Monday, September 5, 2016

लोकसेवाको निष्कर्षः कर्मचारीमा नैतिकता र क्षमता भएन

नैतिकता सिकाउने गरी सहसचिवको परीक्षा प्रणाली परिवर्तन

 लोकसेवा आयोगले माथिल्लो ओहदाका सरकारी कर्मचारीहरुमा नेतृत्वदायी क्षमता नै नभएको निष्कर्ष निकालेको छ । र, उसले अब सहसचिवको लोकसेवा परीक्षासम्बन्धी पाठ्यक्रम परिर्वतन गर्न निर्णय गरेको छ ।

Monday, April 25, 2016

अधिकार प्रत्यायोजन र अधिकार निक्षेपणमा भिन्नता

 अधिकार प्रत्यायोजन र अधिकार निक्षेपण सङ्गठनका आधारभूत सिद्धान्त हुन् । यी विकेन्द्रीकरणका रुप पनि हुन् । यी बीच विविध भिन्नता छ । जसलाई निम्नानुसार देखाउन सकिनछ ः
अधिकार प्रत्यायोजन
१. माथिल्लो निकाय वा पदाधिकारीले आफूमा भएको केही प्रशासनिक अधिकार तल्लो निकाय वा पदाधिकारीलाई हस्तान्तरण गर्ने कार्यलाई अधिकार प्रत्यायोजन भनिन्छ । यो प्रशासनिक निर्णय हो ।
२. माथिल्लो निकाय वा पदाधिकारी स्वयंको कार्यबोझ कम गर्नु, मातहतका कर्मचारीलाई जिम्मेवार बनाउनु तथा सेवा प्रवाहलाई छिटोछरितो बनाउनु यसके उद्देश्य हो ।

शक्ति पृथकीकरण


राज्य संयन्त्रको शक्ति प्रयोग गर्ने अङ्गहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अलग अलग रहने, यी अङ्गवीच शक्ति र अधिारको बाँडफाँड हुने, यी अङ्गले आ–आफ्नो शक्ति र अधिकार आ–आफ्नो सीमाभित्र रही स्वतन्त्रतापूर्वक प्रयोग सिद्धान्तलाई शक्ति पृथकीकरण भनिन्छ । यो शक्तिको विभाजन हो । यो लोकतान्त्रिक पद्दतिको आधारशिला हो । यसले निरङ्कुशता र स्वेच्छाचारिताको अन्त्य गरौं नागरिक स्वतन्त्रताको रक्षा गर्दछ । यो अवधारण सन् १७४८ मा फ्रान्सका दार्शनिक मन्टेस्क्यूले प्रतिपादन गरेका हुन ।

नेपालको संविधानमा स्वास्थ्यसम्बन्धी के कस्तो मौलिक हकको व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।


नेपालको संविधानको धारा ३५ अनुसार स्वस्थ्यसम्बन्धी निम्नअनुसारको मौलिक हको व्यवस्था छ:

– प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगरिने,

केही बस्तुगत प्रश्नोत्तरः खरिदार बिषेश



१. विश्व स्काउट सङ्गठनद्वारा प्रदान गरिएको ब्रोन्ज बल्फ अवार्ड बाट सम्मनित हुने नेपाली को हुन् ?
- श्रीराम लामिछाने (नेपाल स्काउटका सल्लाहकार तथा पूर्वप्रमुख आयुक्त सन् १९३५ मा स्थापना गरिएको सो पुरस्कार पाउने लामिछाने पहिलो नेपाली हुन् ।)
२. हाल नेपालसँग हवाई सेवा सम्झौता भएका राष्ट्र सङ्ख्या कति पुगेको छ ?
- २८ (३७ औं राष्ट्रः भियतनाम र ३८ औं राष्ट्रः न्युजिल्याण्ड)
३. साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) द्वार प्रदान गरिएके सर्टिफिकेट अफ मेरिट्सबाट सम्मानित हुने बीमा कम्पनी कुन हो ?
- एलएलजी इन्स्योरेन्स

Thursday, April 21, 2016

२०७३ साल बैशाख ८ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोत्तर

१. विश्व बैङ्कद्वारा सन् २०१६ अप्रिल ११ मा प्रकाशित सार्वजनिक प्रतिवेदन अनुसार सने २०१७ मा दक्षिण एसियाको आर्थिक बृद्धिदर कति हुने अनुमान छ ?
–          ७.३ प्रतिशत
२. २०७२ को पारिजात सिर्जना सम्मानबाट सम्मानित हुने स्रष्टा को हुने ?
–          साहित्यकार तथा साहित्य पत्रकार मोहन दुलाल
३. हेनरी ड्युना कुन संस्थाका संस्थापक हुन ?
–          रेडक्रस
४. BIMSTEC-Bay of Bengal Initiative for Multi-Sectoral and economic co–operation मा हाल कति सदस्य राष्ट्र रहेका छन् ?
–          ७ (नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड)
५. जर्नल अफ एजुकेसन लिडरसिपको इमरन्ड इएफएमडी २०१५ सर्वोत्कृष्ट अवार्ड अन्तर्गत मस्ट कमन्डेयल अवार्ड बाट सम्मानित हुने नेपाली को हुन् ?
–          काठमाण्डौं विश्वविद्यालयका उपप्राध्यापक प्रकाशचन्द्र भट्टराई
६. नेपालमा बर्सेनि नयाँ बर्षको पहिलो सप्ताहलाई  बन्यजन्तु सप्ताहका रुपमा कहिलेदेखि मनाउँदै आइएको हो ?
–          वि.सं. २०५३ (वि.सं. २०७३ बैशाख पहिलो साता बन्यजन्तुको भविष्य हाम्रो हातमा भन्ने नाराका साथ २१ औं बन्यजन्तु सप्ताह मनाइएको ।)
७. सरकाको कानुनी सल्लाहकार महान्याधिवक्तामा को नियुक्त भएका छन् ?
–          हरि फुयाँल

Monday, February 29, 2016

अोस्कार एवार्ड २०१६

हलिउड सुपरस्टार लियोनार्डो डिक्याप्रियोले आफ्नो पहिलो ओस्कर अवार्ड जितेका छन् । संसारकै सबभन्दा ठूलो फिल्म अवार्ड मानिने ओस्करमा लियोनार्डोले दि रेभेनान्टका लागि उत्कृष्ट अभिनेताको ओस्कर जितेका हुन् । आफ्नो पाँचौं मनोनयनमा उनले यो अवार्ड जितेका हुन् ।
द रुमका लागि ब्री लार्सनले उत्कृष्ट अभिनेत्रीको ओस्कर पाइन् । उत्कृष्ट फिल्ममा भने स्पटलाइटले बाजी मार्‍यो । टम म्याकार्थीले निर्देशन गरेको यो फिल्म पत्रकारहरुको एउटा टिमले गरेको खोजमुलक रिर्पोटिङको कथामा आधारित छ ।

Saturday, February 20, 2016

कर्मचारी सञ्चयकोषले मिति २०७२ साल फागुन ७ गते लिएको तह ५ प्रमुख सहायक पदको प्रथम पत्र परीक्षामा सामान्यज्ञानतर्फ सोधिएको प्रश्नोत्तरहरू

कर्मचारी सञ्चयकोषले मिति २०७२ साल फागुन ७ गते लिएको तह ५ प्रमुख सहायक पदको प्रथम पत्र परीक्षामा सामान्यज्ञानतर्फ सोधिएको प्रश्नोत्तरहरू

१. व्यवस्थापिका संसदले पारित गरेको पहिलो कानुन कुन हो ?
-
नेपालको अन्तरिम संविधान २०६३
२. ´´शब्दविद्या`` कसको रचना हो ?
-
अंशुवर्मा
३. अन्तर्राष्ट्रिय मुद्राकोषले कहिलेदेखि राष्ट्र संघको विशिष्टिकृत निकाय बनेको हो ?
-
१६ नोभेम्बर १९४७
४. आ.व. २०७२/७३ को बजेटमा राष्ट्रिय पुनर्निर्माण कोषमा कति रकम विनियोजन गरिएको छ ?
-
७४ अर्ब
५. आ.व.२०७२/७३ को बजेटमा खर्च बेहोर्ने श्रोत मध्ये राजस्वबाट कति प्राप्त हुने अनुमान गरिएको छ ?
-
४७५अर्ब
६. जिका भाईरस सर्वप्रथम मानिसमा कहिले देखा परेको थियो ?
-  
सन्१९५७
७. अलपेश्वर गुफा नेपालको कुन जिल्लामा रहेको ?
-
तनहुँ
८. चाँगुनारायण मन्दिर कुन कालमा निर्माण भएको थियो ?
-
लिच्छविकाल
९. पैगम्बर मोहम्मद मक्काबाट मदिना पुगेको घटनालाई के भनिन्छ ?
-
हिजारात
१०. चालू आर्थिक वर्ष २०७२/७३ को बजेटमा सबैभन्दा बढी बजेट कुन क्षेत्रलाई विनियोजन गरिएको छ ?
- ........

Tuesday, February 9, 2016

हाल रहेका मन्त्रीहरुको नामावली

नेपालको संविधानको धारा २९८ को उपधारा (४), (५) र (६) बमोजिम सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीको नेतृत्वमा मिति २०७२/६/२५मा गठित मन्त्रिपरिषद‌्मा देहाय अनुसार नियुक्तिहेरफेर र कार्य विभाजन भएको (मन्त्रिपरिषद् गठनः २०७२/६/२५, ७/१७/१९, ७/२३ , ९/ ९) 

Sunday, February 7, 2016

शाखा अधिकृत २०७२ प्रथम चरण परिक्षामा सोधीएका केही प्रश्नोत्तर


 १. सबैभन्दा पहिला स्थापना भएको संरक्षण क्षेत्र कुन हो ?
 – अन्नपूर्ण संरक्षण क्षेत्र
 २. आसियानको २०१५ को शीखर सम्मेलन कुन देशमा भएको थियो ?
मलेसिया
३. UNO को वशिष्टकृट्ट संस्था ILO ले कहिले नोबेल पुरस्कार पाएको थियो ?
 सन् १९६९
४. तेर्हौ योजनामा कषि क्षेत्रको वृद्धिदर कति हुने लक्ष्य रहेको छ ?
४.५%
५. भारत र चीन दुवैलाई छुने जिल्ला कुन कुन हुन् ?
ताप्लेजुङ र दार्चुला
६. राडारको अविष्कार कसले गरेका हुन् ?
 – रोबर्ड वाट्सन
७. संयुक्त राष्ट्र संघमा कति धारा रहेको छन् ?
१११
८. नेपालको पहिलो महिला उप प्रधानमन्त्री को हुन् ?
 – सैलजा आचार्य

Sunday, January 31, 2016

केही समसामयिक विषयवस्तुहरु


- भारतबाट प्रदान गरिने प्रतिष्ठित पुरस्कार डा. अम्बेडकर कलाश्री राष्ट्रिय पुरस्कार-२०१५बाट सम्मानित हुने नेपाली कलाकार अरुणा हिङमाङ हुन् ।
- नेपाल आउने चिनिया नागरिकका लागि प्रवेशाज्ञा (भिसा) शुल्क नलाग्ने व्यवस्थासम्बन्धी निर्णय नेपाल सरकारले वि.सं. २०७२ पुस १० गर्यो ।
- सन् २०१५ को सर्वोत्कृष्ट क्रिकेटर स्टिभ स्मिथ घोषित भएका छन् ।
- सरकारले २०७२ पुस १० मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी प्रमुखमा सुशील ज्ञवालीलाई नियुक्त गर्यो ।

Friday, January 29, 2016

विश्वकै धनी व्यक्तिहरुको सूची सार्वजनिक

वेल्थ एक्स र विजनेस इनसाइडरले यस वर्षका विश्वकै सबैभन्दा धनी ५० व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ । सबैभन्दा धेरै धनी व्यक्ति भएको देश अमेरिका हो जहाँ २९ अर्बपति छन् भने दोस्रोमा चार जना अर्बपति सहित चीन परेको छ

Sunday, January 24, 2016

नेपालको संविधान २०७२ प्रथम संशोधन

नेपालको संबिधान २०७२ मा पहिलो पटक माघ ९ गते संशोधन पारित भएको छ । जस अनुसार २ बिषयमा संशोधन भएको छ ।
१. राज्यका निकायमा समानुपातिक समाबेशीताका आधारमा सहभागिता गराउने,
२. निर्वाचन क्षेत्र निर्धारण गर्ने कार्यमा जनसंख्याको अनुपातलाई प्रमुख भूमिका दिइने

१. राज्यका निकायमा समानुपातिक समाबेशीताका आधारमा सहभागिता गराउने,
संबिधानको धारा ४२ को उपधारा १मा रहेको सामाजिक न्याय सम्बन्धी हकलाई समानुपातिक बनाइएको छ । जस अनुसार 'आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाती, मधेसी, थारु, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तकृत, अपाङ्गगता भएका व्यक्ति, लैङ्गकि तथा यौनिक अल्पसंख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएका क्षेत्रका नागरिक तथा आर्थिक रुपले विपन्न खस आर्यलाई समानुपातिक समावेसी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुनेछ ।' यसअघि उक्त धारामा समानुपातिक शब्द थिएन 

Sunday, January 17, 2016

यसरी गर्ने लोकसेवाको तयारी


आफ्नो क्षमताई चिन्ने

विद्यार्थीले आफ्नो क्षमतालाई सबैभन्दा पहिला चिन्नुपर्छ । हरेक विद्यार्थीको अआफ्नै विशेषता हुन्छन् । लोक सेवा परीक्षा दिने कुनै विद्यार्थीले विषयवस्तुलाई सजिलै घोक्न सक्ने खालका हुन्छन् । पुस्तकमा लेखेका सबै विषयवस्तुलाई छिनभरमै घोक्न सक्ने खालका हुन्छन् । कुनै विद्यार्थी घोक्ने भनेपछि फिटिक्कै नसक्ने खालका हुन्छन् । समग्र विषयमा बुझेपछि आफ्नै तरिकाले सिर्जनात्मक रूपमा लेख्न सक्ने खालका हुन्छन् । कुनै विद्यार्थीको लेखाइ छापेको भन्दा पनि राम्रो लेख्न सक्ने, तर लेख्ने वेलामा धेरै समय लगाउने खालका हुन्छन् । घोकेर लेख्ने विद्यार्थीले घोकेर लोक सेवाको परीक्षा पास गर्नुपर्छ । समग्र विषयमा ज्ञान भएको विद्यार्थीले घोक्नतिर नलागी विषयवस्तुको अध्ययन गर्नतर्फ लाग्नुपर्छ । ढिलो लेख्ने तर राम्रो अक्षर लेख्ने विद्यार्थीले बुँदागत रूपमा लेख्ने, सकेसम्म चित्रद्वारा प्रश्नको उत्तर प्रस्ट पार्न लाग्नुपर्छ ।

गुल्मीका प्रजिअ कँडेल, इन्ट्रिग्रिटी आइडल नेपाल–२०१५

गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल इन्ट्रिग्रिटी आइडल नेपाल२०१५ घोषित भएका छन् । जवाफदेहीता र पारदर्शिताको क्षेत्रमा कार्यरत सामाजिक संस्था एकाउन्टिबिलिटी ल्याब नेपालले  ‘इमान्दार र जवाफदेही राष्ट्र सेवकलाई दुई बर्षदेखि प्रदान गर्दै आएको यो अवाड आधा दर्जनभन्दा बढी जिल्लामा जनतालाई प्रदान गरेको सेवा र भोटिङका आधारमा प्रजिअ कँडेलले अवार्ड जितेका हुन् । आइतबार राजधानीमा आयोजित कार्यक्रममा उपप्रधान, सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले इन्ट्रिग्रिटी आइडल नेपालको ट्रफी प्रदान गर्दै कँडेललाई सम्मान गरेका थिए ।

Sunday, January 10, 2016

कृषि विकास बैंकमा २९८ जनालाई जागिर खुल्यो (विज्ञापन सहित)

कृषि विकास बैंककमा झन्डै तीन सय जनाका लागि नयाँ जागिर खुलेको छ ।
बैंकले २०७२ पुष २६ गते आइतबार एक सार्वजनिक सूचना जारी गर्दै दुई सय ९८ पदका लागि आवेदन खुलेको जनाएको छ ।
चौथो र पाँचौ तहका लागि प्रतिस्पर्धामार्फत पदपूर्ति गरिने बैंकले जनाएको छ ।
पाँचौ तह अन्तर्गत व्यवसाय सहायक, सहायक स्तर प्रमथ श्रेणिमा ४० जना, चौथो तह अन्तर्गत लेखापाल, सहायक स्तर द्वितीय श्रेणीमा ७३ जना, चौथो तह अन्तर्गतकै लेखापाल, सहायक स्तर द्वितीय श्रेणीमा एक सय १४ जना र चौथो तहकै लेखापाल, सहायकस्तर द्वितीय श्रेणीका लागि ७१ जना कर्मचारी आवश्यक रहेको बैंकले जनाएको छ ।
लिखित तथा मौखिक रुपमा परीक्षामा समावेश हुनुपर्नेछ । आवेदन दिनेले प्रत्येक विषयका लागि प्रति विषय चार सय रुपैयाँ परीक्षा दस्तुर तिर्नुपर्नेछ । त्यस्तै समावेशी समूहतर्फ सहभागी हुन चाहनेले प्रति समूहका लागि दुई सय ५० रुपैयाँ थप दस्तुर थप्नुपर्ने छ ।

Wednesday, January 6, 2016

पर्यटन गन्तव्यका लागि नेपाल विश्वको उत्कृष्ट सूचीमा


सन् २०१६ को पर्यटन गन्तव्यका लागि नेपाल विश्वको उत्कृष्ट देशको सूचीमा पहिलो नम्बरमा परेको छ ।

बेलायतको ट्राभल गाइड बुक रफ गाइडले विश्वका १० उत्कृष्ट देशको सूची सार्वजनिक गर्दै नेपाललाई पहिलो नम्बरमा राखेको हो ।

रफ गाइडले लेखेको छ, विध्वंशकारी भुकम्पर त्यसपछिका पराकम्पका कारण प्रभावित बनेको नेपालको पर्यटन उद्योग पुनः विस्तारै माथि उठ्ने क्रममा रहेको छ ।

भुकम्पपछि पदयात्रामार्ग खुलेको, हिम श्रृङ्खला, जंगली जनावरहरु बाघ, हात्ति, गैडा लगायत विविधता भरिपूर्ण नेपाल पर्यटनका लागि उत्कृष्ट रहेको जनाइएको छ ।

Pages