शिक्षक सेवा आयोगले मध्य पश्चिमाञ्चल क्षेत्रको
विज्ञान विषय बाहेक माध्यामिक तहको स्थायी शिक्षकको सम्पूर्ण विषयमा लिखित नतिजा
सार्वजनिक गरेको छ ।
आइतबार गोरखापत्रमा प्रकाशित नतिजा
अनुसार लिखित परीक्षा अन्तर्गत गणित र विज्ञान तथा पूर्वाञ्चल क्षेत्रको महिला
समूहको स्वास्थ्य शारीरिक,
मध्यमाञ्चल क्षेत्र वाहेक अंग्रेजी विषयको
नतिजा सार्वजनिक गरेको आयोगले जनाएको छ ।
बाँकी रहेको मध्य पश्चिमाञ्चल क्षेत्रको
विज्ञान विषयको नतिजा आईतबार सार्वजनिक गरी सोमबार गोरखापत्रमा प्रकाशित गर्ने गरी काम भईरहेको आयोगले जनाएको छ ।
माविको काम सके पछि निमाविको नतिजा
सार्वजनिक गर्ने प्रकृया शुरु गर्ने आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले बताए ।
आयोगले गत बुधबार
देखि नतिजा प्रकाशनको प्रकृया शुरु गरेको थियो । पहिलो दिन स्वास्थ्य, जनसंख्या तथा वातावरण, लेखा, अर्थशास्त्र, कम्प्युटर, स्वास्थ्य शारिरिक, संस्कृत तर्फ साहित्य, ब्याकरण, शिक्षा, भाषा र नेपाली
र अर्थशास्त्र विषयमा मध्यमाञ्चल बाहेकका क्षेत्रको नतिजा प्रकाशन गरेको थियो ।
यसैगरी विहीबार
माध्यामिक तर्फ पाँचै विकास क्षेत्रको सामाजिक तथा मध्यमाञ्चलको नेपाली अँगे्रजी र
अर्थशास्त्र तर्फको नतिजा सार्वजनिक गरेको थियो ।
No comments:
Post a Comment