Wednesday, February 18, 2015

आकस्मिक लाभ भनेको के हो ? यसमा कति प्रतिशत कर लाग्छ ?



      व्यक्तिको रोजगारी‚ व्यवसाय र लगानीसँग प्रत्यक्ष सम्बन्धित नरहेको अनपेक्षित आयलाई आकस्मिक लाभ भनिन्छ । यो पूर्वअनुमान नगरिएको आय हो । यो लगानीविनाको आकस्मिक आम्दानी हो । उपहार‚ चिठ्ठा‚ पुरस्कार‚ बक्सिस‚ जितौरी तथा अन्य कुनै पनि आकस्मिक रुपमा प्राप्त हुने लाभ आकस्मिक लाभ हुन् । आयकर ऐन‚ २०५८ ले आकस्मिक लाभलाई आयको स्रोतका रुपमा लिई आकस्मिक लाभमा २५ प्रतिशत कर लाग्ने व्यवस्था गरेको छ । आकस्मिक लाभको रकम भुक्तानी गर्दा भुक्तानी रकममा २५ प्रतिशत कर अग्रिम कटाएर बाँकी रकम मात्र भुक्तानी गर्नुपर्दछ
। कसैले जिन्सी मालसामान उपहार प्राप्त गरेमा सोको मौद्रिक मूल्य गणना गरी सो मुल्यमा अग्रिम कर कट्टी गर्नुपर्दछ । कलाकार वा खेलाडीले प्राप्त गर्ने पुरस्कारमा पनि आकस्मिक लाभ कर लाग्दछ तर साहित्य‚कला‚संस्कृति‚खेलकुद‚ पत्रकारिता‚ विज्ञान‚ प्रविधि तथा सार्वजनिक प्रशासन क्षेत्रमा योगदान पुर्‍याएबापत प्राप्त हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका पुरस्कारमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आकस्मिक लाभ कर नलाग्ने छुट दिन सक्दछ । 

No comments:

Post a Comment

Pages