२०७२ भदौ २३ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोत्तर


. अनौपचारिक शिक्षा केन्द्रले वि.सं. २०७२ भदौ १७ मा सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर निरक्षर जनसंख्या कति प्रतिशत रहेको छ ?
- ७.५ प्रतिशत (,८३,९१९ जना)
. नेपाल ओलम्पिक कमिटी (NOC) को अध्यक्ष को निर्वाचित भएका छन् ?
- जीवनराम श्रेष्ठ
. विश्वकै होचा व्यक्तिका रुपमा गनिज बुकअफ दि वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल नेपालका चन्द्रबहादुर डाँगीको ७५ वर्षको उमेरमा कहिले निधन भयो ?
- वि.सं. २०७२ भदौ १८
. आयत प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्दै व्यापार घाटा कम गर्ने उद्देश्यसहित सरकारले नयाँ वाणिज्य नीति कहिले सार्वजनिक गर्‍यो ?
- वि.सं. २०७२ भदौ १६
. भारतको उडिसास्थित एक विश्वविद्यालयद्वारा मानार्थ विद्यावारिधि प्राप्त गर्ने नेपाली को हुन् ?
- विनोद चौधरी
. दिगो विकास लक्ष्य (SDG) सम्बन्धी प्रतिवेदनअनुसार नेपाललाई कहिलेसम्ममा जोखिममुक्त र सुरक्षायुक्त मानव विकास भएको मुलुक बनाउने लक्ष्य तय भएको छ ?
- सन् २०३०
. नेपालमा दीगो आर्थिक विकास र मजबुत ग्रामीण अर्थतन्त्रद्वारा गरिबी निवारण गर्ने बलियो आधार केलाई मानिएको छ ?
- कृषि
. नेपालमा लैंगिक समानता तथा महिला सशक्तिकरण राष्ट्रिय कार्ययोजना कहिले तर्जुमा गरियो ?
- वि.सं. २०५४
. पृथ्वीको भित्री भागमा रहेको तापबाट उत्पन्न शक्तिलाई के भनिन्छ ?
- जियोथर्मल ऊर्जा (Geothermal Energy)
१०. ग्रह तथा उपग्रहहरुले आ-आफ्नो सतहमा रहेका बस्तुहरुलाई केन्द्रतिर तान्ने बललाई के भनिन्छ ?
- गुरुत्व बल
११. नेपालमा निजी क्षेत्रको लगानीमा निर्मित पहिलो जलविद्युत आयोजना कुन हो ?
- खिम्ती जलविद्युत आयोजना (६० मे.वा.)
१२. वातावरण तथा विकाससम्बन्धी विश्व आयोग (ब्रुर्टल्याण्ड आयोग) ले हाम्रो साझा भविष्य नामक प्रतिवेदनमा दिगो विकास शब्दको प्रयोग कहिले गरेको थियो ?
- सन् १९८७
१३. भविष्यका पुसताका आवश्यकतासँग सम्झौता नगरिकन वर्तमान पुस्ताका आवश्यकता परिपुर्ति गर्नु नै दिगो विकास हो । भन्ने परिभाषा कसको हो ?
- ब्रुटल्याण्ड आयोग
१४. प्रसिद्ध कृति ‘Theory of Natural Selection’ कसले प्रतिपादन गरेका हुन् ?
- चार्ल्स डार्बिन
१५. नेपालमा सर्वप्रथम कहिलेदेखि जन्म, मृत्यु, विवाह, बसाइसराइ आदिको दर्ता प्रणाली शुरु गरिएको हो ?
- वि.सं. २०३४ वैशाख १
१६. रोगका किटाणुहरु एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्ने तर आफूलाई कुनै असर नदेखाउने माध्यमलाई के भनिन्छ ?
- बाहक (Carrier)
१७. शारीरिक तथा मानसिक स्फूर्ति बढाउन खेलाडिहरुले प्रतिबन्धित ‍औषधि सेवन गरे नगरेको पत्ता लगाउन गरिने परीक्षणलाई के भनिन्छ ?
- डोपिङ टेस्ट
१८. नेपालको पहिलो लिखित संविधान कुन हो ?
- नेपाल सरकार बैधानिक कानुन, २००४ (घोषणा गरिएको तर कार्यान्वयनमा भने नआएको)
१९. स्थानीय प्रशासनको संरचनामा जनसहभागिताको महत्वलाई कुन अवधारणागत पक्षले जोड दिन्छ ?
- विकेन्द्रिकरण
२०. Four Pillars of Good Governance अन्तर्गत पर्ने विषयहरु के-के हुन् ?
- उत्तरदायित्व, जनसहभागिता, पारदर्शिता र कानुनको शासन
२१. कुनै सैनिक गुटमा आबद्ध नभई अन्तर्राष्ट्रिय शान्तिको मान्यतालाई आत्मसात गरी तटस्थ रहने नीतिलाई के भनिन्छ ?
- असंलग्न नीति
२२. ‘Agenda For Development’ नामक विकाससम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने UNO का महासचिव डा. बुत्रोस बुत्रोस घाली हुन् भने UNO को सुधारसम्बन्धी Quite Revolution  नामक प्रतिवेदन प्रस्तुत गर्ने महासचिव को हुन् ?
- कोफी अन्नान
२३. नेपालले कहिलेदेखि संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा आफ्ना सैनिकहरुलाई सहभागी गराउँदै आएको छ ?
- सन् १९५८
२४. सहुलियतपूर्ण व्यापरसम्बन्धी सार्क सम्झौता (Agreement On SAARC Preferential Trading Arrangement – SAPTA ) कहिले देखि लागू भएको हो ?
- सन् १९९५ डिसेम्बर ७ (साफ्टालाई अनुमोदन गर्ने पहिलो राष्ट्र नेपाल र अन्तिम राष्ट्र बंगलादेश ।)
२५. ब्युटिसियन डिभा २०१५ को उपाधि कसले जितिन् ?
- अनिशा महर्जन
२६. नेपालमा निजामती सेवा दिवस कहिले मनाइन्छ ?
- भदौ २२
२७. दुई हात प्रयोग गरी बजाइने आवाजलाई ताली भनिन्छ भने दुई ‍औंला प्रयोग गरी बजाइने आवाजलाई के भनिन्छ ?
- चुट्की
२८. Double Track Strategy of Development कस्तो रणनीति हो ?
- शान्ति र विकासका लागि  एकै साथ लगानी गर्ने रणनीति
२९. नेपालको कुन विमानस्थललाई तेन्जिङ हिलारी विमानस्थल नामकरण गरिएको छ ?
- लुक्ला विमानस्थल, सोलुखुम्बु
३०. लोकसेवा आयोगको केन्द्रिय कार्यालय कमलपोखरीबाट अनामनगर कहिले सारिएको हो ?
- वि.सं. २०६६ असार १२
३१. विश्वमै सबैभन्दा धेरै पशुबली चढाउने प्रसिद्ध गढीमाई मन्दिर कहाँ रहेको छ ?
- बारा जिल्लाको बरियापुरमा
३२. जनसंख्यासम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ?
- Demography
३३. राष्ट्रिय जनगणना २०६८ अनुसार सबैभन्दा बढी जनसंख्या भएका पाँच शहर कुन-कुन हुन् ?
- क्रमशः काठमाण्डौं, पोखरा, ललितपुर, विराटनगर र भरतपुर
३४. बनस्पति, जनावर एवं वातावरणबीचको अन्तरसम्बन्धलाई के भनिन्छ ?
- पारिस्थितिक पद्धित (Ecosystem)
३५. पृथ्वी वरिपरि रहेको हावाको आवरणलाई के भनिन्छ ?
- वायुमण्डल (Atmosphere)
३६. शैक्षिक क्षेत्रसँग सम्बन्धित संस्था पीपी फाउन्डेसनद्वारा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार २०१५ बाट सम्मानित हुने शिक्षक को हुन् ?
- बेनी समुदायिक उच्च माविका प्राचार्य दीपक श्रेष्ठ (म्याग्दी)
३७. एउटा थैलीमा जति रुपैयाँको सिक्का छन् त्यसको दुई गुणा मोहर र चार गुना सुकी छन् । यदि थैलीमा जम्मा १५ रुपियाँ छ भने रुपियाँको सिक्का कति रहेछन् ?
- पाँच
३८. २०७२ सालमा मनाइएको शिक्षा दिवसको नारा के रहेको छ ?
- दिगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था
३९. नेपाल चलचित्र प्राविधिक संघद्वारा हरेक वर्ष प्रदान गरिने कलारत्न उपाधिबाट सम्मानित (२०७२ मा) हुने कलाकार को हुन् ?
- हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य
४०. जिउँदो सिंह (The Living Lion Of Nepal)” भनी कसलाई चिनिन्छ ?
- अमरसिंह थापा
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages