नेपालको मध्यकालिन इतिहास

२.५ मध्यकाल
वि.स. ९३६ मा नेपाल संवत्सुरू भएपछि नेपालको इतिहासमा मध्यकाल प्रारम्भ भएको मानिएको छ । वि.स ९३६ देखि नेपालको एकीकरण भएको अवधि १८२५ सम्म र लिच्छविकालको समाप्तिपछि र मल्लको पतन हुनुअघिसम्मको ९०० वर्ष लामो समयलाई नेपालको इतिहासमा मध्यकाल भनिन्छ । वास्तवमा मध्यकाल भन्नाले नेपालको सन्दर्भमा मल्लकालको रूपमा अध्ययन गर्ने प्रचलन छ । यस कालका केही शताब्दीसम्म नेपाल पहिलाको लिच्छवि राज्यजत्रै विशाल रहेको तर पछि क्रमशः ठाउँठाउँमा साना स्वतन्त्र राज्यहरू बनेका देखिन्छन् । बीचबीचमा एकीकरणको पुन प्रयास र विस्तार पनि भएको थियो । तसर्थ मध्यकालीन नेपालको भौगोलिक स्थिति कहिले एकीकृत, कहिले विखण्डित, कहिले विस्तारित र कहिले सङ्कुचित भएको पाइन्छ ।

२.५.१ मल्ल वंशको परिचय
तेह्रौँ शताब्दीको आरम्भदेखि नेपाल उपत्यकामा मल्लहरूको शासन व्यवस्था कायम भएको मानिन्छ । साथै, यस वंशका पहिलो शासक भनेर अरिमल्लको नाम लिने चलन छ । तथापि अरि मल्लभन्दा धेरै अगाडिदेखि शासनमा मल्लहरूको सक्रियता थियो । अरिमल्लभन्दा एक शताब्दीअघिदेखि नै मल्लहरू कुनै न कुनै रूपमा शासनमा सक्रिय भएको कुरा गोपाल राजवंशावली तथा केही अभिलेखहरूमा समेत पाइन्छ । मल्लहरू प्राचीन जाति मानिन्छन् । प्राचीन संस्कृत वाङ्मयहरूमा मल्लहरूको उल्लेख विशिष्ट वर्गका क्षेत्रीयको रूपमा गरिएको छ । महाभारत, विभिन्न बौद्ध साहित्यहरू, मनुस्मृति तथा अन्य विभिन्न पुराणमा मल्लहरूको सन्दर्भ पाउन सकिन्छ । महाभारतमा कोसलहरूको साथमा मल्लहरूको पनि समान चर्चा गरिएको पाइन्छ । मार्कण्डेय पुराणमा मिथिलाका विदेहहरूसँग मल्लहरू दाँजिएका छन् ।
पाचौँ, छैठौँ शताब्दी ई.पू. का सङ्गठित गणराज्यको सञ्चालन गरेर बसेका धेरै राजवंशहरू पछि क्रमशः राजतन्त्रात्मक शासनअन्तर्गत चलेका राज्यहरूको साम्राज्य विस्तारको चपेटामा परेर नेपालको भूभागमा पसेका उदाहरणहरू विभिन्न प्राचीन श्रोतहरूले दिएका छन् । लिच्छवि, कोलीय, शाक्य, मल्ल आदि सबै नै नेपालमा शरणार्थी रूपमा पसेका थिए । शाक्यहरू ललितपुर क्षेत्रमा बसेका थिए भने कोलियहरू कान्तिपुर (आजको केलटोल) मा बसोबास गर्दथे । त्यस्तै, मल्लहरूले सुरूमा गण्डकी क्षेत्रमा र पछि उपत्यकामा कतै न कतै बसोबास गरेको पाइन्छ ।
२.५.२ मल्लहरूको नेपाल आगमन
उत्तर भारतमा मगधका गुप्त सम्राटको दिग्विजयले वैशालीका लिच्छविहरू त्यहाँ टिक्न नसकी काठमाडौँ उपत्यकामा आएजस्तै भारतको कुशीनगर र त्यसको छेउछाउ मूल भएका मल्लहरू पनि शरणार्थीहरूका रूपमा नेपालको गण्डकी क्षेत्रमा आएका थिए । राजल्लदेव र कठय मल्लले ललितपुरको दक्षिणमा अवस्थित चम्पागिरी (चापागाँउ) बस्ती बसाएकाले मल्लहरूले काठमाडौँमा आफ्नो राजनैतिक प्रभाव बढाउने प्रयास गरेको देखिन्छ । मानदेवद्वारा मल्ल प्रदेशमा आक्रमणको मुख्य उद्देश्य मल्लहरूको महत्वकांक्षालाई दबाउनु नै थियो । केन्द्रमा लिच्छवि शासन कमजोर हुन थालेपछि मल्लहरूको केन्द्रमा शासन गर्ने आकाक्षां बढ्यो । यसमा अरिदेव (अरि) मल्ल सफल भए । वि.स. १२१० मा जन्मेका अरिदेव वि.सं.१२५८ मा राजा भई १५ वर्ष जति राज्य गरेर वि.स. १२७४ मा देह त्याग गरे । अरि मल्ल पछि अभय मल्ल वि.सं. १२७४ मा राजा भए । उनले ३८ वर्षसम्म शासन चलाए ।
२.५.३ मल्ल राज्यको विभाजन
मल्लकालमा एकीकृत नेपाल उपत्यकाको राजधानी भक्तपुर थियो र राजाहरू युथनिम्हमत्रिपुरदरबारमा रही शासन चलाउँथे । अन्य मुलुकको आक्रमणबाट बच्न सकिने गरी चारपाटे किल्लाका रूपमा दरबार बनाएको हुन्थ्यो जसलाई स्थानीय भाषामा चौक्वाँठ भनिन्छ । नेपाल उपत्यकाको सङ्गठित मल्ल राज्यका अन्तिम मल्ल राजा यक्ष मल्ल थिए । यक्ष मल्लको शासनकालपछि नेपाल उपत्यका कान्तिपुर, पाटन र भादगाउँका रूपमा विभाजित भए । कान्तिपुरमा हनुमान ढोका दरबारको निमार्ण इस्वीको बाह्रौँ शताब्दीमा राजा गुणकामदेवका पालामा भएको कुरा वशांवलीमा उल्लेख छ । प्रताप मल्लले कान्तिपुरको यस दरबारमा धेरै खण्ड र चोकहरू थपेर विशाल रूप दिएका थिए । पृथ्वीनारायण शाह कान्तिपुरको राजगद्दीमा आरूढ भएपछि केही पुरानो खण्ड र चोक हटाउने, नयाँ चोकहरू र खण्डहरू थप्ने काम भएको थियो ।
उपत्यकाका मल्ल राजाहरू
कान्तिपुरका मल्ल राजाहरू
१) रत्न मल्ल                               २) सूर्य मल्ल
३) अमर मल्ल                              ४) महेन्द्र मल्ल
५) शिवसिंह मल्ल                           ६) लक्ष्मीनरसिंह मल्ल
७) प्रताप मल्ल                              ८) नृपेन्द्र मल्ल
९) पार्थिवेन्द्र मल्ल                          १०) भूपालेन्द्र मल्ल
११) भाष्कर मल्ल                           १२) जयज्जय मल्ल
१३) जयप्रकाश मल्ल
पाटनका मल्ल राजाहरू
१) रत्न मल्ल                               २) विष्णु मल्ल
३) नरसिंह मल्ल, पुरन्दरसिंह मल्ल, उद्धवसिंह मल्ल ४) हरिहरसिंह मल्ल
५) सिद्धिनरसिंह मल्ल                        ६) श्रीनिवास मल्ल
७) योगनरेन्द्र मल्ल                        ८) लोकप्रकाश मल्ल
९) इन्द्र मल्ल                            १०) महीन्द्र मल्ल
११) वीरनरसिंह मल्ल                      १२) ऋद्धिनरसिंह मल्ल
१३) भाष्कर मल्ल                         १४) योगप्रकाश मल्ल
१५) विष्णु मल्ल                          १६) राज्यप्रकाश मल्ल
१७) विश्वजित मल्ल                       १८) जयप्रकाश मल्ल
१९) रणजित मल्ल                        २०) तेजनरसिंह मल्ल
भादगाउँका मल्ल राजाहरू
१) राय मल्ल                             २) सुवर्ण मल्ल
३) प्राण मल्ल                            ४) विश्व मल्ल
५) जगज्योर्ति मल्ल                       ६) नरेन्द्र मल्ल
७) जगतप्रकाश मल्ल                      ८) जितामित्र मल्ल
९) भूपतीन्द्र मल्ल                        १०) रणजित मल्ल

केही मल्ल राजाहरूका मुख्य कृतिहरू

राजा
मुख्य कृतिहरू/कार्यरू
जयस्थिति मल्ल
पेसागत हकहितको संरक्षण, जग्गालाई अब्बल, दोयम, सिम र चाहार गरी ४ भागमा विभाजन; घर, जमिन बेचविखन गर्न र बन्धक राख्न पनि पाइने व्यवस्था; माना, पाथी, ढक तराजुमा सुधार; चारवर्ण छत्तीस जातको सामाजिक व्यवस्था, जातीय पेसा र पहिरनको व्यवस्था; गोपाल राजवंशावलीको रचना
यक्ष मल्ल
भक्तपुर तौमडी टोलको मन्दिर दत्तात्रय मन्दिर, यक्षश्वर मन्दिर, ललितपुरको भीमनाथ मन्दिर स्थापना, रत्न मल्ल तामाको मुद्रा प्रचलन; तलेजु मन्दिर निर्माण; पशुपतिमा दक्षिणकाली, सप्तर्षि र अष्टमातृकाका मूर्ति स्थापना
महिन्द्र मल्ल
उपत्यकामा चाँदीको मोहोर (महेन्द्र मल्ली) चलाएका, तलेजुनजिक महेन्द्रेश्वर महादेव मन्दिर निर्माण
लक्ष्मीनरसिंह मल्ल
नुवाकोट भैरवी मन्दिरको जिर्णोद्वार गराएर पाँचवटा सुनका गजुर चढाएका, मखनको शिवालय स्थापना, काष्ठमण्डप निर्माण,
प्रताप मल्ल
तलेजु भवानीको मन्दिरअगाडि खम्बा गाडेर सुनको मालम्वा लगाइएको धातुको सिंह स्थापना (१६९९), हनुमान ढोका दरवारको विस्तार, मोहनचोक, सुन्दरी चोक, नासलचोक, भण्डारखाल बगैँचाको निर्माण, हनुमानढोका, दरवारक्षेत्रमा विश्वरूपको सुनौलो मूर्ति स्थापना, हनुमानढोका बाहिर २ वटा हनुमानका मूर्ति स्थापना, नासलचोकमा नृसिंहको मूर्ति स्थापना, रानीपोखरी निर्माण, गुहेश्वरी, दक्षिणकालीको स्थापना, पशुपतिमा कोटिलिङ्ग स्थापना
जयप्रकाश मल्ल
कुमारीचोक स्थापना, कुमारीको रथयात्रा आरम्भ, बालाजुको २२ मध्ये २१ धारा निर्माण
सिद्धि नरसिंह मल्ल
पाटनको कृष्ण मन्दिर निर्माण, भण्डारखालको धारा पोखरी निर्माण
जगज्योति मल्ल
भक्तपुरमा विस्केट जात्रा सुरू गरेका
भूपतिन्द्र मल्ल
भक्तपुर दरबार क्षेत्रका कलाकृति, ५५ झ्याले दरबार, मालती चोक निर्माण ।
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages