Monday, August 31, 2015

निजामती कर्मचारीको उमेर हद ६० बनाउन पहल

निजामती कर्मचारीको उमेर हद ५८ बाट बढाएर ६० पुर्‍याउन सरकारले निजामती सेवा ऐनको पाँचौ संशोधनको प्रक्रिया अगाडि बढाएको छ। यसका लागि सामान्य प्रशासन मन्त्रालयले आवश्यक राय परामर्शका लागि कर्मचारी ट्रेड युनियनहरुसँग पनि सुझाव मागि गरिसकेको छ।

चालू आर्थिक वर्षको बजेट वक्तव्यमा निजामती कर्मचारीको उमेर हद बढाउने सरकारको योजनालाई सार्थक पार्न र योगदानमा आधारित निवृत्तिभरण कोण बनाउने मुख्य दुई विषयलाई ऐनमा संशोधन गर्न ऐनको पाँचौ संशोधनको तयारी गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।


नेपालीको औसत आयु बढेका कारण ६० वर्षसम्म सहजै कायमगर्न सक्ने र लामो समयसम्म राष्ट्रसेवा गरिसकेका व्यक्तिको योग्यता, अनुभव राज्यका लागि उपयोगी हुने कारण देखाउँदै सरकारले कर्मचारीको उमेर हद बढाउने गरी ऐन संशोधनको  विधेयक संसदमा लैजाने तयारी गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता रुपनारायण भट्टराईले बताए । गोरखापत्र दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Pages