केही महत्वपूर्ण सामान्यज्ञान

१. "ट्रयाक्वालिटिज" भन्ने ठाउँ चन्द्रमामा पर्छ भने चीनले सन् २०१३ डिसेम्बर १४ मा चन्द्रमाको सतहमा अवतरण गरेको ठाउलाइ के भनिन्छ? 
- The way of Rainbows

२. वायुमण्डलमा जलवाष्प कति मिटरको उचाइसम्म मात्र हुन्छ? 
- ७५०० मिटर

३. कपुरको देश भनेर ताइवानलाइ चिनिन्छ भने "बिहानी ताराको देश" भनेर कुन देशलाइ चिनिन्छ? 
- पपुवा न्युगिनी

४. वि.सं.२०५३ असोज ४ गते पारित भएको महाकाली सन्धिमा निर्माण सम्झौता भएका ३ वटा बाधहरु कुन कुन हुन ?
- शारदा, टनकपुर र पञ्चेश्वर बाध

५. प्रदेश नम्बर १ को अस्थायी राजधानी "विराटनगर" कुन खोलाको किनारमा पर्दछ? 
- वक्राहा

६. अठारौं शताब्दीतिर फ्रान्सेली समाजमा मध्यम वर्गीय मानिसहरुलाइ के भनिन्थ्यो ? 
- बुर्जुवा

७. सत्ता प्राप्त गरि शासन चलाएर राज्यसत्ता पुन: सोही वंशलाइ हस्तान्तरण गर्ने महान लिच्छवि राजा को हुन् ? 
- अंशुवर्मा

८. वि सं २०३० असार २५ मा सिंहदरबार आगलागी भयो भने घण्टाघरमा कहिले आगलागी भएको थियो? 
- वि.सं २०३८ बैशाख २९

९. राज गुठी र दुनिया गुठी गरि गुठी दुई प्रकारका हुन्छन अब भन्नुस गुठीसम्बन्धी व्यवस्था नेपालको संविधानको कुन धारामा गरिएको छ? 
- धारा २९०

१०. महर्षि वेदव्यासद्वारा रचित महाभारतलाई अर्को के नामले पनि चिनिन्छ? 
- पञ्चम वेद

११. करिब १५०० वर्ष पुरानो मुस्ताङ स्थित ल्होमान्थाङ दरबार कसले बनाउन लगाएका थिए? 
- राजा आमपाल

१२. "नया इश्वरको घोषणा" कसको कृति हो? 
- गोपाल पराजुली

१३. नेपालमा सबैभन्दा पछि खोलिएको सार्वजनिक संस्थान कुन हो? 
- जलविद्युत  लगानी तथा विकास कम्पनी लि.

१४. चन्द्रगढी(भद्रपुर) विमानस्थल कुन जिल्लामा पर्दछ? 
- झापा
१५ "Text , Audio, Video, Graphics" को संयुक्त रुपलाइ के भनिन्छ? 
- Multimedia
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages