Showing posts with label नेपाल परिचय. Show all posts
Showing posts with label नेपाल परिचय. Show all posts

जातिगत जनसङ्ख्या विवरण (राष्ट्रिय जनगणना २०६८)


क्र.सं.
जातजातिहरू
जनसङ्ख्या
प्रतिशत
क्षत्री
४३९८०५३
१६.६००
ब्राह्मणपहाडी
३२२६९०३
१२.१८०
मगर
१८८७७३३
७.१२५
थारु
१७३७४७०
६.५५८
तामाङ
१५३९८३०
५.८१
नेवार
१३२१९३३
४.९८९
मुसलमान
११६४२५५
४.३९४
Share:

नदी किनारमा अवस्थित शहरहरु


नगर
जिल्ला
नदी
नगर
जिल्ला
नदी
काठमाडौँ
काठमाडौँ
बाग्मती
विदूर
नुवाकोट
त्रिशुली
पोखरा
कास्की
सेतीगण्डकी
दमौली
तनहुँ
सेती/मादी
वेसीशहर
लमजुङ
मर्स्याङ्दी
बाग्लुङ
बाग्लुङ
कालीगण्डकी
कुस्मा
पर्वत
मादी
बुटवल
रुपन्देही
तिनाउ
घोराही
दाङ
बबई
स्याङ्जाबजार
स्याङ्जा
आँधीखोला
Share:

दोश्रो जनआन्दोलन २०६२/६३

२०५९ असोज १८ पछि ज्ञानेन्द्रले कहिले लोकेन्द्रबहादुर चन्दलाई त कहिले सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाएर आफूखुसी शासन गर्न थाले । नेपाली काँग्रेस, नेकपा (एमाले लगायत पाँच दलले यसलाई शाही प्रतिगमनको संज्ञा दिदै दबाबमूलक विरोध कार्यक्रमहरू सञ्चालन गर्न थाले । असार १८ गते राजा ज्ञानेन्द्रले २०६१ साल चैत मसान्तभित्र प्रतिनिधिसभाको चुनाव गर्ने शाही आदेशसहित शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा पुनः नियुक्त गरे । यो सरकारलाई १९ माघमा बर्खास्त गरियो र राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन सुरू भयो । १९ माघपछि शाही शासनविरूद्ध नेपाली काँग्रेस (प्रजातान्त्रिक) र संयुक्त वाममोर्चालाईसमेत समेटेर सात दलको आन्दोलनकारी गठबन्धन बन्यो र २०६२ वैशाखमा यसले प्रतिनिधिसभा पुनस्र्थापनाको बाटो हुदैँ नेकपा (माओवादी) ले सञ्चालन गरेको सशस्त्र विद्रोहको राजनीतिक निकास दिन संविधानसभासम्म पुग्ने साझा सहमति र प्रतिबद्धतालाई सार्वजनिक गर्‍यो ।
Share:

राजनैतिक विकासक्रम : जनमतसङ्ग्रहदेखि जनआन्दोलनसम्म

३.१.३ जनमतसङ्ग्रहदेखि जनआन्दोलनसम्म
जनमतसङ्ग्रहपछि संवैधानिक सुधार एंव बालिग मतमा आधारित चुनाव सम्पन्न भयो । निर्वाचनपछि पञ्चायतको पहिलो २७ सदस्यीय मन्त्रिमण्डल १२० जना राष्ट्रिय पञ्चायत सदस्यहरूद्वारा निर्विरोध निर्वाचित सूर्यबहादुर थापाको प्रधानमन्त्रीत्वमा वि.स.२०३८ असार २ मा र पछि वि.स. २०३९ असोज २४ गते केही हेरफेरसाथ ३५ सदस्यीय मन्त्रिमण्डल बन्यो । तर वि.स. २०४० असार २७ गते १०८ सदस्यको बहुमतद्वारा प्रधानमन्त्री सूर्यबहादुर थापाले आफ्नो पदको जिम्मेवारी इमान्दारिपूर्वक पूरा नगरेको भन्ने राष्ट्रिय पञ्चायतबाट पारित अविश्वासको प्रस्ताव राजाबाट स्वीकृत भएपछि वि.स. २०४० असार २७ गते थापा सरकार विघटन भयो । लोकेन्द्रबहादुर चन्द १०७ सदस्यको बहुमतद्वारा निर्विरोध छानिए र राष्ट्रिय पञ्चायतकै सिफारिसमा राजाबाट असार २८ गते उनलाई प्रधानमन्त्रीको पदमा नियुक्ति गरियो तथा २९ गते २१ सदस्यीय मन्त्रिमण्डल गठन भयो ।
Share:

आधुनिक नेपालको राजनीतिक विकासक्रम : २०१७ देखी २०३७ सम्म

३.१.२ वि.सं. २०१७ देखि २०३७ सालसम्मका दुई दशक
वि.सं. २०१७ पुष १ गते दलगत राजनीतिक प्रणाली विघटन भएपछि नयाँ शासन सञ्चालनको सूचना पुस ९ गते जनसमक्ष आयो । पुष १२ गते महेन्द्रको अध्यक्षतामा नौसदस्यीय मन्त्रिपरिषद् गठन भयो । पुष २२ मा सबै राजनीतिक पार्टी अवैध घोषित भई प्रतिबन्धितसमेत भए । साथै, नेपालमा प्रजातन्त्रको जग तलबाटै बलियो तुल्याउन पञ्चायत व्यवस्था ल्याइने घोषणा भयो । यसअनुरूप वि.सं. २०१८ मा गाँउ पञ्चायतको निर्वाचन भयो । वि.सं. २०१८ माघमा जनकपुर बम काण्ड भयो । वि.स. २०१९ पुष १ गते नयाँ पञ्चायती व्यवस्था अनुकूल संविधानको घोषणा भयो । देशको सर्वोच्च विधायिका राष्ट्रिय पञ्चायतको उद्घाटन सर्वप्रथम राजा महेन्द्रबाट वि.स. २०२० मा भयो । वि.स. २०२३ मा संविधानको प्रथम संशोधन भई पञ्चायत निर्दलीय व्यवस्था बन्न पुग्यो ।
Share:

नेपालका शाहवंशीय राजाहरु र प्रधानमन्त्रीहरु

नेपालका शाहवंशीय राजाहरू
क्र.सं.
राजाहरू
समयावधि (वि.सं.)
पृथ्वीनारायण शाह
१७९९१८३१
प्रतापसिंह शाह
१८३११८३४
रणबहादुर शाह
१८३४१८५५
गीर्वाणयुद्ध शाह
१८५५१८७३
राजेन्द्र विक्रम शाह
१८७३१९०४
सुरेन्द्र विक्रम शाह
१९०४१९३८
युवराज त्रैलोक्य वीर विक्रम शाह
राजकुमार हुदैं नै मृत्यु
Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages