निमावि शिक्षकको अंग्रेजीको पनि परिक्षा नतिजा प्रकाशन सुरु (प्रकाशित नतिजा सहित)

स्थायी शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा शिक्षक सेवा आयोगले शनिवार थप दुई विषयको नतिजा सार्वजनिक गरेको छ ।
शनिवार गोरखापत्रमा मध्यमाञ्लको गणित र सुदुर पश्चिमाञ्चलको अँग्रेजी विषयको नतिजा सार्वजनिक गरेको आयोगले जनाएको छ ।
अबको क्रममा निमाविको ४ क्षेत्रको अँग्रेजी विषयको नतिजा सार्वजनिक गर्ने आगोगको तयारी छ । बाँकी विषय मध्ये नेपाली र सामाजिकको नतिजा प्रकाशनका लागि आयोगलाई अलिक धेरै समय लाग्ने देखिएको छ । नेपालीको ३६ हजार धेरै रहेकाले समय लाग्ने देखिएको हो ।
Share:

निमाविको गणित सहित अन्यको परिक्षा नतिजा प्रकाशित (नतिजा सहित)

स्थायी शिक्षकका लागि शिक्षक सेवा आयोगले लिएको परीक्षा अन्र्तगत निम्न माध्यमिक तर्फ बाँकी केही विषयको नतिजा सार्वजनिक गरेको छ । बिहीबार आयोगले पाँचै विकास क्षेत्रका गणित विज्ञानको नतिजा सार्वजनिक गरेको छ ।
यसैगरी मध्यमाञ्चल बाहेकको गणितको तथा मध्यमाञ्चल र पश्चिमाञ्चलका लागि मात्रै रहेको संस्कृत ब्याकरणको नतिजा पनि सार्वजनिक भएको छ । आयोगले बुधबार विज्ञानबाट नतिजा सार्वजनिक गर्न शुरु गरेको थियो ।
बुधबार बाँकी रहेको मध्यमाञ्चल र पश्चिमाञ्चल क्षेत्रको विज्ञान विषय मध्ये शुक्रबार गोरखापत्रमा मध्यमाञ्चलको विज्ञान विषयको नतिजा सार्वजनिक गरेको आयोगले जनाएको छ ।
Share:

नेपालको संविधान, २०७२ का विशेषताहरु



–    संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था
–    सार्वभौम र राजकीय सत्ता जनतामा
–    
सात प्रदेशको संघीय संरचना
–    
संघ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना
–    
संघीय र प्रदेश संसद्बाट निर्वाचित संवैधानिक राष्ट्रपति
–    
सुधारिएको संसदीय शासन प्रणाली, संसद्बाट निर्वाचित प्रधानमन्त्री कार्यकारी प्रमुख
–    
प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने
–    
दुई वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाइने
–    
दुईतिहाइले संशोधन गर्न सकिने
–    
मिश्रित निर्वाचन प्रणाली
–    
केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभासहित दुई सदनात्मक संघीय संसद्
–    
प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक ११० सहित २७५ सदस्य
–    
केन्द्रमा बढीमा २५ सदस्यीय मन्त्रिपरिषद्
–    
राष्ट्रियसभामा सात प्रदेशबाट निर्वाचित ५६ र राष्ट्रपतिबाट मनोनीत ३ सहित ५९ सदस्य
–    
प्रदेशमा एक सदनात्मक संसद्
–    
७ प्रदेशमा कुल सांसद ५५०
Share:

निमाविको नतिजा प्रकाशन शुरु (नतिजा सहित)

स्थायी शिक्षकका लागि शिक्षक सेवा आयोगले लिएको परीक्षा अन्र्तगत  निम्न माध्यामिक विद्यालय तर्फको नतिजा सार्वजनिक हुने क्रम शुरु भएको छ । बुधबार विज्ञान विषयको नतिजा सार्वजनिक गरेर आयोगले निमाविको नतिजा प्रकाशन गर्ने क्रम शुरु गरेको हो । मध्यमाञ्चल र पश्चिमाञ्चल बाहेकका सबै क्षेत्रको विज्ञान विषयको नतिजा सार्वजनिक गरेको आयोगले जनाएको छ ।
गत असार २५ र २६ गते भएको माध्यामिक र निम्न माध्यामिकको स्थायीको नतिजा  मध्ये माविको नतिजा दुई महिना भित्रै सार्वजनिक गरिएको  थियो । माविको नतिजा गत भदौ १६ गते बाट प्रकाशन शुरु भएको थियो ।
Share:

२०७२ भदौ ३० गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोत्तर



. वाणिज्य नीति २०७२ को लक्ष्य के रहेको छ ?
- निकासी प्रवर्द्धन गरी समावेशी र दिगो आर्थिक बृद्धि हासिल गर्ने
. अमेरिकाको व्यापारिक राजधानी न्युयोर्कस्थित विश्व व्यापार केन्द्र रहेको जुम्ल्याहा भवन एवं वासिङ्टन डिसीस्थित रक्षा मन्त्रालय रहेको पेन्टागनमाथि विमान ठोक्याएर आतङ्कवादी आक्रमण कहिले भएको थियो ?
- सन् २००१ सेप्टेम्बर ११
. तेल उत्पादन राष्ट्रहरुको समूह 'ओपेक' मा हाल कति सदस्य राष्ट्र रहेका छन् ?
- १३
. "आस्था भएको कामले सफल बनाउँछ ।" भन्ने विचारक को हुन् ?
- विवेकानन्द
Share:

कति छ निजामती कर्मचारीहरुको तलव

निजामती कर्मचारीहरुको तलव सुविधा कति होला ।  अर्थमन्त्रालयले एक वर्षअघि तोकेको तलव अनुसार  निजामती कर्मचारीको सबैभन्दा ठूलो पद मुख्य सचिवको तलव एक महिनाको ४३ हजार ६ सय ७० रुपैयाँ छ ।   सचिवले प्रत्येक महिना ४१ हजार १३० रुपैयाँ बुझ्छन् ।
सहसचिवले ३२ हजार १ सय  २० उपसचिवले २७ हजार ३ सय ७० र शाखा अधिकृतले २४ हजार ४ सय रुपैयाँ पाउँछन् ।  मूख्य सचिव, सचिव र सहसचिवले  सवारी, त्यसको चालक र पेट्रोल, डिजेल सुविधा पनि पाउँछन । नायव सुब्बाको १८ हजार ८ सय रुपैयाँ र खरिदारले १७ हजार ७ सय ३० पाउँछन् ।
Share:

जातिगत जनसङ्ख्या विवरण (राष्ट्रिय जनगणना २०६८)


क्र.सं.
जातजातिहरू
जनसङ्ख्या
प्रतिशत
क्षत्री
४३९८०५३
१६.६००
ब्राह्मणपहाडी
३२२६९०३
१२.१८०
मगर
१८८७७३३
७.१२५
थारु
१७३७४७०
६.५५८
तामाङ
१५३९८३०
५.८१
नेवार
१३२१९३३
४.९८९
मुसलमान
११६४२५५
४.३९४
Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages