Wednesday, December 30, 2015

२०७२ पुष १५ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोत्तर

१. सन् २०१५ को सर्वोत्कृष्ट क्रिकेटर को घोषित भएका छन् ?
- स्टिभ स्मिथ
२. सरकारले २०७२ पुस १० मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणके कार्यकारी प्रमुखमा कसलाई नियुक्त गर्‍यो ?
- सुशील ज्ञवाली
३. खानेपानी तथा सरसफाइ मन्त्रालयके स्थापना कहिले भएको हो ?
- वि.सं. २०७२ पुस ९
४. विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्६ अवार्डः २०७२ बाट स्मानित हुने कलाकार को हुन् ?
- गायक प्रेमध्वज प्रधान
५. विद्यालय क्षेत्र सुधार कार्यक्रम (SSRP) को अवधि कुन हो ?
- सन् २००९-२०१५
६. हाल नेपालमा कति सम्पदा विश्व सम्पदा सूचिमा सूचीकृत भएका छन् ?
- १०
७. भुटान सरकारद्वारा प्रदान गरिने उच्च सम्मान 'नेसनल अर्डर अफ मेरिट गोल्ड' बाट सम्मानित भएका नेपालीके हुन् ?
- डा. सन्दुक रुइत

Sunday, December 27, 2015

केही महत्वपूर्ण बस्तुगत प्रश्नोत्तर

१. बायु प्रदुषण उच्च भए पछि बेइजिङमा कहिलेबाट विद्यालयहरु बन्द भए?
 सन् २०१५ डिसेम्बर ७
२. राष्ट्रिय सदाचार सदाचार सम्मान-२०७२ बाट कसलाई सम्मानित गरियो?
डा.गोविन्द के.सी.
३. Go Go foundation (Good Governance) पुरस्कार-२०७२ कसलाई प्रदान गरियो ?
डा. भगवान कोइराला
४. नेपालमा सरकारी कामकाजका लागि डिजिटल हस्ताक्षरको सुरुवात कहिलेबाट भयो?
२०७२ मंसिर १६ गते
५. रु.२ लाख राशीको विज्ञान तथा प्रविधि पुरस्कार-२०७२ कसलाई प्रदान गरियो ?
डा. छविलाल गजुरेल
६. नेपालमा विकास सहायता नीति कहिले जारी भयो?
२०७१ जेठ ३
७. फोब्स पत्रिकाले वर्ष व्यक्ति-२०१५ कसलाई घोषणा गर्यो?
जर्मन चाल्सलर एन्जेला मर्केल
८. CNN Hero-2015 बाट सम्मानित व्यक्ति को हुन्?
म्यागी डोयन, (अमेरिका)

सन् २०१५ मा संसारले गुमाएका हस्तीहरू


उमर अब्दुल हमिद करामी

लेबनानका वरिष्ठ राजनीतिज्ञ तथा दुई पटक प्रधानमन्त्री भैसकेका उमर अब्दुल हमिद करामीको ८० वर्षको उमेरमा जनवरी १ मा निधन भयो।

जोजेफ ओलेस्की

पोल्यान्डका पूर्वप्रधानमन्त्री तथा प्रतिपक्षी गठनबन्धनका नेता ओलेस्कीको जनवरी ९ मा ६८ वर्षको उमेरमा निधन भयो।

गुन्टर ग्रास

विश्व प्रसिद्ध जर्मन कवि तथा साहित्यकार गुन्टर ग्रासको १३ अप्रिलमा ८७ वर्षको उमेरमा देहान्त भयो। सन् १९९९ मा नोबेल पुरस्कारद्वारा सम्मानित ग्रासका दर्जनौं विश्व चर्चित कृति छन्।

सिस्टर निर्मला

मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मलाको २२ जुनमा ८१ वर्षको उमेरमा निधन भयो।

डा. अब्दुल कलाम

गणतन्त्र भारतका एघारौं राष्ट्रपति डा. अब्दुल कलामको ८४ वर्षको उमेरमा २७ जुलाईमा निधन भयो।

Saturday, December 26, 2015

२०१५ मा विश्वका सबैभन्दा धनी १० व्यक्तिहरु


विश्वका दशौं धनी ब्यक्तिहरु
फोर्ब्स पत्रिकाले हरेक वर्ष विश्वका धनी व्यक्तिहरूको सूची प्रकाशित गर्छ। फोर्ब्सले सन् २०१५ का धनी व्यक्तिहरूको पनि सूची तयार पारेको छ । फोर्ब्सद्वारा जारी यो सूचीको पहिलो १० स्थानमा केही अर्बपति लगातार रहँदै आएका छन्। यो वर्ष पनि गत वर्ष झै बिल गेट्स पहिलो स्थानमा छन्। यो वर्षको सूचीमा लिलियन बेटनकोर्टले पहिलो पटक प्रवेश पाएकी छिन् भने गत वर्ष यो सूचीको दसौं स्थानमा रहेका एलिस वाल्टन बाहिरिएका छन् ।

१. बिल गेट्स

६० वर्षीय बिल गेट्स अमेरिकी नागरिक हुन्। गतवर्ष पनि यो सूचीको पहिलो स्थानमा रहेका गेट्सले केही सम्पत्ति गुमाए पनि आफ्नो स्थान कायमै राखेका छन्। उनको सम्पत्ति यो वर्ष झन्डै १ अर्ब ५० करोड डलरले घटेर ७९ अर्ब २० करोड डलर कायम भएको छ । बिल गेट्सले आफ्नो आम्दानीको ठूलो हिस्सा विभिन्न सामाजिक कार्यमा लगानी गरेका छन्। गेट्स तीन सन्तानका पिता हुन्। उनी हार्बर्ड विश्वविद्यालयमा अध्ययन गर्दागर्दै सफ्टवेयरको व्यापारमा लागेर कलेज छाडेका थिए । उनको माइक्रोसफ्ट कम्पनीबाट उत्पादित अपरेटिङ सिस्टमद्वारा अहिले विश्वका ९४ प्रतिशत कम्प्युटर सञ्चालित छन्।

२. कार्लोस स्लिम हेलु

गत वर्ष पनि यो सूचीको दोस्रो स्थानमा रहेका मेक्सिकोका ७५ वर्षीय कार्लोस स्लिम हेलु मुख्यतः दूरसञ्चार व्यवसायी हुन्। उनको व्यापारले मेक्सिकोमा एकाधिकार नै जमाएको छ । त्यसबाहेक सम्पूर्ण ल्याटिन अमेरिकी क्षेत्रमा समेत उनको प्रभाव छ । उनी खुद्रा व्यापार, बैंकिङ तथा बिमासम्बन्धी कारोबार पनि गर्छन्। यो वर्ष उनको कुल सम्पत्ति ६ अर्ब २० करोड डलरले बढेर ७७ अर्ब १० करोड डलर कायम भएको छ । हेलु ६ सन्तानका बुबा हुन्। तीमध्ये ३ छोरा उनको व्यापारमा संलग्न छन्।

Friday, December 25, 2015

चर्चित अन्तर्राष्ट्रिय पुरस्कार २०१५


नोबेल पुरस्कार २०१५

शान्ति

यस वर्षको नोबेल शान्ति पुरस्कार ट्युनिसियाको नेसनल डायलग क्वार्टेटलाई प्रदान गरियो। सन् २०११ मा ट्युनिसियामा भएको जस्मिन रिभोल्युसन पछि लोकतन्त्र, शान्ति र स्थायित्व स्थापनामा महत्वपूर्ण योगदान गरेको भन्दै समितिले नोबेल शान्ति पुरस्कार प्रदान गरेको हो।

भौतिक शास्त्र

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार जापानका टाकाकी काजिता र क्यानाडाका आर्थर बी म्याक्डोनाल्डलाई संयुक्त रूपमा प्रदान गरियो। न्युट्रिनोहरूले कसरी आफ्नो पहिचान बदल्छन् भन्ने कुरा पत्ता लगाएबापत उनीहरूलाई यो पुरस्कार प्रदान गरिएको हो।

Thursday, December 24, 2015

निमावि र माविको विज्ञापन फागुनभित्र खुल्ने

शिक्षक सेवा आयोगले निम्न माध्यमिक र माध्यमिक तहको स्थायी शिक्षकको विज्ञापन फागुनभित्र खुलाउने भएको छ ।
आयोगका कार्यकारी अधिकृत लक्ष्मीराम पौडेलले ०७१ असारदेखि गत असारसम्म खाली रहेको दरबन्दीमा विज्ञापन गर्न लागेको बताए ।
प्राथमिक तहमा खाली रहेको दरबन्दी पुरा गर्न विज्ञापन खुलाउने मिति भने अझै अनिश्चित छ । शिक्षा विभागले प्रावि तहमा दरबन्दी मिलान नगर्दा ढिलाई भएको हो । विभागका अनुसार २९ हजार प्राथमिक विद्यालयमा ८० हजार दरबन्दीका स्थायी शिक्षक छन् । त्यस्तै २० हजार भन्दा बढी राहतका शिक्षक छन् । प्राविका शिक्षकलाई निमाविमा समेत समायोजन गर्ने योजना अघि नबढेसम्म विज्ञापन खोल्ने प्रक्रिया रोकिने विभाग स्रोतले जनाएको छ । प्राविमा आर्थिक वर्ष ०६९/७० पछि रिक्त दरबन्दीमा  विज्ञापन भएको छैन ।

Wednesday, December 23, 2015

२०७२ पुष ८ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोत्तर

. मिस वर्ल्ड-२०१५ को उपाधि जित्ने युवती को हुन् ?
- स्पेनकी मेरिया लालागुना रोयो
. मानिसको गौरव कहिल्यै नलड्नुमा होइन, जति पटक लडे पिन उठ्नुमा हुन्छ । भन्ने विचारक को हुन् ?
- लियो टाल्सटाय
. लामो समय ओझेलमा परेको पुनः निर्माण प्राधिकरणसम्बन्धी विधेयक व्यवस्थापिका संसदबाट कहिले पारित भयो ?
- वि. सं. २०७२ पुस १
. २०७२ मङ्सिर अन्तिम साता राजधानीमा सम्पन्न काठमाण्डौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिबल २०१५ (किम्फ) मा अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ सर्वोत्कृष्ट हुन सफल फिल्म कुन हो ?
- टासी एन्ड द मङ्क
. माइपोखरी इलाम जिल्लामा पर्दछ भने सोदु पोखरी कहाँ पर्दछ ?
- ताप्लेजुङ
. संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा कति सदस्य रहने व्यवस्था छ ?
- १५ (१५ स्थायी र १० अस्थायी)
. रतन्धो (Night blindness) रोग कुन भिटामिनको कमिले लाग्छ ?
- भिटामिन ए
. कुनै पनि औषधि तोकिएभन्दा बढी प्रयोग गर्दा देखिने कडा असर वा हानिकारक असरलाई के भनिन्छ ?
- Toxic Effect

Sunday, December 20, 2015

स्पेनी सुन्दरी बनिन् मिस वर्ल्ड २०१५


मिस वर्ल्ड २०१५ को ताज स्पेनकी सुन्दरी मेरिया लालगुना रोयोले जितेकी छन् चीनको सान्यामा भएको प्रतियोगितामा २३ वर्षिया स्पेनी सुन्दरी टप मोडल भइन् भने ब्युटी विथ पर्पसको उपाधि इन्डोनेसियाकी सुन्दरीले जितिन् दोस्रो स्थानमा रुसकी सोफिया निकिचुक तेस्रोमा इन्डोनेसियाकी मारिया हरफान्ती आए
उत्कृष्ट मा स्पेन, रुस, इन्डोनेसिया, लेवनान जमैकाका सुन्दरी परे विश्व सुन्दरीको ताजका लागि सोधिएको प्रश्नमा स्पेनकी सुन्दरीले बाहिरी रुपमा कुनै मान्छे सुन्दर हुँदैमा भित्री मनले पनि सुन्दर हुँदैन भन्न नमिल्ने तर्क गरेकी थिइन् प्रतियोगितामा सहभागी नेपाल सुन्दरी इभाना मानन्धरले कुनै  उपाधि जितिनन् मिस वर्ल्डको यो ६५ औं संस्करण हो

Pages