योगदानमा आधारित सामाजिक सुरक्षा योजना


घोषणा मिति : वि. सं. २०७५ मंसिर ११
संज्ञा : "नया युगको सुरुवात" [केपि शर्मा ओलि]

सामाजिक सुरक्षा योजनामा योगदानका लागि रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत बराबरको रकम कोषमा जम्मा गर्नुपर्नेछ । 

रकम जम्मा गर्नुभन्दा पहिला रोजगारदाता र श्रमिकले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत हुनुपर्ने हुन्छ । 

नेपालको संविधानको धारा ३४ को उपधारा (२) मा उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ । सोहीअनुरुप नेपालमा पहिलोपटक श्रमिक र तिनका आश्रित परिवारले विभिन्न सामाजिक सुरक्षा प्राप्त गर्नेछन् 

यसको सफल कार्यान्वयनका लागि योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ र सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ कार्यान्वयनमा आइसकेको छ भने संस्थागत पूर्वाधारका रूपमा सामाजिक सुरक्षा कोष २०६७ चैत ७ गते स्थापना भई सञ्चालनमा रहेको थियो ।

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ मा व्यवस्था गरिएका मुख्य चार सुविधाहरु

१. स्वास्थ्य तथा सुरक्षित मातृत्व योजना
2. आश्रित परिवार सुरक्षा योजना
3. दुर्घटना तथा असक्तता सुरक्षा योजना
4. वृद्ध अवस्था सुरक्षा योजना

२०७६ साउन १ गतेपछि कार्यरत श्रमिकले यो सुविधा पाउनेछन् । ‘हाल सञ्चयकोष र उपदान प्राप्त गरिरहेका श्रमिकहरूले चाहेमा वा यस योजनामा सहभागी हुने भनी उनीहरूका प्रतिष्ठानमा सामूहिक सम्झौता भएको अवस्थामा समावेश हुन्छ।

निवृत्तिभरण योजनाअन्तर्गत योगदानकर्ताले अवकाश उमेर पूरा भएपछि निजले कोषमा जम्मा गरेको योगदान रकम (रोजगारदाताका तर्फबाट भएको योगदानसमेत) र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कूल योगलाई १८० महीना (१५ वर्ष) ले भाग गर्दा हुन आउने रकम प्रत्येक महीना निजको जीवनकालभर पाउनेछन् । 

योगदानमा आधारित पेन्सन किन ?

सरकारलाई पेन्सनको भार प्रत्येक पाँच वर्षमा दोब्बर पर्दै गएको छ । गत वर्षसम्म नेपालको कुल बजेटको ६ प्रतिशत रकम पेन्सनमा खर्च भएको थियो । यसरी पेन्सनको भार बढ्दै गएपछि सरकारले कर्मचारीहरुले पनि योगदान गर्नुपर्ने योजना ल्याएको हो ।

योगदानमा आधारित पेन्सन प्रणाली लागू नगरे आगामी ८ वर्षभित्र पेन्सनमा वार्षिक १ खर्ब २५ अर्ब रुपैयाँ खर्च हुने जुन सरकारी ढुकुटीबाट धान्न नसकिने चेतावनी प्रशासन क्षेत्रका विज्ञहरुले दिएका थिए । हाल पेन्सनमा मात्रै वार्षिक ४५ करोड रुपैयाँभन्दा बढी भार सरकारलाई पर्दै आएको छ ।


ग्रिसमा पेन्सनको भार बढ्दै गएर कुल बजेटको २० प्रतिशतसम्म खर्च हुन थालेपछि अर्थतन्त्र नै धरासायी भएको थियो । नेपालमा पनि त्यस्तै अवस्था नआओस् भनेर पुरानो पेन्सन प्रणाली खारेज गरिएको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।


योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा भएको दिनलाई सरकारले सामाजिक सुरक्षा दिवसका रुपमा मनाउने निर्णय वि.सं. २०७५ मंसिर ३ गते गरेको हो । 

सामाजिक सुरक्षा दिवस : मंसिर ११

यसवर्षको नारा :  "मर्यादित जीवन र सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा"

Share:

पाहुना चराको स्वागतमा लुम्बिनीमा पंक्षी महोत्सव शुरु


बुद्ध जन्मस्थलमा आउने पाहुना चराहरूको स्वागत गर्ने उद्देश्यले लुम्बिनीमा आज पक्षी महोत्सव शुरु भएको छ । ‘शान्तिका लागि सारस संरक्षण’ भन्ने नारासहित लुम्बिनी विकास कोषले पहिलोपटक महोत्सव आयोजना गरेको हो । महोत्सवमा लोपोन्मुख सारसलाई नगर पक्षी घोषणा गर्ने कार्यक्रम छ । 
चराहरूको संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवअन्तर्गत चित्रकला प्रतियोगिता, फोटो प्रदर्शनी, पक्षी अवलोकनलगायत कार्यक्रम रहेको कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले जानकारी दिए । उनले लोपोन्मुख सारस भगवान गौतम बुद्धको जीवनसँग जोडिएको पंक्षी भएका कारण यसलाई नगर पक्षी घोषणा गर्न लागिएको बताए । 
कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्तले यहाँ आउने अन्य पाहुना जस्तै पक्षीहरू पनि पाहुनाकै रूपमा आउने भएकाले लुम्बिनी वरिपरिका सिमसार क्षेत्र जोगाउन, पोखरीको संरक्षण गर्न, उनीहरूको बासस्थान सुरक्षाका लागि चेतना जागाउन पनि महोत्सवको आयोजना गरिएको जानकारी दिए । 
लुम्बिनीमा कोइली, भद्राई, कालो चिबे, मधुमक्षी, विभिन्न प्रजातिका बकुल्ला, सारस, भुँडिफोर, घोगीफोर, लोभिपापी भुँडिफोर, कालोगण्ड, हरिहाँस, बिजुलगैरे, सानो जलेवा, सावरी, कुर्मा, लालसर, बगाले सिमकुखुरा, लामोऔँले, मरुल, जलअप्सरा, हुटिट्याउँ, टमटमे, आँसीठुँडे, पानीचाहा, रातोमुनिया, छिर्केमुनिया, सुनचरी, काजले सुनचरी, माटोकोरे, काफलपाक्यो, कोकले, साइबेरियाली रुबी, रानीचरी, लगायतका दुई सय २२ प्रजातिका चराहरू पाइन्छन् । रासस

Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages