२०७२ साउन २७ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोत्तर

. स्काइ ट्रयाक्स नामक संस्थाले सन् २०१५ मा सार्वजनिक प्रतिवेदन अनुसार विश्वकै उत्कृष्ट विमानस्थल कुन भएको छ ?
- सिङ्गापुरको चाङ्गी विमानस्थल (चाङ्गी पछि शीर्ष पाँचमा परेका अन्य विमानस्थल सोलको इन्चियोन म्युनिख एयरपोर्ट हङ्कङ इन्टरनेशनल एयरपोर्ट र टोकियो इन्टरनेसनल एयरपोर्ट हुन।)
. राजनीतिज्ञ एवं साहित्यकार राजेश्वर देवकोटाको निधन कहिले भयो ?
- वि.सं. २०७२ साउन २५
. वि.सं. २०७२ साउन २० मा बसेको मन्त्रिपरिषद् वैठकले मुख्य सचिव पदमा कसलाई नियुक्त गरेको छ ?
- डा. सोमलाल सुवेदी
. त्रिमुर्ति निकेतनद्वारा पुरस्कृत हुने (वि.सं. २०७२ मा) नारी स्रष्टा को हुन् ?
- रजनी ढकाल शान्तिमाया गिरी तर्कना शर्मा र अम्बिका अर्याल (नेपाली भाषा साहित्यको लेखन र प्रवर्द्धनमा योगदानका लागि)
५. अमेरिको सिनेटको सन् २०१५ अगस्ट ५ मा नेपालका लागि आफ्नो राजदुतमा कसलाई अनुमोदन गरेको छ ?
- एलियानिया बी टेपलिज
६. सन् २०१५ अगस्ट ट माफिफाद्वारा सार्वजनिक विश्व वरियतामा नेपाल कतिऔं स्थानमा रहेको छ ?
- १८४ औं

७. चिकित्सा शिक्षा सम्बन्धमा राष्ट्रिय नीति तयार पार्न पाँच महिनाअघि गठित प्रा.डा. केदारभक्त माथेमाको संयोजकत्वमा गठित समितिद्वारा तयार पारिएको प्रतिवेदन सरकारले कहिले सार्वजनिक गर्‍यो ?
- वि.सं. २०७२ साउन १९
८. हाल (२०७१ फागुन मसान्तसम्म) नेपालसँग द्विपक्षीय हवाई सेवा सम्झौता भएका राष्ट्रहरु कति रहेका छन् ?
- ३६
९.  आर्थिक वर्ष २०७१/७२ को आर्थिक सर्वेक्षणअनुसार आ.ब. २०७१/७२ सम्ममा आधारभुत खानेपानी सेवाबाट लाभान्वित जनसंख्या कति रहेको छ ?
- ८३.५९ प्रतिशत
१०. हाल नेपालमा कतिवटा बीमा कम्पती रहेका छन् ?
- २७ (जीवन बिमा कम्पनी : ९‚ निर्जीवन बिमा कम्पनी : १७ र पुनर्बिमा कम्पनी : १)
११. नेपालको विगत पाँच बर्षको औसत मुद्रास्फीति दर कति रहेको छ ?
- ९.३ प्रतिशत
१२. आर्थिक बर्ष २०७१/७२ को आर्थिक सर्वेक्षणअनुसार उपभोग खर्चका आधारमा गिनी सुचकाङ्क (Gini Coefficient) सहरी क्षेत्रमा ०.३५३ रहेको छ भने ग्रामीण क्षेत्रमा कति रहेको छ ?
- ०.३११
१३. नेपाल नागरिक उड्डयन प्राधिकरणको स्थापना कहिले भएको हो ?
- वि.सं. २०५५ पुस १६
१४. अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कहिले मनाइन्छ ?
- डिसेम्बर ७
१५. ICAO को पुरा रुप के हो ?
- International Civil Aviation Organization
१६. BIPPA  को पुरा रुप के हो ?
- Bilateral Investment Promotion and Protection Agreement
१६. युहान इन्टरनेसनल इभेन्ट्सद्वारा आयोजित दोस्रो संस्करणको मिस प्लस टु नेपाल-२०१५ को उपाधि कसले जितिन् ?
- आँचल दवाडी
१८. पृथ्वीको सतहको एकाइ क्षेत्रफलमा पर्ने हावाको चापलाई के भनिन्छ ?
- वायुमण्डलीय चाप
१९. धेरै पहिले ब्रह्माण्डमा घुम्दै गरेको एउटा तारा सूर्यसँग ठक्कर खाएर सूर्यको भाग टुक्रिई पृथ्वीलगायत अन्य ग्रह र उपग्रह बनेको भनी पृथ्वीको उत्पति बारेमा धारणा प्रस्तुत गर्ने वैज्ञानिक को हुन् ?
- जर्ज बफन
२०. नेपालको एक मात्र शिकार आरक्ष कुन हो ?
- ढोरपाटन शिकार आरक्ष
२१. नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज शे-फोक्सुन्डो कति क्षेत्रफलमा फैलिएको छ ?
- ३५५५ बर्ग कि.मि.
२२. नेपालमा राष्ट्रिय सिमसार नीति कहिलेदेखि लागू भई कार्यान्वयनमा आएको छ ?
- वि.सं. २०५९
२३. नेपालकै पहिलो हवाइजहाज सङ्ग्रहालय कहाँ रहेको छ ?
- टिकापुर (कैलाली)
२४. डोटीको सिलगढीदेखी अछाम साँफेबगरसम्मको सडक खण्डलाई के नामकरण गरिएको छ ?
- पहलमानसिँह स्वाँर सडक
२५. एसियाको नोबल पुरस्कारका रुपमा चिनिने प्रतिष्ठित रोमन म्यागासेस पुरस्कार (२०१५) कस कसलाई प्रदान गरियो ?
- सञ्जीव चतुर्बेदी‚ अंशु गुप्ता (भारत) चाउ थु (म्यानमार)‚ लियागा फर्नान्डो (फिलिपिन्स) र कोम्माली चन्थाभोङ (लाओस)
२६. नेपालको वित्तीय क्षेत्रमा बढ्दै गएको सम्पति तथा दायित्व व्यवस्थापनको दूरी र सोबाट हुने बजार जोखिमलाई संशोधन गर्ने उद्देश्यका साथ नेसनल बैङ्किङ इन्स्टिच्युट (एनबीआई) द्वारा आयोजित सम्पति तथा दायित्व व्यवस्थापन सम्मेलन कहिले सम्पन्न भयो ?
- वि.सं. २०७२ साउन २१
२७. २५ मेगावाट क्षमताको भोटेकोशी जलविद्युत आयोजना कहाँ रहेको छ ?
- सिन्धुपाल्चोक
२८. डोल्पाली जनताको जनजीवनमा आधारित चलचित्रको नाम के हो ?
- क्याराभान
२९. गाउँ विकास समिति नभएका जिल्ला कुन-कुन हुन् ?
- काठमाण्डौं र भक्तपुर
३०. हरित पेटिका अभियान (Green Belt Movement) का संस्थापक को हुन् ?
- बांगरी माथाई
३१. राष्ट्रिय जनगणना‚ २०६८ अनुसार नेपालमा महिला परिवार मुली भएका घर परिवारको प्रतिशत कति रहेको छ ?
- २५.७ प्रतिशत
३२. असंलग्न राष्ट्रहरुको सोह्रौं सम्मेलन कुन देशमा भएको थियो ?
- इरान
३३. प्रसिद्ध पुस्तक एनिमल फार्म का लेखक को हुन् ?
- जर्ज अर्बेल
३४. वि.सं. २०७१ मा प्रदान गरिएको मदन पुरस्कार प्राप्तगर्ने स्रष्टा को हुन् ?
- राधा पौडेल
३५. सरकारले नेपालो सेनाका कायममुकायम प्रधानसेनापतिमा कसलाई नियुक्त गरेको छ ?
- राजेन्द्र क्षेत्री
३६. अन्तर्राष्ट्रिय मुद्राकोषले सन् २०१४ अप्रिलमा सार्वजनिक गरेको विश्वआर्थिक परिदृष्य (World Economic Outlook) अनुसार सन् २०१४ मा ३.४ प्रतिशतले बढेको विश्व उत्पादन दर सन् २०१५ मा कतिप्रतिशत रहने प्रक्षेपण छ ?

- ३.५ प्रतिशत
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages