अधिकार प्रत्यायोजन र अधिकार निक्षेपण सङ्गठनका आधारभूत सिद्धान्त हुन् ।
यी विकेन्द्रीकरणका रुप पनि हुन् । यी बीच विविध भिन्नता छ । जसलाई
निम्नानुसार देखाउन सकिनछ ः
अधिकार प्रत्यायोजन
१. माथिल्लो निकाय वा पदाधिकारीले आफूमा भएको केही प्रशासनिक अधिकार तल्लो निकाय वा पदाधिकारीलाई हस्तान्तरण गर्ने कार्यलाई अधिकार प्रत्यायोजन भनिन्छ । यो प्रशासनिक निर्णय हो ।
२. माथिल्लो निकाय वा पदाधिकारी स्वयंको कार्यबोझ कम गर्नु, मातहतका कर्मचारीलाई जिम्मेवार बनाउनु तथा सेवा प्रवाहलाई छिटोछरितो बनाउनु यसके उद्देश्य हो ।

३. यो Principle या Hierarchy सिद्धान्तसँग सम्बन्धित छ ।
४. यसमा कानुनअनुसार अधिकार प्रत्यायोजन गरिन्छ ।
५. यसमा प्रत्यायोजित अधिकार सजिलै फिर्ता लिन सकिन्छ । जवाफदेहिता तलबाट माथि जान्छ, अधिकार प्रत्यायोजनकर्ता नै जबाफदेही हुनुपर्दछ ।
६. प्रमुख जिल्ला अधिकारीले नागरिकता जारी गर्ने कार्य सहायक प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्नु अधिकार प्रत्यायोजन हो ।
अधिकार निक्षेपण
१. केन्द्र सरकारले स्थानिय सरकारलाई प्रशासनिक, राजनैनीतिक एवं वित्तीय अधिकार हस्तान्तरण गर्ने कार्यलाई अधिकार निक्षेपण भनिन्छ । यो राजनीतिक निर्णय हो ।
२. स्थानीय निकायलाई Self-Decision making, self-Control/Self-Management गर्न सक्षम बनाउनु यसको उद्देश्य हो ।
३. यो Principle या Subsidiary सिद्धान्तसँग सम्बन्धित छ ।
४. यसमा कानुनसहित अधिकार निक्षेपण गरिन्छ ।
५. यसमा जबाफदेहिता माथिबाट तल जान्छ । अधिकार प्रयोगकर्ता नै जवाफदेही हुनुपर्दछ । निक्षेपित अधिकार सजिलै फिर्ता लिन सकिँदैन ।
६. स्थानीय निकाय जिल्ला विकास समिति, नगरपालिका र गाउँ विकास समितिलाई स्थानिय स्वायत्त शासन ऐन, २०५५ को व्यवस्था गरी ऐनसहित अधिकार हस्तान्तरण गर्ने कार्य अधिकार निक्षेपण हो ।
Thank you Sir
ReplyDeleteThank you Sir
ReplyDeleteThank You Sir
ReplyDeleteThank You Sir
ReplyDelete