आफ्नो क्षमताई चिन्ने
विद्यार्थीले आफ्नो क्षमतालाई सबैभन्दा पहिला चिन्नुपर्छ । हरेक
विद्यार्थीको अ–आफ्नै विशेषता हुन्छन् । लोक
सेवा परीक्षा दिने कुनै विद्यार्थीले विषयवस्तुलाई सजिलै घोक्न सक्ने खालका
हुन्छन् । पुस्तकमा लेखेका सबै विषयवस्तुलाई छिनभरमै घोक्न सक्ने खालका हुन्छन् ।
कुनै विद्यार्थी घोक्ने भनेपछि फिटिक्कै नसक्ने खालका हुन्छन् । समग्र विषयमा
बुझेपछि आफ्नै तरिकाले सिर्जनात्मक रूपमा लेख्न सक्ने खालका हुन्छन् । कुनै
विद्यार्थीको लेखाइ छापेको भन्दा पनि राम्रो लेख्न सक्ने, तर लेख्ने वेलामा धेरै समय लगाउने खालका हुन्छन् । घोकेर लेख्ने
विद्यार्थीले घोकेर लोक सेवाको परीक्षा पास गर्नुपर्छ । समग्र विषयमा ज्ञान भएको
विद्यार्थीले घोक्नतिर नलागी विषयवस्तुको अध्ययन गर्नतर्फ लाग्नुपर्छ । ढिलो
लेख्ने तर राम्रो अक्षर लेख्ने विद्यार्थीले बुँदागत रूपमा लेख्ने, सकेसम्म चित्रद्वारा प्रश्नको उत्तर प्रस्ट पार्न लाग्नुपर्छ ।