथम रास्ट्रीय झन्डा प्रयोग गर्ने देश कुन हो?
-
डेनमार्क
१२. सनिबार नेपाल ले जस्तै बिदा दिने देस कुन हो?
-
इजरायल

Sunday, February 15, 2015

६० भन्दा बढी बस्तुगत प्रश्नोत्तर


१.  ब्रजिलमा सन् २०१४ जुन १२ देखि जुलाई १३ मा सञ्चालित बिसौं विश्वकप फुटबलमा गोल्डेन बल बिजेता खेलाडी को थिए ?
 अर्जेन्टिनाका लियोनेल मेसी
२. भारतले २०१४ को सेप्टेम्बर २४ मा आफ्नो मंगल ग्रहको यात्रामा सफलता प्राप्त गर्न सकेको छ भने मंगल यात्रामा सफलता पाउने भारत कति औं राष्ट्र हो ?
 चौथो
३. पछिल्लो एपेक सम्मेलन चिनमा कहिले सम्पन्न भएको हो ?
 सन् २०१४ नोभेम्बर १० देखि ११
४.  जलवायु परिवर्तनसम्बन्धी कोप २० सम्मेलन कहिले र कहाँ भएको थियो ?
 सन् २०१४ डिसेम्बर १ देखि १४ पेरुको राजधानी लिमा
५.  विश्व स्वास्थ्य दिवस २०१४ को नारा के रहेको थियो ?
 लामखुट्टे भुसुना साना प्राणी हुन्, यिनको टोकाईले स्वास्थ्यमा ठूलो खतरा ल्याउन सक्छ
६.  अन्तराष्ट्रिय भन्सार दिवस जनवरी २६ मा मनाइन्छ भने सन् २०१४ मा मनाईएको अन्तराष्ट्रिय भन्सार दिवसको नारा के रहेको थियो ?
सूचनामा साझेदारिता,सहकार्यमा प्रभावकारिता
७.  सन् २०१४ मा प्रदान गरिएको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरिएको थियो ?
 फ्रान्सेली अर्थशास्त्री जिन टिरोल
८. अठारौं सार्क शिखर सम्मेलनले ३६ बुँदे घोषणा पत्र जारी गरेको थियो भने यो कहिले र कहाँ सम्पन्न भएको थियो ?
सन् २०१४ नोभेम्बर २६ देखि २७, नेपाल
.साझा पुरस्कार पाउने प्रथम महिला को हुन्?
- डा बानिरा गिरी

१०. नेपालको प्रथम कम्युनिष्ट प्रधानमंत्री को हुन् ?
- मनमोहन अधिकारी

११. गोदावरी १२ बर्षे मेलाको चलन चलाउने ब्यक्ति को हुन् ?
-
निमिष
१२. सुगौली सन्धि हुँदा नेपालका प्रधानमंत्री को थिए ?
-
भीमसेन थापा
१३. नेपालमा पाँचतारे होटल थाल्ने रुसी नागरिकको नाम के हो ?
-
बोरिस लिसानेभिच
१५. कुन राणा प्रधानमंत्री को पालामा NEPAL USA बिच FIRST TRADE AGREEMENT भएको थियो ?
-
पद्म शमशेर
१६. कोतपर्ब कुन बार घटेको थियो ?
-
शनिवार

Pages