अन्तर्राष्ट्रिय बाल दिवस २०१८


नारा :  "Children are taking over and turning the world blue."
प्रत्येक वर्ष नोभेम्बर २० मा मनाइन्छ।
सन् १९५४ बाट मनाउन थालिएको [UN Official]
सन् २०१७ को नारा : "It's a #KidsTakeOver."
अमेरिकाले सन् १८५७ मै बालदिवस मनाउने अवधारणा अघि सारेको थियो।
सन् १९२३ देखि विश्वका विभिन्न मुलुकमा बाल दिवस मनाउन थालिएको पाइन्छ।
विश्वमा बाल दिवसको दिन सार्वजनिक विदा दिने पहिलो राष्ट्र टर्की हो। [१९२९ अप्रिल 23]
विश्वका ५० बढी देशमा प्रत्येक वर्ष जुन १ तारिखमा बाल दिवस मनाउने गरिन्छ।
संयुक्त राष्ट्रसंघद्वारा सन् १९५९ नोभेम्बर २० मा बाल अधिकार घोषणापत्र जारी भएको थियो भने सन् १९८९ नोभेम्बर २० मा बाल अधिकार अभिसन्धि पारित भएको थियो।
बालअधिकार अभिसन्धि नेपालले सन् १९९० सेप्टेम्बर १४ [वि.सं. २०४७ भाद्र २९] मा अनुमोदन गरेको थियो।

नेपालमा बालदिवस
 

प्रत्येक वर्ष भाद्र २९ गते मनाइन्छ
२०७५ नारा : "सुखी नेपाली, समृद्ध नेपालः बालअधिकार सबैको सरोकार"
सुरुमा वि.सं. २०२१ सालदेखि भाद्र ४ गते मनाइन्थ्यो भने २०६३ देखि भाद्र २९ मा मनाउन थलिएको हो।
नेपालमा बाल अधिकार सम्बन्धी ऐन २०४८ तथा नियमावली २०५१ मा ल्याइएको हो।
बाल अधिकार सम्बन्धी ऐन २०४८, (२०५० बैशाख १ गते देखि लागू भएको हो।)
बाल अधिकार सम्बन्धी राष्ट्रिय नीति २०५९ मा बनेको हो।
बाल अधिकार को अबधारणा ल्याउने व्यक्ती एग्लेन्टाइन जेब (बेलायत का व्यक्ती थिए,जो पेशा ले फोटोग्राफर थिए) हुन।
नेपाल को संविधान को धारा ३९ मा बालबालिका का हकको व्यबस्था गरिएको छ,जस अनुसार १० वटा अधिकारहरुको व्यबस्था छ।
UNO का अनुसार १८ बर्ष नपुगेका सबैलाइ बालबालिका मानिएको छ भने बाल अधिकार सम्बन्धी राष्ट्रिय ऐन,२०४८ ले १६ बर्ष नपुगेका व्यक्तिलाइ बालबालिका भनेर परिभाषित गरेको छ  

 
Save the Children को स्थापना : १९१९ अप्रिल १५
UNICEF को स्थापना : १९४६ डिसेम्बर ११
बाल अधिकार महासन्धि मा : ५४ धारा छन।
बाल अधिकार सम्बन्धी जेनेभा घोषणापत्र : सन् १९२४ मा जारी भएको थियो।
UNO ले बाल अधिकार बर्ष मनाएको : सन् १९७९
सार्कले बालिका वर्ष मनाएको : सन् १९९०
सार्कले बालिका दशक मनाएको : सन १९९१-२०००
सार्कले बालअधिकार दशक मनाएको : सन् २००१-२०१०
भारतमा : नोभेम्बर १४ तारिखमा राष्ट्रिय बाल दिवस मनाइन्छ।

– "ठुला मानिसका लागि जेल बनाउनुभन्दा बालबालिकाका लागि स्कुल बनाउनु बेस" :  एलिजा कुक

Share:

१४ औं राष्ट्रिय कफि दिवस २०७५



नारा  : "प्रविधिमा आधारित गुणस्तरीय कफी उत्पादनको बृहत् अभियानमा जुटौं"
प्रत्येक वर्ष मंसिर १ गते मनाइन्छ।
वि.सं. २०६२ बाट मनाउन थालिएको।
तेह्रौं राष्ट्रिय कफी दिवस २०७४ को नारा :  आर्थिक समृद्धिका लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान !!’
कफिका लागि प्रसिद्ध जिल्ला :  गुल्मी
बढी कफि उत्पादन हुने जिल्ला :  स्याङ्जा
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत कफि सुपर जोन घोषणा भएका जिल्ला : गुल्मी, अर्घाखाँची, प्युठान, पाल्पा र स्याङ्जा
कफी विकास बोर्डका अनुसार यो वर्ष ५१३ मेट्रिक टन कफी ग्रिन बिन उत्पादन भएको छ।
हाल नेपालमा कुल २६५० हेक्टर क्षेत्रफलमा कफि खेती गरिदै आइएको छ।
भन्सार विभागको तथ्यांकअनुसार यो वर्ष रु. ९ करोड ३७ लाख २५ हजार बराबरको ८४.२२ मेट्रिक टन कफी निर्यात हुँदा रु.६ करोड ५८ लाख ९१ हजार बराबरको १६३.३८ मेट्रिक टन कफी आयात भएको छ ।
[गत वर्षको तुलनामा कफीको आयात करिब ६४५ बढेको र निर्यात करिब ११५ ले घटेको छ ]
बोर्डले गरेको अध्ययन अनुसार नेपालभर करिब ११ लाख ९८ हजार ५३५ हेक्टर क्षेत्रफलमा कफी खेती गर्न सकिने र त्यसमध्ये ६१ हजार २२८ हेक्टर क्षेत्रफल कफी खेतीका लागि अति उत्तम रहेको देखिएको छ ।
विश्वमा कफिको सुरुवात इथियोपिया बाट भएको हो।
सबैभन्दा बढी कफि उत्पादन गर्ने राष्ट्र ब्राजिल हो।
वि.सं. १९९५ मा हिरा गिरिले वर्माबाट बिउ ल्याएर गुल्मी, आपचौरमा कफि रोपि भित्र्याएका हुन् ।
नेपालमा अरेबि जातको कफि उत्पादन गरिन्छ।
मध्य पहाडका ४० जिल्लामा कफि खेती गरिदै आइएको छ।
नेपालमा वि.सं. २०११ बाट कफि खेती सुरु भएको हो भने वि.सं. २०४२ सालबाट व्यवसायिक कफि खेती सुरुवात भएको हो।
रुपन्देहीको मणिग्राममा पहिलो कफी प्रशोधन केन्द्र "नेपाल कफी कम्पनी प्रा.लिं" वि. सं. २०४० मा स्थापना भएको।
वि. सं. २०३२ बाट कफि खेतीलाइ नगदेबालीको रुपमा विस्तार गर्न थालियो।
नेपालको कफि सर्वप्रथम निर्यात गरिएको देश नेदरल्यान्ड [आ.व. २०५२/५३] हो।
कफिमा पाइने साइकोएक्टिव तत्व क्याफिन हो।
Share:

सातौं राष्ट्रिय कर दिवस २०७५



- नारा - "कर: समृद्ध नेपाल, सुखी नेपालीको भर"
- कहिले मनाइन्छ : प्रत्येक वर्ष  मंसिर १ गते
- वि.सं. २०६९ बाट मनाउन थलिएको।
- वि.सं. २०५४ मंसिर १ गतेबाट नेपालमा मुल्य अभिवृद्धि कर [VAT] लागु भएको सम्झनामा मनाउन थालिएको।।
- आन्तरिक राजस्व विभागका अनुसार हाल नेपालमा १८ लाख करदाता छन् ।
- आउदो पाँच वर्षमा ३० लाख करदाता पुर्‍याउने लक्ष्य रहेको छ
- छैटौं राष्ट्रिय कर दिवस -२०७४ को नारा:  "हाम्रो पौरख हाम्रो कर, राष्ट्र निर्माणको दिगो भर"
Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages