सामान्य बाैद्धिक परीक्षण

Series
 
1. 1, 4, 9, 16, 25, (……….)
 
(a) 35 (b) 36 (c) 48 (d) 49
Ans: (b) 36
 12 , 22 , 32 , 42 , 52 , 62 = 36
 
2. 20, 19, 17, (……….), 10, 5
 
(a) 12 (b) 13 (c) 14 (d) 15
Ans: (c) 14
-क्रमश, 2, 3, 4 घटेका
 
3. 1, 3, 4, 7, 11, (……..)
 
(a) 12 (b) 51 (c) 18 (d) 91
Ans: 7 + 11 = 18
 
4. 6, 11, 21, 36, 56, (……….)
 
(a) 42 (b) 51 (c) 81 (d) 91
Ans: 81 -क्रमशः 5, 10, 15, 20 बढेको
 
5. 1, 6, 13, 22, 33, (…..)
 
(a) 44 (b) 45 (c) 46 (d) 47
Ans: 45 -क्रमशः 5, 7, 9, 11, 13 ले बढेको
 
6. 3, 9, 27, 81, (………)
 
(a) 324 (b) 243 (c) 210 (d) 162
Ans: 243 (81 × 3 = 243)
 
7. 2, 5, 9, (……..), 20, 27
 
(a) 14 ( b) 16 (c) 18 (d) 24
Ans: a
 

वर्गिकरण

 

तलको नमिल्ने कुन हो ?

 
१. (क) अरुण (ख) सुनकोशी (ग) दुधकोशी (घ) त्रिशुली (ङ) लिखु
 
(घ) त्रिशुली (त्रिशुली गण्डकीको सहायक नदी हो भने बाँकी अन्य नदीहरू कोशिका सहायक नदी हुन् ।)
 
२. (क) फेवा ताल (ख) रुपा ताल (ग) मैदी ताल (घ) रुद्र ताल (ङ) वेग नाश ताल
 
(घ) रुद्र ताल (रुद्र ताल बागलुङ जिल्लामा पर्दछ भने अन्य तालहरू कास्की जिल्लामा पर्दछ ।)
 
३. (क) कञ्चनजंघा (ख) ल्होत्से (ग) अमादब्लम (घ) मकालु
 
(ग) अमादबलम (अरू हिमालहरू ८,००० मिटरभन्दा अग्ला हिमालहरू हुन् ।)
 
४. (क) दार्चुला (ख) हुम्ला (ग) गोरखा (घ) सङ्खुवासभा (ङ) सोलुखुम्बु
 
(क) दार्चुला (दार्चुला जिल्लाले भारत र चीन दुवैलाई छोएको छ भने अरू जिल्लाले चीनलाई मात्र छोएको छन् ।)
५. (क) सागाँ (ख) ग्याला (ग) बाण (घ) पाटी (ङ) चन्द्र गिरी
 
(ख) ग्याला (ग्याला गोरखाको एक भञ्ज्याङ्क हो भने बाँकी अरू काठमाडौँ उपत्यकाका ४ भञ्ज्याङहरू हुन् ।)
 
६. (क) अरुण (ख) तामाकोसी (ग) मादी (घ) त्रिशुली (ङ) कर्णाली
 
(ग) मादी (अरू बाँकी नदीहरू भोटमा मूल भएका नदीहरू हुन् ।)
 
७. (क) उज्वेकिस्तान (ख) कजाकस्तान (ग) बोलिभिया (घ) लेसेथो
 
(क) उज्वेकिस्तान (उज्वेकिस्तान दोहोरो भू–परिवेष्ठित मुलुक हो भने अरू मुलुकहरू भू–परिवेष्ठित मुलुक हुन् ।)
 
८. (क) यलम्बर (ख) स्थुंको (ग) निमिष (घ) जितेदास्ती
 
(ग) निमिष (निमिष सोमवंशी राजा हुन् भने अरू किराँतबंशी राजा हुन् ।)
 
९. (क) श्री ५ ज्ञानेन्द्र (ख) श्री ५ वीरेन्द्र (ग)श्री ५ महेन्द्र (घ) श्री ५ त्रिभुवन
 
(क) श्री ५ ज्ञानेन्द्र (युवराजाधिराज नभईकन राजा हुने ।)
१०. (क) श्री ५ सुरेन्द्र (ख) श्री ५ दीपेन्द्र (ग) श्री ५ वीरेन्द्र (घ) श्री ५ महेन्द्र
 
(क) श्री ५ दीपेन्द्र (राजासिंहासनमा आसीन नभई मृत्यु भएको राजा ।)
 
प्रस्तुतिः
केदार प्रसाद खतिवडा
भोजराज भट्ट
प्रशासनबाट
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages