कुन आकारको राष्ट्रिय झन्डा कसको र कहाँको लागि ?

राष्ट्रिय झन्डा र राष्ट्रिय गीतको प्रयोग सम्बन्धी कार्यविधि–२०६९ ले कुन आकारको राष्ट्रिय झण्डा कस्ले र कहाँ प्रयोग गर्न पाउने भनी सीमा तोकिदिएको छ । उक्त कार्यविधिले तोकेको राष्ट्रिय झण्डाको आकार र प्रयोग गर्ने पदाधिकारी सम्बन्धी व्यवस्था यस प्रकार छ:–
 
क) संबैधानिक निकाय तथा सरकारी कार्यलयले प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार – ८×६ फिट
ख) नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संघ वा संस्थाले प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार– ६×४ फिट
ग) संवैधानिक निकाय तथा सरकारी कार्यालय प्रमुखको कार्यकक्ष, गैरसरकारी संघसंस्था तथा नेपाली नागरिकले व्यक्तिगत रुपमा प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार  – ४×३ फिट
घ) संवैधानिक निकाय तथा सरकारी कार्यलय प्रमुखको टेबुलमा र विशिष्ट व्यक्तिहरुले प्रयोग गर्ने सवारी साधनमा राखिने राष्ट्रिय झण्डाको आकार – ३०×२० से.मी.
ङ) राष्ट्रिय पर्व, राष्ट्र प्रमुख वा सरकार प्रमुखको औपचारिक भ्रमण तथा समकक्षी विदेशी पाहुनाहरुको सवारीका वखत तोकिए बमोजिमको रंगको दाँया, बाँया र चोकमा फहराइने झण्डाको आकार – ३×२.५ फिट
नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६ मा नेपालको राष्ट्रिय झण्डा सम्बधी व्यवस्था भए अनुसार सिम्रिक रङ्गको भुईं र गाढा निलो रङ्गको किनारा भएको दुई त्रिकोण अलिकति जोरिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अङ्कित भएको, परम्परागत झण्डा नेपालको राष्ट्रिय झण्डा हो, जुन बनाउने तरिका र तत्सम्बन्धी विवरण यसै संविधानको अनुसूची–१ मा उल्लेख गरिएको छ ।
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages