ईतिहासका सम्बन्धी १०० बस्तुगत प्रश्नोत्तर

१. सुगौलिसन्धीमा अंग्रेजको तर्फबाट हस्ताक्षर गर्ने को थिए ? 
-मेजर ब्राडशा
२. नेपालमा मौजा,प्रगन्ना र जिल्ला भन्ने तिन तहको प्रशासनिक ब्यवस्था कुन शासन कालमा थियो ? 
-राणाकाल
३. नेपाल र तिब्बत वीच कहिले केरुङ्ग सन्धि भयो ? 
-बि.सं १८४६
४. भन्डारखाल पर्वमा सबैभन्दा पहिले मारिने को थिए ? 
-बिरध्वज बस्नेत
५. पाण्डिकी अड्डा काहाँ थियो ? 
-सिंहदरवार
६. गोरखा राज्यको स्थापना कहिले भयो ? 
-बि.सं.१६१६ भाद्र २५
७. नेपाल सम्बतका प्रवर्तक राजा भन्नाले कसलाई चिनिन्छ ? 
-राघवदेव
८. अक्षरांक नामक पुस्तक निःशुल्क बितरण गर्ने ब्याक्ति को थिए ? 
-देवशमशेर

९. नेपालमा सर्वप्रथम कुन राजाको पालामा मुद्राको प्रचलन रहेको इतिहाँस भेटिएको छ ? 
-मानदेव
१०. सुनको असर्फी मुद्राको रुपमा चलाउने राजा को हुन् ? 
-रणबहादुर शाह
११. शहिद गंगालाल श्रेष्ठ लाई शोभा भगवतीमा कहिले गोली हानिएको थियो ?
 -वि.स. १९९७ माघ १४ गते
१२. काठमान्डौ टेकुस्थित भीम भुवनेश्वरको मन्दिर कसले बनाएका हुन् ?
 -माथवरसिंह थापा
१३. नेपालको इतिहासमा उच्चस्तरीय जाँचबुझ आयोगद्वारा पहिलोपल्ट कुन राजालाई लिखित प्रश्न सोधिएको थियो ? 
-राजा ज्ञानेन्द्र
१४. जंगबहादुरको वेलायत र फ्रान्सको भ्रमण अवधि कति थियो ? 
-१ वर्ष २९ दिन
१५. सर्वप्रथम युरोप पुग्ने नेपालका राजा को हुन् ?
 -श्री ५ त्रिभुवन
१६. नेपालको इतिहासमा वासठ्ठीहरण कुन राजाको पालामा भएको थियो ?
 -श्री ५ रणवहादुर
१७. नेपालमा दास प्रथाको अन्त्य कहिले भएको घोषणा गरिएको थियो ? 
-वि.स. १९८१
१८. धर्म कचहरीको स्थापना कसले गरेका थिए ?
 -जंगबहादुर राणा
१९. नेपालको इतिहासमा एक विराङ्गनाका रुपमा कसलाई चिनिन्छ ?
 -राजेन्द्र लक्ष्मी
२०. नेपालको एकीकरण अभियानमा किर्तीपुर माथि कहिले विजय प्राप्त गरेको थियो ?
 -वि.स. १८२२
२१. शहिद धर्मभक्त माथेमालाई सिफलमा कहिले झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो ? 
-वि.स. १९९७ माघ १२
२२. नेपालमा राणाशासनको विरोधमा "जयतु संस्कृतम" आन्दोलन कहिले प्रारम्भ भएको थियो ?
 – वि.स.२००४
२३. राजा त्रिभुवनको मृत्यु कहिले भएको थियो ? 
-वि.सं. २०११
२४. निर्वाचित मन्त्रीमण्डल विघटन गरी दलमाथि प्रतिवन्ध लगाउने कार्य तत्कालिन राजा महेन्द्रले कहिले गरेका थिए ? 
-वि.सं. २०१७
२५. हरिसिद्धिको नाच हेर्दा हेर्दे मुत्यु हुने राजा को हुन् ? 
-प्रताप मल्ल
२६. गुणकामदेवले चलनचल्तीमा ल्याएको मुद्रालाई के भनिन्छ ?
 -गुणाङ्क
२७. मकवानपुरका अन्तिम सेनवंशी राजा को हुन् ?
-दिगबन्धन सेन
२८. श्री ५ राजेन्द्रले माथबरसिंह थापालाई के उपाधि दिएका थिए ? 
-कला बहादुर
२९. नरहरि शाह कहाँका राजा थिए ?
 -लमजुङ
३०. लुम्बिनीको अशोक स्तम्भमा कुन भाषाको प्रयोग गरिएको छ ? 
-पाली
३१. लिक्ष्छवीकालमा 'कुथेर’ अड्डाको मुख्य कार्य के थियो ?
 -राजस्व उठाउने
३२. लिच्छवीकालिन समयमा लगाइने "त्रिकर” भित्र कुन कुन कर पर्छन ? 
-भाग भोग कर
३३. यातायातको व्यवस्थापन गर्ने कार्य लिक्ष्छवीकालमा कुन अड्डाको हो ?
-लिंङंवल
३४. पशुपालनमा लाग्ने करलाई लिक्ष्छवीकालमा के भनिन्छ ? 
-भोग
३५. विवाह, सम्बन्ध विच्छेद जस्ता सामाजिक कार्यहरुको व्यवस्था गर्ने कार्य कुन लिछ्वीकालिन अड्डाले गर्दथ्यो ? 
-माप्चोक
३६. मल्लकालमा राजालाई कामकाज गर्न सहयोग गर्ने प्रधानमन्त्री सरहको पदलाई के भनिन्थ्यो ? 
-चौतारिया
३७. लिच्छवीकालमा पञ्चअपराध सम्बन्धी मुद्धा हेर्ने र दन्ड सजाय गर्ने कार्य कुन अड्डाले गर्दथ्यो ?
 -शुल्ली
३८. राणाकालमा सार्वजानिक निर्माण र मर्मतको व्यवस्था गर्ने अड्डालाई के भनिन्थ्यो ?
 –छेभडेल
३९. राणा कालमा रहेका ३५ जिल्ला मध्ये तराईमा कति जिल्ला थिए ?
 -१२ जिल्ला
४०. सरकारी कार्यालयको समय १० वजे देखि ४ वजेसम्म कसले तोकेका थिए ? 
-भिम शमशेर
४१. राजा विरेन्द्रले शान्ति क्षेत्रको प्रस्ताव कहिले अघि सारेका थिए ?
 -वि.सं २०३१फाल्गुन १३
४२. फिस्टे महाराज भन्नाले कसलाई बुझिन्छ ? 
-चन्द्र शमसेर
४३. द्धितीय विश्वयुद्धताका नेपालमा प्रधानमन्त्री को थिए ?
-जुद्धशमशेर
४४. काल भैरवलाई हसाउने राजा को हुन् ? 
-प्रताप मल्ल
४५. कोतपर्व हुँदा नेपालको प्रधानमन्त्री को थिए ? 
-फत्तेजंग शाह
४६. पृथ्वी नारायण शाहले एकीकरणको अभियानमा कान्तिपुर माथि कहिले विजय प्राप्त गरेका थिए ?
 -वि.स. १८२५ असोज १३
४७. काठमाण्डौ उपत्यका पछि पृथ्वी नारायण शाहले एकीकरण अभियान कतातर्फ केन्द्रित गरेका थिए? 
-पूर्वतर्फ
४८. प्राचिनकालमा कर्णाली क्षेत्रलाई के उपनामले चिनिन्थ्यो ?
 -वाइसे राज्य
४९. जंगवहादुरले कहिले राजा सुरेन्द्रबाट राणा उपाधी पाएका थिए ? 
-वि.सं. १९०५
५०. निर्वाणानन्द पदवी लिएका नेपालका राजा को हुन् ? 
-रणबहादुर शाह
५१. राणा शासन स्थापना गर्नका लागि आधार तयार गर्ने घटना कुन थियो ?
 -कोत पर्व
५२. काजी कालु पाण्डेको मृत्यु कहिले भएको थियो ? 
-वि.स.१९१४
५३. The Living Lion of Nepal भनेर कसलाई चिनिन्थ्थो ?
 -अमरसिंह थापा
५४. स्वयंभुको अभिलेखमा नेपालको कुन राजाको बंशक्रम उल्लेख छ ?
 -मानदेव
५५. मल्लकालमा गाँउ टोलको शासन व्यवस्था हेर्ने कुन निकायको व्यवस्था थियो ? 
-पञ्च कचहरी र पञ्च समुच्चय
५६. राणा कालमा जिल्लाको प्रमुख प्रशासकको पद के हुन्थ्यो ?
 -सुब्बा
५७. कोशी सम्झौता हुँदा नेपालका प्रधानमन्त्री को थिए ?
 -मातृका प्रसाद कोइराला
५८. लिच्छबीकालमा प्रहरी प्रमुखलाई के भनिन्थ्यो ?
-सर्वदण्डनायक
५९. राणाकालमा सरकारी कर्मचारीहरुले आफ्नो पहिचानका लागि लगाउनु पर्ने पगरिलाई के भनिन्थ्यो? 
-चाँदतोडा
६०. नालापानीको युद्धमा नेतृत्व कसले गरेका थिए ?
 -बलभद्र कुँवर
६१. किराँतकालमा स्थानिय प्रशासन अन्तरगत पर्ने जिल्लालाई के भनिन्थो?
 -बिषय
६२. न्याय विकासिनी कसको दस्तावेज हो ? 
-जयस्थिति मल्ल
६३. पृथ्वीनारायण शाहले कान्तिपुर विजय कुन पर्वको दिन गरेका थिए ? 
-इन्द्रजात्रा
६४. अन्तिम किराती राजा को हुन् ? 
-गस्ती
६५. किरात वंशपछि कुन वंशले शासन गरेका थिए ?
 -सोमवंशी
६६. भूकम्पमा परी मर्ने राजा को हुन् ? 
-अभय मल्ल
६७. लिगंवल अधिकरण न्यायिक अदालत कुन कालमा प्रचलित थियो ?
 -लिच्छविकाल
६८. आफुलाई ”विद्या पारंगत” भनी लेख्ने राजा को हुन् ? 
-जितामित्र मल्ल
६९. लिच्छविकालीन व्यवस्थामा मल्लयुद्ध करका नाममा के मा कर लगाइन्थ्यो ?
 -मनोरञ्जन
७०. लाइव्रेरी पर्व कसको पालामा भएको थियो ? 
-भिम शमशेर
७१. “सिमसिमे राजा” भन्नाले कसलाई जनाउँछ ? 
-शिवसिंह मल्ल
७२. सैनिक बहादुरी देखाउनेलाई चुडामणि पदक दिने राजा को हुन् ? 
-योगनरेन्द्र मल्ल
७३. सर्वप्रथम तामाको पैसा चलनचल्तिमा ल्याउने राजा को हुन् ? 
-रत्न मल्ल
७४. नेपालमा सर्वप्रथम अभिलेख राख्ने राजा को हुन् ? 
-मानदेव
७५. नेपालमा अंग्रेजी शिक्षाको प्रारम्भ कसको पालादेखि भएको हो ?
 -जंगबहादुर राणा
७६. पशिपतिनाथको पुजारी भट्ट ब्रहमण राख्ने मल्ल राजा को हुन् ? 
-यक्ष मल्ल
७७. अरुण नदीको पौराणिक नाम के हो ? 
-महाप्रभा
७८. लक्ष्मीनरसिंह मल्ल कहाँका राजा थिए ? 
-काठमाडौं
७९. आफ्नो आसनमा सर्वप्रथम सिंहको आकृती अंकित गर्ने राजा को हुन् ? 
-नरेन्द्रदेव
८०. मल्लपुरी कसले विजय गरेका थिए ? 
-मानदेव
८१. गा‌‌‌ईजात्राको चलन कसले चलाएका हुन् ? 
-प्रताप मल्ल
८२. नेपालको राजधानी कुन राजाको पालामा नुवाकोट सरिएको थियो ? 
-गीर्वाणयुद्ध विक्रम शाह
८३. भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ? 
-रणजीत मल्ल
८४. काठमाण्डौका अन्तिम मल्ल राजा को हुन् ?
 -जयप्रकाश मल्ल
८५. पाटनका अन्तिम मल्ल राजा को हुन् ? 
-तेजनरसिंह मल्ल
८६. पाटनको कृष्ण मन्दिर कसले निर्माण गराएका हुन् ? 
-सिद्धिनरसिंह मल्ल
८७. आफूलाई”गन्धर्व विद्या पारंगत” भनेर चिनाउने राजा को थिए ?
–जगतप्रकाश मल्ल
८८. पशुपतिनाथको मन्दिर कसले निर्माण गरेका हुन् ?
 -प्रचण्डदेव
८९. भद्राधिवास मन्दिर कसले निर्माण गरेका हुन् ? 
-नरेन्द्रदेव
९०. मानगृह कसले निर्माण गरेका थिए ? 
-मानदेव
९१. न्यातपोल देवल कसले बनाउन लगाएका हुन् ? 
-भुपतीन्द्र मल्ल
९२. नेपालको इतिहासमा ऐतिहासिक “प्रमाणिक राजा” भनेर कसलाई भनिन्छ ? 
-मानदेव
९३. मिलिटरी अस्पतालको स्थापना कसले गरेका थिए ? 
-चन्द्र शमशेर
९४. रातो मच्छिन्द्रनाथको रथायात्राको चलन कसले चलाए ?
 -नरेन्द्रदेव
९५. घोडेजात्राको चलन कसले चलाएका हुन् ? 
-जयप्रकाश मल्ल
९६. विष्केट जात्राको चलन कसले चलाएका हुन् ? 
-जगज्योती मल्ल
९७. परस्त्रीसँग अनुचित सम्बन्ध राखेको आरोपमा तलेजुको मन्दिरमा काटिने राजा को हुन् ? 
-विश्वजित मल्ल
९८. गौसुकी मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् ? 
-शिवदेव तृतीय
९९. शिलालेखामा “श्वस्ति नेपालभ्य” अर्थात नेपालको कल्याण होस् भन्ने वाक्य उल्लेख गर्ने राजा को हुन् ?
 -वसन्तदेव
१००. नाग र वासुकी को पुजा गर्ने चलन कसले चलाएका हुन् ? 
-मानदेव


Share:

1 comment:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages