Thursday, September 17, 2015

निमाविको नतिजा प्रकाशन शुरु (नतिजा सहित)

स्थायी शिक्षकका लागि शिक्षक सेवा आयोगले लिएको परीक्षा अन्र्तगत  निम्न माध्यामिक विद्यालय तर्फको नतिजा सार्वजनिक हुने क्रम शुरु भएको छ । बुधबार विज्ञान विषयको नतिजा सार्वजनिक गरेर आयोगले निमाविको नतिजा प्रकाशन गर्ने क्रम शुरु गरेको हो । मध्यमाञ्चल र पश्चिमाञ्चल बाहेकका सबै क्षेत्रको विज्ञान विषयको नतिजा सार्वजनिक गरेको आयोगले जनाएको छ ।
गत असार २५ र २६ गते भएको माध्यामिक र निम्न माध्यामिकको स्थायीको नतिजा  मध्ये माविको नतिजा दुई महिना भित्रै सार्वजनिक गरिएको  थियो । माविको नतिजा गत भदौ १६ गते बाट प्रकाशन शुरु भएको थियो ।

आयोगका अध्यक्ष उदयराज सोतीको अवधि असोजमा सकिने भएकाले उनले आफ्ना पालामा गरेको विज्ञापनको सम्पूर्ण काम आफ्नै कार्यकालमा सक्ने गरी कर्मचारी खटाउँदा नतिजा चाँडै सार्वजनिक गर्न आयोग सफल भएको आयोग श्रोतले जनाएको छ ।
निमाविको बाँकी रहेका विषयको नतिजा क्रमैसंग प्रकाशित गर्दै जाने आयोगको तयारी रहेको आयोग श्रोतले जनाएको छ ।



No comments:

Post a Comment

Pages