टि-२० क्रिकेटको विश्व वरीयतामा नेपाल १५ औं स्थानमा

 अन्तर्राष्ट्रिय टी२० क्रिकेटको विश्व वरीयता नेपाल पहिलो पटक प्रवेश गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले २०७२ असार २० गते (सन् २०१५ जुलाइ ५आइतबार सार्वजनिक गरेको वरीयता सूचीमा नेपाल १५औँ स्थानमा परेको हो । यो वरीयता क्रमको अन्तिम स्थान हो ।
नेदरल्यान्ड्समा सम्पन्न चार अभ्यास खेलको शृंखला पूरा गरेसँगै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । नेपालले सात खेल खेल्दै २ सय ३५ प्वाइन्ट पाएको हो ।
यसैगरी वरीयता क्रमको पहिलो स्थानमा श्रीलंका, दोस्रोमा भारत, तेस्रोमा अस्ट्रेलिया, चौथोमा वेष्ट इन्डिज, पाँचौँमा पाकिस्तान, छैठौँमा साउथ अफ्रिका र सातौँमा न्युजिल्यान्ड छ । त्यसैगरी, आठौंमा इङ्ल्यान्ड, नवौँमा बङ्गलादेश, दशौँमा स्कटल्यान्ड, एघारौँमा अफगानिस्तान, बाह्रौंमा नेदरल्यान्ड्स, तेहौँमा आएरल्यान्ड र चौधौं स्थानमा जिम्बावे रहेका छन् ।
२०१४ बङ्गलादेशमा भएको ट्वेन्टीट्वेन्टी विश्वकप प्रतियोगितामा नेपाली टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि आइसिसीले नेपाललाई त्यतिबेला टीट्वेन्टीको मान्यता दिएको थियो ।
शरद भेषावकर टि-ट्वान्टीको व्याटिङ तर्फ विश्व वरीयतामा ७६ औं स्थानमा रहेका छन् । उनी यसरी उत्कृष्ट सयमा पर्ने नेपालका एक मात्र खेलाडी हुन् ।

Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages