स्थायी शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक (पूर्ण नतिजा सहित)

 शिक्षक सेवा आयोगले गत असारमा लिएको स्थायी शिक्षकको लिखित परीक्षा अन्र्तगत माध्यमिक तर्फको केही विषयको परीक्षाफल प्रकाशित गरेको छ । स्वास्थ्य, जनसंख्या तथा वातावरण, लेखा, अर्थशास्त्र, कम्प्युटर, स्वास्थ्य शारिरिकको नतिजा सार्वजनिक गरेको हो । यस्तै संस्कृत तर्फ साहित्य, ब्याकरण, शिक्षा र भाषाको नतिजा पनि प्रकाशन गरेको आयोगले जनाएको छ । नेपाली र अर्थशास्त्र विषयमा मध्यमाञ्चल बाहेकका क्षेत्रको नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ । 

माविको बाँकी रहेका विषयको नतिजा एवं निमावि तहको परीक्षाफल अब, क्रमैसंग प्रकाशित गर्दै जाने आयोगको तयारी रहेको प्रशाशकीय अधिकृत लक्ष्मीराम पौडेलले बताए ।

माध्यमिकको परीक्षामा सहभागि हुन ४४ हजार ३ सय १९ जनाले आवेदन भरेका थिए । यी मध्ये ३६ हजार ८ सय ९३ जना मात्रै परीक्षामा सहभागि भएका थिए । यस्तै निमाविमा आवेदन भरेका ३१ हजार ३ सय ६५ मध्ये २४ हजार ९ सय ९९ मात्रै परीक्षामा सहभागि भएका थिए ।
स्थायी शिक्षकको परीक्षाका लागि आवेदन भरे पनि २६ हजार भन्दा धेरैले परीक्षा नदिएको शिक्षक सेवा आयोगले जनाएको छ ।


Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages