बायुसेवा निगमले माग्यो १४८ जना कर्मचारी (विज्ञापन सहित)


नेपाल बायुसेवा निगमले १४८  जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । निगमले सहायकदेखि अधिकृतसम्मका कर्मचारीका लागि बिज्ञापन गरेको हो ।सबै भन्दा बढी सहायक पदको लागि ५६ कर्मचारीहरु माग गरेको छ ।

२०७२ साउन १४ गतेको गोरखापत्रमा प्रकाशित


विज्ञापन



Share:

नेपाली सेनामा विभिन्न पदमा ३३ सय भन्दा बढी भर्ना खुल्यो (विज्ञापन सहित)

नेपाली सेनामा तीन हजार तीन सय ७६ जनालाई रोजगारीको अवसर जुटेको छ । सेनाले बुधबार सार्वजनिक सुचना प्रकाशित गरि दरखास्त आव्हान गरेको हो । सेनाले जारी गरेको सुचना अनुसार सुचिकार, कुचिकार, धोवी, नाउ, सयस, नालबन्दी, सिकर्मी, वैटर, बन्दोबस्ती सिपाहीदेखि ड्राईभर र सैन्य पदमा दरखास्त आव्हान गरिएको छ ।
साधारण लेखपढ गरेकादेखि कक्षा आठसम्म उतिर्णहरुले दरखास्त दिन सक्नेछन् । सैन्य ड्राईभर र सैन्य पदका लागि न्युनतम कक्षा आठ उतिर्ण गरेको हुनु पर्नेछ भने बाँकी पदहरुका लागि साधारण लेखपढ र सम्बन्धित बिषयमा दख्खल राखेको व्यक्ति हुनु पर्नेछ । सैन्य र सैन्य ड्राईभरका हकमा १८ बर्ष देखि २५ बर्ष उमेर ननाघेको तथा न्य पदका लागि १८ देखि २९ बर्ष उमेर समुहकाले दरखास्त दिन सक्नेछन ।
साउन १३ गते देखि भदौं १० गतेसम्म दरखास्त दिन सकिने छ भने भदौं १७ गतेसम्म डबल दस्तुर तिरेर दरखास्त दिन सकिनेछ । एक सय रुपैंयाँ दस्तुर तिरेर बिभिन्न ३१ स्थानबाट दरखास्त दिन सकिनेछ ।

 विज्ञापन


Share:

२०७२ साउन १३ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत / छोटा प्रश्नोत्तर



१. भुकम्पबाट शिथिल अर्थतन्त्रलाई गतिशिल बनाउँदै ६ प्रतिशत आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्यसहित सरकारले आर्थिक बर्ष २०७२/७३ को बजेट कहिले प्रस्तुत गर्‍यो ?
- वि.सं. २०७२ असार २९
२. भारतका पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामको ८४ बर्षको उमेरमा कहिले निधन भयो ?
- सन् २०१५ जुलाई २७
३. फोर्ब्सद्वारा सन् २०१५ जुलाई १५ मा सार्वजनिक विश्वका मूल्यवान क्लबहरुमा पहिलो स्थानमा रहन सफल क्लब कुन हो ?
- रियल म्याड्रिड फुटबल
४. रेपुटेसन इन्स्टिच्यूटले सन् २०१५ जुलाईमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार वातावरणीय विविधता‚ राजनीति एवं आर्थिक तत्वलाई आधार मानी तयार पारिएको प्रतिवेदनअनुसार विश्वकै प्रशंसायोग्य मुलुक कुन भएको छ ?
- क्यानडा (दोस्रोः नर्वे‚ तेस्रोः स्वीडेन‚ चौथोः स्विट्जरल्याण्ड‚ पाँचौः अष्ट्रेलिया)
५. राष्ट्रिय खेलकुद परिषद् (राखेप) को वि.सं. २०७२ साउन १ मा बसेको बैठकले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता कहिले गर्ने निर्णय गरेको छ ?
- वि.सं. २०७२ मङ्सिर ११ देखि १८ सम्म पूर्वाञ्चलमा
६. विभिन्न किसिमका जीवजन्तु‚ पशुपंक्षी‚ किटपतंगको बासस्थानका लागी सीम‚ घोल‚ पोखरी‚ नदी किनारमा सधै पानीले भिजिरहने ओसिले भूमिलाई के भनिन्छ ?
- सिमसार
७. संसारकै सबैभन्दा ठूलो सफ्टवेयर उत्पादक कम्पनी माइक्रोसफ्ट कर्पोरेसन द्वारा तयार गरिएको नेपाली भाषामा चलाउन सकिने माइक्रोसफ्ट अफिस २००३ नेपाली नामक कम्प्यूटर प्रणाली कहिलेदेखी बजारमा आएको हो ?
- वि.सं. २०६२ मङ्सिर १३
८. २०७२ सालमा प्रदान गरिएको राष्ट्रिय प्रतिभा पुरस्कार (राशिः जनही रु. एक लाख) बाट सम्मानित हुने कलाकार को हुन् ?
- तारा थापा (संगित तथा नाट्य विधा)‚ राधेश्याम मुल्मी (ललितकला)‚ र रविलाल अधिकारी (भाषा साहित्य)
९. इरान तथा पी फाइब प्लस वान (चीन‚ फ्रान्स‚ रुस‚ अमेरीका‚ बेलायत तथा जर्मनी) बीच इरानको परमाणविक क्षमतालाई असैनिक उद्देश्यमा सीमित बनाउने एकीकृत सम्झौता कहिले भयो ?
- सन २०१५ जुलाई १५
१०. सन् २०१५ जुलाई ११ मा भारतको जनसङ्ख्या कति पुगेको छ ?
- १ अर्ब २७ करोड ४२ लाख ३९ हजार ७६९ (विश्वको कुल जनसङ्ख्याको १७.२५ प्रतिशत‚ सन् २०१५ जुलाई ११ सम्म बृद्धिदर १.८ प्रतिशत रहेको)
११. नेपाल राष्ट्र बैङ्कले नेपाल सरकार लेखिएको पहिलो नोट कहिलेदेखि चलनचल्तीमा ल्याएको हो ?
- वि.सं. २०६३ असोज ६ (रु. ५ को नोट)
१२. नेपालमा जिन बैङ्कको स्थापना कहिले भएको हो ?
- वि.सं. २०६७ असोज २१
१३. रुपन्देही‚ नवलपरासी र लमजुङ पूर्ण साक्षर जिल्ला कहिले घोषित भए ?
- वि.सं. २०७२ असार ३१ (वि.सं. २०७२ साउन ९ मा पाँचथर जिल्ला पूर्ण साक्षर जिल्ला घोषणा भएसँगै हालसम्म १८ जिल्ला साक्षर घोषित भएका छ्न् । ललितपुर नेपालकै पहिलो साक्षर जिल्ला भएको छ ।)
१४. सरकारले कहिलेसम्म देशका सबै जिल्ला साक्षर घोषणा गर्ने प्रतिबद्धता जनाएको छ ?
- सन् २०१५ डिसेम्बर
१५. काठमाण्डौं विश्व बाघ कार्यशाला कहिले सम्पन्न भयो ?
- वि.सं. २०६६ कार्तिक १०-१३
१६. जलवायु परिवर्तनसम्बन्धी कोप – २१ सन् २०२५ नोभेम्बर ३० देखि डिसेम्बर ११ सम्म कहाँ आयोजना हुने भएको छ ?
- फ्रान्सको बुर्गेट
१७. अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले कुन ग्रहको एउटा पर्वतको नाम सगरमाथामा पहिलो पाइला राख्ने नेपाली आरोही तेन्जिङ नोर्गेको नामा नोर्गे मोन्टस राखेको छ ?
- प्लुटो
१८. नेपाल सरकारले कहिलेदेखी अङ्ग्रेजी भाषासमेत प्रयोगगरी नयाँ ढाँचाकव नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको छ ?
- वि.सं. २०६६ मङ्सिर १ गते
१९. निजामती कर्मचारी कल्याणकारी कोष नियमावली‚ २०७२ अनुसार हरेक महिला कर्मचारीको तलबबाट कति प्रतिशत रकम कट्टा गरी जम्मा गरिने ब्यवस्था छ ?
- ०.५ प्रतिशत
२०. इन्टरनेसनल कफी अर्गनाइजेसन (आइसीओ) सन् २०१४ मार्चमा सम्पन्न सम्मेलनले कुन दिनलाई विश्व कफी दिवस का रुपमा मनाउने प्रस्ताव गरेको छ ?
- अक्टोबर १
२१. वि.सं. २०७२ असारसम्मको तथ्याङ्कअनुसार नगद प्रवाहमा आधारित सरकारी खर्च कति पुगेको छ ?
- रु. ४४० अर्ब ९९ करोड (कुल खर्चमध्ये चालू खर्च रु. ३०० अर्ब ४२ करोड‚ पुँजीगत खर्च रु. ५६ अर्ब ६३ करोड र बित्तीय ब्यवस्थातर्फको खर्च रु. ८३ अर्ब ९४ करोड रहेको छ ।)
२२. भुकम्पपछिको पुननिर्माण अभियानमा सहयोग पुर्‍याउने र ६ प्रतिशतको आर्थिक बृद्धि दरको लक्ष्य भेट्टाउने योजनासहित नेपाल राष्ट्र बैङ्कले आ.व. २०७२/७३ को मौद्रिक नीति कहिले सार्वजनिक गर्‍यो ?
- वि.सं. २०७२ साउन ७




Share:

खरिदार र सुब्बाको परीक्षातालिका आयो, पाठ्यक्रम आएन

- विनोद घिमिरे
के तपाई खरदार वा सुब्बाका लागि लोकसेवाको परीक्षा दिन खोजिरहनुभएको छ ? यति छ भने तपाईका सामु दुईवटा समस्या छन्- प्रथमतः यसवर्षदेखि तपाई लोकसेवाले लिने प्रारम्भिक जाँच पास गरेपछिमात्रै खरिदार वा नायव सुब्बामा प्रतिस्पर्धा गर्न पाउनुहुन्छदोस्रोः लोकसेवा आयोगले अहिलेसम्म प्रारम्भिक परीक्षाको पाठ्यक्रम नबनाएको हुँदा तपाईले के जाँच दिने भन्ने टुंगो लागेको छैन ।
लोकसेवा आयोगले यस वर्षदेखि पूर्वपरीक्षा पास हुनेहरुलाई मात्रै प्रतिस्पर्धा गराएर सुब्बा र खरिदारका पदहरुमा पदपूर्ति गर्ने निर्णय गरिसकेको छ । त्यसैअनुसारको परीक्षाको बार्षिक कार्यतालिका पनि प्रकाशित भैसकेको छ ।
तरती पदहरुको परीक्षाको किसिम र पाठ्यक्रम भने अझै निश्चित नहुँदा परीक्षार्थीहरु के पढ्ने भन्ने अलमलमा परेका छन् । आयोगले पाठ्यक्रमविनै परीक्षा तालिका सार्वजनिक गरेपछि ‘गोरु पछाडिगाडा अगाडि’ भन्ने आहान चरितार्थ भएको छ ।
यसअघि अधिकृत तहमा मात्रै प्रतिस्पर्धापूर्व प्रारम्भिक परीक्षामा लिइन्थ्योजसमा उत्तीर्ण हुनेहरुलाई मात्र खुल्ला प्रतिस्पर्धामा सहभागी गराएर छनौट गरिन्थ्यो । यसै आर्थिक बर्षदेखि खरिदार र सुब्बामा पनि यही नियम लागु हुँदैछ ।
लोकसेवा आयोग केन्द्रिय कार्यालय

लोकसेवा आयोगकी सहप्रवक्ता गीता हुमागाईंले अनलाइनखबरसँग भनिन्, ‘यो नयाँ नियम आउँदो परीक्षादेखि नै लागु हुन्छहामीले बार्षिक तालिका पनि निकालिसकेका छौं ।
आर्थिक वर्ष ०७२/७३ को बार्षिक तालिका अनुसार राजपत्र अनंकित प्रथम श्रेणी (सुब्बा) को अप्राविधिक पदको प्रारम्भिक परीक्षा फागुन महिनामा हुनेछ । त्यसलाई लोकसेवाले प्रथम चरणको परीक्षा भनिएको छ ।
प्रथम चरणको परीक्षा पास भएकाहरु मात्र वैशाख महिनामा हुने दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउनेछन् । दोस्रो चरणमा उत्तीर्ण भएकाहरु कम्प्युटर र अन्तरवार्ता लगायतका परीक्षा पास गर्दै निजामती सेवामा प्रवेश गर्नेछन् ।
लोकसेवा आयोगकी सहायक प्रवक्ता हुमागाइँले भनिन्, ‘अफिसर लेभलको जस्तै खरिदार र सुब्बामा प्रारम्भिक परीक्षाको अंक जोड्ने कि नजोड्नेकति जोड्ने भन्ने निर्णय भैसकेको छैनहामी यसबारे छलफलमै छौं ।
अधिकृत तहमा २-२ नम्बरका एक सय प्रश्न गरी २ सय पूर्णाङकको प्रारम्भिक परीक्षा हुन्छ । सो परीक्षामा १ सय नम्बर पाए पास भइन्छ । प्रारम्भिक परीक्षाको कुल प्राप्तांकको २० प्रतिशत अंक फाइनल परीक्षामा जोडिन्छ ।
अन्योल कायमै
लोकसेवा आयोगले अधिकृत तहको आवश्यक जनशक्ति केन्द्रीय कार्यालयबाट निर्धारण गर्छ । अरु तहका जनशक्ति क्षेत्रीय र अञ्चल कार्यालयबाट माग भएबमोजिम विज्ञापन खोल्छ ।
प्रारम्भिक परीक्षा (प्रथम चरण) मा पास भएकाहरुको प्राप्ताङ्क दोस्रो चरणको परीक्षाको प्राप्ताङ्कमा जोड्ने कि नजोड्ने भन्ने अन्योल कायमै छ । अधिकृत तहमा हाल हुँदै आएको प्रारम्भिक परीक्षाको २० प्रतिशत अंक दोस्रो चरणको परीक्षाको प्राप्ताङ्कमा जोडिन्छ ।
कस्तो होला पाठ्यक्रम ?
लोकसेवा आयोगले नयाँ नियम लागु गरेपछि पाठ्यक्रम कस्तो होला भनेर परीक्षार्थीहरु उत्सुक छन् । सहायक प्रवक्ता हुमागाईंका अनुसार सुब्बा र खरिदारको प्रारम्भिक परीक्षामा बस्तुगत प्रश्न हुनेछन् ।
अहिले अफिसर लेभलमा जस्तो छसुब्बा र खरिदारको प्रारम्भिक परीक्षा लिने तरिका पनि त्यस्तै हुन्छ,’ सहायक प्रवक्ता हुमागाईंले भनिन् ।
तरकति अंक पाए पास हुने र कति अंक जोडिने वा नजोडिने भन्नेबारे निर्णय हुन बाँकी छ ।
नयाँ नियम अप्राविधिकलाई मात्रै
प्रारम्भिक परीक्षा तत्काललाई अप्राविधिक पदहरुमा मात्रै लागु हुने छ । कम्प्युटर अपरेटर लगायतका प्राविधिक पदहरुमा भने प्रारम्भिक परीक्षा लिइने छैन ।

अप्राविधिक तहको परीक्षाको आवेदन खुल्दा धेरै आवेदन पर्नेसिट प्लानप्रश्नपत्रकपिपरीक्षा सञ्चालनका लागि चाहिने जनशक्ति लगायतको व्यवस्थापन गर्न झन्झटिलो र कठिन हुने भएकाले नयाँ नियम लागु गरिएको लोकसेवा आयोगले जनाएको छ ।
स्रोतः अनलाइन खबर


Share:

मौद्रिक नीति सार्वजनिक

बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन विकासका लागि वित्तीय स्थायित्व प्रवद्र्धन गर्न चुक्ता पूँजी वृद्धि गर्ने गरी चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले २०७२ साउन ७ गते आव २०७२/७३ को मौद्रिक नीति सार्वजनिक गर्दै पूँजीगत आधार सुदृढ गर्ने वित्तीय क्षेत्रको विकास तथा विस्तार गर्ने नीति लिएको बताए ।

नीतिअनुसार विसं २०७४ असार मसान्तसम्म चुक्ता पूँजी वृद्धि गरी वाणिज्य बैंकले रु आठ अर्ब, राष्ट्रियस्तरका विकास बैंक रु दुई अर्ब ५० करोड, चारदेखि १० जिल्ला कार्यक्षेत्र भएका विकास बैंकले रु एक अर्ब २० करोड, एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएका विकास बैंकले रु ५० करोड तथा राष्ट्रियस्तरका र चारदेखि १० जिल्ला कार्यक्षेत्र भएका वित्त कम्पनीले रु ८० करोड एवम् एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएका वित्त कम्पनीले रु ४० करोड पुर्‍याउनु पर्नेछ ।

बैंक तथा वित्तीय संस्थालाई एक–आपसमा गाभ्न–गाभिन थप प्रोत्साहन गरिने गभर्नर डा. नेपालले जानकारी दिए । पुनःनिर्माण लक्षित निजी लगानी तथा सरकारी वित्तीय नीतिको कार्यान्वयनबाट आर्थिक विस्तार गर्न सजग एवम् सन्तुलित कार्यदिशासहितको मौद्रिक नीति भएको उल्लेख गर्दै उनले मुद्रास्फितिलाई वाञ्छित सीमाभित्र राखिने प्रतिबद्धता व्यक्त गरे ।

आर्थिक तथा मौद्रिक लक्ष्य प्रस्तुत गर्दै गभर्नर डा. नेपालले चालु आवमा औसत उपभोक्तास्फीति दरलाई ८.५ प्रतिशतभित्र कायम राख्ने र कम्तिमा आठ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति कायम गर्ने र छ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुर्याेउने बताए ।

उनका अनुसार अनुसार विनिमय प्रणालीलाई यथावत राखी विस्तृत मुद्राप्रदायको वृद्धिदरलाई १८ प्रतिशतमा राखिने र बैैंक तथा वित्तीय संस्थाका अधिक तरलतालाई मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा निरन्तरताबाट व्यवस्थापनलाई थप प्रभावकारी तुल्याइनेछ ।

चालु आवमा लक्षित आर्थिक वृद्धिदर एवम् मुद्रास्फीति दरको आधारमा निजी क्षेत्रतर्फको कर्जा २० प्रतिशत वृद्धि हुने र मूल्य तथा बाह्य क्षेत्रको स्थायित्वमा प्रतिकूल प्रभाव नपर्ने गरी लक्षित आर्थिक वृद्धिदर हासिल गर्न उत्पादन क्षेत्रमा कर्जा प्रवाह गर्न प्रेरित गरिनेछ ।

नीतिको लक्ष्यअनुरुप भूकम्पपछिको पुनःनिर्माणसँगै सिर्जना हुने अधिक मागबाट आर्थिक स्थायित्वमा पर्ने प्रभावलाई ध्यानमा राखी बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपातलाई ‘क’ वर्गका लागि छ प्रतिशत, ‘ख’ वर्गका लागि पाँच प्रतिशत र ‘ग’ वर्गका लागि चार प्रतिशत कायम गरिएको छ ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई ‘क’ वर्गका लागि १२ प्रतिशत र चल्ती तथा कल निक्षेप सङ्कलन गर्ने ‘ख’ र ‘ग’ वर्गका संस्थाका लागि क्रमशः ९ प्रतिशत र ८ प्रतिशत कायम गरिने नीति लिइएको छ ।

नीतिले ऋणदाता सुविधा एवम् सुरक्षणपत्रको सहुलियत गर्ने प्रयोजनका लागि बैंकदरलाई एक प्रतिशत विन्दुले घटाई सात प्रतिशत कायम गरेको छ ।

त्यसैगरी भूकम्पपीडितलाई घर निर्माणका लागि दुई प्रतिशतमा कर्जा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थालाई शून्य व्याजदरमा उपलब्ध गराइने पुनरकर्जा प्रदान गर्ने कार्यलाई प्रभावकारी बनाइनेछ ।

सो अवसरमा गभर्नर डा. नेपालले मौद्रिक नीतिले देशको आर्थिक एवम् वित्तीय क्षेत्रलाई सुधार गर्दै भूकम्पपछिको पुनःनिर्माणलाई अगाडि बढाई लक्षित आर्थिक वृद्धिदर हासिल गर्न सकिने बताए ।

Share:

२०७२ साउन ६ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत / छोटा प्रश्नोत्तर


१. १२ औं दक्षिण एसियाली खेलकुद साग कहिले र कहाँ हुने भएको छ ?
- सन् २०१६ फेब्रुअरी‚ भारत
२. नेपाली क्रिकेट टोलीका कप्पान पारस खड्का विश्व ट्वान्टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको वरियतामा कतिऔं स्थानमा परेका छन् ?
- ६४ औं
३. सरकारले आ. व. २०७२/७३ को नीति तथा कार्यक्रम कहिले सार्वजनिक गर्‍यो ?
- वि.सं. २०७२ असार १३

राष्ट्रपति डा. रामवरण यादवद्वरा संविधान सभा/व्यवस्थापिका संसदको असार २३ को वैठकमा प्रस्तुत नेपाल सरकारको नीति तथा कार्यक्रममा भूकम्प पछिको पुनः निर्माण र देशको आर्थिक तथा सामाजिक विकासलाई प्राथमिकता दिइएको छ । नीति तथा कार्यक्रमका प्रमुख विशेषता निम्नानुसार छन् ।
- कर्मचारीका लागि योगदानमा आधारित पेन्सन प्राणाली लागू गरिने‚
- सरकार-सहकारि साझेदारीएक परिवार एक सरकारी सदस्यहरेक गाउँ एक डाक्टर पुर्‍याउँ   जस्ता आकर्षक नारा‚
- सन् २०३० सम्म मध्यम आय हुने राष्ट्रको स्तरमा लैजान दूरदृष्टि २०३० तर्जुमा गरी  कार्यान्वयनमा ल्याइने‚
- गुणस्तरीय शिक्षा प्रत्याभुत गर्न अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन‚
- तराईका १२ जिल्लालाई धानको पकेट क्षेत्रका रुपमा विकास गरिने‚
 -भूकम्प मापन केन्द्रलाई प्रविधि सम्पन्न बनाइने‚
- २५ जिल्लामा गरिव घरपरिवार परिचयपत्र वितरण र बाँकी जिल्लामा सर्वेक्षण‚
- पूर्वाधार विकास समस्या समाधान गर्न जग्गा प्राप्तिसम्बन्धी ऐन ल्याउने‚
- नवजात शिशुको जन्मदेखि २८ दिनसम्मको उपचार सेवालाई निःशुल्क बनाउनुका साथै प्रत्येक  नगरपालिकामा न्युनतम १५ शय्याको अस्पताल निर्माण गरिने‚
- चिकित्सा शिक्षासम्बन्धी नया नीति‚ प्रत्येक विकास क्षेत्रमा चिकित्साको उच्च शिक्षा‚
- दलित‚ कमजोर वर्गका विद्यार्थीलाई आवसीय विद्यालको स्थापना‚
- अनलाइन भिसा प्रणाली यसै बर्षबाट‚
- हिउँदमा आठ घण्टाभन्दा बढी लोडसेटिङ नगर्ने प्रतिबद्धता‚
- ज्येष्ठ नागरिकलाई भत्ता बृद्धि गरिने‚
- युवाहरलाई मुलुक निर्माणको अभिन्न अङ्गका रुपमा लिई व्यावसायिक‚ रोजगारमुलक र नेतृत्व  विकाससम्बन्धी तालिम दिने साथै युथ भिजन २०२५ लागू गर्ने घोषणा‚
- एक बर्षभित्र स्थानीय चुनाव‚
- जोखिम संवेदनशील भूउपयोग योजना‚
- राष्ट्रिय स्वास्थ्य विमा कार्यक्रम विस्तार गरिने ।

४. गुल्मी जिल्लालाई खुल्ला दिसामुक्त जिल्लाका साथै साक्षर जिल्लाका रुपमा कहिले घोषणा गरियो ?
- वि.सं. २०७२ असार २६
५. विश्व जनसङ्ख्या दिवस कहिले मनाइन्छ ?
- जुलाई ११
६. विश्वका सबैभन्दा जेठा नागरिक जापानका साकारी मोमोयीको ११२ बर्षको उमेरमा कहिले निधन भयो ?
- सन् २०१५ जुलाई ५
७. नवनियुक्त प्रधानन्याधिस कल्याण श्रेष्ठले कहिले पदभार ग्रहण गर्नुभयो ?
- वि.सं. २०७२ असार २३
८. सन् २०१६ मा भारतमा आईसीसी वर्ल्ड टी- ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगीतका लागी छनौट खेलमा कति टोली सहभागी छन् ?
- १४
९. कुनै बस्तुमा भएको पदार्थको परिमाणलाई के भनिन्छ ?
- पिण्ड
१०. नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदामा कति धारा रहेका छन् ?
- २९७ धारा
११. पृथ्वीको सतहको एकाइ क्षेत्रफलमा पर्ने हावाको चापलाई के भनिन्छ ?
- वायुमण्डलीय चाप
१२. राष्ट्रिय मानव अधिकार आयोगलाई कहिलेदेखि संवैधानिक अङ्गका रुपमा व्यवस्था गरिएको हो ?
- वि.सं. २०६३ माघ १
१३. हाल विश्वकै सबैभन्दा अग्लो भवन कुन हो ?
- वुर्ज खलिफा. दुबई (८ सय २८ मिटर अर्थात २७ सय १६ फिट अग्लो)
१४. पर्यटनका लागि सँगसँगै Together For Tourism भन्ने नाराका साथ नेपाल पर्यटन बर्ष कहिले मनाइयो ?
- सन् २०११
१५. सेतो रगत भएको जीव साङ्लो हो भने टाउकोमा गर्भधारण गर्ने जीव कुन हो ?
- उडुस
१६. भारतलाई मात्र छुने नेपालका जिल्ला २४ वटा छन् भने चीनलाई मात्र छुने जिल्ला कति रहेका छन् ?
- १३
१७. नदी प्रणालीका आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको छ ?
- ३ भाग
१८. टेलिभिजन कलाकर्मी मञ्च नेपालले लाइफ टाइम एचिभमेन्ट अवार्ड कसलाई सम्मान गरेको छ ?
- नीर शाह
१९. करोडौ कस्तुरी नामक औपन्यासिक कृतिका लेखक को हुन् ?
- अमर न्यौपाने
२०. व्यक्तिको चरित्र एउटा रुख जस्तो हो भने प्रतिष्ठा त्यसको छाया ।भन्ने विचारक को हुन् ?
- अब्राहम लिङ्कन‚ अमेरिको भूतपूर्व राष्ट्रपति
२१. संयुक्त राष्ट्रसङ्घद्वारा सन् २०१५ जुलाईमा सार्वजनिक प्रतिवेदनअनुसार हाल विश्वव्यापी चरम गरिवी कति कायम भएको अनुमान छ ?
- १२ प्रतिशत
२२. पूर्वजबाट सरेर नआएको तर पछि अकस्मात देखापर्ने नयाँ गुणयुक्त सन्ततिको विकास हुने प्रक्रियालाई के भनिन्छ ?
- उत्परिवर्तन
२३. नेपालमा पहिलोपल्ट टेस्टट्युव प्रविधिबाट शिशुको जन्म कहिले भयो ?
- वि.सं. २०६१ फागुन २० ( ओममणि तामाङ ओम हस्पिटलमा)
२४. यस बर्षको नेपाल विद्यापति भाषा साहित्यकार पुरस्कार कसलाई प्रदान गरियो ?
- रामान्नद युवा क्लब‚ जनकपुरधाम
२५. वि.सं. २०७१ असार २५ मा राजधानीमा सम्पन्न पाँचौ लिटिल प्रिन्स एन्ड प्रिन्सेसको उपाधि कस-कसले जिते ?
- क्रमशः अविरल जोशी र तनिसा आर. पोखरेल
२६. वि.सं. २०७२ मा प्रदान गरिने साहित्य संस्कृति तर्फको पुष्पलाल राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
- सत्यमोहन जोशी
२७. गत आर्थिक वर्षमा कतिवटा सार्वजनिक संस्थान नाफामा रहेका छन् ?
- १८ वटा (कुल ३७ सार्वजनिक संस्था)
२८. विश्वका उदयिमान अर्थतन्त्र भएका राष्ट्रहरुको सङ्गठन BRICS को सातौं शिखर सम्मेलन कहाँ सम्पन्न भयो ?
- उफा‚ रुस (सन् २०१५ जुलाई) 
Share:

कुसुन्डा भाषा बोल्ने एक मात्र ब्यक्ति - राजामामा

आमा ज्युँदो हुँदा पहिले हामी हाम्रै भाषामा कुराकानी गर्थ्यौँ । अहिले एक्लै बोलौँ भने सबैले पागल भयो भन्लान् । आमा खसेपछि बोल्ने कोही छैनन्,’ व्यास ५ डिहिगाउँमा बस्दै आएका मुलुककै एक्ला कुसुन्डा भाषी ७० वर्षीय राजामामाले भने, ‘जस्तो सुकै नियम बने पनि हामीलाई खान दिनपर्‍यो । मेरो भाषा बोल्ने कोही छैनन् । त्यो पनि बचाउनुपर्‍यो ।
कुसुन्डा भाषा बोल्ने मुलुकमै दोस्रो कोही नहुँदा भाषा मर्ला कि भन्ने चिन्ताले आफूलाई सताएको उनले बताए । आमा विष्णुमायाको करिब २७ वर्ष पहिले मृत्यु भएपछि भाषा समेत विर्संदै गएको र संरक्षणका लागि कसैले चासो नदिएको उनले बताए । ३९ वर्षीया श्रीमती इन्द्रमायासमेत तामाङकी छोरी भएकाले ६ वर्षीया छोरी सिमान्तालाई कुसुन्डा भाषा सिकाउने चाहना भए पनि एक्लैले सम्भव नभएको उनले बताए । नयाँ संविधानबारे आफूलाई कुनै जानकारी नभएको उनले बताए । संविधानको प्रारम्भिक मस्यौदा हातैमा राखिदिएपछि उनले आफू लेखपढ गर्न नजान्ने बताए ।
Share:

प्लुटो ग्रहमा फेला परेको पहाडको नाम ‘तेन्जिङ नोर्गे माउन्टेन’ राखियो

नेपाली प्रसिद्ध पर्वतारोही तेन्जिङ नोर्गे शेर्पाको नाममा प्लुटो ग्रहमा फेला परेको एक पहाडको नामाकरण गरिएको छ ।
सौर्यमण्डलको सबैभन्दा टाढा रहेको ग्रह प्लुटोबारे अमेरिकी यानले गरिरहेको खोजपछि फेला परेको तथ्यका आधारमा हिउँ नै हिउँले ढाकिएको विशाल पहाडलाई पर्वतारोही तेन्जिङको नामबाट नामाकरण गरिएको हो ।
उक्त पर्वतलाई नोर्गे मोन्टेस् अर्थात् तेन्जिङ नोर्गे माउन्टेन राखिएको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको हो ।
सौर्यमण्डलको ठाउँको नाममा नेपालीको नाउँ रहेको सम्भवतः यो पहिलो घटना रहेको नासाका एमेस रिसर्च सेन्टरका जेफ मुरेले बताए ।
सन् १९५३ मा पहिलो पटक एडमण्ड हिलारीसँगै विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकेका तेन्जिङको सम्मानमा नासाले नामाकरण गरेको हो ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान न्यू होराइजन्स प्लूटोनजिक पुग्दै केही तस्विरहरु पठाएको थियो ।
यानले प्लूटो र उसको उपग्रह शारोनको पनि तस्वीर पठाएको थियो । नासाको समूहले अन्तरिक्षमा रहेका हिमश्रृंखलाको एनिमेसन तस्विरसमेत सार्वजनिक गरेको छ ।

हेर्नुस भिडियो कस्तो देखिन्छ नोर्गे पर्वत ।



Share:

अब खरिदार र सुब्बाका लागि शाखा अधिकृत जस्तै ‘प्रि टेष्ट’ पास गर्नुपर्ने

खरिदार तथा नायब सुब्बाको परीक्षाका लागि तयारी गरिरहनुभएको छ ? अब तपाईले शाखा अधिकृतमा जस्तै पहिलो चरणको परीक्षा प्रि टेष्टसमेत दिनुपर्ने भएको छ ।
अहिलेसम्म खरीदार तथा नायब सुब्बामा सिधै अन्तिम चरणको परीक्षामा सहभागी हुन पाइनेमा अबदेखि प्रवेश परीक्षा उत्तीर्ण गर्नैपर्ने नयाँ नियम लोकसेवा आयोगले लागु गरेको छ ।
लोकसेवा आयोगले आर्थिक वर्ष ०७२।७३ का लागि सार्वजनिक गरेको वाषिर्क कार्यतालिका अनुसार अब अप्रवाधिकित तर्फका राजपत्र अनंकित प्रथम श्रेणी अर्थात् नायब सुब्बा वा सो सरह तथा राजपत्र अनंकित द्वितीय श्रेणी अर्थात् खरीदार वा सो सरहका पदहरुका लागि दुई चरणको परीक्षा तालिका तयार गरिएको छ ।

खरीदार तथा नायब सुब्बाका पदहरुमा परीक्षा दिने उमेद्वारहरुको चाप निकै धेरै भएपछि परीक्षा सञ्चालन सम्बन्धी कार्यमा लाग्ने श्रम, लागत र समय कम गर्न दुई चरणको परीक्षा संचालन गर्ने निर्णय गरिएको लोकसेवा आयोगले जनाएको छ 
यस अनुसार अब पहिलो चरणको परीक्षा अर्थात् प्रवेश परीक्षा उत्तीर्ण गर्ने परीक्षार्थीहरुले मात्र नायब सुब्बा तथा खरीदारको अन्तिम अर्थात् दोश्रो चरणको लिखित परीक्षामा सहभागी हुन पाउनेछन् । यसबाट धेरै परीक्षार्थीहरु पहिलो चरणबाटै बाहिरिने र दोश्रो चरणमा परीक्षार्थीको चाप घट्ने अपेक्षा लोकसेवा आयोगको रहेको छ ।
तर, पहिलो चरणको परीक्षाको पाठ्यक्रम के हुने ? हालसम्म कायम रहेको पहिलो पत्रलाई नै पहिलो चरण कायम गर्ने वा नयाँ पाठ्यक्रम ल्याउने तथा दोश्रो चरणको पाठ्यक्रम अन्तरगत  पुरानै कायम हुने वा थपघट हुने भन्ने बारेमा लोकसेवा आयोगले केही खुलाएको छैन । जसका कारण उल्लेखित पदहरुका लागि लोकसेवा आयोगको तयारी गरिरहेका  विद्यार्थीहरुमा अन्योल बढेको छ ।
परीक्षा कहिले ?
लोकसेवा आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार अब नायब सुब्बा पदका लागि फागुन महिनामा पहिलो चरणको परीक्षा सञ्चालन हुनेछ । पहिलो चरणको परीक्षाको परीक्षाफल चैत्र महिनामा प्रकाशित हुनेछ । त्यसबाट उत्तीर्ण परीक्षार्थीहरु वैशाख महिनामा हुने दोश्रो चरणको परीक्षामा सहभागी हुन पाउनेछन् ।

दोस्रो चरणको लिखित परीक्षाको परीक्षाफल साउन वा भदौ महिनामा प्रकाशित हुनेछ भने भदौ वा असोज महिनामा अन्तरवार्ता भएर उमेद्वार सिफारिस हुनेछन् ।
त्यस्तै खरीदार पदका लागि चैत्र महिनामा पहिलो चरणको परीक्षा संचालन हुनेछ । पहिलो चरणको परीक्षाको परीक्षाफल वैशाख महिनामा प्रकाशित हुनेछ । पहिलो चरणको परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरु जेठ महिनामा हुने दोश्रो चरणको लिखित परीक्षामा सहभागी हुनेछ । दोश्रो चरणको लिखित परीक्षाको परीक्षाफल भदौ वा असोज महिनामा प्रकाशित हुनेछ । दोश्रो चरणको परीक्षाबाट उत्तीर्ण हुने परीक्षार्थीको असोज देखि कार्तिक महिनाभित्रमा अन्तरवार्ता सम्पन्न भई नियुक्तिका लागि लोकसेवा आयोगले सिफारिस गर्नेछ ।
लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी अर्थात् शाखा अधिकृत (अप्राविधिक) पदका लागि दुई चरणमा परीक्षा सञ्चालन गर्दै आएको छ । जसका कारण पहिलो चरणको परीक्षाबाटै ठूलो अनुपातमा परीक्षार्थीहरु अनुत्तीर्ण भएर बाहिरिने गरेका छन् र तुलनात्मक रुपमा गुणस्तरीय उमेद्वारबीच दोश्रो चरणमा प्रतिस्पर्धा हुने गरेको छ ।

आर्थिक वर्ष ०७२।७३ का लागि लोकसेवा आयोगले प्रकाशित गरेको वाषिर्क कार्यतालिका हेर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।
स्रोतः अनलाइन खबर
Share:

लोक सेवा आयोगको पदपूर्ति सम्बन्धी आ.व.२०७२/७३ को वार्षिक कार्यतालिका सार्वजनिक


लोक सेवा आयोगको आर्थिक वर्ष २०७२/७३ को पदपूर्ति सम्बन्धी बार्षिक कार्यतालिका आयोगबाट स्वीकृत भएको छ । आयोगले निजामती सेवाका पदपूर्तिका लागि सिफारिश गर्ने सम्बन्धमा प्रत्येक आर्थिक वर्षको शुरुमा वार्षिक कार्यतालिका आयोगबाट स्वीकृत गराई कार्यान्वयनमा ल्याउने गरेको छ । बार्षिक कार्यतालिकामा पदपूर्तिको लागि माग भएका विभिन्न सेवा समूह उपसमूह, श्रेणी तथा पदहरुको पदपूर्ति हुने किसिम, तिनको विज्ञापन/सूचना प्रकाशन गर्ने, लिखित परीक्षा सञ्चालन गर्ने, लिखित परीक्षाको नतिजा प्रकाशन गर्ने तथा अन्तर्वार्ता र नियुक्तिको लागि सिफारिश गर्ने समयावधि समेत उल्लेख गर्ने गरिन्छ । आर्थिक वर्ष २०७२/७३ को पदपूर्ति सम्बन्धी बार्षिक कार्यतालिकामा आयोगले विगतका वर्षहरुमा भन्दा सामान्य हेरफेर गरेको छ । रिक्त पदहरुको पदपूर्तिको लागि आयोगबाट हुने विज्ञापनहरु मध्ये अत्याधिक मात्रामा दरखास्त पर्ने राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा वा सो सरह र राजपत्र अनंकित द्वितीय श्रेणी खरिदार वा सो सरह (अप्राविधिक तर्फ) का पदहरुको लागि परीक्षा सञ्चालन सम्बन्धी कार्यहरुमा अत्याधिक श्रम, लागत र समय लाग्ने भएकोले उक्त पदहरुको लागि प्रथम र दोस्रो चरणको परीक्षा सञ्चालन गर्ने गरी आयोगले वार्षिक कार्यतालिका २०७२/७३ स्वीकृत गरेको छ ।

बार्षिक कार्यतालिका


Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages