२०७२ साल असोज २० गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोत्तर



. यस बर्ष (२०७२ मा) प्रदान गरिने राष्ट्रिय संरक्षण पुरस्कारबाट कसलाई सम्मानित गरियो ?
- प्रा. रामप्रसाद चौधरी
. हालै थाइल्याण्डमा आयोजित (टाटा मोटर्सद्वारा) अन्तर्राष्ट्रियस्तरको 'स्किलफेस्ट ग्लोबल सर्भिस एड्भाइजर च्याम्पियन' को उपाधि कसालाई प्रदान गरियो ?
- सुमन धमला (सिप्रदी ट्रेडिङ प्रा.लि. का सर्भिस एड्भाइजर)
. नेपालमा हाल नगरपालिका मात्र भएका जिल्ला कति रहेका छन् ?
- ३ (काठमाण्डौं, भक्तपुर र ललितपुर) (२०७२ असोज १ मा २६ नयाँ नगरपालिका घोषणा पश्चात)
. नेपालमा हाल नगरपालिका नभएका जिल्ला कति रहेका छन् ?
- ७ (मनाङ, मुस्ताङ, हुम्ला, कालीकोट, मुगु, डोल्पा र रसुवा)
. मुलुकको राज्य सञ्चालन प्रक्रिया कस्तो हुने, कुन ढङ्गबाट शासन सञ्चालन गर्ने र मुलुकलाई कुन दिशातर्फ डोर्‍याउने भन्ने सम्बन्धमा राज्यले अवलम्वन गर्ने विचार एवं दर्शनको लिखित दस्तावेजलाई के भनिन्छ ?
- संविधान
. नेपालको संविधानअनुसार प्रतिनिधि सभा कति सदस्यीय हुने व्यवस्था छ ?
- २७५ (प्रत्यक्ष निर्वाचित : १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट : ११०)
. प्रदेश सभामा कति प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ ?
- ६० प्रतिशत (समानुपातिक निर्वाचन प्रणालिबाट : ४० प्रतिशत)
. राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक-फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने व्यवस्था, वर्तमान संविधानको कुन धारामा रहेको छ ?
- धारा ७०
. प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्दा सभामुख र उपसभामुख मध्ये एक जना महिला हुने गरी गर्नुपर्ने र प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक-फरक दलको प्रतिनिधि हुनपर्ने व्यवस्था वर्तमान संविधानको कुन धारामा रहेको छ ?
- धारा ९१()
१०. वर्तमान संविधानले कति तहका व्यवस्थापिकाको संरचना निर्माण गरेको छ ?
- ३ (सङ्घीय व्वस्थापिका : भाग ८, प्रदेश व्यवस्थापिका : भाग १४ र स्थानिय व्यवस्थापिका : भाग १८)
११. वर्तमान संविधानमा दलित विद्यार्थिलाई कुन तहसम्म छात्रवृत्ति सहित नि:शुल्क शिक्षाको व्यवस्था गरिने भएको छ ?
- प्राथमिक देखि उच्च शिक्षासम्म
१२. राज्यले मूमिहिन दलितलाई जमिन उपलब्ध गराउने सम्बन्धी व्यवस्था वर्तमान संविधानको कुन धारामा गरिएको छ ?
- धारा ४०()
१३. 'राष्ट्रिय समावेशी आयोग' सम्बन्धी व्यवस्था वर्तमान संविधानको कुन धारामा गरिएको छ ?
- धारा २५८
१४. 'इच्छाको त्यागबाट सहनशीलताको सदगुण जन्मन्छ ।' भन्ने विचारक को हुन् ?
- वट्रेन्ड रसेल
१५. मुसा प्रजातिमा पाइने 'माइट' (किर्नाजस्तो मसिने जीवाणु) ले मानिसमा टोकेपछि देखापर्ने रोगलाई के भनी चिनिन्छ ?
- स्क्रब टाइफस (Scrub Typhus)
१६. शिक्षा विभाग र नेपाल पत्रकार महासङ्घद्वारा संयुक्तरुपमा प्रदान गरिने रु. ७५ हजार राशिको शिक्षा पत्रकारिता पुरस्कार २०७२ बाट कसलाई सम्मानित गरिने भएको छ ?
- कान्तिपुर टेलिभिजनका नारायण किलम्बु, कान्तिपुर दैनिकका जनक नेपाल र शिक्षक मासिकका बाबुराम विश्वकर्मालाई संयुक्तरुपमा (यस बर्षको 'संस्थागत शिक्षा पत्रकारिता पुरस्कार-२०७१' नेपाल समाचार पत्र दैनिकले प्राप्त गरेको ।)
१७. मङ्गल ग्रहमा पानी रहेको तथ्य प्रस्तुत गर्ने नेपाली युवा वैज्ञानिक को हुन ?
- लुजेन्द्र ओझा
१८. "तिमीले जीवनमा गर्न सक्ने सबैभन्दा ठूलो गल्ती हो गल्ती होला कि भनी डराएर कुने प्रयास नगर्नु ।" भन्ने विचारक को हुन् ?
- अल्बर्ट हुबार्ड
१९. नेपालको प्रमाणिक समय कुन देशान्तर रेखालाई आधार मानी निर्धारण गरिएको छ ?
- ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तर (गौरिशंकर हिमाल)
२०. विश्वमा योजनाबद्ध आर्थिक विकासको सुरुवात गर्ने राष्ट्र कुन हो ?
- रुस
२१. आगामी १५ बर्षका लागि निर्धारण गरिएका दिगो विकासका कार्यसूचिलाई राष्ट्रसङ्घको कतिऔं महासभाले अनुमोदन गरेको हो ?
- सन् १९४५ अक्टोबर २४ मा
२३. क्षयरोगविरुद्ध दिइने खोप BCG को पुरा रुप के हो ?
- Bacillus Calmette Guerin
२४. लेप्चा जातिको मुख्य बसोबास इलाम जिल्ला रहेको छ भने पहरि जातिको मुख्य बसोबास कहाँ रहेको छ ?
- काभ्रेपलाञ्चोक

Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages