२०७२ साल पौष १ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोत्तर

१. सरकारले दुई वर्षे तत्कालीन सुधार कार्ययोजना २०७२ कहिले पारित गर्‍यो ?
- वि सं २०७२ मङ्सिर २४
२. ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले ‘राष्ट्रिय सदाचार सम्मान’ कसलाई प्रदान गर्‍यो ?
- त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. गोबिन्द के. सी.
३. शिक्षा मन्त्रालयले २०७१ सालदेखि एसएलसी परीक्षालाई कति तहमा लेटर ग्रेडिङका आधारमा मूल्याङ्कन गर्ने भएको छ ?
- ९ तह
४. विश्वप्रसिद्ध टाइम पत्रिकाले सन् २०१५ को बर्ष व्यक्ति कसलाई घोषणा गर्‍यो ?
- जर्मन चान्सलर एन्जेला मर्केल (दोस्रोमा आतंकबादी समूह आईएसका नेता अबु बकर अल बग्दादी)
५. न्यायपरिषद्को २०७२ मङ्सिर २२ मा बसेको बैठकद्वारा संवैधानिक इजलासको न्यायाधिशका लागि सिफारिस भएका चार जना न्यायाधिस को-को हुन् ?
- गिरीशचन्द्र लाल, सुशीला कार्की, धैध्यनाथ उपाध्याय र गोपाल पराजुली
६. पाँच लाख रुपियाँ राशिको ‘प्रेस काउन्सिल सानिमा बैंक पत्रकारिता पुरस्कार’ कति बर्षमा प्रदान गरिने छ ?
- प्रत्येक बर्ष
७. अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तको अतिरिक्त अन्य कति जना आयुक्त रहने व्यवस्था छ ?
- ४ जना
८. संवैधानिक परिषद्को २०७२ मङ्सिर २२ को बैठकले प्रमुख निर्वाचन आयुक्तमा कसलाई नियुक्त गर्न सिफारिस गर्‍यो ?
- डा. अयोधिप्रसाद यादव
९. नेपालमै पहिलोपटक सरकाले सम्मानार्थ पत्रकार परिचय पत्र कसलाई प्रदान गर्‍यो ?
- नारायण प्रसाद शर्मा (दाङ)
१०. गुरुङ जातिलाई अर्को कुन नामले चिनिन्छ ?
- तमु
११. संयुक्त राष्ट्रसंघको ७० औं महासभा २०१५ को नारा के हो ?
- राष्ट्रसंघका ७० बर्षः शान्ति सुरक्षा र मानव अधिकारका निम्ति भावी मार्ग
१२. नेपालको इभेन्ट आयोजक संस्था ई-प्लानेटले भारतको नयाँ दिल्लीमा आयोजना गरेको मिस हेरिटेज इन्टरनेशनल-२०१५ को उपाधि कसले जित्यो ?
- भियतनामकी युवती भिक्टोरिया फाम (थर्ड रनरअपमा नेपालकी निशा पाठक)
१३. भक्तपुर २० औं पूर्ण साक्षर जिल्लका रुपमा कहिले घोषित भयो ?
- वि. सं. २०७२ मङ्सिर २७
१४. “भोगले आत्माको शोषण गर्छ भने त्यागबाट पोषण मिल्छ ।“ भन्ने विचारक को हुन्
- आचार्य विनोबा भावे
१५. नेपाल सरकारले हेलो स्वास्थ्य कार्यक्रम कहिले सुरु गरेको हो ?
- वि. सं. २०६९ कात्तिक २९
१६. भारत र पाकिस्तानवीच निर्धारण गरिएको सीमा रेखालाई के भनिन्छ ?
- रेड क्लिफ लाइन
१७. विश्वमा जलस्रोतमा सबैभन्दा धनी महादेश कुन रहेको छ ?
- दक्षिण अमेरिका
१८. नेपाल मानव अधिकार आयोगको स्थापना कहिले भएको हो ?
- वि. सं. २०५७ जेठ १३
१९. सन् २०१५ नोभेम्बर ३० देखि डिसेम्बर ११ मा सम्पन्न राष्ट्रसंघीय जलबायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप-२१) कहाँ सम्पन्न भयो ?
- पेरिस, फ्रान्स
२०. On Pillar Bridge भनी चिनिने कर्णाली नदीमाथि निर्मित पुलले कुन-कुन जिल्लालाई जोड्दछ ?
- बर्दिया र कैलाली
२१. नेपालमा निजी बन कार्यक्रम कहिलेदेखि सुरु गरिएको हो ?
- वि. सं. २०१३
२२. राष्ट्रिय खेलकुद परिषद्को स्थापना कहिले भएको हो ?
- वि. सं. २०१६
२३. भारतीय गुप्तचर संस्था RAW को पूरा रुप के हो ?
-  Research & Analysis Wing
२४. ‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म ब्यापार विस्तार’ भन्ने नाराका साथ वि सं २०७२ पौष ८ देखि २१ गतेसम्म बुटबलमा आयोजना हुने मेला कुन हो ?
- अन्तर्राष्ट्रिय लुम्बिनी एक्स्पो-२०७२
२५. नेपालको संविधानबमोजिम प्रधान्याधिश र संवैधानिक निकायका प्रमुख एवं पदाधिकारीको नियुक्तिको सिफारिस गर्न गठित संवैधानिक परिषद्को अध्यक्ष को हुने ब्यवस्था छ ?

-  प्रधानमन्त्री
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages