Sunday, December 27, 2015

सन् २०१५ मा संसारले गुमाएका हस्तीहरू


उमर अब्दुल हमिद करामी

लेबनानका वरिष्ठ राजनीतिज्ञ तथा दुई पटक प्रधानमन्त्री भैसकेका उमर अब्दुल हमिद करामीको ८० वर्षको उमेरमा जनवरी १ मा निधन भयो।

जोजेफ ओलेस्की

पोल्यान्डका पूर्वप्रधानमन्त्री तथा प्रतिपक्षी गठनबन्धनका नेता ओलेस्कीको जनवरी ९ मा ६८ वर्षको उमेरमा निधन भयो।

गुन्टर ग्रास

विश्व प्रसिद्ध जर्मन कवि तथा साहित्यकार गुन्टर ग्रासको १३ अप्रिलमा ८७ वर्षको उमेरमा देहान्त भयो। सन् १९९९ मा नोबेल पुरस्कारद्वारा सम्मानित ग्रासका दर्जनौं विश्व चर्चित कृति छन्।

सिस्टर निर्मला

मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मलाको २२ जुनमा ८१ वर्षको उमेरमा निधन भयो।

डा. अब्दुल कलाम

गणतन्त्र भारतका एघारौं राष्ट्रपति डा. अब्दुल कलामको ८४ वर्षको उमेरमा २७ जुलाईमा निधन भयो।

सइद जाफरी

हिन्दी चलचित्र तथा ब्रिटिस रंगमञ्चका चर्चित कलाकार सइद जाफरीको ८६ वर्षको उमेरमा १५ नोभेम्बरमा निधन भयो।

रवीन्द्र जैन

भारतीय चलचित्रका संगीतकार तथा गीतकार रवीन्द्र जैनको ७१ वर्षको उमेरमा ९ अक्टुबरमा निधन भयो।

मुल्लाह ओमार

अफगानी तालिबानका नेता मुल्लाह ओमारको अगस्ट २ मा निधन भयो।

दिमितार लिऐभ पोपोभ

बुल्गेरियाका प्रथम प्रधानमन्त्री तथा न्यायाधीश पोपोभको ८८ वर्षको उमेरमा डिसेम्बर ५ मा निधन भयो।

जवार अलताफ


पाकिस्तानका पूर्व क्रिकेटर, अर्थशास्त्री तथा प्रशासक जवार अलताफको ७४ वर्षको उमेरमा डिसेम्बर ५ मा निधन भयो ।

No comments:

Post a Comment

Pages