२०७२ असोज २७ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोत्तर



१. विश्वको सबैभन्दा ठूलो  र गहिरो महासागर कुन हो ?
- प्रशान्त महासागर
. विश्व बसोबास दिवस २०१५ को नारा के रहेको छ ?
- Public spaces for all अर्थात सबैका लागि सार्वजनिक स्थल (वैज्ञानिक ढङ्गले व्यवस्थित वस्तीहरु सँगै सार्वजनिक स्थलहरुको विकास गर्न यस नाराले सङ्केत गरेको छ । सन् १९८६ को संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रम (UN-HABITAT) को घोषणा अनुरुप प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो सोमबार विश्व बसोबास दिवस मनाउँदै आइएको छ ।)
. सन् २०१५ अक्टोबर ५ मा सम्पन्न तेन्जिङ हिलारी खुला एभरेष्ट म्याराथन दौडको उपाधि कसले जिते ?
- पुरुष तर्फ : भीम गुरुङ (नेपाली आर्मी) र महिला तर्फ : आङदामी सेर्पा (सोलुखुम्बु)
Share:

नेपालको संविधान, २०७२ मा नागरिकता सम्बन्धी रहेको व्यवस्था



     
       नेपालको संविधान, २०७२ को भाग २ धारा १० देखी धारा १५ सम्म नागरिकतासम्बन्धी व्यवस्था छ जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :

नागरिकतबाट बञ्चित नगरिने (धारा १०)

- कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने,
- नेपालमा प्रादेशिक पहिचान सहितको एकल संघीय नागरिकताको व्यवस्था गरिएको,
- यो संविधान प्रारम्भ हुँदाका बखत नेपालको नागरिकता प्राप्त गरेका र यस भाग बमोजिम नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुने,
- यो संविधान प्रारम्भ हुँदाका बखत नेपालमा स्थायी बसोवास भएको देहायको व्यक्ति वंशजको आधारमा नेपालको नागरिक ठहर्नेछ :
Share:

२०७२ साल असोज २० गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोत्तर



. यस बर्ष (२०७२ मा) प्रदान गरिने राष्ट्रिय संरक्षण पुरस्कारबाट कसलाई सम्मानित गरियो ?
- प्रा. रामप्रसाद चौधरी
. हालै थाइल्याण्डमा आयोजित (टाटा मोटर्सद्वारा) अन्तर्राष्ट्रियस्तरको 'स्किलफेस्ट ग्लोबल सर्भिस एड्भाइजर च्याम्पियन' को उपाधि कसालाई प्रदान गरियो ?
- सुमन धमला (सिप्रदी ट्रेडिङ प्रा.लि. का सर्भिस एड्भाइजर)
. नेपालमा हाल नगरपालिका मात्र भएका जिल्ला कति रहेका छन् ?
- ३ (काठमाण्डौं, भक्तपुर र ललितपुर) (२०७२ असोज १ मा २६ नयाँ नगरपालिका घोषणा पश्चात)
. नेपालमा हाल नगरपालिका नभएका जिल्ला कति रहेका छन् ?
- ७ (मनाङ, मुस्ताङ, हुम्ला, कालीकोट, मुगु, डोल्पा र रसुवा)
. मुलुकको राज्य सञ्चालन प्रक्रिया कस्तो हुने, कुन ढङ्गबाट शासन सञ्चालन गर्ने र मुलुकलाई कुन दिशातर्फ डोर्‍याउने भन्ने सम्बन्धमा राज्यले अवलम्वन गर्ने विचार एवं दर्शनको लिखित दस्तावेजलाई के भनिन्छ ?
- संविधान
Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages