निमावि शिक्षकको अंग्रेजीको पनि परिक्षा नतिजा प्रकाशन सुरु (प्रकाशित नतिजा सहित)

स्थायी शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा शिक्षक सेवा आयोगले शनिवार थप दुई विषयको नतिजा सार्वजनिक गरेको छ ।
शनिवार गोरखापत्रमा मध्यमाञ्लको गणित र सुदुर पश्चिमाञ्चलको अँग्रेजी विषयको नतिजा सार्वजनिक गरेको आयोगले जनाएको छ ।
अबको क्रममा निमाविको ४ क्षेत्रको अँग्रेजी विषयको नतिजा सार्वजनिक गर्ने आगोगको तयारी छ । बाँकी विषय मध्ये नेपाली र सामाजिकको नतिजा प्रकाशनका लागि आयोगलाई अलिक धेरै समय लाग्ने देखिएको छ । नेपालीको ३६ हजार धेरै रहेकाले समय लाग्ने देखिएको हो ।
Share:

निमाविको गणित सहित अन्यको परिक्षा नतिजा प्रकाशित (नतिजा सहित)

स्थायी शिक्षकका लागि शिक्षक सेवा आयोगले लिएको परीक्षा अन्र्तगत निम्न माध्यमिक तर्फ बाँकी केही विषयको नतिजा सार्वजनिक गरेको छ । बिहीबार आयोगले पाँचै विकास क्षेत्रका गणित विज्ञानको नतिजा सार्वजनिक गरेको छ ।
यसैगरी मध्यमाञ्चल बाहेकको गणितको तथा मध्यमाञ्चल र पश्चिमाञ्चलका लागि मात्रै रहेको संस्कृत ब्याकरणको नतिजा पनि सार्वजनिक भएको छ । आयोगले बुधबार विज्ञानबाट नतिजा सार्वजनिक गर्न शुरु गरेको थियो ।
बुधबार बाँकी रहेको मध्यमाञ्चल र पश्चिमाञ्चल क्षेत्रको विज्ञान विषय मध्ये शुक्रबार गोरखापत्रमा मध्यमाञ्चलको विज्ञान विषयको नतिजा सार्वजनिक गरेको आयोगले जनाएको छ ।
Share:

नेपालको संविधान, २०७२ का विशेषताहरु



–    संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था
–    सार्वभौम र राजकीय सत्ता जनतामा
–    
सात प्रदेशको संघीय संरचना
–    
संघ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना
–    
संघीय र प्रदेश संसद्बाट निर्वाचित संवैधानिक राष्ट्रपति
–    
सुधारिएको संसदीय शासन प्रणाली, संसद्बाट निर्वाचित प्रधानमन्त्री कार्यकारी प्रमुख
–    
प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने
–    
दुई वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाइने
–    
दुईतिहाइले संशोधन गर्न सकिने
–    
मिश्रित निर्वाचन प्रणाली
–    
केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभासहित दुई सदनात्मक संघीय संसद्
–    
प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक ११० सहित २७५ सदस्य
–    
केन्द्रमा बढीमा २५ सदस्यीय मन्त्रिपरिषद्
–    
राष्ट्रियसभामा सात प्रदेशबाट निर्वाचित ५६ र राष्ट्रपतिबाट मनोनीत ३ सहित ५९ सदस्य
–    
प्रदेशमा एक सदनात्मक संसद्
–    
७ प्रदेशमा कुल सांसद ५५०
Share:

निमाविको नतिजा प्रकाशन शुरु (नतिजा सहित)

स्थायी शिक्षकका लागि शिक्षक सेवा आयोगले लिएको परीक्षा अन्र्तगत  निम्न माध्यामिक विद्यालय तर्फको नतिजा सार्वजनिक हुने क्रम शुरु भएको छ । बुधबार विज्ञान विषयको नतिजा सार्वजनिक गरेर आयोगले निमाविको नतिजा प्रकाशन गर्ने क्रम शुरु गरेको हो । मध्यमाञ्चल र पश्चिमाञ्चल बाहेकका सबै क्षेत्रको विज्ञान विषयको नतिजा सार्वजनिक गरेको आयोगले जनाएको छ ।
गत असार २५ र २६ गते भएको माध्यामिक र निम्न माध्यामिकको स्थायीको नतिजा  मध्ये माविको नतिजा दुई महिना भित्रै सार्वजनिक गरिएको  थियो । माविको नतिजा गत भदौ १६ गते बाट प्रकाशन शुरु भएको थियो ।
Share:

२०७२ भदौ ३० गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोत्तर



१. वाणिज्य नीति २०७२ को लक्ष्य के रहेको छ ?
- निकासी प्रवर्द्धन गरी समावेशी र दिगो आर्थिक बृद्धि हासिल गर्ने
२. अमेरिकाको व्यापारिक राजधानी न्युयोर्कस्थित विश्व व्यापार केन्द्र रहेको जुम्ल्याहा भवन एवं वासिङ्टन डिसीस्थित रक्षा मन्त्रालय रहेको पेन्टागनमाथि विमान ठोक्याएर आतङ्कवादी आक्रमण कहिले भएको थियो ?
- सन् २००१ सेप्टेम्बर ११
३. तेल उत्पादन राष्ट्रहरुको समूह 'ओपेक' मा हाल कति सदस्य राष्ट्र रहेका छन् ?
- १३
४. "आस्था भएको कामले सफल बनाउँछ ।" भन्ने विचारक को हुन् ?
- विवेकानन्द
Share:

कति छ निजामती कर्मचारीहरुको तलव

निजामती कर्मचारीहरुको तलव सुविधा कति होला ।  अर्थमन्त्रालयले एक वर्षअघि तोकेको तलव अनुसार  निजामती कर्मचारीको सबैभन्दा ठूलो पद मुख्य सचिवको तलव एक महिनाको ४३ हजार ६ सय ७० रुपैयाँ छ ।   सचिवले प्रत्येक महिना ४१ हजार १३० रुपैयाँ बुझ्छन् ।
सहसचिवले ३२ हजार १ सय  २० उपसचिवले २७ हजार ३ सय ७० र शाखा अधिकृतले २४ हजार ४ सय रुपैयाँ पाउँछन् ।  मूख्य सचिव, सचिव र सहसचिवले  सवारी, त्यसको चालक र पेट्रोल, डिजेल सुविधा पनि पाउँछन । नायव सुब्बाको १८ हजार ८ सय रुपैयाँ र खरिदारले १७ हजार ७ सय ३० पाउँछन् ।
Share:

जातिगत जनसङ्ख्या विवरण (राष्ट्रिय जनगणना २०६८)


क्र.सं.
जातजातिहरू
जनसङ्ख्या
प्रतिशत
१
क्षत्री
४३९८०५३
१६.६००
२
ब्राह्मण—पहाडी
३२२६९०३
१२.१८०
३
मगर
१८८७७३३
७.१२५
४
थारु
१७३७४७०
६.५५८
५
तामाङ
१५३९८३०
५.८१
६
नेवार
१३२१९३३
४.९८९
७
मुसलमान
११६४२५५
४.३९४
Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages