मिति २०८२ साल चैत्र ४ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी विषयत सामग्री


 सुशासनका प्रमुख तत्व

 १.  सुशासनका प्रमुख तत्व उल्लेख गरी मानव अधिकारको संरक्षण र संवर्धनमा सुशासनको महत्वबारे चर्चा गर्नुहोस् ।

सेवा प्रवाह, विपत् व्यवस्थापन, स्रोतसाधन परिचालनलगायत विविध सार्वजनिक मामिलाहरूको व्यवस्थापन जनमुखी, पारदर्शी, जवाफदेही, सहभागितामूलक एवं विधिसम्मत ढङ्गले सम्पन्न गरी नागरिकलाई शासनको सुखद अनुभूति गराउनुलाई सुशासन भनिन्छ । यो नागरिक हित केन्द्रित भई राज्यको स्रोतसाधन र अधिकारको प्रभावकारी ढङ्गले अभ्यास गर्ने शासकीय पद्धति पनि हो । मानवीय जीवनको मर्यादा, सम्मान, समानता, स्वतन्त्रता लगायतका विषय मानवका नैसर्गिक अधिकार हुन् । यी अधिकारको रक्षा र प्रचलनका लागि राज्यका निकाय क्रियाशील रहन्छन् । सुशासनको प्रमुख लक्ष्य मानव अधिकारको संरक्षण र संवर्धन गर्नु गराउनु हो । 

सुशासनका आधारभूत तत्व :

विधिको शासन,

पारदर्शिता,

जवाफदेहिता,

जनसहभागिता,

समावेशी,

सहमति उन्मुखता,

जनउत्तरदायी कार्यशैली,

दक्षता र प्रभावकारिता,

नैतिकता, सदाचार र निष्ठा ।

विश्व बैङ्कले उल्लेख गरेबमोजिम देहायका छ प्रकारका तत्वलाई पनि सुशासनका तìवका रूपमा उल्लेख गर्न सकिन्छ ः

आवाज र उत्तरदायित्व, 

राजनीतिक स्थायित्व,

सरकारको प्रभावकारिता,

नियामकीय गुणस्तर, 

विधिको शासन र 

भ्रष्टाचार नियन्त्रण ।

मानव अधिकारको संरक्षण र संवर्धनमा 

सुशासनको महत्व :

मानव अधिकारको सम्मान, संरक्षण, प्रचलन तथा संवर्धनका लागि सुशासनको महत्वलाई यस प्रकार बुझ्न सकिन्छ :

सुशासनमा राज्यका निकाय नागरिकप्रति जवाफदेही बन्नुपर्ने हुँदा मानव अधिकार उल्लङ्घनको सम्भावना न्यून रहन्छ ।

विधिको शासनमा आधारित भई राज्य सञ्चालन हुँदा नागरिक अधिकार सुरक्षित हुन्छन् । कार्यकारी निकायबाट मानव अधिकार हनन भएमा न्यायपालिकाले आदेशबाट हक प्रचलन गराउन सक्छ , शासकीय गतिविधिमा पारदर्शिता कायम हुँदा राज्यका कामकारबाहीबारे नागरिक जानकार हुने तथा आफ्ना अधिकारप्रति सचेत भई मानव अधिकारको संरक्षण र संवर्धनमा सहयोग पुग्छ ।

मानव अधिकार आयोगको स्थापना र कार्यसम्पादनका लागि अन्तर्राष्ट्रियस्तरमा स्थापित सिद्धान्त र असल अभ्यास अवलम्बन हुने हुँदा आयोगले प्रभावकारी ढङ्गले कार्यसम्पादन गर्ने अवस्था रहन्छ ।

सहभागितामूलक नीति, योजना तथा निर्णय प्रक्रियाले समाजका विविधतापूर्ण पृष्ठभूमिका मानिसका आवश्यकता र प्राथमिकताको सुनुवाइ भई मानव अधिकारको अवस्था सुदृढ बन्न सक्छ ।

राज्यशक्तिको सन्तुलित र विवेकसम्मत प्रयोगबाट नागरिकका पृथक् आवश्यकता र प्राथमिकताको उच्च सम्मान र सम्बोधन भई मानव अधिकारको संरक्षण हुन सक्छ ।

स्रोतसाधन परिचालनमा दक्षता र प्रभावकारितासँगै स्रोतसाधनको महत्तम उपयोग भई नागरिकका हक अधिकार प्रचलन गराउन सहज हुन्छ ।

सुशासनमा भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवर्धन भई सार्वजनिक स्रोतको सदुपयोग हुने हुँदा मानव अधिकारको संरक्षण र संवर्धनका लागि सहज रूपमा स्रोत प्रबन्ध गर्न सकिन्छ ।

सरकार प्रभावकारी रूपमा सञ्चालित हुँदा विपत्, महामारी, युद्ध जस्ता विषम परिस्थितिमा पनि मानव अधिकार संरक्षण र प्रचलन कार्य सहज बन्छ ।

सुशासन नहुँदा कानुनको कमजोर कार्यान्वयन र सार्वजनिक सेवाको असमान वितरणका कारण कमजोर वर्गको अधिकार हनन हुने सम्भावना रहन्छ । राज्यका संयन्त्र दुरुपयोग भई मानव अधिकार उल्लङ्घन बढ्दै जाने अवस्था रहन्छ ।

अन्त्यमा सुशासन र मानव अधिकार परस्पर सम्बन्धित अवधारणा हुन् । सुशासनले नागरिकका हक अधिकार रक्षा र प्रचलन गराउन मद्दत गर्छ भने सुशासन प्राप्त गर्नु मानव अधिकारको सवाल हो । सुशासनले पारदर्शिता, जवाफदेहिता, विधिको शासन, सहभागिता, समावेशीको माध्यमबाट मानिसको मर्यादित जीवन, सम्मान, स्वतन्त्रता, समानतालगायतका आधारभूत अधिकार सुनिश्चित गर्छ । सुशासनले मात्र समाजमा रहेका सबै प्रकारका मानिसको मानव अधिकारको संरक्षण र संवर्धनको प्रत्याभूति गर्न सक्छ ।


२.  नेपालको विद्यमान कानुनी व्यवस्था अनुसार निजामती सेवाको पदमा उम्मेदवार हुन अयोग्य हुने अवस्थाहरू उल्लेख गर्नुहोस् ।

नेपालमा निजामती सेवा अन्तर्गत विभिन्न सेवाहरू रहेका छन् । ती सेवाका विभिन्न श्रेणीमा प्रशासनिक, प्राविधिक र विशेषज्ञ पदहरू रहेका छन् । श्रेणीविहीन पद पनि रहेका छन् । नेपालको संविधानको धारा २४३ ले सैनिक वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालको कर्मचारीको सेवाको पद तथा निजामती सेवाको पद होइन भनी ऐनबमोजिम तोकिएको अन्य सेवाको पदबाहेक नेपाल सरकारका अरू सबै सेवाको पदलाई निजामती सेवाको पद भनी परिभाषित गरेको छ ।

निजामती सेवा ऐन, २०४९ अनुसार देहायका व्यक्ति निजामती सेवाको पदमा उम्मेदवार हुन अयोग्य हुने व्यवस्था रहेको छ :

राजपत्र अनङ्कित र श्रेणीविहीन पदमा १८ वर्ष उमेर पूरा नभएको,

राजपत्राङ्कित पदमा २१ वर्ष उमेर पूरा नभएको,

पुरुष उम्मेदवारको हकमा ३५ वर्ष र महिला उम्मेदवारको हकमा ४० वर्ष उमेर पूरा भएको तर भूतपूर्व सैनिक वा प्रहरी नियुक्त हुने पदमा ४० वर्ष ननाघेका, तोकिएका अपाङ्गता भएका व्यक्तिको हकमा चालिस वर्ष ननाघेका, राजपत्राङ्कित द्वितीय र प्रथम श्रेणीको खुला प्रतियोगितामा ४५ वर्ष ननाघेका व्यक्ति उम्मेदवार हुन सक्छन् । त्यस्तै स्थायी बहालवाला कर्मचारीको हकमा र विकास योजनातर्फ पाँच वर्ष अस्थायी पदमा कार्यरत महिलाका लागि खुला प्रतियोगिताको हकमा उमेर हद नलाग्ने व्यवस्था रहेको छ ।

भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएका,

गैरनेपाली नागरिक,

नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको । 

अतः निजामती सेवालाई सक्षम, प्रतिस्पर्धी र नैतिकवान् व्यक्तिको सेवाको रूपमा स्थापित गर्न उल्लिखित व्यवस्था गरिएको छ । निजामती सेवालाई समावेशी बनाउन सेवा प्रवेश उमेरमा महिला र अपाङ्गता भएका व्यक्तिलाई विशेष सहुलियत प्रदान गरिएको छ ।


३.  रोजगार सेवा केन्द्रका काम, कर्तव्य र अधिकार उल्लेख गर्नुहोस् । 

नेपालको संविधानमा सङ्घ र प्रदेशको साझा सूचीमा रोजगारी तथा बेरोजगार सहायतासम्बन्धी विषय र स्थानीय तहको एकल अधिकारको सूचीमा बेरोजगारको तथ्याङ्क सङ्कलनसम्बन्धी विषय उल्लेख गरिएको छ । यी जिम्मेवारी सम्पादन गर्न तहगत सरकारबिच समन्वय र सहकार्य आवश्यक पर्छ । रोजगारीको हकसम्बन्धी ऐन र नियमावलीले रोजगार सेवा केन्द्रको स्थापना, सञ्चालन तथा काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था गरेका छन्, जस अनुसार प्रत्येक स्थानीय तहमा एक रोजगार सेवा केन्द्र रहन्छ र सोको सञ्चालन गर्न नेपाल सरकारले रोजगार संयोजकको व्यवस्था गर्छ । केन्द्रको सञ्चालन गर्न स्थानीय तहले कामकाज गर्ने गरी आवश्यक कर्मचारी खटाउन सक्छ । 

रोजगार सेवा केन्द्रका काम, कर्तव्य र अधिकार :

स्थानीय तहभित्र रहेका बेरोजगार व्यक्तिको तथ्याङ्क सङ्कलन तथा विश्लेषण गरी बेरोजगारको सूची अध्यावधिक गर्ने,

सूचीकृतलाई परिचयपत्र वितरण गर्ने,

स्थानीय तहभित्र उपलब्ध रोजगारीका अवसरको पहिचान गरी सूचना प्रवाह गर्ने,

रोजगारीको सम्भाव्य स्थितिको विश्लेषण गरी तथ्याङ्क सङ्कलन, रोजगार नक्साङ्कन, र रोजगारीका अवसरको अभिलेखाङ्कन गर्ने,

रोजगारदाताका लागि श्रमिकको उपलब्धताको सम्भाव्यता जानकारी गराउने,

रोजगारदाताबाट माग भएबमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने,

बेरोजगार व्यक्तिको ज्ञान, सिप, योग्यता, अनुभव र बजार मागको आधारमा सिप विकास तालिमको पहिचान गरी तालिम केन्द्रमा सिफारिस गर्ने,

आफ्ना कामकारबाहीको गाउँ कार्यपालिका तथा नगरकार्यपालिकामा नियमित प्रतिवेदन गर्ने,

आफूले गरेको कामकारबाहीको सङ्घ र प्रदेशमा तोकिएको ढाँचामा प्रतिवेदन गर्ने,

आफ्नो कार्यक्षेत्रभित्रबाट वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूका लागि सूचना सम्प्रेषण गर्ने,

वैदेशिक रोजगार बोर्डबाट उपलब्ध गराइने आर्थिक सहायता वितरण कार्यमा सहयोग गर्ने,

बेरोजगार परिवारलाई प्रदान गर्ने निर्वाह भत्ता वितरण गर्ने, रोजगार सम्बन्धमा सरोकारवालालाई अन्य सेवा प्रदान गर्ने, नेपाल सरकारबाट निर्देशित अन्य कार्य गर्ने ।

अन्त्यमा संविधानमा उल्लेख भएका मौलिक हकको कार्यान्वयन गर्ने जिम्मेवारी तीन वटै तहका सरकारमा रहेको छ । सरकारले स्थापना गरेको रोजगार सेवा केन्द्रको क्षमता विकास र कामकारबाहीबारे प्रचारप्रसार गरी केन्द्रको प्रभावकारी कार्यसञ्चालनमार्फत रोजगारीको हक कार्यान्वयन गर्नु आजको आवश्यकता हो ।


४.  राष्ट्रिय मानव अधिकार आयोगको छैटौँ रणनीतिक योजनाले तय गरेबमोजिम आयोगका मूल्यमान्यता र रणनीतिक उद्देश्य उल्लेख गर्नुहोस् । 

राष्ट्रिय मानव अधिकार आयोग नेपालका संवैधानिक निकायमध्ये एक महìवपूर्ण संवैधानिक निकाय हो । नेपालमा मानव अधिकारको सम्मान, संरक्षण, संवर्धन तथा प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नु आयोगको प्रमुख कर्तव्य हो । आयोगले आफ्ना काम, कर्तव्य र अधिकारलाई संवैधानिक मर्म अनुरूप सञ्चालित गर्दै नेपालमा मानव अधिकारको संरक्षण र संवर्धनका लागि काम गर्दै आएको छ । हाल कार्यान्वयनमा रहेको आयोगको छैटौँ रणनीतिक योजनामा उल्लेख भएका मूल्य, मान्यता र रणनीतिक उद्देश्य यस प्रकार छन् :

क)  मूल्य मान्यता :

स्वतन्त्रता,

समानता र विभेदको अन्त्य,

निष्पक्षता,

मर्यादा,

विधिको शासन,

पहुँच, सहभागिता र समावेशीकरण,

जवाफदेहिता,

लैङ्गिक समानता,

पारदर्शिता,

विविधताको सम्मान,

सदाचारिता ।

ख)  रणनीतिक उद्देश्य :

मानव अधिकार उल्लङ्घनका उजुरी व्यवस्थापन, अनुसन्धान तथा सिफारिस÷निर्णय कार्यान्वयनको सुनिश्चितता गर्नु,

मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड र राष्ट्रिय कानुन कार्यान्वयन अवस्थाको अनुगमन गरी मानव अधिकार अवस्थामा सुधार ल्याउनु,

मानव अधिकारको चेतना अभिवृद्धि गर्न प्रवर्धनात्मक कार्य गर्नु,

सीमान्तकृत तथा वञ्चितीकरणमा पारिएका समुदायका हक अधिकारहरूको उपभोग गर्ने वातावरण बनाउनु,

मानव अधिकारसम्बन्धी कानुन पुनरवलोकन र मानव अधिकारका विविध विषयमा खोजमूलक अध्ययन अनुसन्धान गर्नु,

सङ्घीय, प्रादेशिक तथा स्थानीय सरकार, संवैधानिक अङ्गहरू, नागरिक समाज तथा अन्य सरोकारवालासँग समन्वय र सहकार्य गर्दै जानु,

आयोगको संस्थागत सुदृढीकरण, प्रविधिको उच्चतम प्रयोग तथा मानव संसाधनको क्षमता अभिवृद्धि गर्नु । 

अतः नेपालमा मानव अधिकारको सम्मान, संरक्षण, संवर्धन तथा प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न माथि उल्लेख भएका मूल्य मान्यता र रणनीतिक उद्देश्यहरूले आयोगलाई रणनीतिक मार्गदर्शन गरेका छन् ।


५.  सुशासन व्यवस्थापन तथा सञ्चालन) ऐन र नियामावलीले व्यवस्था गरेबमोजिम शासकीय सुधार एकाइका जिम्मेवारी उल्लेख गर्नुहोस् ।

सरकारका कामकारबाहीलाई शासकीय सुधारको मान्यता अनुरूप सञ्चालन गर्न सुशासन 

व्यवस्थापन तथा सञ्चालन) ऐनले प्रत्येक मन्त्रालयमा शासकीय सुधार एकाइ गठन गरिने कुरा उल्लेख गरिएको छ । यस एकाइको प्रमुख काम नेपाल सरकारका विभिन्न मन्त्रालयबाट सम्पादन हुने कार्यलाई शासकीय सुधारको मान्यता अनुरूप निरन्तर रूपमा सुधार गर्ने नीति अख्तियार गरी कार्यान्वयन र सञ्चालन गर्न अभिप्रेरित गर्नु हो । सुशासन नियमावलीमा उल्लेख भएबमोजिम यस एकाइका जिम्मेवारी यस प्रकार छन् ः

मन्त्रालयबाट सम्पादन हुने कामसम्बन्धी कानुन, नीति र कार्यविधि निर्माण एवं सुधारका लागि सूचना, सल्लाह र पृष्ठपोषण उपलब्ध गराउने,

मन्त्रालयसम्बन्धी कार्य प्रक्रिया र कार्यविधि सुधारका लागि निरन्तर क्रियाशील रहने,

सार्वजनिक प्रशासन र व्यवस्थापनका नवीनतम मान्यताहरूको प्रयोगबाट कार्यालयको कार्यसम्पादनको गुणस्तरमा सुधार ल्याउन प्रयासरत रहने,

शासकीय सुधारको सम्बन्धमा तालिम, गोष्ठी र अन्तर्क्रिया सञ्चालन गर्ने, गराउने,

शासकीय सुधारलाई शासन व्यवस्थाको अभिन्न अङ्गको रूपमा विकास गर्ने,

सार्वजनिक सेवा वितरण र शासकीय सुधारको सम्बन्धमा अवलोकन र अनुगमन गरी मन्त्रालयबाट सम्पादन हुने कामकारबाहीलाई मितव्ययी, दक्ष र जनमुखी बनाउने,

सूचना प्रविधिको उपयोगका बहुपक्षीय क्षेत्रको खोजी गर्ने । अन्त्यमा मुलुकको शासकीय प्रबन्धमा विद्यमान नीति, कानुन, संरचना, कार्यप्रणाली र व्यवहारमा देखिएका कमीकमजोरी सुधार गर्दै सार्वजनिक निकायलाई दक्ष, मितव्ययी, पारदर्शी र जनउत्तरदायी बनाई नागरिकमा सुशासनको अनुभूति दिलाउने प्रयासको रूपमा शासकीय सुधारलाई बुझ्न सकिन्छ । यो राजनीति, प्रशासन र नागरिक सबैको साझा मुद्दा हो । शासकीय सुधारका लागि राजनीतिक नेतृत्व, प्रशासनिक प्रतिबद्धता र नागरिक दबाब भएमा शासकीय सुधार प्रयासलाई निष्कर्षमा पु¥याउन सकिन्छ ।


६.  वातावरणमैत्री स्थानीय शासनले समेट्ने प्रमुख विषय क्षेत्र उल्लेख गर्नुहोस् ।

दिगो विकास र पर्यावरणीय सन्तुलनप्रति केन्द्रित भई स्थानीयस्तरमा नीति, योजना तथा कार्यक्रमको तर्जुमा र कार्यान्वयन गर्ने अवधारणा नै वातावरणमैत्री स्थानीय शासन हो । स्थानीय सरकार, समुदाय र स्थानीय नागरिकको सव्रिmय सहभागितामा वातावरणमैत्री स्थानीय शासन प्रवर्धन गर्न सकिन्छ । स्थानीय सरकारले समुदायसँगको सहकार्यमा वातावरणीय प्रभाव न्यूनीकरण गर्दै प्राकृतिक स्रोतको दिगो उपयोग गर्न र पर्यावरणीय सन्तुलन कायम राख्न यस अवधारणाले जोड दिएको छ । 

वातावरणमैत्री स्थानीय शासनमा समावेश हुने विषय क्षेत्र :

फोहोरमैला व्यवस्थापन, हरियाली र सहरी सौन्दर्य प्रवर्धन,

स्वच्छ ऊर्जा र वातावरणमैत्री यातायात प्रणाली प्रवर्धन,

भूउपयोग तथा सहरी बसोबास व्यवस्थापन,

स्वच्छ खानेपानी र सरसफाइको प्रबन्ध,

वन तथा भूसंरक्षण,

जलस्रोत र जलाधारको संरक्षण, जैविक विविधताको संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण र विपत् व्यवस्थापन,

प्रदूषण रोकथाम, नियन्त्रण र न्यूनीकरण,

प्राङ्गारिक कृषि पद्धतिको अवलम्बन,

वातावरणीय शिक्षा र सचेतना अभिवृद्धि,

वातावरणीय न्याय प्राप्ति,

सरोकारवालाबिचको सहकार्य र साझेदारी विस्तार ।

अन्त्यमा वातावरणमैत्री स्थानीय शासनको अभ्यासमार्फत नागरिकका लागि बस्न र बाँच्न सकिने वातावरणको सुनिश्चित गर्न सकिन्छ । यसैबाट नागरिकको जीवनस्तरमा सुधार ल्याउन सकिन्छ । संविधान प्रदत्त नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हक सुनिश्चित गर्न स्थानीयस्तरदेखि नै वातावरणमैत्री व्रिmयाकलाप सञ्चालन गर्नु आवश्यक छ । स्थानीय सरकारहरूले वातावरणमैत्री स्थानीय शासन प्रवर्धनका लागि सकारात्मक पहलकदमी लिनु पर्छ ।

प्रस्तुतकर्ता : अर्जुन शर्मा  

Share:

मिति २०८२ साल चैत्र ४ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत प्रश्नोत्तर


 १. प्रतिनिधि सभा निर्वाचन २०८२ मा राष्ट्रिय दलको मान्यता प्राप्त गर्न सफल दल कति वटा रहेका छन् ? 

छ वटा (राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी) 

निर्वाचनमा दलहरूको अवस्था : थप जानकारी


२. संयुक्त राष्ट्रसङ्घद्वारा कुन दिनलाई अन्तर्राष्ट्रिय आरोग्य दिवस (इन्टरनेसनल वेलनेस डे) का रूपमा मनाइने भएको छ ? 

१५ अप्रिल 

महासभाद्वारा पारित मिति : सन् २०२६ मार्च १०

नेपालको मौलिक अभ्यासलाई कूटनीतिको सौम्यशक्तिका रूपमा अगाडि बढाउँदै नेपालले अघि सारेको ‘अन्तर्राष्ट्रिय आरोग्यता दिवस’ अर्थात् ‘इन्टरनेसनल वेलनेस डे’ को सङ्कल्प प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेसँगै विश्वभर अप्रिल १५ मा उक्त दिवस मनाइने भएको छ ।

नेपालको प्रस्तावमा निर्णय भएर विश्वव्यापी रूपमा आरोग्यता दिवस मनाउने घोषणा संयुक्त राष्ट्रसङ्घले गर्नु नेपाल र यस क्षेत्रकै लागि गौरवको विषय मानिएको छ । 

आरोग्य भनेको रोगको अनुपस्थिति मात्र होइन, यो त शारीरिक, मानसिक र आध्यात्मिक पूर्णताको ऊर्जावान् अवस्था हो । यसले सिङ्गो मानवजातिलाई सुख र सकारात्मकताको मार्गमा डो¥याउँछ । 


३. फोब्र्सद्वारा सन् २०२६ मार्च ११ मा प्रकाशित विश्वका अर्वपतिहरूको सूची अनुसार पहिलो स्थानमा पर्न सफल धनाढ्य को हुन् ? 

एलन मस्क

नवप्रवर्तन र प्रविधिको नेतृत्व गरिरहेका टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कको सम्पत्ति हाल ८३९ अर्ब डलर रहेको छ । 

फोब्र्सका अनुसार हाल विश्वभर ३,४२८ जना अर्बपति रहेका छन् । 

नेपालबाट सन् २०१३ यता फोब्र्सको सूचीमा लगातार प्रतिनिधित्व गर्दै आएका उद्योगी एवं राजनीतिकर्मी विनोद चौधरी २.१ अर्ब डलरका साथ १,९८२ औँ स्थानमा रहेका छन् । 


४. नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा कसलाई नियुक्त गरियो ? 

गुग्लिएल्मो एरेना (स्विट्जरल्यान्ड), विसं २०८२ फागुन २८ 


५. राष्ट्रिय आर्थिक गणना २०८२ को गणना कहिलेबाट सुरु गरिने भएको छ ? 

विसं २०८३ वैशाख २ (असार ७ सम्म गणना गरिने छ) 

नारा : अर्थतन्त्र मापनका लागि आर्थिक गणना । 

गणनाका लागि चार हजार गणक परिचालन हुने छन् ।

देशभरका ७७ जिल्लामा ८४ वटा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरी काम अघि बढाइने भएको छ । 


६. सन् २०२६ मार्चमा प्रकाशित हेन्ली पासपोर्ट इन्डेक्स २०२६ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ? 

९६ औँ 

यस प्रतिवेदन अनुसार नेपाली राहदानी वाहकहरूले हाल विश्वका ३५ वटा गन्तव्यमा ‘अनअराइभल भिसा’ प्राप्त गर्न सक्ने छन् ।

हेन्ली पासपोर्ट इन्डेक्स २०२६ अनुसार पहिलो स्थानमा सिङ्गापुर (१९२ गन्तव्य) रहेको छ ।

सो सूची अनुसार अफगानिस्तान अन्तिम (१०१ औँ) स्थानमा रहेको छ । 

७. नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार २०८२ माघसम्म इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या कति रहेको छ ? 

तीन करोड छ लाख ९८ हजार

–  जनसङ्ख्याभन्दा बढी पहुँच पुग्नुको मुख्य कारण प्रयोगकर्ताले एकभन्दा बढी इन्टरनेट सेवा प्रयोग गर्नु हो ।

प्रतिवेदन अनुसार हाल नेपालमा भ्वाइस टेलिफोन प्रयोगकर्ता दुई करोड ९९ लाखभन्दा बढी छन् । कुल टेलिफोन सेवामध्ये ९८ प्रतिशतभन्दा बढी हिस्सा मोबाइल सेवाको रहेको छ । 

टेलिफोन सेवाको पहुँच जनसङ्ख्याभन्दा बढी हुनुको कारण पनि एकै प्रयोगकर्ताले एकभन्दा बढी सिम प्रयोग गर्नु रहेको प्रतिवेदनमा उल्लेख छ ।


८. सरकारले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा कहिले स्वीकृत गरेको हो ? 

विसं २०८२ फागुन १२ 

धादिङ र गोरखा जिल्लामा निर्माण हुने यस आयोजनाको आधारभूत लागत दुई अर्ब ७७ करोड अमेरिकी डलर (करिब तीन खर्ब ७४ अर्ब रुपियाँ) निर्धारण गरिएको छ । निर्माण अवधिको ब्याजसमेत जोड्दा कुल लागत चार खर्ब छ अर्ब रुपियाँ पुग्ने अनुमान रहेको छ ।

स्वीकृत संरचना अनुसार कुल लगानीको ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीमार्फत जुटाइने छ । 


९. सुशासनसम्बन्धी नीति तथा कार्यक्रम पहिलो पटक कुन योजनाले अगाडि सारेको हो ?

नवौँ योजना


१०. नेपालले श्रम सम्झौता गरेको पहिलो राष्ट्र कुन हो ?

कतार


११. एसियाका ठुला अर्थतन्त्रबिच डलरमाथिको निर्भरता घटाउने उद्देश्यका साथ नयाँ सहमति कहिले कायम भएको हो ? 

सन् २०२५ मे ११ 

चीन, जापान, दक्षिण कोरिया र आसियान राष्ट्रहरू बिच डलरमाथिको निर्भरता घटाउन नयाँ सहमति भएको जनाइएको छ । 


१२.  आणिविक हतियारमा प्रतिबन्ध लगाउनेसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सन्धि औपचारिक रूपमा कहिलेदेखि कार्यान्वयनमा आएको हो ?

सन् २०२१ जनवरी २२


१३. विसं २०८२ भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सरकारसमक्ष कहिले पेस गरियो ? 

विसं २०८२ फागुन २४ 

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले अध्ययन, अनुसन्धान र सरोकारवालासँग बयान लिई प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको हो ।

सरकारले असोज ५ गते पूर्वन्यायाधीश कार्की अध्यक्ष र नेपाल प्रहरीका पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहने गरी आयोग गठन गरेको थियो । आयोगले साढे पाँच महिनाको अध्ययनपछि प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो ।


१४. स्मार्ट सहरी योजना र विकाससम्बन्धी राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो ? 

विसं २०८२ कात्तिक १६–१७ 


१५. अन्तर्राष्ट्रिय नेपाली गीतकार सङ्घले ‘ज्ञानेन्द्र गदाल गीत सम्मान’ २०२६ कसलाई प्रदान ग¥यो ? 

कवि एवं गीतकार दिनेश अधिकारी


१६. नइ प्रज्ञा पुरस्कार, २०८२ बाट सम्मानित हुने श्रष्टा को–को हुनुहुन्छ ? 

प्राडा वासुदेव त्रिपाठी, प्रा. शिवगोपाल रिसाल, प्राडा चूडामणि बन्धु र प्राडा दयाराम श्रेष्ठ

त्रिभुवन विश्वविद्यालयमा पठनपाठन, अनुसन्धान र सिर्जनाका माध्यमबाट नेपाली भाषा साहित्यको श्रीवृद्धिमा गरिएको योगदानका लागि सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । पुरस्कार राशि : जनही ५० हजार रुपियाँ ।


१७. १३ दिनमा तीन पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्ने महिला आरोही को हुन् ? 

पूर्णिमा श्रेष्ठ 

फोटो पत्रकारिताबाट विश्व कीर्तिमानी आरोही श्रेष्ठले सन् २०२४ मे १२, मे १९ र मे २५ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएकी हुन् । 

प्रस्तुतकर्ता : टङ्क केसी  

Share:

मिति २०८२ साल पौष १६ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी विषयगत प्रश्नोत्तर


 कर्मचारीको व्यवहार सुधार

१.  नेपालमा सार्वजनिक सेवा प्रवाह सुधारमा निजामती कर्मचारीको व्यवहार सुधार कत्तिको महìवपूर्ण ठान्नुहुन्छ ? चर्चा गर्दै नेपालमा निजामती कर्मचारीको कार्य व्यवहारमा सुधार गरी सेवा प्रवाहमा सुधारको अनुभूति दिलाउन चाल्नुपर्ने कदम उल्लेख गर्नुहोस् ।

सार्वजनिक सेवा प्रवाह प्रव्रिmयामा कर्मचारी सेवा प्रदायकको भूमिकामा रहन्छन् । उनीहरू सेवा प्रवाहको विभिन्न चरणमा सेवाग्राहीसँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्कमा रहन्छन् । सेवा प्रवाह सुधारका लागि नीतिगत, कानुनी, प्रव्रिmयागत, प्रणालीगत जे जति पहल गरिए पनि सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा आउने कर्मचारीको व्यवहार परिवर्तन नभएसम्म सेवा प्रवाह सुधारको अनुभूति हुन सक्दैन । सेवाग्राहीप्रतिको नम्र र सहयोगी व्यवहारले सेवा प्रवाह सुधारमा महìवपूर्ण योगदान गर्छ ।

नेपालमा सार्वजनिक सेवा प्रवाह सुधारमा निजामती कर्मचारीको व्यवहार सुधारको महìव ः 

नेपालमा सेवा प्रवाहको व्रmममा निजामती कर्मचारीबाट प्रदर्शन हुने नकारात्मक कार्य व्यवहार देहायबमोजिम रहेको पाइन्छ ः

पदीय आचरणको पालना नगर्ने,

पेसागत आचरणप्रति संवेदनशील नबन्ने,

सेवाग्राहीप्रति रुखो व्यवहार प्रदर्शन गर्ने, 

असंवेदनशील बन्ने,

ढिलासुस्ती र अनियमिततामा रमाउने,

जिम्मेवारी पन्छाउने,

अरूलाई दोष लगाउने,

विधि प्रव्रिmयाका सम्बन्धमा स्पष्ट जानकारी र 

सूचना नदिने,

समयमा निर्णय नगर्ने,

अतरिक्त शुल्क असुल्न खोज्ने,

सेवाग्राही गुनासाको बेवास्ता गर्ने,

भनसुन, प्रभाव वा पूर्वाग्रहबाट प्रेरित भई सेवाग्राहीबिच असमान व्यवहार गर्ने,

नवीन प्रविधि र प्रणालीको प्रतिरोध गर्ने,

शाखागत तथा निकायगत समन्वय र सहकार्यलाई कम महìव दिने,

सेवक नभई शासकीय मनोवृत्तिबाट निर्देशित भई व्यवहार प्रदर्शन गर्ने ।

माथि उल्लेख गरिएका नकारात्मक कार्य व्यवहार सुधार गरेमा नागरिकमा सेवा प्रवाह सुधारको अनुभूति गराउन सकिन्छ । निम्न आधारबाट सेवा प्रवाह सुधारमा कर्मचारीको व्यवहार सुधारको महìवलाई बुझ्न सकिन्छ ः

सेवा प्रवाह प्रव्रिmयामा सेवाग्राही र कर्मचारीबिच प्रत्यक्ष वा अप्रत्यक्ष अन्तव्रिर्mया हुने हुँदा मानवीय पक्षमा गर्नुपर्ने सुधारलाई ध्यान दिनु आवश्यक छ,

सेवा प्रवाहका अन्य पक्षमा हुने सुधारलाई मूर्तरूप दिन व्यवहार सुधार पहिलो सर्त मानिन्छ । उदाहरणका लागि सरकारी सेवालाई लाइनबाट अनलाइनमा रूपान्तरण गर्न प्रविधिको प्रयोगमा जोड दिए पनि कर्मचारीको व्यवहार सुधार हुन सकेन भने प्रविधिको छिद्र पत्ता लगाई ढिलासुस्ती गर्ने प्रवृत्ति कायमै रहन सक्छ,

व्यवहार सुधारले ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार जस्ता प्रशासनिक विकृति न्यूनीकरण गर्न मद्दत गर्छ,

व्यवहार सुधारले कर्मचारीलाई सेवाग्राहीप्रति जिम्मेवार र जवाफदेही बनाई सेवाको गुणस्तर सुधारमा 

सहयोग गर्छ,

विनम्र र सहयोगी व्यवहारले सेवाग्राही सन्तुष्टिस्तर अभिवृद्धि गर्न मद्दत गर्छ,

सङ्गठनको छवि कायम राख्दै सरकारप्रतिको जनविश्वास उच्च बनाउनसमेत कर्मचारीको व्यवहार सुधार आवश्यक मानिन्छ ।

सेवा प्रवाह सुधारका लागि कर्मचारीको व्यवहार सुधारका उपाय ः

निजामती कर्मचारीका लागि निर्धारित आचरण कडाइका साथ पालना गर्ने गराउने,

कर्मचारीले कार्यस्थलमा पालना गर्नुपर्ने आचारसंहिता स्पष्ट पार्ने,

कर्मचारीले पालना गर्नुपर्ने आचरण र आचारसंहिता कार्यालयमा सबैले देख्ने गरी सार्वजनिक गर्ने,

घोषित आचरण र आचारसंहिताको परिपालनास्तर मापन गर्न स्पष्ट सूचकहरू तयार पार्ने,

आचरण र आचारसंहिता परिपालनाको नियमित अनुगमन र समीक्षा गर्ने,

कार्यसम्पादन मूल्याङ्कनमा आचरण र आचारसंहिता पालनास्तरलाई आधार लिने,

सेवाग्राहीबाट कर्मचारीको व्यवहार मूल्याङ्कन गर्ने पद्धति स्थापना गर्ने,

कर्मचारीलाई नियमित रूपमा तालिम तथा प्रशिक्षण प्रदान गरी मनोवृत्ति र व्यवहारमा सुधार ल्याउने,

तालिमको माध्यमबाट कर्मचारीलाई विविधता व्यवस्थापन, तनाव व्यवस्थापन, संवेगात्मक बौद्धिकता, मानवीय मूल्य, नैतिक मूल्यमान्यता, शासकीय मूल्य, आध्यात्मिकता जस्ता विषयमा प्रशिक्षित गर्ने, 

कर्मचारीलाई दण्ड र पुरस्कारमार्फत सेवाग्राहीप्रतिको व्यवहार सुधारमा प्रोत्साहन गर्ने,

सङ्गठनमा कर्मचारीले प्रदर्शन गर्ने व्यवहारका बारेमा निरन्तर अध्ययन, विश्लेषण गरी सुधारका लागि पृष्ठपोषण गर्ने,

नवप्रवेशीलाई कर्मचारीको आचरण, आचारसंहिता तथा सेवाग्राहीप्रति गर्नुपर्ने व्यवहार सम्बन्धमा अभिमुखीकरण गर्ने,

नेतृत्वबाट आदर्श व्यवहार प्रदर्शन गरी अनुयायीमा अनुकरणीय प्रभाव पार्ने,

सङ्गठनमा कार्यसम्पादनमूखी संस्कृति निर्माण गरेर कर्मचारीको कार्य व्यवहार परिवर्तन गर्ने ।

अन्त्यमा भौतिक वा डिजिटल जुनसुकै प्रकारका सेवाका लागि पनि कर्मचारी–सेवाग्राही अन्तव्रिर्mया भई नै रहने हुँदा सेवा प्रवाह सुधारको प्रमुख आधार नै कर्मचारीको व्यवहार सुधार हो । निजामती कर्मचारीको व्यवहार सेवाग्राहीमैत्री नभएको तथा सुशासन प्रत्याभूत हुन नसकेको भनी असन्तुष्टिका आवाज बढ्दै गइरहेको सन्दर्भमा निजामती कर्मचारीको व्यवहार सुधारमार्फत सार्वजनिक सेवा प्रवाह सुधार गर्ने रणनीतिका साथ सेवा प्रवाह सुधारका कार्यव्रmम सञ्चालन गर्नु आजको आवश्यकता हो ।


२. खानेपानी तथा सरसफाइसम्बन्धी नागरिकका अधिकार उल्लेख गर्दै खानेपानी तथा सरसफाइ सेवा व्यवस्थापनमा तहगत सरकारका जिम्मेवारी प्रस्तुत गर्नुहोस् ।

नेपालको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने व्यवस्था रहेको छ । खानेपानी तथा सरसफाइ ऐन, २०७९ मा उल्लेख भएबमोजिम खानेपानी तथा सरसफाइमा पहुँचको अधिकार अन्तर्गत प्रत्येक नागरिकलाई देहायको अधिकार रहेको छ ः

स्वच्छ खानेपानीमा सहज र सुलभ पहुँचको अधिकार,

नियमित रूपमा पर्याप्त, स्वच्छ र गुणस्तरीय खानेपानी प्राप्त गर्ने अधिकार,

गुणस्तरीय सरसफाइ सेवामा सहज र सुलभ 

पहुँचको अधिकार ।

खानेपानी तथा सरसफाइ सेवा व्यवस्थापनमा तहगत सरकारका जिम्मेवारी ः

खानेपानी सेवा, सरसफाइ सेवा तथा आयोजनाको अनुमतिपत्र प्रदान, निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्ने जिम्मेवारी र दायित्व नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहमा रहन्छ । यसका लागि तहगत जिम्मेवारी देहायबमोजिम रहेका छन् ः

क)  नेपाल सरकारको जिम्मेवारी ः

खानेपानी तथा सरसफाइसँग सम्बन्धित राष्ट्रिय प्रकृतिका ठुला र जटिल आयोजना,

सहलगानीमा निर्माण हुने तथा वैदेशिक सहायताका आयोजना,

तोकिएको क्षेत्रमा तोकिएबमोजिमको लागत अनुमान र जनसङ्ख्यालाई खानेपानी तथा सरसफाइ सेवा पु¥याउने आयोजना,

एकभन्दा बढी प्रदेशसँग सम्बन्धित आयोजना,

ठुलो लगानी आवश्यक पर्ने बहुउद्देश्यीय फोहोरपानी प्रशोधन तथा व्यवस्थापन गर्ने कार्य,

एउटा जलाधार क्षेत्रको प्राकृतिक स्रोतको पानी अर्को जलाधार क्षेत्रमा स्थानान्तरण गर्ने आयोजना,

खानेपानी तथा सरसफाइ आयोजनाको अनुगमन । 

ख)  प्रदेश सरकारको जिम्मेवारी ः

तोकिएको क्षेत्रमा तोकिएबमोजिमको लागत अनुमान वा जनसङ्ख्यालाई खानेपानी तथा सरसफाइ सेवा पु¥याउने आयोजना,

फोहोरपानी व्यवस्थापन तथा प्रशोधनसम्बन्धी कार्य,

प्रदेशभित्रका एकभन्दा बढी स्थानीय तहलाई प्रभाव पार्ने आयोजना ।

ग)  स्थानीय तहको जिम्मेवारी र दायित्व ः

स्थानीय स्तरमा आधारभूत खानेपानी तथा सरसफाइ सेवा,

सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धि,

फोहोरपानी व्यवस्थापन प्रणालीको सञ्चालन,

तोकिएको क्षेत्रमा तोकिएबमोजिमको लागत अनुमान वा जनसङ्ख्यालाई खानेपानी सेवा पु¥याउने आयोजना,

स्थानीय तहबाट सञ्चालित खानेपानी तथा सरसफाइ आयोजनाको मर्मतसम्भार र पुनस्र्थापना ।

अन्त्यमा स्वच्छ खानेपानी तथा सरसफाइ सेवामा पहुँच प्राप्त गर्नु नागरिकको मौलिक अधिकार हो । संविधानले प्रत्याभूत गरेको यस अधिकारको कार्यान्वयनका लागि तिनै तहका सरकारले समन्वयात्मक रूपमा काम गर्नु पर्छ ।


३.  सेवा प्रवाहको सिलसिलामा निजामती कर्मचारीले के कस्ता पदीय आचरण पालना गर्नु पर्छ ? निजामती सेवाका कर्मचारीको आचरणसम्बन्धी नियमावली, २०६५ का आधारमा स्पष्ट पार्दै आचरणविपरीतको कार्य गरेको नमानिने विषय उल्लेख गर्नुहोस् ।

निजामती सेवाका कर्मचारीको आचरणसम्बन्धी नियमावली, २०६५ ले निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरण निर्धारण गरेको छ । निजामती कर्मचारीले पालना गर्नुपर्ने पदीय आचरण, पेसागत आचरण र व्यक्तिगत आचरणलगायतका विषय नियमावलीले समेटेको छ । सेवा प्रवाहको सिलसिलामा कर्मचारीले पालना गर्नुपर्ने पदीय आचरण यस 

प्रकार छन् ः

आफूलाई सुम्पिएको जिम्मेवारी छिटो, छरितो, पूर्ण र गुणस्तरीय रूपमा निर्वाह गर्न सदैव 

प्रयत्नशील रहनुपर्ने,

सेवा प्रवाह गर्दा वृद्ध, अशक्त, अपाङ्गता, सुत्केरी वा गर्भवती महिला, बालबालिका र असहायलाई प्राथमिकता दिनुपर्ने,

सेवाग्राहीको काम समयमै सम्पन्न गरिदिनुपर्ने,

कुनै कारणबाट समयमै काम सम्पन्न हुन नसक्ने सोको आधार र कारण जानकारी गराउने,

सेवाग्राहीले चाहे अनुसार काम गर्न नसकिने वा नमिल्ने भएमा त्यसको आधार र कारण सम्बन्धित सेवाग्राहीलाई दिनुपर्ने,

सेवामा सर्वसाधारणको सहज र प्रत्यक्ष पहुँच पुग्ने गरी सरल र सहज भाषामा सेवासम्बन्धी जानकारी तथा सल्लाह दिनुपर्ने,

सेवाग्राहीको कार्यसम्पादनको व्रmममा अन्य सरकारी निकायमा रहेको जानकारी वा विवरण आवश्यक पर्ने भएमा सम्बन्धित कर्मचारीले आफ्नो कार्यालयमार्फत मगाउने व्यवस्था गर्ने ।

आचरणविपरीतको कार्य गरेको नमानिने विषय ः

कार्यालय समयबाहेक कार्यालयको कामकारबाहीमा प्रतिकूल प्रभाव नपर्ने गरी आफ्नो विशेषज्ञताको विषयमा लिखित वा मौखिक प्रवचन दिने,

कार्यालय समयबाहेक कार्यालयको कामकारबाहीमा प्रतिकूल प्रभाव नपर्ने गरी आफ्नो विशेषज्ञताको विषयमा पूर्वस्वीकृति लिई अध्ययन तथा 

अध्यापन गर्ने,

साहित्य, कला, संस्कृति, खेलकुद, ज्ञान, विज्ञान, प्रविधि, मनोरञ्जनसम्बन्धी र पेसागत तथा सामाजिक संस्थामा सदस्य हुने तथा त्यस्ता मञ्चमा सहभागी हुने,

राजनीतिक दल र तिनका भातृ सङ्गठनले आयोजना गरेको बाहेक पेसागत सङ्घ सङ्गठनले आयोजना गरेको सभा, गोष्ठी आदिमा कार्यालय समयबाहेकको समयमा सहभागी हुने,

सरकारको नीति, उद्देश्य, कार्यव्रmम तथा कामकारबाही एवं गोपनीयतामा प्रतिकूल असर नपर्ने खालका लेख, रचना प्रकाशन गर्ने,

सबैका लागि खुला गरिएको प्रतिस्पर्धामा सहभागी भई पुरस्कार, पदक, प्रमाणपत्र एवं सम्मान ग्रहण गर्ने,

आफूलाई अन्याय परेको विषयमा त्यस्तो कामकारबाहीविरुद्धमा कानुनबमोजिम अड्डा अदालतमा उपचार प्राप्त गर्नका लागि आवश्यक कारबाही चलाउने ।

अन्त्यमा निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरणको परिपालनाले सरकारप्रतिको नागरिक धारणा निर्माणमा समयोग पुग्छ । यसले सुशासनको आधारसमेत तयार गर्छ । आचरण परिपालनालाई कडाइका साथ लागु गर्न सार्वजनिक निकायका प्रमुखलाई जिम्मेवार बनाउँदै 

अनुपालन परीक्षण संयन्त्रलाई सव्रिmय बनाउन आवश्यक छ ।


४.  सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धमा स्थानीय सरकारका संवैधानिक एवं कानुनी जिम्मेवारी उल्लेख गर्नुहोस् ।

नेपालको संविधानको अनुसूची–९ अन्तर्गत सङ्घ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीमा सामाजिक सुरक्षा र गरिबी निवारण समावेश गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐनबमोजिम सामाजिक सुरक्षा र गरिबी निवारणको क्षेत्रमा गाउँपालिका तथा नगरपालिकाका जिम्मेवारी यस प्रकार छन् ः

सामाजिक सुरक्षा तथा गरिबी निवारणसम्बन्धी स्थानीय नीति, कानुन, मापदण्ड, नियमन र 

अध्ययन अनुसन्धान,

लक्षित समूहसम्बन्धी स्थानीय योजना, कार्यव्रmम, स्रोत परिचालन र व्यवस्थापन,

सामाजिक सुरक्षाको कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीयस्तरका संस्थासँग सम्पर्क, समन्वय 

र सहकार्य,

सामाजिक सुरक्षासम्बन्धी स्थानीय तथ्याङ्क र सूचना व्यवस्थापन,

गरिब घरपरिवार पहिचानसम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन,

स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन ।

अन्त्यमा सामाजिक सुरक्षा र गरिबी निवारण तीन तहका सरकारले साझा जिम्मेवारीमा रहेको छ । यसमा तिनै तहका सरकारले मिलेर काम गर्नुपर्ने अवस्था छ तर व्यवहारमा तीन तहका सरकारबाट सञ्चालित कार्यव्रmम आपसमा खप्टिएका र छरिएर रहेका छन् । तथ्यमा आधारित भई वास्तविक लाभग्राही पहिचान गरी तहगत समन्वय र सहकार्यमा सामाजिक सुरक्षा र गरिबी निवारणका कार्यव्रmम सञ्चालन गर्नु पर्छ ।


५.  खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगका काम, कर्तव्य र अधिकार उल्लेख गर्दै खानेपानी तथा सरसफाइसम्बन्धी प्रचलित कानुनबमोजिम खानेपानी तथा सरसफाइ सेवाको महसुल निर्धारण गर्ने आधार उल्लेख गर्नुहोस् ।

खानेपानी सेवा तथा सरसफाइ सेवा उपलब्ध गराएबापत त्यस्तो सेवा प्राप्त गर्ने उपभोक्ताले तिर्नुपर्ने महसुल निर्धारण गर्न खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोग रहने कानुनी व्यवस्था छ । खानेपानी तथा सरसफाइ नियमावली, २०८१ बमोजिम आयोगका काम, कर्तव्य र अधिकार देहायबमोजिम रहेका छन् ः

सेवाप्रदायकले उपभोक्तासँग लिन पाउने खानेपानी महसुल निर्धारण गर्ने,

उपभोक्तासँग लिन पाउने सरसफाइ सेवा वा ढल निकास प्रणालीको महसुल वा सेवा शुल्क निर्धारण गर्ने,

थोक खानेपानीको खरिद बिव्रmीको दर निर्धारण गर्ने,

ट्याङ्कर वा बोतलबन्दी पानीको अधिकतम बिव्रmीदर निर्धारण गर्ने,

सेवाप्रदायकको वित्तीय र व्यवस्थापन कार्यसम्पादनको तथ्याङ्क सङ्कलन गर्ने,

महसुल तथा सेवा शुल्कसम्बन्धी मापदण्ड 

निर्धारण गर्ने,

महसुल तथा सेवा शुल्कसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने,

सेवा प्रदायकले महसुल निर्धारणका लागि आयोग समक्ष आवेदन दिँदा अपनाउनुपर्ने कार्यविधि 

स्वीकृत गर्ने,

सेवा प्रदायक र उपभोक्ताबिच महसुलसम्बन्धी गुनासोको उचित व्यवस्थापन र विवाद समाधान गर्ने,

खानेपानी सेवा वा सरसफाइ सेवा सम्बन्धमा नेपाल सरकारलाई आवश्यक सल्लाह र सुझाव दिने ।

महसुल निर्धारणका आधार ः

खानेपानी तथा सरसफाइ ऐन, २०७९ र सोको नियमावली, २०८१ बमोजिम आयोगले खानेपानी तथा सरसफाइ सेवाको महसुल निर्धारण गर्दा देहायका आधार लिनु पर्छ ः

सेवा सञ्चालनको लागत,

उपभोक्ता मूल्य सूचीको परिवर्तन,

खानेपानी तथा सरसफाइसम्बन्धी नेपाल 

सरकारको नीति,

विदेशी मुद्राको विनिमय दर,

ह्रास कट्टी,

पानीको गुणस्तर र सेवाको स्तर,

उपभोक्ताको व्रmयशक्ति, 

आयोजनाको लागत, ऋण लगानीको साँवा र ब्याज,

जडित क्षमता शुल्क,

स्वलगानी र त्यसको प्रतिफल,

कर, रोयल्टी, नियमन तथा अन्य शुल्क,

अतिरिक्त पुँजीकरण,

प्रशोधन सञ्चालन तथा मर्मत खर्च,

कार्य सञ्चालन खर्च,

उपयोगको प्रकार,

सेवाको थोक खरिद मूल्य,

महसुल छुट दिनुपर्ने परिमाणको आधारमा सम्भावित मूल्य वृद्धि,

अधिकार प्राप्त निकायबाट दिएको छुट सुविधा,

आयोगले उपयुकत ठानेका अन्य आधार ।

आयोगले ढल निकास सेवाको महसुल निर्धारण गर्दा माथि उल्लिखित आधारको अतिरिक्त देहायका थप आधारसमेत विचार गर्नु पर्छ ः

फोहोरपानी उत्पादकले निष्कासन गर्ने फोहोरपानीको मात्रा र किसिम,

निष्कासित फोहोरपानीबाट वातावरणमा पर्ने प्रभाव,

फोहोरपानी प्रशोधन व्यवस्थापनमा लाग्ने अनुमानित खर्च ।

अन्त्यमा खानेपानी तथा सरसफाइ सेवा नागरिकका लागि अत्यावश्यक सेवा हो । यो सेवा जनस्वास्थ्यसँग पनि प्रत्यक्ष सम्बन्धित छ । तथापि स्रोतसाधनको सीमितताका कारण राज्यका तर्फबाट नागरिकलाई निःशुल्क रूपमा यो सेवा प्रदान हुन सकेको छैन । सेवा प्रदायकले प्रदान गर्ने सेवाका सम्बन्धमा सरकारका निकायले अनुगमन तथा नियमन गरी स्वच्छ खानेपानी र सरसफाइ सेवामा नागरिकको पहुँच सुनिश्चितताका लागि सदैव प्रयत्नशील रहनु पर्छ । 

प्रस्तुतकर्ता : अर्जुन शर्मा

Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages