Tuesday, November 20, 2018

अन्तर्राष्ट्रिय बाल दिवस २०१८


नारा :  "Children are taking over and turning the world blue."
प्रत्येक वर्ष नोभेम्बर २० मा मनाइन्छ।
सन् १९५४ बाट मनाउन थालिएको [UN Official]
सन् २०१७ को नारा : "It's a #KidsTakeOver."
अमेरिकाले सन् १८५७ मै बालदिवस मनाउने अवधारणा अघि सारेको थियो।
सन् १९२३ देखि विश्वका विभिन्न मुलुकमा बाल दिवस मनाउन थालिएको पाइन्छ।
विश्वमा बाल दिवसको दिन सार्वजनिक विदा दिने पहिलो राष्ट्र टर्की हो। [१९२९ अप्रिल 23]
विश्वका ५० बढी देशमा प्रत्येक वर्ष जुन १ तारिखमा बाल दिवस मनाउने गरिन्छ।
संयुक्त राष्ट्रसंघद्वारा सन् १९५९ नोभेम्बर २० मा बाल अधिकार घोषणापत्र जारी भएको थियो भने सन् १९८९ नोभेम्बर २० मा बाल अधिकार अभिसन्धि पारित भएको थियो।
बालअधिकार अभिसन्धि नेपालले सन् १९९० सेप्टेम्बर १४ [वि.सं. २०४७ भाद्र २९] मा अनुमोदन गरेको थियो।

नेपालमा बालदिवस
 

प्रत्येक वर्ष भाद्र २९ गते मनाइन्छ
२०७५ नारा : "सुखी नेपाली, समृद्ध नेपालः बालअधिकार सबैको सरोकार"
सुरुमा वि.सं. २०२१ सालदेखि भाद्र ४ गते मनाइन्थ्यो भने २०६३ देखि भाद्र २९ मा मनाउन थलिएको हो।
नेपालमा बाल अधिकार सम्बन्धी ऐन २०४८ तथा नियमावली २०५१ मा ल्याइएको हो।
बाल अधिकार सम्बन्धी ऐन २०४८, (२०५० बैशाख १ गते देखि लागू भएको हो।)
बाल अधिकार सम्बन्धी राष्ट्रिय नीति २०५९ मा बनेको हो।
बाल अधिकार को अबधारणा ल्याउने व्यक्ती एग्लेन्टाइन जेब (बेलायत का व्यक्ती थिए,जो पेशा ले फोटोग्राफर थिए) हुन।
नेपाल को संविधान को धारा ३९ मा बालबालिका का हकको व्यबस्था गरिएको छ,जस अनुसार १० वटा अधिकारहरुको व्यबस्था छ।
UNO का अनुसार १८ बर्ष नपुगेका सबैलाइ बालबालिका मानिएको छ भने बाल अधिकार सम्बन्धी राष्ट्रिय ऐन,२०४८ ले १६ बर्ष नपुगेका व्यक्तिलाइ बालबालिका भनेर परिभाषित गरेको छ  

 
Save the Children को स्थापना : १९१९ अप्रिल १५
UNICEF को स्थापना : १९४६ डिसेम्बर ११
बाल अधिकार महासन्धि मा : ५४ धारा छन।
बाल अधिकार सम्बन्धी जेनेभा घोषणापत्र : सन् १९२४ मा जारी भएको थियो।
UNO ले बाल अधिकार बर्ष मनाएको : सन् १९७९
सार्कले बालिका वर्ष मनाएको : सन् १९९०
सार्कले बालिका दशक मनाएको : सन १९९१-२०००
सार्कले बालअधिकार दशक मनाएको : सन् २००१-२०१०
भारतमा : नोभेम्बर १४ तारिखमा राष्ट्रिय बाल दिवस मनाइन्छ।

– "ठुला मानिसका लागि जेल बनाउनुभन्दा बालबालिकाका लागि स्कुल बनाउनु बेस" :  एलिजा कुक

No comments:

Post a Comment

Pages