नेपालमा वन तथा जङ्गलको विभाजन

१.३.२ वन
कुनै ठाँउको भूधरातल, हावापानी, माटो आदिले त्यस स्थानको वनस्पतिलाई प्रभावित गर्दछन् । हावापानीले वनस्पतिलाई प्रभावित गर्ने हुदाँ यी दुईबीच अन्योन्याश्रित सम्बन्ध रहेको छ । नेपालको वातावरणीय संरक्षण र सन्तुलनमा वन सम्पदाको महत्वपूर्ण स्थान छ । यद्यपि विगत केही दशकयता वन सम्पदामा व्यापक ह्रास आएको छ । सन् १९५४ को तथ्याङ्कअनुसार देशको ४५ प्रतिशतभन्दा बढी भूभाग वन जङ्गलले ढाकेको थियो तर सन् १९७९ तिर ४३ प्रतिशत, सन् १९८६ मा ३७.४ प्रतिशत र सन् १९९८ मा गरिएको एक सर्वेक्षणले वन क्षेत्र केवल ३९.६ प्रतिशत रहन गएको तथ्य खुलासा गरेको छ । यही अध्ययनले नेपालको तराई क्षेत्रको वन प्रति वर्ष १.३ प्रतिशतले विनास हुँदै गएको देखाएको छ । विगतका दशकहरूमा आवास तथा पुनर्वासका लागि धेरै ठाँउहरूमा वन फडानी गरियो भने कतिपय क्षेत्रहरूमा वनको अतिक्रमण भयो ।
नेपालको भूधरातल तथा वनजङ्गलको विविधताको आधारमा नेपालको वनस्पति जगतलाई निम्न ५ समूहमा वर्गीकरण गर्न सकिन्छः
(क) उष्णप्रदेशीय सदाबहार जङ्गल (Sub Tropical Evergreen Forest)
तराई, भावर, दुन, चुरे पर्वतको १,२०० मिटरसम्मको उचाइमा पाइने उष्ण प्रदेशीय सदाबहार जङ्गलमा गर्मी र वर्षा यथेष्ट मात्रामा हुनेहुँदा यहाँका रूखहरू अग्ला, मोटा, बलिया र सँधै हरियाभरिया हुन्छन् । पूर्वदेखि पश्चिमसम्म समानान्तर रूपमा रहेको यो जङ्गल पहिले चार कोशसम्म फैलिएकोले यसलाई चारकोशे झाडी पनि भनिन्छ । यहाँ साल, सिसौँ, खयर, सिमल आदि प्रमुख वनस्पतिका साथै साँवे, ढड्डी, गाँज पनि पाइन्छन् । यस जङ्गलमा हात्ती, गैडा, बाघ, भालु, मृग आदि वन्यजन्तु पाइने हुदाँ यो क्षेत्र आर्थिक तथा जैविक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ ।
(ख) समशितोष्ण पतझर जङ्गल (Temperate Deciduous Forest)
नेपालमा १,२०० मिटरदेखि २,१०० मिटरसम्मको उचाइसम्म चुरे पहाडको माथिल्लो भाग, मध्यभाग र महाभारत पर्वतको तल्लो भागमा पाइने समशितोष्ण पतझर जङ्गलमा पाइने रूख अग्ला र मोटा हुन्छन् । तल्लो भाग सघन छायाँदार भए पनि माथिल्लो भाग चिसो हुनुका साथै तुसारो पर्ने भएकाले अधिकांश पातपतिङ्गर झर्ने हुँदा यो वन शृङ्खलालाई पतझर भनिएको हो । उच्च भागमा केही मात्रामा पतझर र कोणधारी रूखहरूको मिश्रित जङ्गल पाइन्छ । यहाँ पाइने कडा र नरम जातका सदाबहार, पतझर र कोणधारी रूखमध्ये साल, सल्ला, देवदारू, चाँप, कटुस, ओखर, गुराँस, पिपल, चिलाउने, वर, बाँस, सिमल, उत्तिस, पलाँस, लाँकुरी, चाँप प्रमुख छन् । यस्तो वन उष्णप्रदेशीय सदाबहार जङ्गलभन्दा कम गुणस्तरको मानिन्छ ।
(ग) समशीतोष्ण सदाबहार कोणधारी जङ्गल (Coniferous Forest)
महाभारत पर्वतको माथिल्लो भाग तथा हिमाल पर्वतको तल्लो भागमा २,१०१ मिटरदेखि ,३५० मिटरसम्मको उचाइमा कोणधारी जङ्गल पाइन्छ । यहाँ वर्षैभरि चिसो हुने र हिमपात भैरहने हुँदा रूख र रूखका पातहरू कोणजस्तै चुच्चो परेका हुन्छन् । यँहाको माटो सेपिलो हुनेहुँदा सदाबहार जङ्गल हुन्छ । यहाँ मझौला नरम जातका रूख पाइने र यसमा पनि चाँप, सल्ला, देवदारू, कटुस, धुपी, सीमल, चिलाउने, वेतबाँस, उत्तिस, बाँस, गुँरास, भोजपत्र आदि उल्लेख्य मात्रामा रहेका छन् ।
(घ) लेकाली वनस्पति वा घाँसे मैदान (Alpine Forest)
नेपालमा ३,३५१ मिटरदेखि ५,००० मिटरसम्मको उचाइमा कम तापक्रम र कम वर्षा हुने पहाडी तथा तल्लो हिमाली क्षेत्रमा पाइने वनस्पतिलाई लेकाली वनस्पति भनिन्छ । यो उचाइमा चिसो र शुष्क जलवायु पाइने हुदाँ यहाँ अग्ला, मोटा र कडा जातका रूखहरू सप्रिन सक्दैनन् । लेकाली वनस्पतिमध्ये कम उचाइका गुराँस, निगाले र केही झाडीजस्ता रूखहरू ३,६०० मिटरसम्मको उचाइमा पाइन्छन् भने त्योभन्दामाथि घाँसका ठुला ठुला फाँटहरू पाइन्छन् । माथिल्लो गुराँस भागमा रङ्गविरङ्गका बुकी फूल, जडिबुटीहरू पाइन्छन् ।
(ङ) शीत मरूभूमिको वनस्पति (Tundra Vegetaion)

नेपालमा ५००० मिटरको उचाइभन्दामाथि हिँउ पर्नेहुँदा यहाँ वनस्पतिहरू उम्रिन नसक्ने भएकाले हिउँ नअड्ने भिरालो ठाँउमा काई र लेउ मात्र पाइन्छन् । उम्रिन र हुर्कन नसक्ने यस्तो ठाँउमा उम्रेका लेउ र झ्याउलाई टुण्ड्रा वनस्पति वा शीत मरूभूमिको वनस्पति भनिन्छ ।
Share:

खरिदारबाट मुख्य सचिव : सोमलाल सुवेदी मुख्य सचिव

सरकारले स्थानीय विकास मन्त्रालयका सचिव डा.सोमलाल सुवेदीलाई मुख्य सचिवको जिम्मेवारी दिएको छ । २०७२ साउन २० गते बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले उनीलाई नियुक्त गरेको हो । निजामति प्रशासनको सबैभन्दा तल्लो तह खरिदारबाट जागिर शुरु गरेका डा.सोमलाल सुवेदी निजामति प्रशासनकै सबैभन्दा माथिल्लो तह मुख्य सचिव बन्न सफल भएका छन् ।
आजभन्दा ३२ वर्षअघि खरिदारबाट सरकारी सेवामा प्रवेश गरेका सुवेदीले शाखा अधिकृत, उपसचिव र सहसचिवमा खुला प्रतिस्पर्धाबाटै नाम निकालेर ०६७ चैतमा उनी सचिवमा बढुवा भएका हुन् ।
Share:

मिति २०७२ साउन २० गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोतरहरु


. हाल नेपालमा ’, ’, वर्गका वैंङ्क तथा वित्तीय संस्था कति-कति रहेका छन् ?
- क्रमशः ३०‚ ७६‚ ४८ र ३९
२. ग्लोबल फाइनान्सद्वारा सन् २०१५ जुलाई २० मा अमेरिकाको न्युयोर्कमा घोषणा गरिएको एसिया प्रशान्त क्षेत्रीय समूहअन्तर्गत कन्जुमर डिजिटल बैङ्क अवार्ड कसले प्राप्त गरेको छ ?
- स्टान्डर्ड चार्टर बैङ्क‚ नेपाल
३. नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) द्वारा वि.सं. २०७२ मा प्रदान गरिने उत्कृष्ट लेखा प्रस्तुति सम्माना पुरस्कारबाट सम्मानित हुने वाणिज्य बैङ्क कुन हो ?
- नविल बैङ्क लि.
४. नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) द्वारा वि.सं. २०७२ मा प्रदान गरिने विकास बैङ्क तथा वित्त कम्पनी समूहमध्येको उत्कृष्ट वित्तीय प्रतिवेदन पुरस्कार वेस्ट प्रिजेन्टेड एकाउन्टस् अवार्ड-२०१४ कुन संस्थाले प्राप्त गर्‍यो ?
- कैलाश विकास बैङ्क
५. स्थानीय निकाय वित्तीय आयोगले परीक्षण गरेको न्यूनतम सर्त तथा कार्यस्पादन मापन (एमसीपीएम) मा सर्वोत्कृष्ट हुने जिविस कुन-कुन हुन् ?
- धनकुटा र सिन्धुपाल्चोक (नगरपालिकामा बुटवल उपनगरपालिका र धनकुटा नगरपालिका)
६. हाम्रो सबैभन्दा ठूलो कमजोरी प्रयत्न गर्न छोड्नुमा छ‚ सफलता प्राप्त गर्ने सबैभन्दा सनिश्चित उपाय भनेको अर्को एकपटक प्रयत्न गर्नु मात्र हो । भन्ने विचारक को हुन् ?
- थोमस अल्बा एडिसन‚ बैज्ञानिक
७. सन् २०२२ को शीतकालीन ओलम्पिक खेलकुद प्रतियोगित कहाँ हुने भएको छ ?
- बेइजिङ‚ चिन
८. आ.व. २०७१/७२ को आर्थिक सर्वेक्षणअनुसार चालु आ.व.को यथार्थ कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति प्रतिशत रहेको छ ?
- ३३.१ प्रतिशत (गैरकृषि क्षेत्रको योगदान : ६६.९ प्रतिशत)
९. वि.सं. २०७२ साउन १२ मा वितरित राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट चलचित्र को उपाधि कुन चलचित्रले हासिल गर्‍यो ?
- कबड्डी ( अभिनेता तर्फ : दयाहाङ राई‚ अभिनेतृ तर्फ : ऋचा शर्मा)
१०. नेपालबाटै लोप भएको भनिएको सिरीगाई कहाँ फेला परेको छ ?
- ताप्लेजुङ
११. वि.सं. २०७२ असार मसान्तसम्म इजाजतपत्र प्राप्त एफएम रेडियोको सङ्ख्या कति पुगेको छ ?
- ६३८ (सञ्चालनरत : ५४७)
१२. वि.सं. २०७१ मा नेपालमा पर्यटकहरुको ‍औसत दैनिक खर्च कति रहेको छ ?
- ४६.४ डलर
१३. वि.सं. २०७० पुस मसान्तदेखि २०७१ पुस मसान्तसम्मको अवधिमा पर्यटकहरुको नेपाल वसाइ अवधि सरदर कति रहेको छ ?
- १२.४ दिन
१४. मानवीय गतिविबाट पर्यावरणमा पर्ने असरलाई न्यूनीकरण गर्न पृथ्वीलाई आराम दिनुपर्ने प्रतीकात्मक सन्देश दिन विश्वभरि नै एक घण्टा बत्ती निभाउने अभियानलाई के भनी चिनिन्छ ?
- अर्थ आवर
१५. सन् २०१५ अप्रिल ९-११ सम्म अमेरिकामा भएको पानी प्रशोधनसम्बन्धी प्रविधिमा उत्कृष्ट हुने बैज्ञानिक को हुन् ?
- एमपी भट्ट
१६. राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार बाट सम्मानित हुने खेलाडी को-को हुन् ?
- विमला तामाङ (कराँते)‚ सोमपाल कामी (क्रिकेट)‚ दिवस श्रेष्ठ (बक्सिङ)‚ ज्ञानी चुनारा (तेक्वान्दो)‚ विनिता बुढाथोकी (भलिबल)‚ विक्रमबहादुर रानामगर‚ केशरी चौधरी‚ प्रमिला चौधरी र सुनील चौधरी (एथ्लेटिक्स)
१७. नेपाल वायुसेवा निगमद्वारा वि.सं. २०७२ बैशाख १८ मा ल्याएको दोस्रो एयरबस ए ३२० लाई के नामाकरण गरिएको छ ?
- लुम्बिनी (२०७१ माघ २५ मा ल्याएको पहिलो एयरबसलाई सगरमाथा नामकरण गरिएको ।)
१८. निजामती सेवा ऐन‚ २०४९ को चौथो संसोधन कहिले भएको हो ?
- वि.सं. २०७२ असार २९
१९. नेपाल वायुसेवा निगम (nepal airlines Corporation) को स्थापना कहिले भएको हो ?
- वि. सं. २०१५ असार १७
२०. लोकसेवा आयोगले कहिलेदेबाट लागू हुने गरी अप्राविधिक तर्फका राजपत्र अनङ्कित प्रथम श्रेणी (नायब शुब्बा) र द्वितीय श्रेणी (खरिदार) पदका लागि प्रवेश परीक्षाको व्यवस्था गरेको छ ?
- आ.. २०७२/७३
२१. नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदाअनुसार राष्ट्रभाषा भन्नाले के बुझिन्छ ?
- नेपालमा बोलिने सबै मातृभाषाहरु
२२. सन् २०१५ जुलाईमा सम्पन्न उत्तर तथा मध्य अमेरिको क्षेत्रको प्रतिष्ठित फुटबल प्रतियोगिता कोन्काकाफ गोल्डकप को उपाधि जित्ने राष्ट्र कुन हो ?
- मेक्सिको (उपविजेजा जमैका)
२३. जसले कसरी सिक्ने र परिवर्तन गर्ने भन्ने कुरा सिकेको छ त्यो व्यक्ति मात्र शिक्षित हो । भन्ने विचारक को हुन् ?
- कार्ल रोजर्स अमेरिकन मनोविद्
२४. नेपालमा हालसम्म कतिवटा त्रिवर्षीय आवधिक योजना आएका छन् ?
- चार
२५. नेपाल सरकारद्वारा हेलो स्वास्थ्य कार्यक्रम कहिलेदेखि सुरु गरिएको हो ?
- वि.सं. २०६९ कार्तिक २९
२६. गुणस्तरीय पर्यटन भित्र्याउनका लागि कन्ट्रोल टुरिज्म नीति अवलम्बन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?
- भुटान
२७. क्योटो वर्ल्ड वाटर ग्रान्ड प्राइज-२०१५ (राशि : २० हजार अमेरिकी डलर) बाट सम्मानित हुने नेपाली संस्था हुन हो ?
- वातावरण तथा जनस्वास्थ्य सङ्गठन (एन्फो)
२८. स्वाइन फ्लु अर्थात इनफ्लुएन्जा ए एचवानएनवानलाई who ले कहिले महामारी रोग घोषणा गर्‍यो ?
- सन् २००९ जुन ११
२९. सार्क राष्ट्रहरुमध्ये आफ्ना नागरिकहरुलाई ई-पासपोर्ट उपलब्ध गराउने पहिलो राष्ट्र कुन हो ?
- माल्दिभ्स (सन् २००७)
३०. रुपन्देहीको भैरहवामा डिजास्टर रिकभरी सेन्टरको स्थापना कहिले भएको हो ?
- वि.सं. २०७२ साउन ११
३१. सरकारद्वारा राष्ट्रिय युवा प्रतिभा सम्मान का लागि प्रदान गरिने पुरस्कारको राशि कति रहेको छ ?
- जनही रु. १ लाख

 
Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages