राष्ट्रिय घटनाक्रम (२०७२ असार/साउन)

असार             

२१    मन्त्रिपरिषद् बैठकद्वारा बढी प्रचलनमा रहेका ९६ किसिमका औषधीको मूल्यसूची निर्धारण ।

२२    राष्ट्रपति डा. रामवरण यादवबाट नेपाल सरकारको आर्थिक वर्ष २०७२/७३ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत ।

२४    त्रिशूली-काठमाण्डौं पासाङल्हामु मार्गअन्तर्गत सिस्नेरीमा गएको पहिरोमा यात्रुबाहक बस पुरिँदा चालकसहित चारजनाको मृत्यु ।

२५    संस्कृतिविद् डा. सत्यमोहन जोशी, नेकपा एमालेकी नेत्री शान्ता चौधरी र भारतको पटना 
विश्वविद्यालयका प्राध्यापक डा. राजेन्द्रराम पुष्पलाल राष्ट्रिय पुरस्कारबाट पुरस्कृत ।

२७    व्यवस्थापिका संसद् बैठकमा पेस गरिएको सरकारको नीति तथा कार्यक्रम तिन दिनको छलफलपछि बहुमतले पारित ।

२८    झापा भद्रपुरमा निर्माण गर्न लागिएको गिरिजाप्रसाद कोइराला स्मृतिभवन (सभागृह) को प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मधेसी नेता विजयकुमार गच्छदारद्वारा संयुक्तरुपमा शिलन्यास ।

२९    आर्थिक वर्ष २०७२/७३ को अर्थतन्त्र दोब्बर बृद्धि गर्ने लक्ष्य र पुननिर्माण प्राथमिकतासहित अर्थमन्त्री डा. रामशरण महतद्वारा आठ खर्ब १९ अर्बको बजेट सार्वजनिक ।
३१    व्यवस्थापिका-संसद्को बैठकबाट आर्थिक वर्ष २०७२/७३ का लागि पेश्की खर्च विधेयक पारित ।

साउन                

     काठमाण्डौंबाट दाङ जाँदै गरेको बस नवलपरासीको पूर्वपश्चिम लोकमार्गमा दुर्घटना हुँदा नौ जनाको मृत्यु ।

-     संविधानको प्रारम्भिक मस्यौदामा राय सुझाव सङ्कलनका लागि संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतासहित सभासद्हरु निर्वाचन क्षेत्रमा ।

-     संविधानको प्ररम्भिक मस्यौलामा सुझाव सङ्कलनमा जनताको सहभागिताका लागि साउन ४ र ५ गते सार्वजनिक बिदा दिने सरकारी निर्णय

     संविधानको प्रारम्भिक मस्यौदामा सुझाव दिन जनताको उत्साहजनक सहभागिता ।

     नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालद्वारा ठुला बैङ्कको अवधारणासँगै मुद्रास्फीतिको साढे आठ प्रतिशत लक्ष्य लिई नयाँ मौद्रिक नीति सार्वजनिक ।

११    नेपालको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि प्रतिबद्धताअनुसार पाकिस्तान सरकारद्वारा १० करोड रुपियाँ प्रदान ।

१२    संविधानको प्रारम्भिक मस्यौदामा नागरिक सुझाव समावेश गरिएको रायसुझाव प्रतिवेदन संविधानसभामा प्रस्तुत ।

१३    संविधानसभामा पेश गरिएको नागरिकको रायसुझाव समेटिएको प्रतिवेदनमा सैद्धान्तिक छलफलपछि संविधानको प्रारम्भिक मस्यौदा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पठाइयो ।

१४    कास्कीमा अविरल वर्षापछि गएको पहिरोमा परी लुम्ले, भदौरे, तामागी र ढिकुरपोखरीमा धेरै धनजनको क्षति ।

१७    युवा तथा खेलकुद मन्त्रालयले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका सात युवा र युवाका क्षेत्रमा कार्यरत युवाले नेतृत्व गरेका दुई संस्थालाई अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित गर्ने घोषणा ।


२०    मन्त्रिपरिषद् बैठकद्वारा नेपाल सरकारको मुख्य सचिवमा डा. सोमलाल सुवेदी नियुक्त ।
Share:

1 comment:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages