समसमायिक बस्तुगत प्रश्नोत्तर

१. प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को प्रारम्भिक नतिजा कहिले सार्वजनिक भयो ?
 
क) भाद्र २५, २०७५
ख) भाद्र २८, २०७५
ग) भाद्र ३१, २०७५
घ) असोज ३, २०७५
 
२. सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा २०७५ अनुसार उच्चतम नाफा आर्जन गर्ने पाँच संस्थानको क्रम कुन सही छ ?
 
क नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल आयल निगम लिमिटेड, नेपाल बैङ्क लिमिटेड, राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड, कृषि विकास बैङ्क लिमिटेड
ख नेपाल आयल निगम लिमिटेड, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल बैङ्क लिमिटेड, राष्ट्रिय वाणिज्य बैङ्क कृषि विकास बैङ्क लिमिटेड
ग नेपाल आयल निगम लिमिटेड, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्क लिमिटेड, नेपाल बैङ्क लिमिटेड
घ नेपाल आयल निगम लिमिटेड, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल बैङ्क लिमिटेड, कृषि विकास बैङ्क लिमिटेड
 
३. नेपालको इतिहासमा पहिलो पटक मुख्यमन्त्रीहरूको भेला कहिले र कहाँ भयो ?
 
क) भाद्र १५, २०७५, पोखरामा
ख) भाद्र २१, २०७५, पोखरामा
ग) भाद्र ३१, २०७५, हेटौडामा
घ) असोज ३, २०७५, हेटौडामा
 
४. २९८ शैयाँको नेपाल भारत मैत्री धर्मशालाको उद्घाटन काठमाण्डौंको तिलगंगामा कहिले भयो ?
क २०७५ भदौ १५
ख २०७५ भदौ १८
ग २०७५ भदौ २२
घ २०७५ भदौ २५
 
५. पद्य श्री साहित्य पुरस्कार २०७४ कसलाई प्रदान गरियो ?
 
क) तारानाथ शर्मा
ख) सत्य मोहन जोशी
ग) रामलाल जोशी
घ) नयनराज पाण्डे
 
६. नेपालमा राष्ट्रिय विज्ञान दिवस कहिले मनाइन्छ ?
 
क) असोज १ गते
ख) कार्तिक १ गते
ग) मङ्सिर १ गते
घ) माघ १ गते
 
७. बुन्ढुनी पर्व कुन प्रदेशमा मनाइन्छ ?
 
क) प्रदेश नम्बर १
ख) प्रदेश नम्बर ३
ग) प्रदेश नम्बर ५
घ) प्रदेश नम्बर ७
 
८. आत्म संस्मरण “न्याय” का लेखक को हुन् ?
 
क) सुशीला कार्की
ख) दुर्गा सुबेदी
ग) निलम कार्की निहारिका
घ) विजय कुमार पाण्डे
 
९.आर्थिक सर्वेक्षण २०७४÷७५ अनुसार भारतबाट नेपाल आगमन गर्ने पर्यटक कति प्रतिशत रहेको छन् ?
 
क) करिब ११ प्रतिशत
ख) करिब १३ प्रतिशत
ग) करिब १५ प्रतिशत
घ) करिब १७ प्रतिशत
 
१०. नेपाल र भारत बिचको संयुक्त सैन्य अभ्यासलाई के नाम दिइएको छ ?
 
क) चन्द्र किरण
ख) रत्न किरण
ग) सूर्य किरण
घ) सगरमाथा फ्रेन्डसिप
 
११. १२ औँ साफ सुजुकी कपको उपाधि कुन राष्ट्रले जित्यो ?
 
क) भारत
ख) मालदिभ्स
ग) नेपाल
घ) बङ्गलादेश
 
१२. अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त को हुन् ?
 
क) नवीन घिमिरे
ख) दीप बस्न्यात
ग) टंकमणी शर्मा
घ) लोकमानसिंह कार्की
 
१३. मदन पुरस्कार सम्बन्धी दिइएको विकल्प अनुसार सही उत्तर छान्नुहोस् ?
 
(i) मदन पुरस्कारको वितरण २०१३ सालबाट सुरु भएको हो
(ii) योगमाया कृतिले २०७४ सालको मदन पुरस्कार प्राप्त ग¥यो ।
(iii) हालसम्म चार जना महिलाले मदन पुरस्कार प्राप्त गरेका छन् ।
(iv) २०७३ सालको मदन पुरस्कार धृतराष्ट्र कृतिले प्राप्त गरेका हो ।
क. i,ii,iii सही iv गलत
ख. i,ii सही iii, iv गलत
ग. i, iii सही ii, iv गलत
घ. सबै सही
 
१४. मानव विकास सूचकाकं २०१८ अनुसार नेपाल कति औँ स्थानमा पर्न सफल भयो ?
 
(क) १४७ औँ स्थानमा
(ख) १४८ औँ स्थानमा
(ग) १४९ औँ स्थानमा
(घ) १५० औँ स्थानमा
 
१५) ९० औँ ओस्कार अवार्डबाट सर्वोत्कृष्ट हुने फिल्म कुन हो ?
 
(क) डनकर्क
(ख) मुनलाइट
(ग) द सेप अफ वाटर
(घ) कोको
 
उत्तरहरू
 
१. ख                                              ९. घ
२. क                                             १०. ग
३. ख                                             ११. ख
४. क                                            १२. क
५. घ                                             १३. घ
६. क                                            १४. ग
७. घ                                             १५. ग
८. क
 
प्रस्तुती
सुमन खड्का
प्रशासनबाट
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages