Monday, November 19, 2018

१४ औं राष्ट्रिय कफि दिवस २०७५



नारा  : "प्रविधिमा आधारित गुणस्तरीय कफी उत्पादनको बृहत् अभियानमा जुटौं"
प्रत्येक वर्ष मंसिर १ गते मनाइन्छ।
वि.सं. २०६२ बाट मनाउन थालिएको।
तेह्रौं राष्ट्रिय कफी दिवस २०७४ को नारा :  आर्थिक समृद्धिका लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान !!’
कफिका लागि प्रसिद्ध जिल्ला :  गुल्मी
बढी कफि उत्पादन हुने जिल्ला :  स्याङ्जा
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत कफि सुपर जोन घोषणा भएका जिल्ला : गुल्मी, अर्घाखाँची, प्युठान, पाल्पा र स्याङ्जा
कफी विकास बोर्डका अनुसार यो वर्ष ५१३ मेट्रिक टन कफी ग्रिन बिन उत्पादन भएको छ।
हाल नेपालमा कुल २६५० हेक्टर क्षेत्रफलमा कफि खेती गरिदै आइएको छ।
भन्सार विभागको तथ्यांकअनुसार यो वर्ष रु. ९ करोड ३७ लाख २५ हजार बराबरको ८४.२२ मेट्रिक टन कफी निर्यात हुँदा रु.६ करोड ५८ लाख ९१ हजार बराबरको १६३.३८ मेट्रिक टन कफी आयात भएको छ ।
[गत वर्षको तुलनामा कफीको आयात करिब ६४५ बढेको र निर्यात करिब ११५ ले घटेको छ ]
बोर्डले गरेको अध्ययन अनुसार नेपालभर करिब ११ लाख ९८ हजार ५३५ हेक्टर क्षेत्रफलमा कफी खेती गर्न सकिने र त्यसमध्ये ६१ हजार २२८ हेक्टर क्षेत्रफल कफी खेतीका लागि अति उत्तम रहेको देखिएको छ ।
विश्वमा कफिको सुरुवात इथियोपिया बाट भएको हो।
सबैभन्दा बढी कफि उत्पादन गर्ने राष्ट्र ब्राजिल हो।
वि.सं. १९९५ मा हिरा गिरिले वर्माबाट बिउ ल्याएर गुल्मी, आपचौरमा कफि रोपि भित्र्याएका हुन् ।
नेपालमा अरेबि जातको कफि उत्पादन गरिन्छ।
मध्य पहाडका ४० जिल्लामा कफि खेती गरिदै आइएको छ।
नेपालमा वि.सं. २०११ बाट कफि खेती सुरु भएको हो भने वि.सं. २०४२ सालबाट व्यवसायिक कफि खेती सुरुवात भएको हो।
रुपन्देहीको मणिग्राममा पहिलो कफी प्रशोधन केन्द्र "नेपाल कफी कम्पनी प्रा.लिं" वि. सं. २०४० मा स्थापना भएको।
वि. सं. २०३२ बाट कफि खेतीलाइ नगदेबालीको रुपमा विस्तार गर्न थालियो।
नेपालको कफि सर्वप्रथम निर्यात गरिएको देश नेदरल्यान्ड [आ.व. २०५२/५३] हो।
कफिमा पाइने साइकोएक्टिव तत्व क्याफिन हो।

No comments:

Post a Comment

Pages