भ्रष्टचार नेपाली समाजको एक प्रमुख समाजिक समस्या हो । यसले सामाजिक जीवन र आर्थिक विकासमा पारेको प्रभाव छोटकरीमा प्रस्तुत गर्नुहोस् ।



      सार्वजनिक पद‚ अधिकार एवं सम्पतिको दुरुपयोग गरी व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने कार्य भ्रष्टाचार हो । भ्रष्टाचार मुलुकको समग्र विकासको बाधक हो । यसले हरेक क्षेत्रमा नकारात्मक प्रभाव पार्दछ । यसले सामाजिक जीवन र आर्थिक विकासमा पारेको प्राभावलाई निम्मानुसार प्रस्तुत गर्न सकिन्छ :

सामाजिक जीवनमा पारेको प्रभाव

·         समाजमा धनी र गरिबवीचको अन्तर बढ्दै गएको‚
·         सामाजिक मूल्य मान्यता एवं अनुशासनमा ह्रास ल्याएको‚
·         व्यक्तिमा अनावश्यक खर्च गर्ने प्रवृत्ति बढाएको‚
·         इमान्दार एवं सदाचार व्यक्ति ओझेलमा परेको‚

आर्थिक विकासमा पारेको प्रभाव

·         विकास आयोजना तोकिउको समय‚ लागत र गुणस्तरमा सम्पन्न हुन नसकेको‚
·         आर्थिक बृद्धिदर उच्च‚ दिगो‚ फराकिलो एवं न्यायिक हुन नसकेको‚
·         बेरोजगारी एवं गरिवी बढ्दै गएको‚
बस्तु तथा सेवाको उत्पादन एवं उत्पादकत्वमा ह्रास ल्याएको‚


Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages