Monday, August 10, 2015

२०७२/७३ काे बजेट सार

  • आ.ब. २०७२/७३ का लागि ८ खर्ब ४८ करोड ८८ लाख ८४ हजार रुपैयाँको बजेट प्रस्तुत ।
  •  चालु तर्फ ४ खर्ब ८४ अर्ब २६ करोड ६३ लाख (५९.१ प्रतिशत)‚ पुँजीगततर्फ २ खर्ब ८ अर्ब ८७ करोड ७२ लाख ४२ हजार (२५.५ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब २६ अर्ब ३२ करोड ५२ लाख ८७ हजार (१५.४ प्रतिशत) खर्च हुनेछ ।
  • यो खर्च अनुमा न चालु आर्थिक बर्षको विनियोजनको तुलनामा ३२.६ प्रतिशत र संसोधित अनुमानकव तुलनामा ५६.८ प्रतिशतले बढी हो ।
  • बजेटमा राजस्वबाट ४ खर्ब ७५ अर्ब १ करोड (५७.९ प्रतिशत)‚ साँवा फिर्ताबाट २ खर्ब र बैदेशिक अनुदानबाट १ खर्ब १० अर्ब ९२ करोड ९४ लाख रुपियाँ (१३.४ प्रतिशत) स्रोत जुटाइने ।
  • त्यसैगरी बैदेशीक ऋणबाट ९४ अर्ब ९८ करोड ४७ लाख (११.४ प्रतिशत)‚ आन्तरिक ऋणबाट ८८ अर्ब (११.७ प्रतिशत) तथा चालु आवको नगद मौज्दातबाट ४८ अर्ब ५८ करोड २६ लाख (५.८ प्रतिशत) खर्च ब्यहोरिनेछ ।
  • पुनर्निमाणका लागि सरकारद्वारा आगामी आबका लागि राष्ट्रिय पुननिर्माण कोषमार्फत खर्च गर्ने गरी ७४ अर्ब रुपियाँ विनियोजन‚ त्यसमध्ये आवसका लागि ५० अर्ब रुपियाँ खर्च हुने ।
  • तराईमा आधुनिक सुविधा सम्पन्न १० वटा नयाँ सहर निर्माण ।
  • पुननिर्माण प्राधिकरणलाई छिट्टै पूर्णता दिएर सोहीअन्तर्गत पुनर्निर्माणको कार्ययोजना अघि बढाइने ।
  • पुनर्निर्माणका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न करिब ५० हजार युवालाई जिल्ला तहमा सिकर्मी‚ डकर्मी‚ धारा तथा विजुलीसम्बन्धी तालिम दिई सो सीप तथा ज्ञानको प्रमाणीकरण गर्ने व्यवस्था समेत गरिने ।
  • भूकम्पले क्षति पुर्‍याएका ऐतिहासिक सम्पदा‚ मठ मन्दिर‚ गुम्बा‚ मस्जिदजस्ता संरचनाको निर्माणका लागि सरकारले हाम्रो धरोहर हाम्रै दायित्व अभियान सञ्चालन गर्ने ।
  • मूल्य अभिबृद्धि कर (भ्याट) लागू भएको १८ बर्ष पछि पहिलोपटक यसको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर ५० लाख (यस अघि २० लाख रहेको) पुर्‍याइएको ।
  • आर्थिक बर्ष २०७२/७३ लाई बजेट कार्यान्वयन वर्ष घोषणा ।
  • दुर्गमका १०० विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट  ।
  • चालु बर्ष ६ खर्ब १८ अर्ब १० करोड बजेट सार्वजनिक भए पनि ५ खर्ब २२ अर्ब ६८ करोड रुपियाँ खर्च भएको अनुमान ।
  •  काठमाण्डौं‚ लुम्बिनी र निजगढलाई स्मार्ट सिटी बनाइने ।
  • दोस्रो चौमासिक अवधिमा पनि ५० प्रतिशत काम नसक्ने आयोजना फिर्ता हुने ।
  • गाविस गाभ्न आकर्षक प्याकेज‚ गाभिएका गाविसलाई ५० लाख देखि २ करोडसम्म अनुदान ।
  • आगामी आर्थिक वर्षदेखी विदेशीले पनि नेपालमा अपार्टमेन्ट खरिद गर्न पाउने ।
  • ज्येष्ठ नागरिकलाई बृद्धभत्ता बृद्धि गरी मासिक एक हजार पुर्‍याइएको । 

No comments:

Post a Comment

Pages