२०७२ भदौ १६ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोत्तर

१. राष्ट्रिय योजना आयोगले हालै तय गरेको दिगो विकास लक्ष (एसडीजी) सम्बन्धी प्रतिवेदनअनुसार सन् २०३० सम्ममा नेपालमा कति प्रतिशत घरधुरीमा विद्युत सेवा उपलब्ध गराउने योजना छ ?
- ९९ प्रतिशत
२. भारतको चेन्नईमा हालै सम्पन्न ‘मिस एसिया-२०१५’ प्रतियोगिताको उपाधि जित्ने युवती को हुन् ?
- भारतकी कनिका कपुर
३. “सफलतामा खुशी मनाउनु राम्रो हो तर असफलताको शिक्षामा ध्यान दिनु त्योभन्दा पनि महत्वपूर्ण हो ” भन्ने विचारक को हुन् ?
- बिल गेट्स, प्रमुख माइक्रोसफ्ट कर्पोरेसन
४. सन् २०१५ अगस्ट २७ मा ‘युईएफ सर्वश्रेष्ठ फुटबलर’ को घोषित भएका छन् ?
- लियोनल मेसी
५. आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा बढुवा गरिने राजपत्राङ्कित द्वितीय श्रेणीसम्मको पदमा सो पदका लागि तोकिए बमोजिमको सेवा अवधि र योग्यता पुगेका निजामती सेवा ऐन २०४९, व्यवस्थापिका-संसद सचिवालयसम्बन्धी ऐन, २०६४ र नेपाल स्वास्थ्य सेवा ऐन २०५३ बमोजिमको सेवामा कार्यरत सबै कर्मचारी सम्भावना उम्मेदवार हुने व्यवस्था निजामती सेवा ऐनको कतिऔं संशोधनले गरेको हो ?
- चौथो संशोधन (२०७२)
६. निजामती सेवा ऐन, २०४९ को चौथो संशोधन (२०७२) अनुसार नेपाल इन्जिनियरिङ सेवा, नेपाल कृषि तथा बन सेवा, नेपाल न्याय सेवा, नेपाल परराष्ट्र सेवा, नेपाल प्रशासन सेवा र नेपाल लेखा परीक्षण सेवाको विशिष्ट श्रेणीको पदमा कार्यरत कर्मचारी कुन-कुन सेवाको पदमा सरुवा हुन पाउने व्यवस्था छ ?
- सोही सेवाको विशिष्ट श्रेणीको पदमा मात्र
७. राजपत्र अनङ्कित निजामती कर्मचारीलाई लोकसेवा आयोगबाट जुन अञ्चलअन्तर्गत सिफारिस गरिएको हो, सोही अञ्चलभित्रका कार्यालयबाहेक कति वर्षसम्म अन्यत्र सरुवा नगरिने व्यवस्था छ ?
- पाँच बर्ष
८. हाल विश्वकै बढी उमेरका व्यक्तिको रुपमा गिनिज बुकमा नाम रेकर्ड भएका व्यक्ति को हुन् ?
- जापानका यातारो कोइडे
९. नेपालमा सर्वप्रथम बजेट कहिले प्रस्तुत भएको हो ?
- वि.सं. २००८ माघ २१ गते
१०. ISO-9000 बस्तुको गुणस्तर चिह्नसँग सम्बन्धित छ भने ISO-14000 के सँग सम्बन्धित छ ?
- वातावरण व्यवस्थापन
११. ‘सङ्गीत शिरोमणि’ भनी यज्ञराज शर्मालाई चिनिन्छ भने ‘बाद्य शिरोमणि’ भनी कसलाई चिनिन्छ ?
- उस्ताद गणेशलाल
१२. मुटुबाट शरीरका विभिन्न भागमा रगत पुर्‍याउने रक्त नलीलाई के भनिन्छ ?
- धमनी (Arteries)
१३. “प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रणालीहरु, आर्थिक तथा मानवीय क्रियाकलापहरु र यिनका अवयव तथा ती अवयवबीचको अन्तरक्रिया तथा अन्तरसम्बन्धलाई वातावरण भनिन्छ ।” भनी कुन ऐनमा परिभाषित गरिएको छ ?
- वातावरण संरक्षण ऐन, २०५३
१४. बेलायत सरकारद्वारा प्रदान गरिने उच्च सैनिक पदक “भिक्टोरिया क्रस” पाउने पहिलो नेपाली को हुन् ?
- कुलवीर थापा (प्रथम विश्वयुद्धमा वीरता प्रदर्शन गरेका)
१५. महान दार्शनिक सुकरातको जन्म कहाँ भएको थियो ?
- ग्रिसको एथेन्स सहरमा
१६. हाल आसियानका सदस्य राष्ट्र कति रहेका छन् ?
- १०
१७. सार्कमा हालसम्म कति महिला महासचिव नियुक्त भएका छन् ?
- एक (माल्दिभ्सकी फथिमाथ धियान शैयाद)
१८. सन् २०१५ अगस्ट २०-२९ सम्म नेपालमा सम्पन्न प्रथम संस्करणको यु-१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि कसले जित्यो ?
- नेपाल (उपविजेताः भारत)
१९. नेपालमा सर्वप्रथम स्थापना भएको औधोगिक क्षेत्र कुन हो ?
- बालाजु औधोगिक क्षेत्र (वि.सं. २०१६)
२०. नेपालको आर्थिक तथा वाणिज्य राजधानी भनी कुन ठाउँलाई चिनिन्छ ?
- वीरगञ्ज
२१. नेपालको सबैभन्दा पहिले स्थापना भएको वाणिज्य बैङ्क कुन हो ?
- नेपाल बैङ्क लिमिटेड
२२. रेडक्रसका संस्थापक को हुन् ?
- हेनरी ड्युना
२३. Optical Fiber केसँग सम्बन्धित छ ?
- दूरसञ्चार र भू-उपग्रह
२४. “नेपालीले नेपालीका लागि” भन्ने नारा कसको हो ?
- प्रथम गैरआवासीय नेपाली सम्मेलन-२०६०
२५. अपराधिहरुलाई खोजतलास एवं पक्राउ गर्न अन्तर्राष्ट्रियस्तरमा जारी गरिने सूचनालाई के भनिन्छ ?
- रेड कर्नर नोटिस
२६. लोपोन्मुख कुसुन्डा जातिबाट नागरिकता प्राप्त गर्ने पहिलो व्यक्ति को हुन् ?
- राजामामा (तनहुँ)
२७. नेपालको बहुचर्चित सिक्टा आयोजना कुन जिल्लामा पर्छ ?
- बाँके
२८. २०१५ सालको आमनिर्वाचनमा नेपाललाई कति निर्वाचन क्षेत्रमा विभाजन गरिएको थियो ?
- १०९
२९. गौतम बुद्धको पहिलोपटक आफ्नो ज्ञानको प्रचार-प्रसार गरेको स्थल (ठाउँ) कुन थियो ?
- सारनाथ
३०. भ्रष्टाचार निवारणका सम्बन्धमा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्थापित अड्डाको नाम के हो ?
- धर्म कचहरी
३१. ग्रिनविच कति डिग्री देशान्तरमा पर्छ ?
- ० डिग्री
३२. सरकारले २०७२ भदौमा त्रिभुवन विश्वविद्यालको उपकुलपतिमा कसलाई नियुक्त गर्‍यो ?
- प्रा.डा. तीर्थराज खनिया
३३. संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदमा अस्थायी सदस्य राष्ट्र कति हुन्छन् ?
- १० (दश)
३४. नेपालमा धामी-झाँक्रीको गजाले हिर्काएर बजाउने बाजालाई के भनिन्छ ?
- ढ्याङ्ग्रो
३५. ‘माधवी’ कसले लेखेको कुन विधाको रचना हो ?
- मदनमणि दिक्षितको उपन्यास
३६. वि.सं. २०७२ भदौ १२ मा पारिजात बाल साहित्य सम्मानबाट सम्मानित हुने साहित्यकार को हुन् ?
- शारदारमण नेपाल
३७. झाँगड भाषा कुन भाषिक परिवारभित्र पर्दछ ?
- द्रविड (Dravidian)
३८. अर्थशास्त्रको पुस्तक ‘The Wealth of Nations’ का लेखक को हुन् ?
- एडम स्मिथ
३९. नेपालको एकीकरण अभियानमा काजी कालु पाण्डे कहाँ वीरगति प्राप्त गरेका थिए ?
- कीर्तिपुर
४०. आ.ब. २०७१/७२ मा नेपालले १८० मुलुकसँग गरो द्विपक्षीय व्यापारमध्ये कति मुलुकसँग व्यापारमा नेपाल नाफामा रहेको छ ?
- ३१




Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages