Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

इन्स्पेक्टरसहित सशस्त्र प्रहरीमा २८८ जनाको जागिर खुल्यो

 सशस्त्र प्रहरीले प्रहरी निरीक्षक सहित २८८ जनाको आवेदन माग गरेको छ । शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै माग २२ गतेसम्मका लागि आवेदनको मिति तोकेर सूचना प्रकाशन गरेको छ । 

माग गरिएका मध्ये ९९ जना सशस्त्र प्रहरी निरीक्षक, ९८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक र अन्य परिचर कुचीकार लगायतका पद रहेका छन् । प्रहरी निरीक्षकका लागि २१ वर्ष पुरा भएर २५ वर्ष ननाघेको र सहायक निरीक्षकको लागि १८ वर्ष पुरा भएर २३ वर्ष ननाघेको हुनुपर्ने छ । 



Share:

लकडाउनभर घर बसेका सरकारी कर्मचारीलाई सार्वजनिक बिदा

तलब र खाइपाई आएको भत्ता नकाटिने
काठमाडौँ — सरकारले चैत ९ गतेपछि लकडाउनका कारण कार्यालय जान नसकेका सबै कर्मचारीहरुलाई बिदा दिने निर्णय गरेको छ ।

सरी दिइएको बिदा कर्मचारीहरुको व्यक्तिगत बिदा कटौती नगरी सार्वजनिक बिदा सरह हुनेछ।
गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार चैत ९ गतेपछि लकडाउनका कारण सरकारी कार्यालय, निकाय र उद्योगमा दिइएको बिदा सार्वजनिक बिदामा परिणत हुनेछ।
सरकारी उद्योगका श्रमिकले पनि यही सहुलित पाउने भएका छन्। यो बिदाको अवधिलाई सम्बन्धित कार्यालय प्रमुखले हाजिरी अभिलेखमा सार्वजनिक बिदा कायम गर्नुपर्नेछ। यो अवधिमा उनीहरुको तलब लगायत खाइपाई आएको भत्ता समेत यथावत रहने गृहसचिव महेश्वर न्यौपानेले राजपत्रमा जारी गरेको सूचनामा उल्लेख छ।
कान्तिपुरबाट साभार

Share:

लोकसेवा तत्काल नखुल्ने, कर्मचारी समायोजनपछि बल्ल विज्ञापन

काठमाडौ । कर्मचारी समायोजन प्रक्रियाका कारण मंसिरको अन्तिम साता खोल्ने तयारी गरिएको लोकसेवाको परीक्षा तत्काल नखुल्ने भएको छ ।  अब समायोजन प्रक्रिया सकिएपछि मात्रै लोकसेवाको भर्ना प्रक्रिया खुल्नेछ ।
समायोजनपछि मात्रै कर्मचारी भर्ना प्रक्रिया खुल्ने भएकाले हाललाई लोकसेवाको परीक्षा स्थगित हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न कम्तीमा तीन महिना लाग्नेछ । सरकारले तीनवटै तहमा कर्मचारी समायोजन गर्ने उद्देश्यले समायोजन अध्यादेशलाई स्वीकृत गर्दै प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइसकेको छ ।
कर्मचारी समायोजनपछि मात्रै संघमा रहने दरबन्दीको अन्तिम टुंगो लाग्ने भएकाले मंसिरमा खुल्ने भनिएको लोकसेवा नखुल्ने निश्चित भएको हो ।


कार्यतालिका कम्तीमा तीन महिना पर धकेलिने
सरकारले मानेन रिक्त पदको विवरण पठाउन
असोजमा हुने विज्ञापन सरकारकै आग्रहका कारण मंसिरमा तय


लोकसेवा आयोगले निजामती सेवाका विभिन्न पदमा आगामी २६ मंसिरमा विज्ञापन गर्नेगरी नयाँ कार्यतालिका सार्वजनिक गरेको थियो । जसअनुसार २६ मंसिरमा निजामती सेवाका अप्राविधिक र प्राविधिकतर्फका सहसचिव, उपसचिव र शाखा अधिकृतको परीक्षाको विज्ञापन गर्ने तयारी आयोगले गरेको थियो ।
समयमा कर्मचारी समायोजन प्रक्रिया सुरु हुने भएकाले लोकसेवाको परीक्षा पर धकेलिने अवस्था आएको सामान्य प्रशासन मन्त्रालय स्रोतको भनाइ छ ।
यसअघि असोजमा हुने परीक्षा सरकारकै आग्रहका कारण लोकसेवाले मंसिरमा सारेको थियो तर अहिले आएर पुनः सरकारले रिक्त पदसंख्या नै नपठाएपछि आयोगले लिने परीक्षा स्वतः स्थगित हुने अवस्था आएको हो ।
लोकसेवा आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग रिक्त दरबन्दीको विवरण पठाउन पटकपटक पत्राचार गर्दै आएको छ । तर, सामान्यले भने समायोजनपछि मात्रै भर्ना गर्नुपर्ने भएकाले रिक्त दरबन्दीको विवरण आयोगमा पठाउन इन्कार गर्दै आइरहेको छ ।
लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले सामान्य प्रशासन मन्त्रालयबाट १५ मंसिरसम्मै रिक्त दरबन्दी विवरण आइसक्नुपर्ने भए पनि हालसम्म नआएको जानकारी दिए । सूचना अधिकारी सुवेदीले सामान्य प्रशासनबाट निर्धारित समयमा रिक्त दरबन्दीको विवरण आउने सम्भावना क्षीण हुँदै गएकाले २६ मंसिरमा विज्ञापन हुने सम्भावना टरेर गएको बताए ।
सामान्य प्रशासन मन्त्रालयका अधिकारीका अनुसार अहिले केन्द्रमा रहेका ८९ हजार कर्मचारीलाई तीनवटै तहमा समायोजन नगर्दासम्म रिक्त दरबन्दीको विवरण निक्र्योल गर्न सक्ने अवस्था छैन ।
केन्द्रीय लोकसेवा आयोगले प्रदेश र स्थानीय तहका कर्मचारीको परीक्षा लिन पाउँदैन । प्रदेश र स्थानीय तहमा अब प्रदेश लोकसेवा आयोगले नै आवश्यक कर्मचारीको पदपूर्ति गर्नेछ ।
केन्द्रीय सरकारले यसअघि नै संघ, प्रदेश र स्थानीय तहमा रहने संगठन संरचना र कर्मचारी दरबन्दीको टुंगो भने लगाइसकेको छ । जसअनुसार संघमा ४५ हजार ८५८, प्रदेशमा २१ हजार ३९९ र स्थानीय तहमा ५७ हजार कर्मचारी रहनेछन् ।
सरकारले दरबन्दी टुंगो लगाए पनि कहाँ कति रिक्त छ भन्ने बारेमा भने स्पष्ट विवरण निकाल्न सकेको छैन । सरकारले टुंगो लगाएको कर्मचारी दरबन्दी र हाल कायम रहेका कर्मचारीको अन्तर भने झन्डै १५ हजारसम्म रहेको छ । यस हिसाबले १५ हजार दरबन्दी रिक्त रहेको देखिन्छ । तर, सरकारले रिक्त दरबन्दीका पदबारे निक्र्योल गर्न नसकेकाले समस्या आएको लोकसेवा आयोगका अधिकारी बताउँछन् ।
आयोगका सूचना अधिकारी सुवेदीले पद तथा श्रेणीअनुसार तीनवटै तहमा आवश्यक पर्ने कर्मचारी र हाल रहेका कर्मचारीबीचको अन्तर निकालेर सोहीअनुसार रिक्त पदलाई पूर्ति गर्न सक्ने सम्भावना भए पनि सरकारी पक्षले बेवास्ता गरेकाले तत्काल भर्ना प्रक्रिया नखुल्ने अवस्था आएको बताए ।
लोकसेवा आयोगले दोस्रोपटक सार्वजनिक गरेको कार्यतालिकामा निजामती सेवाका सहसचिव, उपसचिव र अधिकृतको परीक्षाको विज्ञापन मंसिरको अन्तिम सातामा गरी माघ–फागुनमा परीक्षा सञ्चालन गर्ने कार्यक्रम तय गरेको थियो ।
सुब्बा र खरिदारको विज्ञापन पुसको अन्तिम सातामा गरी फागुन–चैतमा परीक्षा सञ्चालन गर्ने कार्यतालिका बनाएको थियो । तर, अब यो कार्यतालिका प्रभावहीन हुने देखिएको छ ।
लोकसेवा आयोगले नेपाल सरकारबाट विभिन्न रिक्त पदमा पूर्तिका लागि माग नआएमा सो कार्यतालिका स्वतः निष्क्रिय हुने जानकारी दिएको छ ।                                                                   राजधानीबाट

Share:

पाहुना चराको स्वागतमा लुम्बिनीमा पंक्षी महोत्सव शुरु


बुद्ध जन्मस्थलमा आउने पाहुना चराहरूको स्वागत गर्ने उद्देश्यले लुम्बिनीमा आज पक्षी महोत्सव शुरु भएको छ । ‘शान्तिका लागि सारस संरक्षण’ भन्ने नारासहित लुम्बिनी विकास कोषले पहिलोपटक महोत्सव आयोजना गरेको हो । महोत्सवमा लोपोन्मुख सारसलाई नगर पक्षी घोषणा गर्ने कार्यक्रम छ । 
चराहरूको संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवअन्तर्गत चित्रकला प्रतियोगिता, फोटो प्रदर्शनी, पक्षी अवलोकनलगायत कार्यक्रम रहेको कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले जानकारी दिए । उनले लोपोन्मुख सारस भगवान गौतम बुद्धको जीवनसँग जोडिएको पंक्षी भएका कारण यसलाई नगर पक्षी घोषणा गर्न लागिएको बताए । 
कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्तले यहाँ आउने अन्य पाहुना जस्तै पक्षीहरू पनि पाहुनाकै रूपमा आउने भएकाले लुम्बिनी वरिपरिका सिमसार क्षेत्र जोगाउन, पोखरीको संरक्षण गर्न, उनीहरूको बासस्थान सुरक्षाका लागि चेतना जागाउन पनि महोत्सवको आयोजना गरिएको जानकारी दिए । 
लुम्बिनीमा कोइली, भद्राई, कालो चिबे, मधुमक्षी, विभिन्न प्रजातिका बकुल्ला, सारस, भुँडिफोर, घोगीफोर, लोभिपापी भुँडिफोर, कालोगण्ड, हरिहाँस, बिजुलगैरे, सानो जलेवा, सावरी, कुर्मा, लालसर, बगाले सिमकुखुरा, लामोऔँले, मरुल, जलअप्सरा, हुटिट्याउँ, टमटमे, आँसीठुँडे, पानीचाहा, रातोमुनिया, छिर्केमुनिया, सुनचरी, काजले सुनचरी, माटोकोरे, काफलपाक्यो, कोकले, साइबेरियाली रुबी, रानीचरी, लगायतका दुई सय २२ प्रजातिका चराहरू पाइन्छन् । रासस

Share:

नेपालमा अहिलेसम्मकै बढी पर्यटक


काठमाडौं :  यस वर्ष अहिलेसम्मकै बढी पर्यटक भित्रिएका छन् । सन् २०१८ को जनवरीदेखि अक्टुबर महिनासम्म ८ लाख ८२ हजार पाँच सय ३१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत वर्ष सोही अवधिमा ७ लाख ५७ हजार चार सय ४८ पर्यटकले नेपाल भ्रमण गरेका थिए । गत वर्षको तुलनामा पर्यटकको आगमन १६ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ। अध्यागन विभागका अनुसार, अक्टुबर महिनामा यस वर्षकै धेरै एक लाख ९ हजार सात सय ३३ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सन् २०१७ मा नै पर्यटक आगमन १० लाख पुग्ने आँकलन गरे पनि उक्त अनुमान अनुसार पर्यटक आगमन भने भएन । सन् २०१७ मा  वर्षभरीमा कुल ९ लाख ४० हजार दुई सय १८ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
नेपाल भ्रमण गर्ने सबैभन्दा बढी पर्यटक छिमेकी भारत र चीनबाट आएका छन्।सन् २०१८ को दश महिनामा भारतबाट १ लाख ६१ हजार नौ सय ६३ पर्यटक नेपाल भित्रिएका छन्  कैलाश मानसरोबर तीर्थाटनका लागि भारतबाट नेपाल आउने पर्यटकको संख्या उच्च छ । 
त्यस्तै भारत सरकारले वस्तु तथा सेवा कर (जीएसटी) मार्फत् होटलहरुलाई विलासी सुविधाको रुपमा कर लगाएका कारण त्यहाँका होटलहरुको सेवा महँगो भएपछि सभा, सेमिनार, इन्सेन्टीभ तथा विवाहजस्ता सामाजिक कार्यक्रमका लागि मध्यमवर्गीय भारतीयको रोजाईमा नेपाल पर्ने गरेको छ ।
त्यस्तै चीनबाट कुल एक लाख २१ हजार चार सय १८ पर्यटक भित्रिएका छन् । पछिल्लो समय चिनियाँ पर्यटकको संख्या विश्वभर बढिरहेको छ। यस सन्दर्भमा नेपालले अझैं धेरै चिनियाँ पर्यटक भित्र्याउन पहल गरिरहेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन्।
त्यस्तै सन् २०१८ को अक्टुबर महिनासम्म संयुक्त राज्य अमेरिकाबाट ७३ हजार ६ सय ७७ र बेलायतबाट ५० हजार एक सय ६१ पर्यटकले नेपाल भ्रमण गरेका छन्। त्यस्तै, दक्षिण एसियाली देशहरु श्रीलंका र बंगलादेशबाट आउने पर्यटकहरुको संख्या पनि बढ्दो क्रममा छ ।
यो अवधिमा ४६ हजार २८० श्रीलंकाली र २१ हजार एक सय १० बंगली नागरिकले नेपाल भ्रमण गरेका छन् । 
अन्नपूर्ण पाेष्टबाट


Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages