आधुनिक नेपालको राजनीतिक विकासक्रम : २०१७ देखी २०३७ सम्म

३.१.२ वि.सं. २०१७ देखि २०३७ सालसम्मका दुई दशक
वि.सं. २०१७ पुष १ गते दलगत राजनीतिक प्रणाली विघटन भएपछि नयाँ शासन सञ्चालनको सूचना पुस ९ गते जनसमक्ष आयो । पुष १२ गते महेन्द्रको अध्यक्षतामा नौ–सदस्यीय मन्त्रिपरिषद् गठन भयो । पुष २२ मा सबै राजनीतिक पार्टी अवैध घोषित भई प्रतिबन्धितसमेत भए । साथै, नेपालमा प्रजातन्त्रको जग तलबाटै बलियो तुल्याउन पञ्चायत व्यवस्था ल्याइने घोषणा भयो । यसअनुरूप वि.सं. २०१८ मा गाँउ पञ्चायतको निर्वाचन भयो । वि.सं. २०१८ माघमा जनकपुर बम काण्ड भयो । वि.स. २०१९ पुष १ गते नयाँ पञ्चायती व्यवस्था अनुकूल संविधानको घोषणा भयो । देशको सर्वोच्च विधायिका राष्ट्रिय पञ्चायतको उद्घाटन सर्वप्रथम राजा महेन्द्रबाट वि.स. २०२० मा भयो । वि.स. २०२३ मा संविधानको प्रथम संशोधन भई पञ्चायत निर्दलीय व्यवस्था बन्न पुग्यो ।
Share:

नेपालका शाहवंशीय राजाहरु र प्रधानमन्त्रीहरु

नेपालका शाहवंशीय राजाहरू
क्र.सं.
राजाहरू
समयावधि (वि.सं.)
१
पृथ्वीनारायण शाह
१७९९–१८३१
२
प्रतापसिंह शाह
१८३१–१८३४
३
रणबहादुर शाह
१८३४–१८५५
४
गीर्वाणयुद्ध शाह
१८५५–१८७३
५
राजेन्द्र विक्रम शाह
१८७३–१९०४
६
सुरेन्द्र विक्रम शाह
१९०४–१९३८
७
युवराज त्रैलोक्य वीर विक्रम शाह
राजकुमार हुदैं नै मृत्यु
Share:

राणाशासन काल

२.७ राणाशासन काल
पृथ्वीनारायण शाहको पूर्वी नेपालको कोशी क्षेत्रको विजय अभियानमा कास्की र लमजुङका कुँवर क्षेत्रीहरूले अधिक मात्रामा भाग लिएका थिए । यसै कारण जङ्गबहादुरले आफूलाई कास्की र लमजुङका महाराज घोषित गराए । राणा प्रधानमन्त्रीहरू श्री ३ महाराज कहलिन थाले ।
पूर्वी विजयपछि पृथ्वीनारायण शाहले रामकृष्ण कुँवरलाई प्यूठान पठाए । त्यहाँ उनी बारूदखाना तैयार गर्न लगाउँदै थिए, त्यसै बेला २१ मार्च १७७१ ई.मा उनको मृत्यु भयो । रामकृष्ण कुँवरको मृत्युपछि १८ वर्षीय उनका छोरा रणजित कुँवर नवविजित जुम्लाका हाकिम नियुक्त भए । त्यहाँ शान्ति सुव्यवस्था राम्रो गर्न सफल भएकाले उनलाई नेपालका चारकाजीमध्ये एक काजी बनाइयो ।
Share:

नेपालको आधुनिक काल इतिहास

२.६ आधुनिक काल
आधुनिक नेपालको राजनीतिक इतिहास वि.स. १८२५ (ई.स.१७६८) देखि प्रारम्भ हुन्छ । शाहवंशीय राजा पृथ्वीनारायण शाहले उपत्यका विजय प्राप्त गरेपछि नै आधुनिक काल सुरु भएको मानिँदै आएको छ । नेपालको आधुनिक इतिहास र भूगोलका प्रर्वतक पृथ्वीनारायण शाहले आफ्ना दिव्य उपदेशमा ‘मेरा साना दुखले अर्ज्याको मुलुक होइन चार वर्ण छत्तीस जातको फूलबारी हो सबैलाई चेतना भया’ भन्ने एकताबोधको सन्देशसमेत दिएका छन् । विशाल नेपाल निर्माणमा पृथ्वीनारायण शाहलाई एकीकरण अधिष्ठाता मानिन्छ । साना–साना थुम र टाकुरे राज्यमा विभक्त भू–खण्डलाई समेटी शक्तिशाली राज्यमा एकीकृत र सङ्गठित गर्न वि.स. १८०१ (ई.स. १७४४) को नुवाकोट विजयदेखि वि.स. १८७३ (ई.स.१८१६) को सुगौली सन्धिसम्म करीब ७३ वर्ष लागेको थियो ।
Share:

आधुनिक नेपालको राजनीतिक विकासक्रम : २००७ देखि २०१७ सम्म

३.१ आधुनिक नेपालको राजनीतिक विकासक्रम
आधुनिक नेपालको राजनीतिक इतिहासको प्रारम्भ राणा शासनविरूद्धको आन्दोलनबाट सुरू हुन्छ । वि.सं. २००७ साल असोज ७ र ८ गते भारतको वैरगनीयामा भएको नेपाली काँग्रेसको सम्मेलनले नेपालमा राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापनाको लागि सशस्त्र संघर्ष गर्ने निर्णय गरेअनुरूप २००७ साल कार्तिक २५ गतेदेखि मातृकाप्रसाद कोइरालाको नेतृत्वमा नेपाली काँग्रेसले सशस्त्र सङ्घर्ष सुरू गर्‍यो । २००७ साल फागुन ४ गते राजा त्रिभुवन सपरिवार नेपाल फर्केपछि ७ गते शाही घोषणाद्वारा प्रजातन्त्र स्थापना गरियो ।
Share:

निजामती सेवामा नयाँ योग्यता लागु गर्ने तयारी

तपाईसँग एसएलसीको मात्र प्रमाणपत्र छ र खरिदारसरहको सरकारी जागिर खाने सोचमा हुनुहुन्छ भने चाँडो गर्नुस, अब एसललसी पढेर खरिदार बन्ने दिन सकिन लागेका छन् । यस्तै अधिकृतको तयारी गर्दै हुनुहुन्छ र स्नातकको मात्र प्रमाणपत्र छ भने अब क्षैक्षिक योग्यता बढाउनुपर्ने अवस्था आउने भएको छ ।
      सरकारले निजामती सेवा प्रवेशमा नयाँ योग्यता लागू गर्ने तयारी गरेसँगै यस्तो अवस्था आएको हो । अब निजामती सेवाको खरिदारसरहको पदका लागि न्यूनतम प्रवीणता प्रमाणपत्र तह (कक्षा १२), नायब सुब्बाका लागि स्नातक तह र शाखा अधिकृतका लागि स्नातकोत्तर तहको शैक्षिक प्रमाणपत्र चाहिने नयाँ व्यवस्था हुन लागेको छ ।
      सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता बाबुराम अधिकारीका अनुसार नयाँ योग्यता लागू गर्ने विषयमा लेखेर पठाइसकिएको र सम्बन्धित मन्त्रालयबाट राय आएपछि लोकसेवा आयोगमा पठाइने तयारी सामान्य प्रशासन मन्त्रालयले गरेको छ ।
      मुलुकमा पढेलेखेका मानिस अत्यन्तै न्यून रहेका बेला निर्धारण गरिएको योग्यता समय सान्दर्भिक नभएको ठहर गर्दै यसअघि तोकिएको आधारभूत योग्यतालाई परिवर्तन गर्ने अन्तिम तयारी गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
      “बजारमा जुनसुकै विषयका विषयविज्ञ जति भने पनि पाइने अवस्थामा अहिले भएको न्यूनतम शैक्षिक योग्यता समय सान्दर्भिक छैन, त्यसैले यसलाई संशोधन गर्ने तयारी गरिएको हो”, प्रवक्ता अधिकारीले भन्नुभयो । हालको व्यवस्था वि.सं. २०१३ मा निजामती सेवा गठनसँगै लागू भएको हो ।
      “नयाँ शैक्षिक योग्यतासम्बन्धी व्यवस्था लागू हुन केही समय लाग्नेछ । अहिले विज्ञापन भइसकेका पदको हकमा नयाँ योग्यता लागू हुन्न तर अब केही समयपछि हामी नयाँ योग्यता लागू गरेरै छाड्छौं”, प्रवक्ता अधिकारीले भन्नुभयो ।
      खरिदार पदका लागि अब कम्प्युटर शिक्षा पनि अनिवार्य गर्ने योजना सरकारको छ । सूचनाप्रविधिको यो युगमा अब कम्प्यूटरको आधारभुत ज्ञान नभएको मानिसलाई जागिरमा राखेर राम्रो नतिजा ल्याउन नसकिने निष्कर्षमा सरकार पुगेको मन्त्रालयको भनाइ छ ।
      सरकारी स्वाभित्वका वित्तीय निकाय (बैङ्कहरु) तथा केही सार्वजनिक संस्थाले यसअघि नै नयाँ शैक्षिक योग्यता लागू गरेको जानकारी दिँदै मन्त्रालयले  निजामती सेवा चुस्त र प्रभावकारी बनाउन पनि नयाँ योग्यता लागू गर्ने योजना बनाएको उहाँले जानकारी दिनुभयो ।
      “सरकारले लिएको सोच सकारात्मक छ । यसले निजामती सेवालाई सार्प (धारिलो) बनाउन मद्दत गर्छ । यो व्यवस्थाले निजामती सेवामा प्रवेश गर्ने उम्मेदवार राम्रो पढेलेखेको, अध्ययनशील र सूचनाप्रविधिमा योग्य हुनेछन्”, वरिष्ठ प्रशासनविद् डा. भीमदेव भट्टले भन्नुभयो ।
      लोकसेवा आयोगका सहसचिव एवं वरिष्ठ मनोवेत्ता खगेन्द्र सुवेदीले नयाँ योग्यता लागू गरौं भनेर लामो समयदेखि आयोगले भन्दै आएको चर्चा गर्दै अहिले लिएको सरकारी कदम स्वागतयोग्य भएको प्रतिक्रिया दिनुभयो ।

      नयाँ योग्यता लागू गर्ने सरकारी तयारीप्रति केही राजनीतिक दलका नेताले असन्तुष्टि व्यक्त गरे पनि सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले यसलाई जसरी पनि लागू गरेरै छाड्ने अडान लिएको बताइएको छ । 
स्रोतः गोरखापत्र
Share:

नेपालको मध्यकालिन इतिहास

२.५ मध्यकाल
वि.स. ९३६ मा ‘नेपाल संवत्’ सुरू भएपछि नेपालको इतिहासमा ‘मध्यकाल’ प्रारम्भ भएको मानिएको छ । वि.स ९३६ देखि नेपालको एकीकरण भएको अवधि १८२५ सम्म र लिच्छविकालको समाप्तिपछि र मल्लको पतन हुनुअघिसम्मको ९०० वर्ष लामो समयलाई नेपालको इतिहासमा मध्यकाल भनिन्छ । वास्तवमा मध्यकाल भन्नाले नेपालको सन्दर्भमा ‘मल्लकाल’ को रूपमा अध्ययन गर्ने प्रचलन छ । यस कालका केही शताब्दीसम्म नेपाल पहिलाको लिच्छवि राज्यजत्रै विशाल रहेको तर पछि क्रमशः ठाउँठाउँमा साना स्वतन्त्र राज्यहरू बनेका देखिन्छन् । बीच–बीचमा एकीकरणको पुन प्रयास र विस्तार पनि भएको थियो । तसर्थ मध्यकालीन नेपालको भौगोलिक स्थिति कहिले एकीकृत, कहिले विखण्डित, कहिले विस्तारित र कहिले सङ्कुचित भएको पाइन्छ ।
Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages