आसियानको ३३औं शिखर सम्मेलन तथा आशियान सम्बन्धि जानकारी


३३ ‌औं शिखर सम्मेलन
- आयोजना गर्ने राष्ट्र : सिङ्गापुर
- आयोजना मिति:  २०१८ नोभेम्बर ११-१५
- नारा: "Resilient and Innovative Asean"
- ३४ औं र ३५ औं शिखर सम्मेलन थाइल्यान्ड मा सन् २०१९ मा आयोजना गरिनेछ।
- ३२ औं शिखर सम्मेलन २०१८ अप्रिल २५-२८ मा सिङ्गापुरमै भएको थियो।
- आसियानको पहिलो शिखर सम्मेलन सन् १९७६ फेब्रुअरी २३-२४ मा इन्डोनेशियाको बालिमा भएको थियो।

आसियानको सामान्य परिचय
- स्थापना  : १९६७ अगस्ट ८
- संस्थापक राष्ट्रहरु: - "थाइफिसिम" थाइल्यान्ड , इन्डोनेशिया, फिलिपिन्स, सिङ्गापुर, मलेसिया
जम्मा सदस्य राष्ट्र १० वटा "थाइफिसिम + भिब्रुम्याकल"
१. थाइल्यान्ड, २. इन्डोनेशिया, ३.फिलिपिन्स, ४. सिङ्गापुर, ५. मलेसिया, ६.भियतनाम, ७. ब्रुनाइ, ८. म्यानमार, ९. कम्बोडिया, १०. लाओस
प्रधान कार्यालय : जाकार्ता, इन्डोनेसिया
- आदर्श वाक्य [Motto]👉 "One Vision, One Identity. One Community"

Asean plus 3 : चीन, जापान र दक्षिण कोरिया
Asean plus 2 : अष्ट्रेलिया र न्युजिल्यान्ड
Asean plus 5  : अष्ट्रेलिया, अमेरिका, क्यानडा, जापान र न्युजिल्यान्ड
पर्यवेक्षक राष्ट्रहरु  : पपुवा न्युगिनी र पुर्वी टिमोर
आसियनका त्रिमुर्ति  : थाइल्यान्ड, इन्डोनेशिया र मलेसिया

- आसियानको अवधारणा ल्याउने व्यक्ति : मलेसियाका तत्कालीन प्रधानमन्त्रि  दातुङ टुङ अब्देल रहमान
- प्रमुख प्रशासनिक अंग : सचिवालय
- आसियानका मुलुकमध्ये सबैभन्दा पहिले नेपालससँग दौत्य सम्बन्ध कायम भएको मुलुक  : मलेसिया [१९६० जनवरी १]
- असियानका मुलुकमध्ये सबैभन्दा पछि नेपालको दौत्य सम्बन्ध कायम भएको : ब्रुनाइ [१९८४ फेब्रुअरी ३]
- आसियान महासचिवको पदावधि :  ३ वर्ष
- हालका महासचिव : लिम जोक होइ [ब्रुनाइ]
- आसियानमा रहेको एकमात्र भुपरिवेष्टित राष्ट्र  : लाओस
- ठुलो राष्ट्र  : इन्डोनेशिया [क्षेत्रफल जनसंख्या दुबैमा]
- क्षेत्रफलका आधारमा सानो राष्ट्र : सिङ्गापुर
- जनसंख्याको आधारमा सानो राष्ट्र : ब्रुनाइ
- सबैभन्दा पछि सदस्यता लिने राष्ट्र  : कम्बोडिया सन् १९९९
- आसियानको ११ औं सदस्य हुने सम्भावना भएको राष्ट्र  : पुर्वी टिमोर।
Share:

"MeeToo Movement" को बारे जानकारी

- संस्थापक : टेराना बर्क
- पहिलो प्रयोग  : सन् २००६
- कसले चलाएको : अमेरिकी सामाजिक अभियन्ता टेराना बर्क ले काला जातिका महिलाहरुमा हुने यौनजन्य हिंसाविरुद्ध आवाज उठाउन चलाएकी थिइन।
-
सन् २०१७ बाट भने यो अभियानले तीव्र चर्चा पायो।
-
प्रमुखअभियन्ता : अमेरिकी अभिनेत्री अलिसा मिलानो
-
अभियानका रुपमा सुरुवात : २०१७ अक्टोबर १५
- Hollywood
का मेगा प्रोड्युसर "Harvey Weinstein" ले यौनदुर्व्यवहार गरेको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जाल ट्विटरमा ह्यास्ट्यागमा #MeeToo लेखि पोस्ट गरेर यो अभियान चलाइएको थियो।
-
अलिसा मिलानोले 2017 अक्टोबर 15 मा यो #MeeToo लेखेर पोस्ट हालेपछी त्यो दिन मात्र २ लाख पटक #MeeToo प्र्योग गरिएको थियो भने भोलिपल्ट अक्टोबर 16 मा 5 लाख पटक प्रयोग भएको थियो।
-
यहि अभियानको सम्मानमा सन् 2017 को "Time Person of the Year" साइलेन्स ब्रेकर समुह लाई दिइएको थियो।
-
गत महिनादेखि भारतीय बलिवुडमा पनि यश अभियानले सनसनी मच्चाएको छ।
-
यहि अभियानको माध्यमबाट भारतीय राज्य सभाका सभासद "MJ Akabar" यौनहिंसाको आरोपले गर्दा सन् 2018 अक्टोबर 17 मा आफ्नो पद राजीनामा दिन बाध्य भएका थिए।
-
नेपाललगायत अन्य दक्षिण एसियाली मुलुकमा पनि यो अभियानको प्रयोग बढ्न थालेको छ  

Share:

मिति २०७५ म‌ंशिर २ गते अाइतबार नयाँ पत्रिकामा प्रकाशित लोकसेवा सहयोगी सामाग्री

१. ‘ सार्वजनिक कर्मचारी प्रशासन भनेको नयाँ कर्मचारीको छनोट गर्ने र पुरानो को सदुपयोग गर्ने त्यो कला हो , जसका माध्यमले त्यो जनशक्तिबाट अधिकतम गुण र मात्रामा उत्पादन र सेवा प्राप्त गर्न सकियोस्’ यो भनाइ कसको हो ?
(क) फाइनर
(ख) निग्रो
(ग) एलडी ह्वाइट
(घ) डिमक
२. ‘ १२ बन्डाल १८ खण्डालको जिल्ला’ भने र कुन जिल्लालाई चिनिन्छ ?
(क) सुर्खे त
(ख) मकवानपुर
(ग) धादिङ
(घ) जाजर को ट
३. आइपियुको सन् २०१८ को अक्टो बर मा प्रकाशित प्रतिवेदनअनुसार प्रतिनिधिसभामा महिला प्रतिनिधित्व सबै भन्दा बढी गर्ने देश कुन हो ?
(क) नेपाल
(ख) रुवान्डा
(ग) पूर्वी टिमोर
(घ) यमन
४. कमरेड शब्द कुन भाषाबाट आएको शब्द हो ?
(क) हिब्रु
(ख) चाइनिज
(ग) स्पेनिस
(घ) रसियन
५. नेपालमा ऊर्जा दिवस कहिले मनाइन्छ ?
(क) फागुन ९ गते
(ख) चैत्र ९ गते
(ग) वैशाख ९ गते
(घ) जेठ ९ गते
६. सन् २०१८ को ‘ अल्फ्रे डोडिस्टे फानो र पिचिची अवार्ड’ कसले प्राप्त ग¥यो ?
(क) मोहमद सालह
(ख) लुकामो ड्रिक
(ग) लियो नेलमेसी
(घ) क्रिस्टियानो रोनाल्डो
७. अमेरिकाको फ्लोरिडा राज्यमा २०१८ को अक्टोबर १० मा आएको आँधीलाई के नामकरण गरिएको छ ?
(क) साइक्लोन
(ख) हरिफुन
(ग) जेबी
(घ) माइकल
८. चर्चित कृति ‘ मिस्टिका’ का लेखक को हुन् ?
(क) कुमार नगरकोटी
(ख) नयनराज पाण्डे
(ग) नारायण ढकाल
(घ) सौरभ
९. भारतको पहिलो औपचारिक राष्ट्रिय जलमार्गको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वा ा कहिले भयो ?
(क) २०१८ नोभेम्बर ६
(ख) २०१८ नोभेम्बर ८
(ग) २०१८ नोभेम्बर १०
(घ) २०१८ नोभेम्बर १२
१०. पाता मेला कुन जातिले मनाउने चाड हो ?
(क) राजवंशी
(ख) नेवार
(ग) सतार
(घ) गुरुङ
११. राजपत्रांकित प्रथम र द्वितीय श्रेणीमा खुला प्रतियोगितामा सामेल हुन पाउने उमेरको अधिकतम हद कति हो ?
(क) ४० वर्ष
(ख) ४५ वर्ष
(ग) ५० वर्ष
(घ) ३५ वर्ष
१२. सुरक्षा परिषद्को अस्थायी सदस्यको पदावधि कति वर्षको हुन्छ ?
(क) १ वर्ष
(ख) २ वर्ष
(ग) ४ वर्ष
(घ) ६ महिना
१३. असंग्लग्न राष्ट्रहरूको १७औँ शिखर सम्मेलन कहाँ सम्पन्न भयो ?
(क) भेनेजुयला
(ख) नैरोवी
(ग) बेलग्रेड
(घ) काठमाडौ ं
१४. ‘ इन्फ्लुयन्जा सम्मेलन २०७५’ काठमाडौंमा कहिले सम्पन्न भयो ?
(क) २०७५ जेठ २८–३०
(ख) २०७५ असार २८–३०
(ग) २०७५ साउन २८–३०
(घ) २०७५ भदौ २८–३०
१५. नेपाल राष्ट्र बैंकले कहिले बाट दुईवटा पाटे बाघ भएको ५०० रुपैयाँको नोटको सट्टा एउटा मात्र पाटे बाघ राखी नोट प्रकाशन गर्न सुरु ग¥यो ?
(क) २०७५ वैशाख ५
(ख) २०७५ वैशाख ९
(ग) २०७५ वैशाख १४
(घ) २०७५ वैशाख २४
१६. आर्थिक सर्वेक्षण २०७४÷०७५ अनुसार भारतबाट नेपाल आगमन गर्ने पर्यटक कति रहेका छन् ?
(क) करिब १५ प्रतिशत
(ख) करिब १७ प्रतिशत
(ग) करिब १९ प्रतिशत
(घ) करिब २१ प्रतिशत
१७. भारतले कहिले बाट जिएसटी लागू ग¥यो ?
(क) २०१७ फेब्रुअर ी १
(ख) २०१७ अगस्ट १
(ग) २०१७ जुलाई १
(घ) २०१७ सेप्टेम्बर १
१८. नेपालमा पहिलो पटक पेपर लेस मन्त्रिपरिषद् बैठक कहिले सम्पन्न भयो ?
(क) २०७५ साउन १०
(ख) २०७५ साउन १५
(ग) २०७५ साउन २०
(घ) २०७५ साउन २५
१९. नेपालले सार्कको कति प्रतिशत खर्च बेहोर्छ ?
(क) ६.६ प्रतिशत
(ख) ९ प्रतिशत
(ग) १०.७२ प्रतिशत
(घ) ११.२५ प्रतिशत
२०. पेट स्क्यान कुन रोगसँग सम्बन्धित छ ?
(क) क्षयरोग 
(ख) कुष्ठरोग
(ग) क्यान्सर
(घ) स्पाइनल इन्ज्योरी

उत्तर कुञ्जिका

१‍.      ख                     २.      क                   ३.        ख                     ४.       ग
५.     घ                      ६.       ग                   ७.        घ                     ८.      क
९.      घ                     १०.      ग                   ११.      ख                     १२.    ख
१३.    क                     १४      ख                  १५.     ग                      १६.    ख
१७.    ग                      १८.     क                  १९.     ग                      २०.    ग
Share:

राष्ट्र बैंकले माग्यो ११४ कर्मचारी, अनलाईबाटै दरखास्त (विज्ञापनसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न १ सय १४ पदमा कर्मचारी माग गरेको छ ।
बैंकले सहायक निर्देशक(अधिकृत तृतीय) प्रशासनमा २१ जना, अधिकृत तृतिय चाटर्ड एकाउन्टेन्टमा १० जना सहायक निर्देशक वाणिज्य कानुनमा २ जना, सहायक द्वितियमा ६८ जना सहायक द्वितिय सूचना प्रविधीमा १३ जनाको माग गरेको हो।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आज(विहिबार)देखि मंसिर २८ गतेसम्म दरखास्त दिन सक्ने बैंकले जनाएको छ।

Share:

मंसिरबाट १५ हजारभन्दा बढी रिक्त पदमा विज्ञापन खाेल्दै लोकसेवा


काठमाडौं । लोकसेवा आयोगले यो वर्ष हजारौँ पदमा विज्ञापन गर्ने प्रक्रिया अघि बढाएको छ। आयोगले मंसिरदेखि विज्ञापनको प्रक्रिया सुरु गरी आगामी वर्षको असार मसान्तसम्म सबै परीक्षाको प्रक्रिया पूरा गर्ने तयारी गरेको छ।
आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले अब विज्ञापन नरोकिने बताए। ‘विज्ञापन अवश्य खुल्छ, सम्बन्धित निकायबाट कुन कुन पदमा कति संख्यामा दरबन्दी रिक्त छ भनेर संख्या यकिन गरेर मात्र आउन बाँकी छ।’
आयोगले मंगलबार सम्बन्धित सबै निकायलाई ताकेता गरेको उनले जानकारी दिए। सेवा सञ्चालन गर्ने मन्त्रालयरू, न्याय सेवा आयोग, स्वास्थ्य मन्त्रालय, संसद् सचिवालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग आयोगले पत्राचार गरेर रिक्त दरबन्दी अद्यावधिक गर्न पत्राचार गरेको छ ।
आयोगले असोज, कात्तिक र मंसिरमा हुने सबै विज्ञापन मंसिरको अन्तिम बुधबार प्रकाशन गर्नेगरी तालिका बनाएको छ। आयोगको प्रारम्भिक अनुमानमा निजामती सेवा तथा अन्य संगठित संस्थाबाट गरेर करिब १५ हजार रिक्त दरबन्दीका लागि परीक्षा सञ्चालन गर्नुपर्ने हुन्छ। अाजकाे गाेरखापत्र दैनिकमा खबर रहेकाे छ।
Share:

गोकर्ण उपाध्यायको लोकसेवा सफल हुने १० रणनीति भिडीयाे सहित

लाेकसेवामा सफल हुने कसरी हुने भन्ने रणनीति गोकर्ण उपाध्यायले आफ्नो फेसबुक वाल मार्फत प्रस्तुत गरेका छन् । उपयुक्त लागे अवलम्वन गर्नु होला भनी उनले फेसबुक वालमा लेखेका छन् । साेही भिडियो हामीले प्रस्तुत गरेका छौ‌ं ।

Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages