Showing posts with label विज्ञापन. Show all posts
Showing posts with label विज्ञापन. Show all posts

इन्स्पेक्टरसहित सशस्त्र प्रहरीमा २८८ जनाको जागिर खुल्यो

 सशस्त्र प्रहरीले प्रहरी निरीक्षक सहित २८८ जनाको आवेदन माग गरेको छ । शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै माग २२ गतेसम्मका लागि आवेदनको मिति तोकेर सूचना प्रकाशन गरेको छ । 

माग गरिएका मध्ये ९९ जना सशस्त्र प्रहरी निरीक्षक, ९८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक र अन्य परिचर कुचीकार लगायतका पद रहेका छन् । प्रहरी निरीक्षकका लागि २१ वर्ष पुरा भएर २५ वर्ष ननाघेको र सहायक निरीक्षकको लागि १८ वर्ष पुरा भएर २३ वर्ष ननाघेको हुनुपर्ने छ । 



Share:

राष्ट्र बैंकले माग्यो ११४ कर्मचारी, अनलाईबाटै दरखास्त (विज्ञापनसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न १ सय १४ पदमा कर्मचारी माग गरेको छ ।
बैंकले सहायक निर्देशक(अधिकृत तृतीय) प्रशासनमा २१ जना, अधिकृत तृतिय चाटर्ड एकाउन्टेन्टमा १० जना सहायक निर्देशक वाणिज्य कानुनमा २ जना, सहायक द्वितियमा ६८ जना सहायक द्वितिय सूचना प्रविधीमा १३ जनाको माग गरेको हो।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आज(विहिबार)देखि मंसिर २८ गतेसम्म दरखास्त दिन सक्ने बैंकले जनाएको छ।

Share:

कृषि विकास बैंकमा २९८ जनालाई जागिर खुल्यो (विज्ञापन सहित)

कृषि विकास बैंककमा झन्डै तीन सय जनाका लागि नयाँ जागिर खुलेको छ ।
बैंकले २०७२ पुष २६ गते आइतबार एक सार्वजनिक सूचना जारी गर्दै दुई सय ९८ पदका लागि आवेदन खुलेको जनाएको छ ।
चौथो र पाँचौ तहका लागि प्रतिस्पर्धामार्फत पदपूर्ति गरिने बैंकले जनाएको छ ।
पाँचौ तह अन्तर्गत व्यवसाय सहायक, सहायक स्तर प्रमथ श्रेणिमा ४० जना, चौथो तह अन्तर्गत लेखापाल, सहायक स्तर द्वितीय श्रेणीमा ७३ जना, चौथो तह अन्तर्गतकै लेखापाल, सहायक स्तर द्वितीय श्रेणीमा एक सय १४ जना र चौथो तहकै लेखापाल, सहायकस्तर द्वितीय श्रेणीका लागि ७१ जना कर्मचारी आवश्यक रहेको बैंकले जनाएको छ ।
लिखित तथा मौखिक रुपमा परीक्षामा समावेश हुनुपर्नेछ । आवेदन दिनेले प्रत्येक विषयका लागि प्रति विषय चार सय रुपैयाँ परीक्षा दस्तुर तिर्नुपर्नेछ । त्यस्तै समावेशी समूहतर्फ सहभागी हुन चाहनेले प्रति समूहका लागि दुई सय ५० रुपैयाँ थप दस्तुर थप्नुपर्ने छ ।
Share:

नेपाल टेलिभिजनमा खुल्यो जागिर, एसएलसी देखि स्नातक सम्मले आवेदन दिन सक्ने

 नेपाल टेलिभिजनले विभिन्न पदमा गरी ४३ जना कर्मचारीको लागि आवेदन माग गरेको छ ।
एकैसाथ गोरखापत्रमा विज्ञापन जारी गरेर मागिएको आवेदनमा तह ६ समाचार सम्पादकको लागि ३ जनाको आवेदन मागिएकोमा २ जना खुल्ला तर्फ र १ जना महिलाको लागि दरखास्त आव्हान गरिएको छ । त्यस्तै तह ६ मा नै प्रशाशन अधिकृतको लागि १ जना मागिएको छ । तह ५ वरिष्ठ सहायक प्राविधिकको लागि इन्जिनियरिङ तर्फ ६ जनाको दरखास्त आव्हान गरिएको छ, जसका लागि आवेदकले मान्यता प्राप्त संस्थाबाट रेडियो एण्ड इलेक्ट्रिमेनिक्स वा इलेक्ट्रिक विषय लिई  इन्जिनियरिङमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने बताइएको छ । तह ५ अन्तर्गत नै वरिष्ठ सहायक लेखामा २ जनाको आवेदन माग गरिएको छ । यसमा आवेदन दिन आवेदकले व्यवस्थापन विषयमा प्रविणतापत्र वा सोसरह पास गरेको हुनुपर्ने बताइएको छ । तह ५ अन्तर्गत वरिष्ठ सहायक क्यामरामेनको लागि पनि ४ जना माग गरिएको छ ।  
Share:

बायुसेवा निगमले माग्यो १४८ जना कर्मचारी (विज्ञापन सहित)


नेपाल बायुसेवा निगमले १४८  जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । निगमले सहायकदेखि अधिकृतसम्मका कर्मचारीका लागि बिज्ञापन गरेको हो ।सबै भन्दा बढी सहायक पदको लागि ५६ कर्मचारीहरु माग गरेको छ ।

२०७२ साउन १४ गतेको गोरखापत्रमा प्रकाशित


विज्ञापन



Share:

नेपाली सेनामा विभिन्न पदमा ३३ सय भन्दा बढी भर्ना खुल्यो (विज्ञापन सहित)

नेपाली सेनामा तीन हजार तीन सय ७६ जनालाई रोजगारीको अवसर जुटेको छ । सेनाले बुधबार सार्वजनिक सुचना प्रकाशित गरि दरखास्त आव्हान गरेको हो । सेनाले जारी गरेको सुचना अनुसार सुचिकार, कुचिकार, धोवी, नाउ, सयस, नालबन्दी, सिकर्मी, वैटर, बन्दोबस्ती सिपाहीदेखि ड्राईभर र सैन्य पदमा दरखास्त आव्हान गरिएको छ ।
साधारण लेखपढ गरेकादेखि कक्षा आठसम्म उतिर्णहरुले दरखास्त दिन सक्नेछन् । सैन्य ड्राईभर र सैन्य पदका लागि न्युनतम कक्षा आठ उतिर्ण गरेको हुनु पर्नेछ भने बाँकी पदहरुका लागि साधारण लेखपढ र सम्बन्धित बिषयमा दख्खल राखेको व्यक्ति हुनु पर्नेछ । सैन्य र सैन्य ड्राईभरका हकमा १८ बर्ष देखि २५ बर्ष उमेर ननाघेको तथा न्य पदका लागि १८ देखि २९ बर्ष उमेर समुहकाले दरखास्त दिन सक्नेछन ।
साउन १३ गते देखि भदौं १० गतेसम्म दरखास्त दिन सकिने छ भने भदौं १७ गतेसम्म डबल दस्तुर तिरेर दरखास्त दिन सकिनेछ । एक सय रुपैंयाँ दस्तुर तिरेर बिभिन्न ३१ स्थानबाट दरखास्त दिन सकिनेछ ।

 विज्ञापन


Share:

प्रहरी जवानमा ३४२ पद भर्ना खुल्यो (विज्ञापन सहित)

नेपाल प्रहरीको जवान पदका लागि भर्ना आह्वान गरिएको छ । प्रहरीमा विभिन्न कारणबाट रिक्त रहेको प्रहरी जवान पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पूर्ति गर्नुपर्ने भएकोले भर्ना आह्वान गरिएको प्रहरी प्रधान कार्यालयले आज जारी गरेको सुचनामा उल्लेख छ । 


सुचना अनुसार खुल्ला तर्फ १८४ र आरक्षण तर्फ अमर प्रहरीबाट ७, आदीबासी जनजातीबाट ४८, मधेसीबाट ४२ महिलाबाट ३० दलितबाट २३ तथा पिछपिएको वर्गबाट ८ गरी जम्मा ३४२ जना माग गरिएको छ ।

इच्छुक उम्मेद्धारले आगामी साउन ४ गतेभित्र दरखास्त दिनुपर्ने छ भने दरखास्त फारम पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र, रानी विराटनगर, मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र, भरतपुर, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, बुटवल, मध्य पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, नेपालगंज , सुदूर पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, दिपायल, महानगरीय प्रहरी परिसरहरु काठमाण्डौं, भक्तपुर र ललितपुर र सबै जिल्ला प्रहरी कार्यालयहरुमा पाइने छ ।

आठ वा सो सरह उत्तीर्ण भई १८ वर्ष उमेर पूरा भई २३ वर्ष ननाघेको योग्य उम्मेदवारले दरखास्त दिन सक्नेछन् ।


Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages