२०७२ भदौ १६ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोत्तर

. राष्ट्रिय योजना आयोगले हालै तय गरेको दिगो विकास लक्ष (एसडीजी) सम्बन्धी प्रतिवेदनअनुसार सन् २०३० सम्ममा नेपालमा कति प्रतिशत घरधुरीमा विद्युत सेवा उपलब्ध गराउने योजना छ ?
- ९९ प्रतिशत
. भारतको चेन्नईमा हालै सम्पन्न मिस एसिया-२०१५ प्रतियोगिताको उपाधि जित्ने युवती को हुन् ?
- भारतकी कनिका कपुर
. सफलतामा खुशी मनाउनु राम्रो हो तर असफलताको शिक्षामा ध्यान दिनु त्योभन्दा पनि महत्वपूर्ण हो भन्ने विचारक को हुन् ?
- बिल गेट्स, प्रमुख माइक्रोसफ्ट कर्पोरेसन
. सन् २०१५ अगस्ट २७ मा युईएफ सर्वश्रेष्ठ फुटबलर को घोषित भएका छन् ?
- लियोनल मेसी
. आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा बढुवा गरिने राजपत्राङ्कित द्वितीय श्रेणीसम्मको पदमा सो पदका लागि तोकिए बमोजिमको सेवा अवधि र योग्यता पुगेका निजामती सेवा ऐन २०४९, व्यवस्थापिका-संसद सचिवालयसम्बन्धी ऐन, २०६४ र नेपाल स्वास्थ्य सेवा ऐन २०५३ बमोजिमको सेवामा कार्यरत सबै कर्मचारी सम्भावना उम्मेदवार हुने व्यवस्था निजामती सेवा ऐनको कतिऔं संशोधनले गरेको हो ?
- चौथो संशोधन (२०७२)
. निजामती सेवा ऐन, २०४९ को चौथो संशोधन (२०७२) अनुसार नेपाल इन्जिनियरिङ सेवा, नेपाल कृषि तथा बन सेवा, नेपाल न्याय सेवा, नेपाल परराष्ट्र सेवा, नेपाल प्रशासन सेवा र नेपाल लेखा परीक्षण सेवाको विशिष्ट श्रेणीको पदमा कार्यरत कर्मचारी कुन-कुन सेवाको पदमा सरुवा हुन पाउने व्यवस्था छ ?
- सोही सेवाको विशिष्ट श्रेणीको पदमा मात्र
. राजपत्र अनङ्कित निजामती कर्मचारीलाई लोकसेवा आयोगबाट जुन अञ्चलअन्तर्गत सिफारिस गरिएको हो, सोही अञ्चलभित्रका कार्यालयबाहेक कति वर्षसम्म अन्यत्र सरुवा नगरिने व्यवस्था छ ?
- पाँच बर्ष
. हाल विश्वकै बढी उमेरका व्यक्तिको रुपमा गिनिज बुकमा नाम रेकर्ड भएका व्यक्ति को हुन् ?
- जापानका यातारो कोइडे
. नेपालमा सर्वप्रथम बजेट कहिले प्रस्तुत भएको हो ?
- वि.सं. २००८ माघ २१ गते
१०. ISO-9000 बस्तुको गुणस्तर चिह्नसँग सम्बन्धित छ भने ISO-14000 के सँग सम्बन्धित छ ?
- वातावरण व्यवस्थापन
११. सङ्गीत शिरोमणिभनी यज्ञराज शर्मालाई चिनिन्छ भने बाद्य शिरोमणि भनी कसलाई चिनिन्छ ?
- उस्ताद गणेशलाल
१२. मुटुबाट शरीरका विभिन्न भागमा रगत पुर्‍याउने रक्त नलीलाई के भनिन्छ ?
- धमनी (Arteries)
१३. प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रणालीहरु, आर्थिक तथा मानवीय क्रियाकलापहरु र यिनका अवयव तथा ती अवयवबीचको अन्तरक्रिया तथा अन्तरसम्बन्धलाई वातावरण भनिन्छ । भनी कुन ऐनमा परिभाषित गरिएको छ ?
- वातावरण संरक्षण ऐन, २०५३
१४. बेलायत सरकारद्वारा प्रदान गरिने उच्च सैनिक पदक भिक्टोरिया क्रस पाउने पहिलो नेपाली को हुन् ?
- कुलवीर थापा (प्रथम विश्वयुद्धमा वीरता प्रदर्शन गरेका)
१५. महान दार्शनिक सुकरातको जन्म कहाँ भएको थियो ?
- ग्रिसको एथेन्स सहरमा
१६. हाल आसियानका सदस्य राष्ट्र कति रहेका छन् ?
- १०
१७. सार्कमा हालसम्म कति महिला महासचिव नियुक्त भएका छन् ?
- एक (माल्दिभ्सकी फथिमाथ धियान शैयाद)
१८. सन् २०१५ अगस्ट २०-२९ सम्म नेपालमा सम्पन्न प्रथम संस्करणको यु-१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि कसले जित्यो ?
- नेपाल (उपविजेताः भारत)
१९. नेपालमा सर्वप्रथम स्थापना भएको औधोगिक क्षेत्र कुन हो ?
- बालाजु औधोगिक क्षेत्र (वि.सं. २०१६)
२०. नेपालको आर्थिक तथा वाणिज्य राजधानी भनी कुन ठाउँलाई चिनिन्छ ?
- वीरगञ्ज
२१. नेपालको सबैभन्दा पहिले स्थापना भएको वाणिज्य बैङ्क कुन हो ?
- नेपाल बैङ्क लिमिटेड
२२. रेडक्रसका संस्थापक को हुन् ?
- हेनरी ड्युना
२३. Optical Fiber केसँग सम्बन्धित छ ?
- दूरसञ्चार र भू-उपग्रह
२४. नेपालीले नेपालीका लागि भन्ने नारा कसको हो ?
- प्रथम गैरआवासीय नेपाली सम्मेलन-२०६०
२५. अपराधिहरुलाई खोजतलास एवं पक्राउ गर्न अन्तर्राष्ट्रियस्तरमा जारी गरिने सूचनालाई के भनिन्छ ?
- रेड कर्नर नोटिस
२६. लोपोन्मुख कुसुन्डा जातिबाट नागरिकता प्राप्त गर्ने पहिलो व्यक्ति को हुन् ?
- राजामामा (तनहुँ)
२७. नेपालको बहुचर्चित सिक्टा आयोजना कुन जिल्लामा पर्छ ?
- बाँके
२८. २०१५ सालको आमनिर्वाचनमा नेपाललाई कति निर्वाचन क्षेत्रमा विभाजन गरिएको थियो ?
- १०९
२९. गौतम बुद्धको पहिलोपटक आफ्नो ज्ञानको प्रचार-प्रसार गरेको स्थल (ठाउँ) कुन थियो ?
- सारनाथ
३०. भ्रष्टाचार निवारणका सम्बन्धमा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्थापित अड्डाको नाम के हो ?
- धर्म कचहरी
३१. ग्रिनविच कति डिग्री देशान्तरमा पर्छ ?
- ० डिग्री
३२. सरकारले २०७२ भदौमा त्रिभुवन विश्वविद्यालको उपकुलपतिमा कसलाई नियुक्त गर्‍यो ?
- प्रा.डा. तीर्थराज खनिया
३३. संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदमा अस्थायी सदस्य राष्ट्र कति हुन्छन् ?
- १० (दश)
३४. नेपालमा धामी-झाँक्रीको गजाले हिर्काएर बजाउने बाजालाई के भनिन्छ ?
- ढ्याङ्ग्रो
३५. माधवी कसले लेखेको कुन विधाको रचना हो ?
- मदनमणि दिक्षितको उपन्यास
३६. वि.सं. २०७२ भदौ १२ मा पारिजात बाल साहित्य सम्मानबाट सम्मानित हुने साहित्यकार को हुन् ?
- शारदारमण नेपाल
३७. झाँगड भाषा कुन भाषिक परिवारभित्र पर्दछ ?
- द्रविड (Dravidian)
३८. अर्थशास्त्रको पुस्तक ‘The Wealth of Nations’ का लेखक को हुन् ?
- एडम स्मिथ
३९. नेपालको एकीकरण अभियानमा काजी कालु पाण्डे कहाँ वीरगति प्राप्त गरेका थिए ?
- कीर्तिपुर
४०... २०७१/७२ मा नेपालले १८० मुलुकसँग गरो द्विपक्षीय व्यापारमध्ये कति मुलुकसँग व्यापारमा नेपाल नाफामा रहेको छ ?
- ३१




Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages