केही समसामयिक विषयवस्तुहरु


- भारतबाट प्रदान गरिने प्रतिष्ठित पुरस्कार ‘डा. अम्बेडकर कलाश्री राष्ट्रिय पुरस्कार-२०१५‘ बाट सम्मानित हुने नेपाली कलाकार अरुणा हिङमाङ हुन् ।
- नेपाल आउने चिनिया नागरिकका लागि प्रवेशाज्ञा (भिसा) शुल्क नलाग्ने व्यवस्थासम्बन्धी निर्णय नेपाल सरकारले वि.सं. २०७२ पुस १० गर्यो ।
- सन् २०१५ को सर्वोत्कृष्ट क्रिकेटर स्टिभ स्मिथ घोषित भएका छन् ।
- सरकारले २०७२ पुस १० मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी प्रमुखमा सुशील ज्ञवालीलाई नियुक्त गर्यो ।
Share:

विश्वकै धनी व्यक्तिहरुको सूची सार्वजनिक

वेल्थ एक्स र विजनेस इनसाइडरले यस वर्षका विश्वकै सबैभन्दा धनी ५० व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ । सबैभन्दा धेरै धनी व्यक्ति भएको देश अमेरिका हो जहाँ २९ अर्बपति छन् भने दोस्रोमा चार जना अर्बपति सहित चीन परेको छ ।
Share:

नेपालको संविधान २०७२ प्रथम संशोधन

नेपालको संबिधान २०७२ मा पहिलो पटक माघ ९ गते संशोधन पारित भएको छ । जस अनुसार २ बिषयमा संशोधन भएको छ ।
१. राज्यका निकायमा समानुपातिक समाबेशीताका आधारमा सहभागिता गराउने,
२. निर्वाचन क्षेत्र निर्धारण गर्ने कार्यमा जनसंख्याको अनुपातलाई प्रमुख भूमिका दिइने

१. राज्यका निकायमा समानुपातिक समाबेशीताका आधारमा सहभागिता गराउने,
संबिधानको धारा ४२ को उपधारा १मा रहेको सामाजिक न्याय सम्बन्धी हकलाई समानुपातिक बनाइएको छ । जस अनुसार 'आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाती, मधेसी, थारु, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तकृत, अपाङ्गगता भएका व्यक्ति, लैङ्गकि तथा यौनिक अल्पसंख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएका क्षेत्रका नागरिक तथा आर्थिक रुपले विपन्न खस आर्यलाई समानुपातिक समावेसी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुनेछ ।' यसअघि उक्त धारामा समानुपातिक शब्द थिएन  ।
Share:

यसरी गर्ने लोकसेवाको तयारी


आफ्नो क्षमताई चिन्ने

विद्यार्थीले आफ्नो क्षमतालाई सबैभन्दा पहिला चिन्नुपर्छ । हरेक विद्यार्थीको अ–आफ्नै विशेषता हुन्छन् । लोक सेवा परीक्षा दिने कुनै विद्यार्थीले विषयवस्तुलाई सजिलै घोक्न सक्ने खालका हुन्छन् । पुस्तकमा लेखेका सबै विषयवस्तुलाई छिनभरमै घोक्न सक्ने खालका हुन्छन् । कुनै विद्यार्थी घोक्ने भनेपछि फिटिक्कै नसक्ने खालका हुन्छन् । समग्र विषयमा बुझेपछि आफ्नै तरिकाले सिर्जनात्मक रूपमा लेख्न सक्ने खालका हुन्छन् । कुनै विद्यार्थीको लेखाइ छापेको भन्दा पनि राम्रो लेख्न सक्ने, तर लेख्ने वेलामा धेरै समय लगाउने खालका हुन्छन् । घोकेर लेख्ने विद्यार्थीले घोकेर लोक सेवाको परीक्षा पास गर्नुपर्छ । समग्र विषयमा ज्ञान भएको विद्यार्थीले घोक्नतिर नलागी विषयवस्तुको अध्ययन गर्नतर्फ लाग्नुपर्छ । ढिलो लेख्ने तर राम्रो अक्षर लेख्ने विद्यार्थीले बुँदागत रूपमा लेख्ने, सकेसम्म चित्रद्वारा प्रश्नको उत्तर प्रस्ट पार्न लाग्नुपर्छ ।
Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages