विभिन्न बर्षका निजामती दिवसका नाराहरु



यस वर्षको नारा– ‘नतिजामुखी प्रशासन, समृद्धि र सुशासन”
  • निजामती सेवा दिवस भदौ २२ गते मनाइन्छ ।
  • २०६१ सालदेखि हरेक वर्ष निजामती सेवा दिवस मनाउन सुरु गरिएको हो ।
  • जसका हालसम्मका नाराहरू निम्नानुसार रहेका छन्:
    • २०७५ : नतिजामुखी प्रशासन, समृद्धि र सुशासन
    • २०७४ : निजामती कर्मचारीको प्रतिबद्धता, पारदर्शिता र चुस्तता
    • २०७३ : सेवामैत्री प्रशासन :संघीयतामा सुशासन
    • २०७२ : निजामती सेवाको सपना :समृद्ध नेपालको रचना
    • २०७१ : निजामती सेवाको मान्यता :अनुशासन, इमानदारी र नैतिकता
    • २०७० : सुशासन र सदाचार :निजामती सेवाको आधार
    • २०६९ : जनमुखी प्रशासन :अनुशासन र सुशासन
    • २०६८ : जनतालाई सम्मान र सेवा :सुशासनलाई टेवा
    • २०६७ : शिष्ट र नम्र व्यवहार :सेवाग्राहीको अधिकार
    • २०६६ :जनताका लागि प्रशासन
    • २०६५ :जनसेवा :हाम्रो प्रतिबद्धता
    • २०६४ :पारदर्शी प्रशासन :लोकतान्त्रिक प्रशासन
    • २०६३ :लोकतन्त्रको लागि जनमुखी नागरिक प्रशासन
    • २०६२ :सबल प्रशासन, स्वच्छ प्रशासन
    • २०६१ :सुशासन र प्रदान गरिने सेवाको प्रभावकारिता
Share:

केही समसामयिक बस्तुगत प्रश्नोत्तर


1. Global Summit on Climate Action-218 कुन देशमा कहिले सम्पन्न भयो ?
A. 12-14 सेप्टेम्बर, 2018 संयुक्त राज्य अमेरिका
B. 12-14 सेप्टेम्बर, 2018, स्वीजरल्याण्ड
C. 12-14 सेप्टेम्बर, 2018, रसिया
D. 12-14 सेप्टेम्बर, 2018, चिन
2. ८७ औँ Izmir International Trade Show-2018 कुन देशमा सम्पन्न भयो ?
A. इजरायल B. टर्की C. काजकिस्तान D. जर्मनी
3. विश्वको सबैभन्दा अग्लो काठको टावर (Timber Tower- Mjos Tower) कुन देशले निर्माण गरेको छ ?
A. चिन B. रसिया C. नर्वे D. जापान
4. कुन देशले International Women Entrepreneurs Summit (IWES)-2018 आयोजना गर्र्यो ?
A. भारत B. भुटान C. श्रीलङ्का D. नेपाल
5. ६औं अर्थमन्त्री स्तर East Asia Summit कुन देशमा सम्पन्न भयो ?
A. कम्बोडिया B. मलेसिया C. सिङ्गापुर D. थाइल्याड
6. नेपालले आयोजना गरेको International Women Entrepreneurs Summit (IWES)-2018 को नारा के थियो ?
A. Equality begins with Economic Empowerment
B. . Equality begins with Educational Empowerment
C. . Equality and Equity Women Empowerment
D. Equal begins with Economic Empowerment
7. २६ अगष्ट, 2018 मा कुन देशले विमानस्थलमा VIP Protocol को व्यवस्थालाई बन्देज लगाएको हो ?
A. इजरायल B. साउदी अरब C. पाकिस्तान D. संयुक्त राज्य अमेरिका
8. Emerson Mnangagwa कुन देशका राष्ट्रपति हुन्?
A. इथोपिया B. केन्या C. नेदरल्याण्ड D. जिम्बाम्वे
9. 9th Edition of Mountain Echoes Literature Festival-2018 कुन देशले आयोजना गर्र्यो ?
A. नेपाल B. भुटान C. दक्षिण कोरिया D. श्रीलङ्का
10. Asian Game- 2018 मा पदक विजेताको तालिकाको माथिल्लो क्रममा कुन ठिक छ ?
A. चिन, जापान, दक्षिण कोरिया, इन्डोनेसिया, उज्वेकिस्तान
B. चिन, जापान, इन्डोनेसिया, उज्वेकिस्तान, दक्षिण कोरिया
C. चिन, जापान, दक्षिण कोरिया, उज्वेकिस्तान, इन्डोनेसिया
D. चिन, उज्वेकिस्तान, जापान, दक्षिण कोरिया, इन्डोनेसिया,
11. साफ च्याम्पियन-2018 को सेमिफाइनलमा पुग्ने देशहरू कुन-कुन हुन् ?
A. भारत, अफगानिस्तान, नेपाल, मालदिभ्स
B. भारत, श्रीलङ्का, नेपाल, मालदिभ्स
C. भारत, बङ्गलादेश, नेपाल, मालदिभ्स
D. भारत, पाकिस्तान, नेपाल, मालदिभ्स
12. साफ च्याम्पियन-2018 को फाइनलमा भारतलाई मालदिभ्सले कति गोल अन्तरले हरायो ?
A. 2-0 गोल
B. 2-1 गोल
C. 1-0 गोल
D. 3-1 गोल
13. साफ च्याम्पियन-2018 कहिले देखि कुन देशमा आयोजना भयो ?
A. 4-15 सेप्टेम्बर, 2018, बङ्गलादेश
B. 12-14 सेप्टेम्बर, 2018, पाकिस्तान
C. 12-14 सेप्टेम्बर, 2018, श्रीलङ्का
D. 4-15 सेप्टेम्बर, 2018, भारत
14. १९औं Asian Game-2022, 10-25, सेप्टेम्बर सम्म कुन देशमा आयोजना हुँदैछ ?
A. म्यानमारको नेपिट B. भारतको नयाँ दिल्ली C. इन्डोनेसियाको वाली D. चीनको हङकङ
15. मानव विकास सुचकांक-2017 को प्रतिवेदन HDI कम भएका पाँच देश क्रमशः कुन सही छ ?
A. नाइजर, सेन्ट्रल अफ्रिकन रिपब्लिक, साउथ सुडान, चाँड, वुरुण्डी
B. नाइजर, साउथ सुडान, चाँड, वुरुण्डी, सेन्ट्रल अफ्रिकन रिपब्लिक
C. नाइजर, चाँड, वुरुण्डी, सेन्ट्रल अफ्रिकन रिपब्लिक, साउथ सुडान
D. नाइजर, वुरुण्डी, सेन्ट्रल अफ्रिकन रिपब्लिक, साउथ सुडान, चाँड

उत्तरहरुः

1. A 2. B 3. C 4. D 5. C 6. A 7. C 8. D 9. B
10. A 11. D 12. B 13. A 14. D 15. A


प्रस्तुती भुवन ज्ञवाली
प्रशासनबाट
Share:

शिक्षा सम्बन्धि केही बस्तुगत प्रश्नोत्तर

 
१. शिक्षक सेवा आयोग नियमावली २०५७ मा शिक्षकलाई बढुवाको लागि सिफारिस गर्दा नोकरीको जेष्ठता बापत कति अङ्क दिइने व्यवस्था गरिएको छ ?
 
- ३५
 
२. सामुदायिक विद्यालयको नाममा रहेका सम्पत्ति व्यवस्थापन र संरक्षण गर्ने समितिको अध्यक्ष हुने व्यवस्था छ ?
 
- प्रमुख जिल्ला अधिकारी
 
३. नेपालको संविधान २०७२ अनुसार अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कति तहसम्म निःशुल्क शिक्षा पाउने हकको व्यवस्था गरिएको ?
 
- उच्च शिक्षा
 
४. नेपालको संविधान २०७२ अनुसार मातृभाषामा शिक्षा पाउने हक कुन धारामा उल्लेख गरिएको छ ?
 
- धारा ३१
 
५.बालकले सामाजिक अभिरुचि केमा ल्याउँछ ?
 
- किशोरावस्था
 
 ६.परिपक्कता सँगै अङ्ग-प्रत्यङ्ग हरूमा काम गर्ने क्षमता र माता मा आउने परिवर्तनलाई के भनिन्छ ?
 
- गुणात्मक परिवर्तन
 
७.समस्यामा आधारित सिकाइले नसमेट्ने पक्ष कुन हो ?
 
- समस्या निर्धारण
 
८.घटना अध्ययनसम्बन्धी सामग्रीको प्रयोग सर्वप्रथम कसले गरेका थिए ?
- पी भी युङ्
 
९.भावनात्मक भन्दा ज्ञानात्मक तथा सिपमूलक क्षेत्रलाई बढी जोड दिने शिक्षण विधि कुन हो ?
 
- विद्यार्थी केन्द्रित शिक्षण विधि
 
१०.कमजोर सिकाइ उपलब्धि भएका सिकार लागि समन्विता कुन शिक्षण विधिको प्रयोग गरिएको हुन्छ ?
 
- उपचारात्मक
 
११.शैक्षणिक क्रियाकलाप अन्तर्गत को सहकार्यमा समूह भूमिका निर्वाह गर्ने तीन व्यक्तिको हुन् ?
 
- समन्वयकर्ता प्रस्तुत कर्ता टिप्पणी कर्ता
 
१२.कुडर रिचार्ड्सन विधि प्रयोग गरेर के पत्ता लगाउन सकिन्छ ?
 
-विश्वसनीयता
 
१३.पाठ्यक्रम शैक्षिक कार्यको योजना हो यो भनाइ कसको हो ?
 
-हिल्डा टावा
 
१४.उच्च शिक्षा नीति २०७२ को मुख्य उद्देश्य कुन हो ?
 
- योग्य दक्ष अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी र अनुसन्धान मुखी मानव संसाधन विकास गर्ने
 
१५.विद्यालय जान नपाउने र बिचैमा विद्यालय छोड्ने हरूलाई विद्यालय शिक्षाको अवसर केले सुनिश्चित गर्दछ ?
 
- अनौपचारिक शिक्षा नीति २०६३
 
१६.सक्रिय सुनाई दोहोरो सञ्चार बोधगम्य भाषाको प्रयोग गर्ने विषय कस्तो शिक्षक सक्षमता सँग सम्बन्धित छ ?
 
-सीपमा आधारित
 
१७.विद्यालयलाई बाल मैत्री बनाउन विद्यालयमा शिक्षकको हाजिर न्यूनतम कति प्रतिशत हुनुपर्ने सूचक निर्धारण गरिएको छ ?
 
- न्यूनतम ९२ अपेक्षित १००
 
१८.विद्यालय क्षेत्र विकास योजनाको दूर दृष्टि कुन हो ?
 
- सामाजिक आर्थिक रूपान्तरणको लागि स्वलम्बी प्रतिस्पर्धी प्रवर्तनात्मक मूल्य उन्मुख नागरिक विकास गर्नु
 
१९.उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग २०५५ को प्रतिवेदनले प्रवीणता प्रमाणपत्र तहलाई विश्वविद्यालयबाट कहिलेसम्म विस्थापन गर्नुपर्ने सुझाव दिएको थियो ?
 
- २०६०
 
२०.विश्वविद्यालय अनुदान आयोगको स्थापना गर्ने सुझाव कसले दिएको थियो ?
 
- राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९
 
२१.शिक्षण अध्यापन अनुमतिपत्रको व्यवस्था गर्नुपर्ने सिफारिस शिक्षासम्बन्धी कसको प्रतिवेदनले गरेको थियो ?
 
- २०५८
 
२२.तालिम नीति २०६२ अनुसार परीक्षार्थीले हासिल गरेको उपलब्धि को मूल्याङ्कनको लागि कस्तो प्रणाली अवलम्बन गर्नुपर्ने उल्लेख छ ?
 
- निरन्तर मूल्याङ्कन
 
२३.शिक्षासम्बन्धी नीति निर्धारण गर्ने विषयमा नेपाल सरकारलाई सल्लाह सुझाव दिने राष्ट्रिय शिक्षा परिषद्को सदस्यसचिवको हुने व्यवस्था छ ?
 
- शिक्षा मन्त्रालयको योजना महाशाखाको सहसचिव
 
२४.नेपालमा प्राथमिक शिक्षा निःशुल्क घोषणा कहिले भयो ?
 
- २०३१ फागुन १२
 
२५.मानवीय मूल्य मान्यता र लोकतान्त्रिक संस्कार अवलम्बन गर्दै राष्ट्र र राष्ट्रियताको प्रवर्द्धनको लागि सचेत नागरिकको जिम्मेवारी वहन सम्बन्धी सक्षमता कुन तहको लागि निर्धारण गरिएको छ ?
 
- माध्यमिक तह
 
२६.श्रमप्रति श्रेय कर्मठता इमान्दारिता विनम्र परिश्रमी र सादा जीवनका लागि प्रस्थान गर्नु कुन देशको प्राथमिक शिक्षाको उद्देश्य हो ?
 
- जापान
 
२७.छिमेकी राष्ट्र भारतको शिक्षाको संरचना कस्तो छ ?
 
- प्राथमिक माध्यमिक उच्च माध्यमिक उच्च तह
 
२८.राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम ले निर्धारण गरेको पढाइ सीप को क्रम कुन हो ?
 
- ध्वनि सचेतीकरण लेख्य वर्ण पठन प्रवाह शब्दभण्डारमा बोध र लेखाइ
 
२९.आर्थिक वर्ष २०७४-७५ देखि प्राविधिक विषयमा कति तह पूरा गरेका युवाहरूलाई राष्ट्रिय स्वयंसेवकको रूपमा पाइने व्यवस्था छ ?
 
- स्नातक तह उर्तिण
 
३०.माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा मा अक्षराङ्क पद्धति लाई कति भागमा वर्गीकरण गरेको छ ?
 
- ९
 
३१.शिक्षा क्षेत्रमा पाठ्यक्रम परिमार्जनको प्रमुख आवश्यकता के ले निर्धारण गर्दछ ?
 
- नयाँ ज्ञानको छनोट र समावेश गर्नु पर्ने कारण
 
३२.दैनिक परियोजना मुख्य अङ्ग कुन हो ?
 
- उद्देश्य
 
३३.विद्यालयहरूमा विद्यालय सुधार योजनामा आधारित अनुदान कार्यक्रम कहिलेदेखि लागू भएको हो ?
 
- आर्थिक वर्ष २०५८/५९
 
३४.मनोविज्ञानलाई व्यावहारिक विज्ञानको रूपमा परिभाषित गर्ने पहिलो व्यक्ति को हुन् ?
 
- JB Watson
 
३५.कुन प्रकारको शिक्षणमा विषयगत समन्वयको कमी हुन्छ ?
 
- बहुकक्षा शिक्षण
 
३६.विशेष विद्यालयले कस्तो विद्यालयलाई जनाउँदछ ?
 
- एकै प्रकृतिको अपाङ्गता भएकाहरूलाई अध्यापन गराउने
 
३७.चौधौँ योजनाको अन्त्यसम्ममा १५ देखि २४ उमेर समूहको साक्षरता कति पुर्याउने लक्ष्य छ ?
 
- ९२ प्रतिशत
 
३८. बेन्जामिन एस् ब्लुम का अनुसार समज्ञानात्मक क्षेत्र को माथिल्लो तह कुन हो ?
 
- मूल्याङ्कन
 
३९.कुन प्रकार को शिक्षण मा विषयगत समनव्य को कमी हुन्छ ?
 
- वर्ग शिक्षण
 
४०.शिक्षक को पेसागत विकास कार्यक्रम अन्तर्गत प्रमाणीकरण तालिम कति दिन को हुन्छ ?
 
- ३० दिन
Share:

बिम्स्टेकको चौथो शिखर सम्मेलन

बिम्स्टेकको चौथो शिखर सम्मेलन

- सम्मेलन सन् २०१८ अगस्ट ३०–३१ सम्म भएको ।
- काठमाडौंमा भएको सो सम्मेलनले १८ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको ।
- सम्मेलनमा बिम्स्टेक ग्रिड इन्टरकनेक्सनमा हस्ताक्षर भएको जसले बिम्स्टेकका सदस्यबीच ऊर्जा आदानप्रदानको बाटो खुलाएको छ ।
- सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलकांका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई अध्यक्षता हस्तान्तरण गरेका थिए ।
- सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङ्चुक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति यु विन मिन्ट, श्रीलकांका राष्ट्रपति मैत्रीपाला सिरीसेना र थाइल्याण्डकी राष्ट्रपति जनरल प्रयुत चान ओचा सहभागी भएका थिए ।
- बिम्स्टेकको पाँचौ शिखर सम्मेलन श्रीलकांमा हुँदैछ ।
बिम्स्टेक सम्बन्धी केही थप जानकारी
- बिम्स्टेकका हालका महासचिव एम साहिदुल इस्लाम हुन् ।
- उनले सन् २०१७ को सेप्टेम्बरदेखि कार्यभार सम्हालेका छन् ।
- महासचिवको कार्यकाल तीन वर्षको हुन्छ ।
- प्रथम महासचिव : सुमथ नाकनदाला (श्रीलंका)
- प्रथम शिखर सम्मेलन : सन् २००४ जुलाई ३१, थाइल्याण्ड
- दोस्रो शिखर सम्मेलन : सन् २००८ नोभेम्बर १३, भारत
- तेस्रो शिखर सम्मेलन : सन् २०१४ मार्च १–४, म्यानमार
- तेस्रो शिखर सम्मेलनले श्रीलंकाका नाकनदालालाई यसको प्रथम महासचिवको रूपमा अनुमोदन गरेको थियो ।
- बिम्स्टेकको सचिवालय बंगलादेशको ढाकामा रहेको छ ।
- बिम्स्टेकका सहयोगका क्षेत्रहरू १४ रहेका छन् ।
- बिम्स्टेकका १४ सहयोग क्षेत्रमध्ये नेपालले गरिबी निवारण क्षेत्रको नेतृत्व गरेको छ ।
- नेपालले बिम्स्टेकको सदस्यता सन् २००४ जुलाई ३१ मा लिएको हो ।
Share:

समसमायिक बस्तुगत प्रश्नोत्तर

१. प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को प्रारम्भिक नतिजा कहिले सार्वजनिक भयो ?
 
क) भाद्र २५, २०७५
ख) भाद्र २८, २०७५
ग) भाद्र ३१, २०७५
घ) असोज ३, २०७५
 
२. सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा २०७५ अनुसार उच्चतम नाफा आर्जन गर्ने पाँच संस्थानको क्रम कुन सही छ ?
 
क नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल आयल निगम लिमिटेड, नेपाल बैङ्क लिमिटेड, राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड, कृषि विकास बैङ्क लिमिटेड
ख नेपाल आयल निगम लिमिटेड, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल बैङ्क लिमिटेड, राष्ट्रिय वाणिज्य बैङ्क कृषि विकास बैङ्क लिमिटेड
ग नेपाल आयल निगम लिमिटेड, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्क लिमिटेड, नेपाल बैङ्क लिमिटेड
घ नेपाल आयल निगम लिमिटेड, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल बैङ्क लिमिटेड, कृषि विकास बैङ्क लिमिटेड
 
३. नेपालको इतिहासमा पहिलो पटक मुख्यमन्त्रीहरूको भेला कहिले र कहाँ भयो ?
 
क) भाद्र १५, २०७५, पोखरामा
ख) भाद्र २१, २०७५, पोखरामा
ग) भाद्र ३१, २०७५, हेटौडामा
घ) असोज ३, २०७५, हेटौडामा
 
४. २९८ शैयाँको नेपाल भारत मैत्री धर्मशालाको उद्घाटन काठमाण्डौंको तिलगंगामा कहिले भयो ?
क २०७५ भदौ १५
ख २०७५ भदौ १८
ग २०७५ भदौ २२
घ २०७५ भदौ २५
 
५. पद्य श्री साहित्य पुरस्कार २०७४ कसलाई प्रदान गरियो ?
 
क) तारानाथ शर्मा
ख) सत्य मोहन जोशी
ग) रामलाल जोशी
घ) नयनराज पाण्डे
 
६. नेपालमा राष्ट्रिय विज्ञान दिवस कहिले मनाइन्छ ?
 
क) असोज १ गते
ख) कार्तिक १ गते
ग) मङ्सिर १ गते
घ) माघ १ गते
 
७. बुन्ढुनी पर्व कुन प्रदेशमा मनाइन्छ ?
 
क) प्रदेश नम्बर १
ख) प्रदेश नम्बर ३
ग) प्रदेश नम्बर ५
घ) प्रदेश नम्बर ७
 
८. आत्म संस्मरण “न्याय” का लेखक को हुन् ?
 
क) सुशीला कार्की
ख) दुर्गा सुबेदी
ग) निलम कार्की निहारिका
घ) विजय कुमार पाण्डे
 
९.आर्थिक सर्वेक्षण २०७४÷७५ अनुसार भारतबाट नेपाल आगमन गर्ने पर्यटक कति प्रतिशत रहेको छन् ?
 
क) करिब ११ प्रतिशत
ख) करिब १३ प्रतिशत
ग) करिब १५ प्रतिशत
घ) करिब १७ प्रतिशत
 
१०. नेपाल र भारत बिचको संयुक्त सैन्य अभ्यासलाई के नाम दिइएको छ ?
 
क) चन्द्र किरण
ख) रत्न किरण
ग) सूर्य किरण
घ) सगरमाथा फ्रेन्डसिप
 
११. १२ औँ साफ सुजुकी कपको उपाधि कुन राष्ट्रले जित्यो ?
 
क) भारत
ख) मालदिभ्स
ग) नेपाल
घ) बङ्गलादेश
 
१२. अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त को हुन् ?
 
क) नवीन घिमिरे
ख) दीप बस्न्यात
ग) टंकमणी शर्मा
घ) लोकमानसिंह कार्की
 
१३. मदन पुरस्कार सम्बन्धी दिइएको विकल्प अनुसार सही उत्तर छान्नुहोस् ?
 
(i) मदन पुरस्कारको वितरण २०१३ सालबाट सुरु भएको हो
(ii) योगमाया कृतिले २०७४ सालको मदन पुरस्कार प्राप्त ग¥यो ।
(iii) हालसम्म चार जना महिलाले मदन पुरस्कार प्राप्त गरेका छन् ।
(iv) २०७३ सालको मदन पुरस्कार धृतराष्ट्र कृतिले प्राप्त गरेका हो ।
क. i,ii,iii सही iv गलत
ख. i,ii सही iii, iv गलत
ग. i, iii सही ii, iv गलत
घ. सबै सही
 
१४. मानव विकास सूचकाकं २०१८ अनुसार नेपाल कति औँ स्थानमा पर्न सफल भयो ?
 
(क) १४७ औँ स्थानमा
(ख) १४८ औँ स्थानमा
(ग) १४९ औँ स्थानमा
(घ) १५० औँ स्थानमा
 
१५) ९० औँ ओस्कार अवार्डबाट सर्वोत्कृष्ट हुने फिल्म कुन हो ?
 
(क) डनकर्क
(ख) मुनलाइट
(ग) द सेप अफ वाटर
(घ) कोको
 
उत्तरहरू
 
१. ख                                              ९. घ
२. क                                             १०. ग
३. ख                                             ११. ख
४. क                                            १२. क
५. घ                                             १३. घ
६. क                                            १४. ग
७. घ                                             १५. ग
८. क
 
प्रस्तुती
सुमन खड्का
प्रशासनबाट
Share:

मानव अधिकार सम्बन्धि विषयगत प्रश्नोत्तर

प्रश्न. मानव अधिकारका आधारभूत सिद्धान्तहरू उल्लेख गर्दै, नेपालमा मानव अधिकारको अवस्था कस्तो रहेको पाउनुहुन्छ ? समीक्षा गर्नुहोस् । (४+६)
उत्तर
 
मानव अधिकार
 
मानोवचित व्यवहारका लागि आवश्यक पर्ने सबै अधिकारहरूलाई मानव अधिकार भनिन्छ । जुन मानिसको नैसर्गिक अधिकार भित्र पर्दछ । मानव अधिकार विश्व्यापी र निरपेक्ष हुन्छ ।
मानव अधिकारका आधारभूत सिद्धान्तहरुः
- विश्वव्यपी,
- अहरणीय,
- अविभाज्य,
- नैसर्गिक,
- अन्तरनिर्भर र अन्तर सम्वन्धीत,
- सहभागिताको सिद्धान्त,
- स्वतन्त्रता, समानता र न्याय,
- Dignity of Human Value,
 
नेपालमा मानव अधिकारको अवस्था बारेमा समीक्षा गर्दा देहाय बमोजिम उल्लेख गर्न सकिन्छ
 
- मानव अधिकारको संरक्षणका लागि भएका व्यवस्था र सकारात्मक पक्ष
- नेपालको वर्तमान संविधानले मानव अधिकारको संक्षणका लागि प्रस्तावनामै नागरिक स्वतन्त्रता, मौलिक - अधिकार, मानव अधिकार लगायतका विषयलाई सुरक्षित गरी अंगिकार गरेको छ,
- संविधानमा सार्वभौम जनताका लागि यथेष्ट ३१ वटा मौलिक हकद्वारा मानव अधिकारलाई प्रवर्द्धन गर्न मद्दत गरेको छ,
- तीन वटै तहको सरकारद्वारा मानव अधिकारको संरक्षणलाई जोड दिइएको छ,
- स्वतन्त्र न्यायपालिकाको व्यवस्था गरी मानव अधिकारको संरक्षणका लागि विशेष अधिकार दिइएको छ,
- संविधानमै मानव अधिकार आयोगको गठन गरी यसको काम कर्तव्य र अधिकारद्वारा यसलाई सक्षम बनाउने व्यवस्था,
- विभिन्न क्षेत्रगत कानुन, राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८, नागरिक अधिकार ऐन, २०१२, सुशासन ऐन, २०६४
 
संस्थागत व्यवस्थाहरू जसले मानव अधिकारको संरक्षण प्रवर्द्धनमा सहयोग पुर्याएको छः
 
- राष्ट्रिय मानव अधिकार आयोग,
- न्यायपालिका,
- महान्यायधिवक्ता,
- गृह मन्त्रालय, नेपाल प्रहरी, नेपाली सेना
- व्यवस्थापिका संसद्को मानव अधिकार समिति,
- चौधौँ त्रिवर्षिय योजनामा सवैप्रकारका राजनैतिक, आर्थिक सामाजिक तथा सांस्कृतिक विभेदको न्यूनिकरण गर्ने र संस्थागत तथा नीतिगत सुधार मार्फत आधारभूत मानव अधिकार प्रत्याभूत गर्ने सम्बन्धी व्यवस्था,
- मानव अधिकार संरक्षण, प्रवर्द्धनमा विभिन्न सरकारी, राष्ट्रिय तथा अन्तर्रा्ष्टिय गैर सरकारी संस्थाहरूको क्रियाशीलता रहेको,
- नेपाल मानव अधिकार सम्बन्धी २२ वटा मुख्य दस्ताबेज वा महासन्धिको पक्ष राष्ट्र बनिसकेको,
 
चुनौती र सुधारका पक्षहरुः
 
- मानव अधिकारका गम्भीर उल्लङ्घनका घटानाहरुको छानबिनका लागि बनेका आयोगहरूको क्रियाशीलता व्यवहारत लागु हुन नसक्नु,
- संविधान बमोजिमका मौलिक हक कार्यान्वयनमा ढिलाइ हुनु वा समयावधि तोकिनु,
- जनतामा न्यायमा पहुँच सहज सरल रूपमा प्राप्त गर्न नसक्नु,
- अदालतको फैसला कार्यान्वयनमा निकै ढिलासुस्ती र जनतामा न्यायको पहुँच नपुगेको अदातलद्वारा जारी वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु,
- राष्ट्रिय मानव अधिकार आयोगलाई श्रोत साधन सम्पन्न बनाउन नसक्नु र आयोगले सिफारिस गरेका कारबाहीलाई सरकारद्वारा कार्यान्वयन गर्न नसकेको वार्षिक प्रतिवेदन आउनु,
- देश शान्ति प्रक्रियामा गएको १३ वर्ष भए पनि सशस्त्र द्वन्द्वमा भएको ज्यादतीको अझै न्याय निरूपण हुन नसक्नु,
- बलात्कार, जातीय विभेद, कुसंस्कार, लैङ्गिक विभेद जस्ता कुराहरूको दैनिक जस्तो मिडियामा आइ रहनुले पनि मानव अधिकारको स्थिति बताउनु,
- राष्ट्रिय मानव अधिकार आयोगको प्रवर्द्धनात्मक, प्रतिरोधात्मक र उपचारात्मक व्यवस्थालाई वृद्धि गरी न्यायको संरक्षण गर्नु पर्दछ।
 
उपसंहार
 
मानव अधिकार लोकतन्त्रको मापन गर्ने कसी हो, मानव अधिकारको संरक्षण र संवर्द्धन हुन सकेमा मात्र कुनै पनि मुलुकमा विकास, सुशासन र समृद्धि हासिल हुन सक्दछ । मानव अधिकारको संरक्षण सरकारको एक्लो प्रयासले सम्भव छैन, त्यसका लागि जिम्मेवार आम नागरिकमा सचेतनाको वृद्धि गरी मानव अधिकारको क्षेत्रमा देखिएका कमी कमजोरी हटाई समृद्ध नेपाल निर्माणमा जुट्न सबै एकजुट हुन जरुरी छ ।
 
प्रस्तुतिः
भुवन ज्ञवाली
भोजराज भट्ट
प्रशासनबाट
Share:

सामान्य बाैद्धिक परीक्षण

Series
 
1. 1, 4, 9, 16, 25, (……….)
 
(a) 35 (b) 36 (c) 48 (d) 49
Ans: (b) 36
 12 , 22 , 32 , 42 , 52 , 62 = 36
 
2. 20, 19, 17, (……….), 10, 5
 
(a) 12 (b) 13 (c) 14 (d) 15
Ans: (c) 14
-क्रमश, 2, 3, 4 घटेका
 
3. 1, 3, 4, 7, 11, (……..)
 
(a) 12 (b) 51 (c) 18 (d) 91
Ans: 7 + 11 = 18
 
4. 6, 11, 21, 36, 56, (……….)
 
(a) 42 (b) 51 (c) 81 (d) 91
Ans: 81 -क्रमशः 5, 10, 15, 20 बढेको
 
5. 1, 6, 13, 22, 33, (…..)
 
(a) 44 (b) 45 (c) 46 (d) 47
Ans: 45 -क्रमशः 5, 7, 9, 11, 13 ले बढेको
 
6. 3, 9, 27, 81, (………)
 
(a) 324 (b) 243 (c) 210 (d) 162
Ans: 243 (81 × 3 = 243)
 
7. 2, 5, 9, (……..), 20, 27
 
(a) 14 ( b) 16 (c) 18 (d) 24
Ans: a
 

वर्गिकरण

 

तलको नमिल्ने कुन हो ?

 
१. (क) अरुण (ख) सुनकोशी (ग) दुधकोशी (घ) त्रिशुली (ङ) लिखु
 
(घ) त्रिशुली (त्रिशुली गण्डकीको सहायक नदी हो भने बाँकी अन्य नदीहरू कोशिका सहायक नदी हुन् ।)
 
२. (क) फेवा ताल (ख) रुपा ताल (ग) मैदी ताल (घ) रुद्र ताल (ङ) वेग नाश ताल
 
(घ) रुद्र ताल (रुद्र ताल बागलुङ जिल्लामा पर्दछ भने अन्य तालहरू कास्की जिल्लामा पर्दछ ।)
 
३. (क) कञ्चनजंघा (ख) ल्होत्से (ग) अमादब्लम (घ) मकालु
 
(ग) अमादबलम (अरू हिमालहरू ८,००० मिटरभन्दा अग्ला हिमालहरू हुन् ।)
 
४. (क) दार्चुला (ख) हुम्ला (ग) गोरखा (घ) सङ्खुवासभा (ङ) सोलुखुम्बु
 
(क) दार्चुला (दार्चुला जिल्लाले भारत र चीन दुवैलाई छोएको छ भने अरू जिल्लाले चीनलाई मात्र छोएको छन् ।)
५. (क) सागाँ (ख) ग्याला (ग) बाण (घ) पाटी (ङ) चन्द्र गिरी
 
(ख) ग्याला (ग्याला गोरखाको एक भञ्ज्याङ्क हो भने बाँकी अरू काठमाडौँ उपत्यकाका ४ भञ्ज्याङहरू हुन् ।)
 
६. (क) अरुण (ख) तामाकोसी (ग) मादी (घ) त्रिशुली (ङ) कर्णाली
 
(ग) मादी (अरू बाँकी नदीहरू भोटमा मूल भएका नदीहरू हुन् ।)
 
७. (क) उज्वेकिस्तान (ख) कजाकस्तान (ग) बोलिभिया (घ) लेसेथो
 
(क) उज्वेकिस्तान (उज्वेकिस्तान दोहोरो भू–परिवेष्ठित मुलुक हो भने अरू मुलुकहरू भू–परिवेष्ठित मुलुक हुन् ।)
 
८. (क) यलम्बर (ख) स्थुंको (ग) निमिष (घ) जितेदास्ती
 
(ग) निमिष (निमिष सोमवंशी राजा हुन् भने अरू किराँतबंशी राजा हुन् ।)
 
९. (क) श्री ५ ज्ञानेन्द्र (ख) श्री ५ वीरेन्द्र (ग)श्री ५ महेन्द्र (घ) श्री ५ त्रिभुवन
 
(क) श्री ५ ज्ञानेन्द्र (युवराजाधिराज नभईकन राजा हुने ।)
१०. (क) श्री ५ सुरेन्द्र (ख) श्री ५ दीपेन्द्र (ग) श्री ५ वीरेन्द्र (घ) श्री ५ महेन्द्र
 
(क) श्री ५ दीपेन्द्र (राजासिंहासनमा आसीन नभई मृत्यु भएको राजा ।)
 
प्रस्तुतिः
केदार प्रसाद खतिवडा
भोजराज भट्ट
प्रशासनबाट
Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages