नेपालमा रोजगारीको आयमा हाल कति आयकर लाग्ने व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।

      नेपालमा रोजगारीको आयमा आर्थिक ऐन‚ २०७२ अनुसार लाग्ने व्यवस्था छ :
     
(१) एक्लो व्यक्तिको हकमा : दुई लाख पचास हजारसम्मको करयोग्य आयमा एक प्रतिशत‚ दुईलाख पचास हजारभन्दा बढी तीनलाख पचास हजारसम्मको करयोग्य आयमा पन्ध्र प्रतिशत‚ तीन लाख पचास हजारभन्दा बढीको करयोग्य आयमा पच्चीस प्रतिशत‚ पच्चीस लाखभन्दा बढी करयोग्य आय भएमा बढी भए जति करयोग्य आयको पच्चीस प्रतिशत बमोजिम लागेको करको दरमा थप चालीस प्रतिशत अतिरिक्त कर‚
    
(२) दम्पतीको हकमा : तीन लाखसम्मको करयोग्य आयमा एक प्रतिशत‚ तीन लाखभन्दा बढी चार लाखसम्मको करयोग्य आयमा पन्ध्र प्रतिशत‚ चार लाखभन्दा बढीको करयोग्य आयमा पच्चीस प्रतिशत‚ पच्चीस लाखभन्दा बढी करयोग्य आय भएका बढी भए जति करयोग्य आयको पच्चीस प्रतिशत अतिरिकक्त कर‚

छुट प्रावधान :

(क) नेपाल सरकारले तोकेको दूर्गम क्षेत्रमा कार्यरत व्यक्तिको दुर्गम भत्त बापत तोकिए बमोजिम बढीमा पचास हजारसम्म करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र करको गणना गरिने व्यवस्था‚
(ख) नेपालका विदेशस्थित कूटनीतिक नियोगमा कार्यरत कर्मचारीको वैदेशिक भत्ताको पचहत्तर प्रतिशत रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा करको गणना गरिने व्यवस्था‚
(ग) अपाङ्ग भएको व्यक्तिका लागि दुई लाख पचास हजारको र अपाङ्गता भएको दम्पतिका लागि तीन लाखको  पचास प्रतिशत थप रकम करयोग्य आयबाट घटाई बाँको रहने रकममा मात्र करको गणना गरिने व्यवस्था‚

(घ) पारिश्रमिक आय मात्र आर्जन गर्ने महिलाले तिर्नुपर्ने कर रकमा दश प्रतिशत छुट हुने व्यवस्था‚
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages