निमावि अँग्रेजी र नेपालीको नतिजा सार्वजनिक (नतिजा सहित)

निम्न माध्यमिक तर्फ मध्यमाञ्चल बाहेक सबै क्षेत्रको अँग्रेजी तथा सुदुर पश्चिमाञ्चलको नेपाली विषयको स्थायी शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । शिक्षक सेवा आयोगले गत बुधबार देखि शुरु गरेको नतिजा सार्वजनिक गर्ने क्रममा आइतबारको गोरखापत्रमा दुई विषयको नतिजा सार्वजनिक गरेको हो ।
सुदुर पश्चिमाञ्चलको अँग्रेजी विषयको नतिजा शुक्रबार सार्वजनिक भई शनिवार गोरखापत्रमा प्रकाशित भएको थियो । समयमै नतिजा सार्वजनिक गर्न विदाको दिन पनि काम गरेको प्रवक्ता सुदर्शनल मरहठ्ठाले बताए  । संविधान जारी गर्ने खुसीयालीमा हुने सार्वजनिक विदाका कारण काममा केही प्रभाव पर्न सक्ने अनुमान भएपनि काममा कुनै कमी नआउने आयोगको भनाई छ ।


Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages