केही महत्वपूर्ण सामान्यज्ञान

१. विश्वको पहिलो मानवीय शिखर सम्मेलन २०१६ कुन देशमा आयोजना भएको हो ?
– टर्की
२. सगरमाथा वन विकास परियोजना कुन जिल्लामा पर्छ ?
– सर्लाही
३. अन्तर्राष्ट्रिय विधवा दिवस कहिले पर्छ ?
– जुन २३
४. एड्स रोग सर्वप्रथम सन् १९८१ मा कुन देशमा पत्ता लागेको थियो ?
– अमेरिका
५. जनगणना २०६८ अनुसार नेपालको जनसंख्या वृदिदर कति छ ?
– १.३५ प्रतिशत
६. ग्रहहरुको राजा बृहस्पति पृथ्वीभन्दा कति गुणा ठूलो छ ?
– ३१८ गुणा
७. अहिलेको हुलाक सेवा विभाग वि. सं. १९३५ मा स्थापना हुँदा के नाममा थियो ?
– नेपाल हुलाक घर
८. फ्रान्सको राज्यक्रान्तिलाई अर्को के नामले चिनिन्छ ?
– विचारको लाडइँ
९. ‘हुथी’ विद्रोही कुन देशको सरकार विरोधी समूह हो ?
– यमन
१०. सार्कमा समलिंगी विवाहलाई मान्यता दिने एकमात्र राष्ट्र कुन हो ?
– नेपाल
११. संसारकै सबैभन्दा ठूलो विमान स्थल कहाँ छ ?
– युनाइटेड अरब इमिरेट्स
१२. एउटै फिल्म हल नभएको देश कुन हो ?
– साउदी अरब
१३. कोशी नदीलाई विहारको दुःख भनेर चिनिन्छ भने बंगालको दुःख भनेर कुन नदीलाई चिनिन्छ ?
– दामोदर
१४. संयुक्त राष्ट्र संघले कुन दिनलाई नेल्सन मण्डेला अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउँदै आएको छ ?
– जुलाई १८
१५. संयुक्त राष्ट्र संघले कहिलेसम्म विश्वबाट भोकमरी हटाउने लक्ष्य लिएको छ ?
– सन् २०५०
१६. लिखु नदीलाई अर्काे कुन नामले चिनिन्छ ?
– बरुण
१७. टौदह काठमाडौंमा पर्छ भने भैरवकुण्ड लेक कुन जिल्लामा पर्छ ?
– सिन्धुपाल्चोक
१८. छहरे झरना पाल्पा जिल्लामा पर्छ भने वैकुण्ठे झरना कुन जिल्लामा पर्छ ?
– पाल्पा
१९. पर्वतारोहणलाई कहिलेदेखि ओलम्पिक खेलमा समावेश गरिने भएको छ ?
– सन् २०२०
२०. डोल्पा जिल्ला भक्तपुरभन्दा कति गुणा ठूलो छ ?
– ६६ गुणा
Share:

नेपाल र मलेसियाबिच श्रम सम्झौता तथा हाल सम्म श्रम सम्झौता भएका मुलुकहरु

हस्ताक्षर मिति : २०१८ अक्टोबर २९ (वि सं २०७५ कात्तिक १२ गते)
हस्ताक्षरकर्ता :  मलेसियाका मानव संसाधनमन्त्री "एम कुलासेगरन" र नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री "गोकर्ण विष्ट"
मलेसियामा २९.८८ प्रतिशत नेपाली वैदेशिक रोजगारीको शिलशिलामा गएका। (श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका करिब ४३ लाख नेपालीमध्ये करिब ५ लाख मलेसियामा कार्यरत।)
यो सम्झौतासङ्गै वैदेशिक रोजगारका लागि नेपाली कमदारले मलेसिया जाने प्रक्रियामा कुनै पनि शुल्क बुझाउनुपर्ने छैन।
नेपाल र मलेसियाबिच सन् १९६० जनवरी १ मा दौत्य सम्बन्ध कायम भएको हो।
 

हालसम्म नेपालसङ्ग श्रम सम्झौता भएका मुलुकहरु
 

✓ कतार  (सन् 2005 March 21)
✓ संयुक्त अरब इमिरेट्स [UAE] (सन् 2007 July 3)
✓दक्षिण कोरिया  (सन् 2007 July 23)
✓बहराइन  (सन् 2008 April 29)
✓जापान  (सन् 2009)
✓जोर्डन  (सन् 2017 October 18)
✓मलेसिया  (सन् 2018 October 29)
 

नेपाल र मलेसियाबिच विगत डेढ दशकदेखि श्रम सम्बन्ध रहदै आएकोमा आज श्रम सम्झौतामा हस्ताक्षर भएको हो। अन्य विभिन्न ११० मुलुकसङ्ग नेपालको श्रम सम्बन्ध रहेको छ।
Share:

केही समसमायिक लोकसेवा सहयोगी सामग्री

16
1. राष्ट्रिय बाल दिबस, २०७४ को मूल नारा के हो ? - बालमैत्री शासन : बालअधिकारको सम्मान
2.अन्तराष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ? - सेप्टेम्बर ८
3. नेपालमा संविधान दिवस कहिले मनाइन्छ ? - असोज ३
4. तीन पटकसम्म तलाक भनेपछि श्रीमान् श्रीमतीबीच सम्बन्ध विच्छेद हुने परिपाटी तालाक' 5.असंवैधानिक भएको घोषणा भारतको सर्वोच्च अदालतले कहिले गरेको हो ? - सन् २०१७ अगस्त २२
6. अमेरिकी अन्तरिक्ष एजेन्सी नासाद्वारा शनि ग्रहको अध्यनका लागि पठाईएको अन्तरिक्ष यान कुन हो ? - क्यासिनी
7. छैटौ नेपाल - अफ्रिका फिल्म फेस्टिबल - २०१७ राजधानी काठमाडौँमा कहिले सम्पन्न भयो ? 
- वि. स. २०७४ असोज २ - ४
8. नेपाल सरकारले इन्डोनेसियामा अवैइतनिक महाबाणिज्य दुतावासको स्थापना कहिले गर्यो ?
 - सन् २०१७ सेप्टेम्बर १३
9. प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र सङ्घको ७२ औं महासभामा भाग लिने सन्दर्भमा अमेरिका प्रस्थान कहिले गरे ? - वि.स २०७४ असोज ३
10. विश्व बैङ्कले सन् २०१७ सेप्टेम्बर १७ मा सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेट - २०१७ अनुसार 11. आ. व. २०७४/७५ मा नेपालको आर्थिक वृद्धी कति हुने आनुमान छ ? - ४.५ प्रतिशत
12. सन् २०१७ सेप्टेम्बरमा मलेसियामा सम्पन्न एसीसी यु - १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ? - नेपाल
13. २०७४ मा प्रदान गरिएको नवो कृति अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुने व्यक्तित्व को हुन् ? - नेपाल विज्ञापन सङ्घका पूर्व अध्यक्ष माधवराज तिमिल्सिना तथा विज्ञापन क्षेत्रका आग्रणी वक्तित्व नवीनलाल जोशी
14. पाटा ट्राभल मार्ट - २०१७ कहिले र कहाँ सम्पन्न भयो ? - सन् २०१७ सेप्टेम्बर १३-१५, मकाउ
15. उत्तर कोरियाले जापानको आकाशमाथि ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण कहिले गरेको हो ? - सन् २०१७ सेप्टेम्बर १५
16. चौथो न्यू बिज बिजनेस कन्केल्भ तथा अवार्ड - २०१७ मा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुने व्यक्तित्व को हुन् ? - पन्चकन्या ग्रुपका संस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठ
17. बेस्ट Managed Life Insurance Company अवार्ड - २०१७ बाट सम्मानित हुने बिमा कम्पनी कुन हो ? - नेपाल लाइफ इन्सुरेन्स कम्पनी
18. व्यवस्थापिका-संसदले २०७४ असोज ३ मा पारित बिधेयक अनुसार लापरबाही ढङ्गबाट सवारी चलाई दुर्घटना भएको अवस्थामा चालकलाई के-कस्तो सजाय हुने व्यवस्था छ ? - तीन बर्षदेखी दस बर्षसम्म कैद सजाय र तीस हजारदेखी एक लाख रुपैयाँसम्म जरिवाना
19. २०७४ असोज ६ मा मनाइएको सामाजिक सेवा दिवसको नारा क हो ? - शान्ति र समृदि सबैको चाहना, समाज सेवामा निस्वार्थ भावना
20. गोरखामा २०७४ असोज ९ मा सम्पन्न लिगलिगे दौडको उपाधि कसले जित्यो ? - नेपाली सेनाका खगेन्द्र बहादुर रानाभाट
21. व्यस्थापिका संसदले मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि कहिले पारित गरेको हो ? - बि.स. २०७४ असोज ९
22. २०७४ सालको षडानन्द राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ? 
- प्रा. शिवगोपाल रिसाल
23. मेक्सिकोमा २ सय ५० भन्दा बढीको ज्यान जानेगरी शक्तिशाली भुकम्प कहिले गयो ? - सन् २०१७ सेप्टेम्बर १९
24. मिसेस नेपाल इन्टरनेशनल - २०१७ को उपाधि जित्ने युवती को हुन् ? - सुरुचि पाण्डे
25. थाइल्यान्डकी पुर्व प्रधानमन्त्री यिङ्लक सिनावात्रालाई भ्रष्टाचारको आरोपमा सर्वोच्च अदालतले पाँच वर्षको जेल सजाय कहिले सुनाएको हो ? - सन् २०१७ सेप्टेम्बर २७
26. नेपाल राष्ट्र बैंङ्क सञ्चालक समितिले ३० वर्षे सेवा अवधि हटायर ५८ वर्ष उमेर हदबन्दी मात्र लागू कहिले गरेको हो ? - वि. स. २०७४ असोज ८
27. युनियन लाइफ र सन् नेपाल लाइफ इन्सुरेन्स कम्पनीले कारोबारको शुभारम्भा कहिले गरेका हुन् ? 
- वि. स. २०७४ असोज ६
28. नेपाल आइडल बन्न सफल प्रतिभा को हून् ? - बुद्ध लामा
29. सन् २०१७ सेप्टेम्बरमा सम्पन्न साफ यु - १८ च्याम्पियनसिपको उपाधि कसले जित्यो ? - नेपाल
30. रेडियो नेपालबाट प्रसारण हुने बाल कार्यक्रम सञ्चालक एवम् गायक वासुदेव मुनालको निधन कहिले भएको हो ? - वि. स. २०७४ असोज १२
31. नेपाली पर्व वडादशैं मनाउन कुन देशको संसद् भावनबाट त्यहाँ रहेका नेपालीलाई नियन्त्रणा पठाइएको हो ? - अस्ट्रेलिया
32. सन् २०१७ सेप्टेम्बरमा सम्पन्न निर्वाचनमा जर्मन चान्सलरमा निर्वाचित हुने राजनीतिकर्मी को हुन् ? - एन्जेला मर्केल
33. विश्वका विभिन्न देशमा रहेका शेर्पा सम्मेलन कहाँ आयोजना गरिएको छ ? 
- काठमाडौँ ( वि. स. २०७४ असोज )
34. नेपाल-भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेस गर्न गठित प्रबुद्ध व्यक्ति समूह ( ईपीजी ) को पाँचौँ बैठक कहिले सम्पन्न भयो ? - वि. स. २०७४ असोज २१-२२, काठमाडौँ
35. सङ्घीय प्रसासनिक पुन: संरचनाको पहिलो खुड्किलोका रुपमा रहेको कर्मचारी समायोजन विधेयक, २०७४ संसद्बाटा कहिले पारित भएको हो ? - वि. स. २०७४ असोज २०
36. २०७४ असोज २३ को मन्त्रिपरिषद् बैठकले रास्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा कसलाई निउक्त गर्यो ? - प्रा डा. चन्द्रमणि पौडेल
37. नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको दिनदहाडै गोली हानी हत्या कहिले भएको हो ? - वि. स. २०७४ असोज २३
38. अमेरिकाको लसभेगस सहरस्थित एक कन्सर्टमा दर्जनौंको ज्यान जानेगरी अन्धाधुन्ध गोली प्रहार कहिले भएको हो ? - सन् २०१७ अक्टोवर १
39. हिमाली क्षेत्र जुम्लामा जलवायु परिवर्तन सम्बन्धी राष्ट्रीय सम्मेलन कहिले सम्पन्न भयो ? - वि. स. २०७४ असोज २९-३०
40. वि. स. २०७० मङ्सिर ४ गते निर्वाचन भई माघ ७ गते पहिलो बैठक गरेको ऐतिहासिक संविधान सभा ( दोश्रो ) को रूपान्तरित व्यवस्थापिका - संसद्को कार्यकाल कहिले सकिएको हो ?
 - वि. स. २०७४ असोज २८
41. म्यान्मारमा भड्किएको हिन्सामा चरम दमन भएपश्चात् रोहिङ्ग्या विद्रोहीद्वारा एकतर्फी युद्धविरामको घोषणा कहिले भएको हो ? - सन् २०१७ सेप्टेम्बर ९
42. गैरआवासीय नेपाली सङ्घ ( एनआरएनए ) को आठौ महाधिवेशन कहिले सम्पन्न भयो ? - वि. स. २०७४ असोज २८ - ३१
43 गैरआवासीय नेपालीको लगानीमा ७५० शैययाको नेपाल मेडिसिटी अस्पतालको औपचारिक रुपमा उद्धघाटन कहिले भएको हो ? - वि. स. २०७४ असोज २५
44 स्थानीय सरकार सञ्चालक विधेयक, २०७४ राष्ट्रपतिद्वारा कहिले प्रमाणीकरण भएको हो ? - वि. स. २०७४ असोज २९
45 प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधान मन्त्रीसहित आठ मन्त्री तथा राज्यमन्त्री थप गरी छैटौँपल्ट मन्त्रिपरिषद्धको विस्तार कहिले गरेका हुन् ? - वि. स. २०७४ असोज २७
46 सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा तालिम सम्मेलन, २०७४ कहिले सम्पन्न भयो ?
 - वि. स. २०७४ असोज
47.प्रथम दक्षिण एसियाली जोरखाने तथा कुस्ती पहलवानी प्रतियोगिता कहिले र काँह सम्पन्न भयो ? 
- सन् २०१७ अक्टोबर १३ - १४
48. राजर्षि जनक विश्वविधालय सम्बन्धी विधेयक व्यवस्थापिका - संसद्बाट कहिले पारित भएको हो ? - वि. स. २०७४ असोज २६
Share:

विश्वका केही देशहरुको नृत्यकला

नृत्य देश
केन्डी नृत्य श्रीलंका
लेखोन थाइल्याण्डको शास्त्रीय नृत्य
ट्यांगो अर्जेन्टिना
होरा इजरायल
साम्बा ब्राजील
लायन डान्स चीन ,भुटान
मिकागु जिगाकु जापानको शास्त्रीय नृत्य
टारेन्टेला इटाली
Share:

नेपालले UN का बिभिन्न निकायमा सदस्यता लिएको मिति

 नेपालले संयुक्त राष्ट्रसंघका विभिन्न निकायहरुको सदस्यता  लिएको मिति
क्र.सं.                                संस्था   मिति
१.                                                         संयुक्त राष्ट्र संघ (UNO)                                                        १४ डिसेम्बर १९५५                                                                                             
२.                    अन्तराष्ट्रिय श्रम संगठन (ILO)             १९६६
३.         खाद्य तथा कृषि संगठन (FAO) २७ नोभेम्बर १९५१
४. संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (UNESCO)                                                                       १ मे १९५३
५.                         विश्व स्वास्थ्य संगठन (WHO) १० मे १९५४
६.                        विश्व बैंक समूह (IBRD) ६ सेप्टेम्बर १९६१
७.                अन्तर्राष्ट्रिय विकास संस्था (IDA) ६ मार्च १९६३
८.              अन्तर्राष्ट्रिय वित्त निगम (IFC)    ७ जनवरी १९६६
९.                अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) ६ सेप्टेम्बर १९३१
१०. अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) २९ जुलाई १९५६
११.                        विश्व हुलाक संघ (UPU) ११ जुलाई १९५६
१२.                अन्तर्राष्ट्रिय हुलाक संघ (ITU) ५ डिसेम्बर १९५७
१३.                विश्व हावापानी विज्ञान संगठन (WMO) ५ मे १९७८
१४.                अन्तर्राष्ट्रिय सामुदि«क संगठन (IMO) ३१ जनवरी १९७९
१५.            कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (IFAD) ५ मे १९७८
१६.       संयुक्त राष्ट्र संघीय औद्योगिक विकास संगठन (UNIDO) ७ डिसेम्बर १९८३
१७.                बहुपक्षीय लगानी संरक्षण संस्था (MIGA) २३ सेप्टेम्बर १९९२
Share:

कुन आकारको राष्ट्रिय झन्डा कसको र कहाँको लागि ?

राष्ट्रिय झन्डा र राष्ट्रिय गीतको प्रयोग सम्बन्धी कार्यविधि–२०६९ ले कुन आकारको राष्ट्रिय झण्डा कस्ले र कहाँ प्रयोग गर्न पाउने भनी सीमा तोकिदिएको छ । उक्त कार्यविधिले तोकेको राष्ट्रिय झण्डाको आकार र प्रयोग गर्ने पदाधिकारी सम्बन्धी व्यवस्था यस प्रकार छ:–
 
क) संबैधानिक निकाय तथा सरकारी कार्यलयले प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार – ८×६ फिट
ख) नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संघ वा संस्थाले प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार– ६×४ फिट
ग) संवैधानिक निकाय तथा सरकारी कार्यालय प्रमुखको कार्यकक्ष, गैरसरकारी संघसंस्था तथा नेपाली नागरिकले व्यक्तिगत रुपमा प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार  – ४×३ फिट
घ) संवैधानिक निकाय तथा सरकारी कार्यलय प्रमुखको टेबुलमा र विशिष्ट व्यक्तिहरुले प्रयोग गर्ने सवारी साधनमा राखिने राष्ट्रिय झण्डाको आकार – ३०×२० से.मी.
ङ) राष्ट्रिय पर्व, राष्ट्र प्रमुख वा सरकार प्रमुखको औपचारिक भ्रमण तथा समकक्षी विदेशी पाहुनाहरुको सवारीका वखत तोकिए बमोजिमको रंगको दाँया, बाँया र चोकमा फहराइने झण्डाको आकार – ३×२.५ फिट
नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६ मा नेपालको राष्ट्रिय झण्डा सम्बधी व्यवस्था भए अनुसार सिम्रिक रङ्गको भुईं र गाढा निलो रङ्गको किनारा भएको दुई त्रिकोण अलिकति जोरिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अङ्कित भएको, परम्परागत झण्डा नेपालको राष्ट्रिय झण्डा हो, जुन बनाउने तरिका र तत्सम्बन्धी विवरण यसै संविधानको अनुसूची–१ मा उल्लेख गरिएको छ ।
Share:

IQ प्रश्नाेत्तर स‌ंगालो

१.अंग्रेजी वर्णमालाका प्रत्येक अक्षरहरुलाई क्रमशः १ देखि शुरु हुने गरी विजोर मान राखिएको छ । यसरी मान राख्दा GLAD शब्दका  प्रत्येक अक्षरहरुको जोडफल कति हुन्छ?
A. ४४
B. ३३
C.  ५५
D.  ६६
२.निम्न तथ्यहरुबारे विचार गर्नुहोस्
1. P,Q भन्दा अग्लो छ ।
2. R,P भन्दा अग्लो छ ।
3. S , R भन्दा अग्लो छ ।
४. T सबैभन्दा अग्लो छ ।
सबैलाई उचाईको आधारमा घट्दोदेखि बढ्दो क्रममा मिलाउँदा सबैभन्दा विचमा कोे पर्ला ?
A. Q
B. R
C. S
D. P
३.तल दिईएको क्रममा राखिएको स्थानमा कुन अंक राख्नु उपयुक्त हुन्छ ?
६८८१२६८६१२३६८८१२३४६८६१२३४५६८?
A.  १  B.  ४   C. ६ D. ८
४.तल दिईएका प्रत्येक अंग्रेजी वाक्यहरुको व्याकरणीय अध्ययन गरी कुन एउटा वाक्य गलत लेखिएको छ, पत्ता लगाउनुहोस् ।
A. We discussed about the problem so thoroughly.
B. On the eve of the examination.
C. That I found it very easy to work it out.
D. No error.
५.१० वर्षअघि P भन्दा Q उमेरमा ठिक आधा थियो । वर्तमानमा P को उमेरलाई Q को उमेरले भाग गर्दा हुन आउने मान 2/1.5 को मान बराबर हुन आउँछ भने P र Q को वर्तमान उमेरलाई आपसमा जोड्दा आउने मान देहायका मध्ये कुन मानसंग बराबर होला?
A. ४५
B. ३५
C. ४०
D. ३०
६.दिईएको शब्दको छोडिएका ठाउँमा उपयुक्त अक्षरहरु राख्दै जाँदा एउटा चर्चित शहरको नाम बन्न जान्छ । खालि ठाउँलाई दिईएको शब्दको अन्तिम तिरबाट कुन क्रममा भर्दै आउँदा सो स्थानको नाम पत्ता लाग्छ ?
W_ SH_ _ _ T _
A. RESAMY
B.  DEINUA
C. NOGNIA
D. SHOLCA
७.यदिकुनै भाषामा LOVE लाई ७८९०  र TOKEN लाई  12345 भनेर लेखिन्छ भने उक्त भाषामा LOTS लाई के भनेर लेख्न सकिएला ?
A.7815  B.7806  C.7816  D.7801
८.A, B र C पुरुषहरुले D, E र F सँग विवाह गर्दछन् । विवाह दिईएको क्रमअनुसार नै हुनुपर्दछ भन्ने अनिवार्य छैन । A को श्रीमती र  E को  श्रीमान D  र F को श्रीमान सँग पुलमा खेल्छन् । श्रीमतीको श्रीमान पार्टनर हुँदैन र पुलमा खेल्दैन भने B को विवाह को सँग भएको हुन्छ ?
A. D   B. E   C. F   D.  भन्न सकिदेैन
९.दिईएको श्रेणीमा ? लेखिएको स्थानमा कुन विकल्प उपयुक्त हुन्छ?
10,16,28, ?
A. 44
B. 48
C.52
D.56
१०.बाटोमा अवरोधक नभएको अवस्थामा एउटा बसको गति ५४ कि.मि. प्रतिघण्टा छ । सोही बस बाटोमा अवरोधक भएको अवस्था मा भने ४५ कि.मि. प्रतिघण्टा का दरले गुड्छ भने एक घण्टामा सो बस कति मिनेट रोकिन्छ होला रु
A. ९
B. १०
C. १२
D. २०

उत्तरहरु :
1 A 6 C
2 B 7 C
3 D 8 D
4 A 9 C
5 B 10 B
Share:

नेपालका विभिन्न पर्व, प्रथा तथा नाचहरू


अँटवारी पर्व – राप्ती पश्चिमका दाङ, देउखुरी, कैलाली, कञ्चनपुर जिल्लाका थारु समुदायले मनाउने माघी पछिको ठुलो पर्व जसमा पाँच पाण्डवमध्ये भीमसेनको पूजा गरिन्छ ।
अंश ठेकी प्रथा – किराँत राई जातमा छोरीको विवाह गर्दा काठको सानो ठेकीमा तेल भरेर दिइने प्रथा ।
अखरिया नाच – पश्चिम नेपालका थारु समुदायले दशैताका नाच्ने नाच ।
आठपहरिया ढोल नाच – नेपालको पूर्वी क्षेत्रका आठपहरिया राईहरूले दसैँ जस्तै ठुलो चाडका रूपमा मंसिर महिनामा १५ दिनसम्म नाच्ने नाच ।
गुरही त्यौहार – नेपालका थारु समुदायले चैते दशैताका मनाइने चाड ।
घुमरा नाच – थारु समुदायको सांस्कृतिक नाच जसलाई सहलेशको जीवनसँग सम्बन्धित मानिन्छ ।
चैतोला पर्व – अछाम जिल्लामा चैत्र महिनामा मनाइने पर्व ।
छतरी – थारु समुदायले रोपाइको समयमा प्रयोग गर्ने मौलिक विशेषता भएको घामपानीबाट बच्न प्रयोग गरिने वस्तु ।
जात्री पर्व – पुर्वी तराईका झापा,मोरङ, सुनसरी जिल्लाका धिमालहरूले वैशाख २ गते नयाँ वर्षका रूपमा मनाउने पर्व ।
डुक्पाछेसु पर्व – श्रावण महिनाको ४ गते तिव्वतीयन सम्प्रदायका लामाहरूले मनाउने पर्व ।
तितो क्वाँटी संक्रान्ती – नेवार समुदायले नयाँ वर्ष विक्रम सम्वतको मेष संक्रान्तीका दिन तितो क्वाँटी खाएर मनाउने पर्व हो जसलाई नेपाल भाषामा खायु संलु भनिन्छ ।
तिनमासा गीत – यो गीत वर्षातको समयमा ३ महिनाको वर्णन गर्दै थारु समुदायले गाउने गीत ।
तुसरी व्रत – मैथली समुदायका कन्याहरूले राम्रो पति पाउँ भनी माघ महिनाभरि बस्ने व्रत ।
Share:

प्रशासनिक उत्तरदायित्व अायाम बारे विषयगत प्रश्नोत्तर

प्रश्न. प्रशासनिक उत्तरदायित्वका आयामहरू उल्लेख गर्नुहोस् ? नेपालका सन्दर्भमा सबैभन्दा महत्त्वपूर्ण कुनै एक आयामको बारेमा चर्चा गर्नुहोस् ।

उत्तर

प्रशासनिक उत्तरदायित्व
प्रशासनिक पद वा सार्वजनिक पदधारण गरेको/ सार्वजनिक जिम्मेवारी पाएको अख्तियार प्राप्त पदाधिकारीले आफूले सम्पन्न गर्ने कार्य, सम्पादन गरेको कार्य, सम्पादन स्तर र गुणात्मकताको बारेमा सरोकारवाला वर्गमा उत्तर दिनु पर्ने दायित्व नै प्रशासनिक उत्तरदायित्व हो ।
 कुनै पनि प्रशासकले आफ्नो जिम्मेवारीको वहन गर्दा जनता र सरकार प्रति जफावदेहिताको निर्वाह गर्ने, कार्य प्रति समर्पित रही गर्ने दायित्व बोधको अवस्थालाई प्रशासनिक उत्तरदायित्व भनिन्छ ।
प्रशासनिक उत्तरदायित्वको आयामहरूलाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छ
क) राजनीतिक आयाम राजनीतिक नेतृत्व वा सरकार/शासन प्रणाली अनुकूल भई जनप्रतिनिधिहरूको इच्छा एवम् माग सँग सम्बन्धित रही प्रशासनिक कार्यहरू गर्नुपर्ने, उत्तदायित्व यसमा पर्दछ ।
ख) व्यावसायिक आयाम कुनै पनि व्यवसाय विशेषसँग सम्बन्धित व्यक्ति वा निकायले पालना गर्नुपर्ने मूल्य मान्यताहरू, संलग्न पक्षहरूसँगको उत्तरदायित्व यसमा हुनुपर्दछ ।
ग) कानुनी आयाम विद्यमान संविधान तथा अन्य प्रचलित कानुनले तोकेको विधि प्रक्रिया अनुसार प्रशासनले निर्वाह गर्नुपर्ने भूमिका रहेको हुन्छ ।
घ) व्यवस्थापकिय आयाम श्रोत र साधनको मितव्ययी प्रयोग र प्रभावकारिताको लागि प्रशासकले निभाउने व्यवस्थापकिय भूमिका हो ।
ङ) प्रत्यक्ष वा अप्रत्यक्ष आयाम प्रशासकले आफूले गरेको कार्यको विषयमा उत्तर दिने प्रत्यक्ष, आफ्नो मातहतका पदाधिकारीको विषयमा जवाफ दिनुर्ने दायित्व अप्रत्यक्ष उत्तरदायित्वका विषयहरू जबाफदेही हुने भूमिका पर्दछ ।
च) नैतिक उत्तरदायित्वको आयाम सम्बन्धित सरोकारवालाहरूलाई जवाफ दिनुपर्ने अवस्थाको उत्तरदायित्व नैतिक उत्तरदायित्व, विवेक, आचरण र सदाचार प्रतिको उत्तरदायित्व पर्दछ ।
नेपालको सन्दर्भमा माथि उल्लिखित सम्पूर्ण आयामहरूको महत्त्वपूर्ण भूमिका रहेको छः उल्लिखित आयामहरू मध्ये नैतिक उत्तरदायित्वको आयाम निकै महत्त्वपूर्ण र व्यवहारिक पक्षको रूपमा पर्दछ नैतिक आयामको व्यवहारत हाम्रो नेपालको सन्दर्भमा किन महत्त्वपूर्ण छ, जसलाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छ
 सार्वजनिक निकायद्वारा सम्पादित गरेका सार्वजनिक काम कारबाहीहरू सरकार, आम जनताहरूसँग खुला र पारदर्शी बनाउँदछ ।
 जनताले सामाजिक न्याय सहितको पहुँच, उपयोग र अपनत्वको ग्रहण गर्नका लागि नैतिक आयाम आवश्यक पर्दछ ।
 नैतिक आयामले सुशासन कायम गरी सेवाग्राहीको सम्मान, आर्थिक आचरण र सुधारका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउँदछ ।
 जनता र कर्मचारीबिच सम्मानजनक व्यवहार गर्ने प्रवृत्तिको विकास भई कार्य प्रकृति र कार्य सम्पादनमा सहजता ल्याउँदछ ।
 विकासका हरेक चरणमा जन-सहभागिताले Touching the hearts wining the minds को भूमिका सिर्जना गर्ने भएकोले नैतिक आयामको आवश्यकता रहेको हुन्छ ।
 सेवा प्रवाह चुस्त दुरुस्त र विश्वासको भाव पैदा गर्न सजिलो हुन्छ, जसले गर्दा ढिलासुस्ती, अनियमिततामा कमी ल्यायी भ्रष्टाचारलाई न्यूनिकरण गर्न सहयोग पुग्दछ ।
 सार्वजनिक उत्तरदायित्वमा कर्मचारीको मूल्याङ्कन, अनुगमन तथा सुपरिवेक्षण प्रणालीले नैतिकता प्रवर्द्धनमा जोड दिन्छ ।
 सार्वजनिक पदाधिकारीको व्यवहारलाई नागरिक अपेक्षा अनुरूप कार्यमूलक, नतिजा केन्द्रित, स्वच्छ र नैतिक बनाउने कार्य गर्दछ ।
 सार्वजनिक श्रोत, साधन र अधिकार प्रयोग गर्दा सार्वजनिक पदाधिकारीले इमान्दारिपूर्वक, खुलापनका आधारमा, सामाजिक उत्तरदायित्व पुरा गर्न जिम्मेवार बनाउँदछ ।
उपसंहार
सार्वजनिक उत्तरदायित्व लोकतान्त्रिक पद्धतिमा नागरिकको मताधिकारको मूल्यन हो । सार्वजनिक तहमा इमानदार हुने, सत्य बोल्ने, स्वच्छ रहने, सहिष्णु बन्ने, गतिशील हुने, खुला रहने, विश्वासिलो बन्ने, जस्ता समग्र पक्षलाई व्यवहारिक बनाउन नैतिकताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । नागरिकको विश्वास प्राप्त गरी शासन सञ्चालन गर्न पनि यसको आवश्यक हुन्छ । प्रशासनिक उत्तरदायित्व निर्वाह गर्ने परिपाटीको विकास भई सुशासन र जनताको विश्वासमा सञ्चालन गर्न सबै सरोकारवाला पक्षहरूको ध्यान जान जरुरी देखिन्छ ।
Share:

राजनीतिशास्त्र सम्बन्धि विभिन्न प्रश्नोत्तर

१. ‘एक केन्द्रीय शक्तिद्वारा सर्वोच्च शक्तिको प्रयोग गर्नु नै एकात्मक शासन (सरकार) हो ।’ यो भनाइ कसको हो ?
– डायसी
२. ‘सबै शक्तिको अभ्यासका लागि सरकारको एकल संगठित प्रणाली नै एकात्मक सरकार हो ।’ यो भनाइ कसको हो ?
– ए.सि. कपुर
३. ‘संघात्मक राज्य त्यो हो जसमा सत्ता एवं शक्तिको एक भाग संघीय एकाइहरूमा समुदायद्वारा जानाजान संगठित गरिन्छ ।’ यो परिभाषा कसको हो ?
–. फाइनर
४. ‘संघ एक यस्तो राज्य हो (प्रणाली हो), जसमा केन्द्रीय र स्थानीय सरकार एउटै प्रभुत्वअन्तर्गत रहन्छ ।’ यो कसको भनाइ हो ?
–गार्नर
५. ‘एक संघीय राज्य धेरै राज्यहरू मिलेर बनेको सार्वभौमिकता सम्पन्न राज्य हो ।’ यो परिभाषा कुन वैज्ञानिकको हो ?
– जेलिनेक
६. ‘संघ’ शब्द कुन भाषाको कुन शब्दबाट उत्पति भएको हो ?
– ल्याटिन भाषाको फोयडस
७. विश्वको संसदमा तीन सदन भएको देश कुन हो ?
– बेलायत
८. ‘जहाँ शासनको सम्पूर्ण सत्ता संविधानद्वारा एकै केन्द्रीय सत्तालाई सुम्पेको हुन्छ, स्थानीय अंगलाई सरकारबाटै शक्ति प्राप्त हुन्छ र तिनीहरूको व्यक्तित्वले केन्द्रीय सरकारमा निर्भर गर्छ, त्यहाँ एकात्मक सरकार हुन्छ ।’ यो परिभाषा कसको हो ?
–गार्नर
९. कुन व्यवस्था भएको मुलुकमा मन्त्रीहरूको कार्य सचिवले गर्छ ?
– राष्ट्रपतीय
१०. जोन लकका अनुसार सरकार कति प्रकार छन् ?
– ३ प्रकार (राजतन्त्र, कुलिनतन्त्र र जनतन्त्र)
११. ‘गणितिज्ञको छोरा गणितिज्ञ र कविको छोरा कवि हुन्छ भन्नुझै पैतृक आधार मान्नु मर्खतापूर्ण कुरा हो ।’ यो भनाइ कुन वैज्ञानिकको हो ?
– लिकक
१२. संघात्मक राज्य एक यस्तो राजनीतिक उपायको अतिरिक्त अरु केही होइन, जसको उद्देश्य राष्ट्रिय एकता र राज्यका अधिकारहरूमा सम्बन्ध कायम गर्नु हो ।’ यो भनाइ कसको हो ?
– डायसी
१३. ‘संघात्मक राज्य त्यो हो, जसमा सत्ता एवं शक्तिको एक भाग संघीय एकाइहरूमा समुदायद्वारा जानाजान संगठित गरिन्छ ।’ यो परिभाषा कसको हो ?
– फाइनर

Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages