आधुनिक नेपालको राजनीतिक विकासक्रम : २०१७ देखी २०३७ सम्म

३.१.२ वि.सं. २०१७ देखि २०३७ सालसम्मका दुई दशक
वि.सं. २०१७ पुष १ गते दलगत राजनीतिक प्रणाली विघटन भएपछि नयाँ शासन सञ्चालनको सूचना पुस ९ गते जनसमक्ष आयो । पुष १२ गते महेन्द्रको अध्यक्षतामा नौसदस्यीय मन्त्रिपरिषद् गठन भयो । पुष २२ मा सबै राजनीतिक पार्टी अवैध घोषित भई प्रतिबन्धितसमेत भए । साथै, नेपालमा प्रजातन्त्रको जग तलबाटै बलियो तुल्याउन पञ्चायत व्यवस्था ल्याइने घोषणा भयो । यसअनुरूप वि.सं. २०१८ मा गाँउ पञ्चायतको निर्वाचन भयो । वि.सं. २०१८ माघमा जनकपुर बम काण्ड भयो । वि.स. २०१९ पुष १ गते नयाँ पञ्चायती व्यवस्था अनुकूल संविधानको घोषणा भयो । देशको सर्वोच्च विधायिका राष्ट्रिय पञ्चायतको उद्घाटन सर्वप्रथम राजा महेन्द्रबाट वि.स. २०२० मा भयो । वि.स. २०२३ मा संविधानको प्रथम संशोधन भई पञ्चायत निर्दलीय व्यवस्था बन्न पुग्यो ।
Share:

नेपालका शाहवंशीय राजाहरु र प्रधानमन्त्रीहरु

नेपालका शाहवंशीय राजाहरू
क्र.सं.
राजाहरू
समयावधि (वि.सं.)
पृथ्वीनारायण शाह
१७९९१८३१
प्रतापसिंह शाह
१८३११८३४
रणबहादुर शाह
१८३४१८५५
गीर्वाणयुद्ध शाह
१८५५१८७३
राजेन्द्र विक्रम शाह
१८७३१९०४
सुरेन्द्र विक्रम शाह
१९०४१९३८
युवराज त्रैलोक्य वीर विक्रम शाह
राजकुमार हुदैं नै मृत्यु
Share:

राणाशासन काल

२.७ राणाशासन काल
पृथ्वीनारायण शाहको पूर्वी नेपालको कोशी क्षेत्रको विजय अभियानमा कास्की र लमजुङका कुँवर क्षेत्रीहरूले अधिक मात्रामा भाग लिएका थिए । यसै कारण जङ्गबहादुरले आफूलाई कास्की र लमजुङका महाराज घोषित गराए । राणा प्रधानमन्त्रीहरू श्री ३ महाराज कहलिन थाले ।
पूर्वी विजयपछि पृथ्वीनारायण शाहले रामकृष्ण कुँवरलाई प्यूठान पठाए । त्यहाँ उनी बारूदखाना तैयार गर्न लगाउँदै थिए, त्यसै बेला २१ मार्च १७७१ ई.मा उनको मृत्यु भयो । रामकृष्ण कुँवरको मृत्युपछि १८ वर्षीय उनका छोरा रणजित कुँवर नवविजित जुम्लाका हाकिम नियुक्त भए । त्यहाँ शान्ति सुव्यवस्था राम्रो गर्न सफल भएकाले उनलाई नेपालका चारकाजीमध्ये एक काजी बनाइयो ।
Share:

नेपालको आधुनिक काल इतिहास

२.६ आधुनिक काल
आधुनिक नेपालको राजनीतिक इतिहास वि.स. १८२५ (ई.स.१७६८) देखि प्रारम्भ हुन्छ । शाहवंशीय राजा पृथ्वीनारायण शाहले उपत्यका विजय प्राप्त गरेपछि नै आधुनिक काल सुरु भएको मानिँदै आएको छ । नेपालको आधुनिक इतिहास र भूगोलका प्रर्वतक पृथ्वीनारायण शाहले आफ्ना दिव्य उपदेशमा मेरा साना दुखले अर्ज्याको मुलुक होइन चार वर्ण छत्तीस जातको फूलबारी हो सबैलाई चेतना भयाभन्ने एकताबोधको सन्देशसमेत दिएका छन् । विशाल नेपाल निर्माणमा पृथ्वीनारायण शाहलाई एकीकरण अधिष्ठाता मानिन्छ । सानासाना थुम र टाकुरे राज्यमा विभक्त भूखण्डलाई समेटी शक्तिशाली राज्यमा एकीकृत र सङ्गठित गर्न वि.स. १८०१ (ई.स. १७४४) को नुवाकोट विजयदेखि वि.स. १८७३ (ई.स.१८१६) को सुगौली सन्धिसम्म करीब ७३ वर्ष लागेको थियो ।
Share:

आधुनिक नेपालको राजनीतिक विकासक्रम : २००७ देखि २०१७ सम्म

३.१ आधुनिक नेपालको राजनीतिक विकासक्रम
आधुनिक नेपालको राजनीतिक इतिहासको प्रारम्भ राणा शासनविरूद्धको आन्दोलनबाट सुरू हुन्छ । वि.सं. २००७ साल असोज ७ र ८ गते भारतको वैरगनीयामा भएको नेपाली काँग्रेसको सम्मेलनले नेपालमा राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापनाको लागि सशस्त्र संघर्ष गर्ने निर्णय गरेअनुरूप २००७ साल कार्तिक २५ गतेदेखि मातृकाप्रसाद कोइरालाको नेतृत्वमा नेपाली काँग्रेसले सशस्त्र सङ्घर्ष सुरू गर्‍यो । २००७ साल फागुन ४ गते राजा त्रिभुवन सपरिवार नेपाल फर्केपछि ७ गते शाही घोषणाद्वारा प्रजातन्त्र स्थापना गरियो ।
Share:

निजामती सेवामा नयाँ योग्यता लागु गर्ने तयारी

तपाईसँग एसएलसीको मात्र प्रमाणपत्र छ र खरिदारसरहको सरकारी जागिर खाने सोचमा हुनुहुन्छ भने चाँडो गर्नुस, अब एसललसी पढेर खरिदार बन्ने दिन सकिन लागेका छन् । यस्तै अधिकृतको तयारी गर्दै हुनुहुन्छ र स्नातकको मात्र प्रमाणपत्र छ भने अब क्षैक्षिक योग्यता बढाउनुपर्ने अवस्था आउने भएको छ ।
      सरकारले निजामती सेवा प्रवेशमा नयाँ योग्यता लागू गर्ने तयारी गरेसँगै यस्तो अवस्था आएको हो । अब निजामती सेवाको खरिदारसरहको पदका लागि न्यूनतम प्रवीणता प्रमाणपत्र तह (कक्षा १२), नायब सुब्बाका लागि स्नातक तह र शाखा अधिकृतका लागि स्नातकोत्तर तहको शैक्षिक प्रमाणपत्र चाहिने नयाँ व्यवस्था हुन लागेको छ ।
      सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता बाबुराम अधिकारीका अनुसार नयाँ योग्यता लागू गर्ने विषयमा लेखेर पठाइसकिएको र सम्बन्धित मन्त्रालयबाट राय आएपछि लोकसेवा आयोगमा पठाइने तयारी सामान्य प्रशासन मन्त्रालयले गरेको छ ।
      मुलुकमा पढेलेखेका मानिस अत्यन्तै न्यून रहेका बेला निर्धारण गरिएको योग्यता समय सान्दर्भिक नभएको ठहर गर्दै यसअघि तोकिएको आधारभूत योग्यतालाई परिवर्तन गर्ने अन्तिम तयारी गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
      बजारमा जुनसुकै विषयका विषयविज्ञ जति भने पनि पाइने अवस्थामा अहिले भएको न्यूनतम शैक्षिक योग्यता समय सान्दर्भिक छैन, त्यसैले यसलाई संशोधन गर्ने तयारी गरिएको हो, प्रवक्ता अधिकारीले भन्नुभयो । हालको व्यवस्था वि.सं. २०१३ मा निजामती सेवा गठनसँगै लागू भएको हो ।
      नयाँ शैक्षिक योग्यतासम्बन्धी व्यवस्था लागू हुन केही समय लाग्नेछ । अहिले विज्ञापन भइसकेका पदको हकमा नयाँ योग्यता लागू हुन्न तर अब केही समयपछि हामी नयाँ योग्यता लागू गरेरै छाड्छौं, प्रवक्ता अधिकारीले भन्नुभयो ।
      खरिदार पदका लागि अब कम्प्युटर शिक्षा पनि अनिवार्य गर्ने योजना सरकारको छ । सूचनाप्रविधिको यो युगमा अब कम्प्यूटरको आधारभुत ज्ञान नभएको मानिसलाई जागिरमा राखेर राम्रो नतिजा ल्याउन नसकिने निष्कर्षमा सरकार पुगेको मन्त्रालयको भनाइ छ ।
      सरकारी स्वाभित्वका वित्तीय निकाय (बैङ्कहरु) तथा केही सार्वजनिक संस्थाले यसअघि नै नयाँ शैक्षिक योग्यता लागू गरेको जानकारी दिँदै मन्त्रालयले  निजामती सेवा चुस्त र प्रभावकारी बनाउन पनि नयाँ योग्यता लागू गर्ने योजना बनाएको उहाँले जानकारी दिनुभयो ।
      सरकारले लिएको सोच सकारात्मक छ । यसले निजामती सेवालाई सार्प (धारिलो) बनाउन मद्दत गर्छ । यो व्यवस्थाले निजामती सेवामा प्रवेश गर्ने उम्मेदवार राम्रो पढेलेखेको, अध्ययनशील र सूचनाप्रविधिमा योग्य हुनेछन्, वरिष्ठ प्रशासनविद् डा. भीमदेव भट्टले भन्नुभयो ।
      लोकसेवा आयोगका सहसचिव एवं वरिष्ठ मनोवेत्ता खगेन्द्र सुवेदीले नयाँ योग्यता लागू गरौं भनेर लामो समयदेखि आयोगले भन्दै आएको चर्चा गर्दै अहिले लिएको सरकारी कदम स्वागतयोग्य भएको प्रतिक्रिया दिनुभयो ।

      नयाँ योग्यता लागू गर्ने सरकारी तयारीप्रति केही राजनीतिक दलका नेताले असन्तुष्टि व्यक्त गरे पनि सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले यसलाई जसरी पनि लागू गरेरै छाड्ने अडान लिएको बताइएको छ । 
स्रोतः गोरखापत्र
Share:

नेपालको मध्यकालिन इतिहास

२.५ मध्यकाल
वि.स. ९३६ मा नेपाल संवत्सुरू भएपछि नेपालको इतिहासमा मध्यकाल प्रारम्भ भएको मानिएको छ । वि.स ९३६ देखि नेपालको एकीकरण भएको अवधि १८२५ सम्म र लिच्छविकालको समाप्तिपछि र मल्लको पतन हुनुअघिसम्मको ९०० वर्ष लामो समयलाई नेपालको इतिहासमा मध्यकाल भनिन्छ । वास्तवमा मध्यकाल भन्नाले नेपालको सन्दर्भमा मल्लकालको रूपमा अध्ययन गर्ने प्रचलन छ । यस कालका केही शताब्दीसम्म नेपाल पहिलाको लिच्छवि राज्यजत्रै विशाल रहेको तर पछि क्रमशः ठाउँठाउँमा साना स्वतन्त्र राज्यहरू बनेका देखिन्छन् । बीचबीचमा एकीकरणको पुन प्रयास र विस्तार पनि भएको थियो । तसर्थ मध्यकालीन नेपालको भौगोलिक स्थिति कहिले एकीकृत, कहिले विखण्डित, कहिले विस्तारित र कहिले सङ्कुचित भएको पाइन्छ ।
Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages