नेपालको माटो तथा हावापानी


नेपालमा पाइने माटो

पाँगो माटोः नदीले बगाएर थुपारेका कुहिएका झारपात बालुवा र माटोको मिश्रणबाट बनेको माटो हो । तराइ र बेशीमा यस्तो माटो पाइन्छ । धान उखु,सुर्ती,सनपाट र तेलहन फसलहरू यो माटोमा सप्रिन्छन् ।
बलौटे माटोः नदीले बगाएर थुपारेको बालुवा,पत्थर,कंकड आदि मिलेर बनेको माटो हो । नेपालको भावर,भित्री मधेश र चुरे पर्वतमा यस्तो माटो पाइन्छ । पानीको मात्रा कम हुनाले साल,सिसौं,खयर जस्ता कडा रुखहरू यो माटोमा सप्रन्छन ।
रातो फुस्रो माटोः महाभारत पर्वतबाट टुक्रिइ खसेका चट्टानहरूमा सडेका पतिंगर मिसिएर बनेको माटो हो । फलफुल,चिया,आलु,मकै कोदो आदि फसलहरू यो माटोमा सप्रन्छन् ।
Share:

सकारात्मक विभेद (Positive discrimination) र सकारात्मक विभेद र आरक्षणका फरक



सकारात्मक विभेद



कमजोर अवस्थाका मानिसलाई बढी लाभ, सुविधा, सहुलियत र अवसर दिएर वलिया र समृद्ध समान (equal) बनाउने तरिका वा प्रक्रिया हो

सक्षमलाई कम र कमजोरलाई बढी अवसर दिई सँगै हिड्ने अवस्थाको सिर्जनाका लागि अपनाइने प्रक्रिया हो सकारात्मक विभेद । यो समावेशी प्रजातन्त्रको आधार हो ।


सकारात्मक विभेदका तरिका


१.शक्तिकरण  शासन प्रणालीमा सहभागी हुन र शासन व्यवस्थाका लाभ प्राप्त गर्न कमजोर वर्ग समुदायलाई शिक्षा, तालिम, सीप विकासमा पहुँच बढाएर र विशेष अवसर दिएर सशक्तिकरण गर्ने ।
२. लक्षित कार्यक्रम: विपन्न, सिमान्तकृत, गरिब किसान मजदूरलाई सहुलियतपूर्ण कर्जा, निशुल्क स्वास्थ्य उपाचारको अवसर प्रदान गर्ने । उनीहरू केन्द्रित पूर्वाधार विकासमा निशुल्क वा सुपथ मूल्यमा मल बीउ उपलब्ध गराउने जस्ता कार्यक्रम सञ्चालन गर्न सकिने ।
३. अवसर:  Equitable justice प्रवर्धन गरी समान सहभागिता र पहुँचको अवसर बढाउन कानुनी र व्यवस्थापकीय अवसर प्रदान गर्ने । जस्तो निजामती सेवामा प्रवेश गर्न महिलालाई ४० वर्षको उमेरसम्म उम्मेदवार हुन पाउने, ४ वर्षमा बढुवाको उम्मेदवार हुन सक्ने अवसर दिइएको ।
४. सामाजिक सुरक्षा: भत्ता, वृद्धा, अपाङ्गता भएका व्यक्ति, दलित महिलालाई सार्वजनिक सेवामा छुट सुविधा, विशेष भत्ताको व्यवस्था ।



सकारात्मक विभेद र आरक्षणमा फरक:



आरक्षण (Reservation) ले प्रतिनिधित्व सहभागिता सुनिश्चित गर्छ । जस्तो निजामती सेवामा ३३५ महिला आरक्षण, पुरुषले उक्त सीटमा प्रतिनिधित्व गर्न सक्दैन ।
सकारात्मक विभेदले प्रतिनिधित्व सहभागिताका लागि अवसर मात्र सिर्जना गर्छ । जस्तो निजामती सेवामा प्रवेश गर्न पुरुषलाई ३५ वर्षसम्म र महिलालाई ४० वर्षको उमेरसम्म उम्मेदवार हुन सक्ने । व्यवस्थाले महिलालाई सीट सुरक्षित गर्दैन बरु सो प्रात्तिका लागि सहजता प्रदान गर्दछ ।
Share:

समानुपातिक प्रतिनिधित्व (Proportional Representation) भन्नाले के बुझिन्छ ? यसका सकारात्मक र कमजोर पक्षहरू समेत उल्लेख गर्नुहोस ।





समानुपातिक प्रतिनिधित्व



जातीय, वर्गीय, लैङ्किक, भौगोलिक, जनसंख्याको अनुपातका आधारमा प्रतिनिधित्वको अधिकार स्थापित हुनु नै समानुपातिक प्रतिनिधित्व (Proportional Representation) हो । सामान्यतया: विश्वमा निर्वाचनको माध्यमबाट दुई किसिमका प्रतिनिधित्व प्रणाली प्रचलनमा छन्– 

(क) पहिलो निर्वाचित हुने प्रणाली 
(ख) समानुपातिक प्रतिनिधित्व प्रणाली

Share:

अक्षांश, देशान्तर र अन्तर्राष्ट्रिय तिथी रेखा सम्बन्धी जानकारी


अक्षांश


भू- मध्ये रेखासगं समानन्तर हुने गरी पूर्व पश्चिम दिशामा खिचिएको रेखालाई अक्षाशं भनिन्छ 

भू- मध्ये रेखा बाट उत्तरमा उतरी ध्रुब र दक्षिणमा ध्रुबमा क्रमस १/(१११बर्ग कि.मि.)को फरकमा जम्मा ९०/९० वटा गरी १८० वटा अक्षाश रेखाहरुरहेको हुन्छन्।

भू मध्यरेखा ० डिग्री मा हुन्छ , भू मध्यरेखा बाट माथि ९० डिग्री सम्म उत्तरी ध्रुब र भूमध्यरेखाबाट तल ९० डिग्री सम्म दक्षीणि गोलाद्ध पर्दछ ।

उतरी गोलाद्धमा २३.डिग्री उत्तरी अक्षाशलाई कर्कट रेखा ६६.डिग्री उतरी अक्षाशलाई सुमेरु वृत्त र दक्षिणमा २३.डिग्री दक्षिणि अक्षाशलाई मकर रेखा र ६६.डिग्री दक्षिणी अक्षाशलाई कुमेरु वृत्त भनिन्छ ।


देशान्तर


प्रधानमध्यान्न रेखालाई आधार मानि पृथ्वीको उत्तरी ध्रुबदेखि दक्षिणी ध्रुबसम्म खिचिएको काल्पनिक रेखालाई देसान्तर भनिन्छ ।

यो रेखा बेलायतको ग्रीनबिच भन्ने ठाउमा पर्दछ ।

प्रधानमध्यान्न रेखादेखि पूर्वमा परेका १८० डिग्री सम्मका देशान्तररेखालाई पूर्वी देशान्तर र पश्चिममा परेका १८० डिग्री सम्मका रेखालाई पश्चिमि देशान्तर भनिन्छ ।

देशान्तर रेखाहरु आपसमा बराबर हुन्छन्,१ डिग्री देशान्तर बराबर ४ मिनट समयको फरक पर्दछ यसै रेखाको आधारमा ससांरको जुनसुकै स्थानको समय निर्धारण गर्ने गरिन्छ ।



अन्तर्राष्ट्रिय तिथी रेखा


विश्वको तिथि मिति छुट्याउने १८० डिग्री देशान्तर रेखालाई अन्तराष्ट्रिय तिथिरेखा भनिन्छ ।

पृथ्वीको हरेक १८० डिग्री देशान्तरमा ४ मिनेट समय फरका पदै जादां ग्रिनबिच देखि पुर्वमा १८० डिग्री सम्म १२ घण्टा समय चाडो र पश्चिम १८० डिग्री मा १२ घण्टा ढिलो हुँदा ३६० डिग्रीमा २४ घण्टा समयको अन्तर पर्दछ । यो रेखा देखि पुर्वी भागमा र पश्चिम भागमा एकदिनको तिथीमिति फरका पर्ने र यसलाई अन्तराष्ट्रिय रुपमा विश्वले नै मान्य भएकाले यसलाई अन्तराष्ट्रिय तिथी रेखा को रुपमा मानिएको छ ।

यस रेखालाईनै आधार मानेर संसारको जुनसुकै स्थानको प्रमाणिक समय निधारण गर्ने गरिन्छ ।
Share:

मदन पुरस्कार प्राप्त गर्नुहुने व्यक्तित्त्वहरु


१. सत्यमोहन जोशी
२. चित्तरञ्जन नेपाली
३. डा. बलराम जोशी
४. लीलाध्वज थापा 
५. करुणाकर वैद्य
६. कृष्णचन्द्रसिंह प्रधान
७. गंगाविक्रम सिजापति
८. नित्यराज पाण्डे
९. भीमनिधि तिवारी
१०. रमेश विकल
११. गोपालप्रसाद रिमाल
१२. कोमलनाथ अधिकारी
१३. जनकलाल शर्मा
१४. बालकृष्ण पोखरेल

Share:

नेपालको निजामती सेवामा महिलाको अवस्था


निजामति सेवामा कार्यरत महिला कर्मचारीहरुको विवरण
पद
संख्या
विशिस्ट श्रेणी (सचिव)
सहसचिव
२४
उपसचिव
१४६
अधिकृत
०१७
नायब शुब्बा
८९२
खरिदार
९२२
श्रेणीबिहिन
५३५
स्वास्थ्यका विभिन्न तहमा कार्यरत
४४४
जम्मा
१४११७
निजामति सेवामा कार्यरत कर्मचारीहरुको विवरण
जम्मा निजामति कर्मचारी
८१६७७
जम्मा निजामति कर्मचारी (पूरुष)
६७७४० (८२.७१%)
जम्मा निजामति कर्मचारी (महिला)
१४११७ (१७.२९%)
Share:

महत्वपूर्ण समसमायिक बस्तुगत प्रश्नोत्तर


१. वि.सं. २०७१ चैत्र ५ मा नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा को नियुक्त भएका छन् ?
- डा. चिरञ्जीवी नेपाल
चर्चित उपन्यास ह्यारी पोर्टरकी लेखीका जेके रोलिङ कहिले नेपाल आएकी थिइन ?
- २०७१ चेत्र ७ गते
. सन् २०१३ सेप्टेम्बर ११ मा काठमाण्डौँमा सम्पन्न भएको आठौँ साफ च्याम्पियन सिपमा कुन राष्ट्रले उमाधि जित्यो ?
- अफगानिस्तान
४. आठौ साफ च्याम्पियन सिपका सर्वोत्कृष्ठ खेलाडी को हुन् ?
- मन्सुर फगिस्यार
.नेपालमा पूर्ण साक्षर भएको गाविस कुन हो ?
- हेम्जा गाविस(कास्की)
.विर अस्पतालले कहिले देखि जेष्ठ नागरिकलाई निःशुल्क उपचार सेवा प्रदान गर्न थालेको हो ?
- वि.सं. २०७० जेष्ठ २ गते बाट
७. निजामती सेवा तेश्रो संसोधन २०७० कहिले राजपत्रमा प्रकाशित भयो ?
- २०७० चैत्र १२ गते
. नेपाल सरकारले मृगौला पिडित असक्त नागरिकका लागि कहिलेबाट निःशुल्क डायलोसिस सेवा शुरु गरेको हो ?
- वि.सं. २०६९ चैत्र १ गते बाट
.युरोपेलि यूनियनको पुरानो नाम के थियो ?
-  यूरोपेली आर्थिक समुदाय
१०. म्याष्ट्रिय सन्धिमा हस्ताक्षर गर्ने पहिलो राष्ट्र कुन हो ?
- आयरल्याण्ड
Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages