Showing posts with label लोकसेवा सहयोगी बस्तुगत. Show all posts
Showing posts with label लोकसेवा सहयोगी बस्तुगत. Show all posts

मिति २०८२ साल पौष १६ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत प्रश्नोत्तर

 


१.  लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा कहिले गरिएको हो ? 

विसं २०८२ पुस १३ 

प्रदेशमा १५ देखि ६० वर्ष उमेर समूहको औसत साक्षरता दर ९६.१६ प्रतिशत पुगेपश्चात् साक्षर प्रदेश घोषणा गरिएको ।

हालसम्म पाँच वटा प्रदेश साक्षर घोषित भएका । 


हालसम्म मुलुकका ६८ जिल्ला साक्षर घोषित भएका । 

६८ औँ जिल्ला ः कालिकोट (विसं २०८२ असोज ९)

पहिलो साक्षर जिल्ला ः सिन्धुपाल्चोक (विसं २०७१ असार २)

पहिलो पूर्ण साक्षर घोषित जिल्ला ः ललितपुर (विसं २०७१ असार ९)

हालसम्म कुनै पनि जिल्ला साक्षर घोषित नभएको प्रदेश ः मधेश प्रदेश


२. करदाता सेवा प्रदान गर्ने पहिलो स्थानीय तह कुन हो ? 

केराबारी गाउँपालिका, मोरङ

अर्थमन्त्री रामेश्वरप्रसाद खनालद्वारा विसं २०८२ पुस ९ गते गाउँपालिकाको सभा हलमा आयोजित कार्यव्रmममा सेवा शुभारम्भ गरिएको । 

आन्तरिक राजस्व कार्यालयबाट दिइने सेवा गाउँपालिकाबाट सुरुवात भएको । 

गाउँ गाउँमा करदाता सेवा सुरु भएपछि करदाताको लागत, समय र झन्झट घट्ने विश्वास गरिएको । 


३. राष्ट्रिय च्याउ दिवस कहिले मनाइन्छ ? 

पुस १५

विसं २०८२ पुस ११ गतेको मन्त्रीपरिषद् बैठकद्वारा यससम्बन्धी निर्णय गरिएको । 

मन्त्रालयका अनुसार हाल नेपालका ४७ जिल्लामा व्यावसायिक रूपमा च्याउ खेती गर्ने गरिएको । 

विभिन्न ७० जिल्लामा च्याउ खेती विस्तार भएको । 

च्याउ खेतीमा आबद्ध किसान ः ३५ हजार 


४. १९ औँ संस्करणको चितवन हात्ती तथा पर्यटन महोत्सव, २०८२ मा ‘हात्ती सुन्दरी’ को उपाधि जित्ने हात्ती कुन हो ?  

पुनमकली 

पुनमकलीले कुल ३०० पूर्णाङ्कमा २५० अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेकी । 

अन्तिम दिन हात्तीको पिकनिक, हात्तीको पूजा र हात्ती फुटबलको फाइनल प्रतिस्पर्धासँगै महोत्सव समापन गरिएको । 

हात्ती ‘सिङ्गल पेनाल्टी लिग टुर्नामेन्ट’ (हात्ती फुटबल–पेनाल्टी सुटआउट) प्रतियोगितामा लक्ष्मीकली प्रथम भएकी । 


५. नेपाल प्रहरीले ‘हाम्रो प्रहरी’ अभियानको सुरुवात कहिले गरेको हो ? 

विसं २०८२ पुस १३ 

जिल्ला प्रहरी परिसर काठमाडौँको आयोजनामा कार्यव्रmम शुभारम्भ गरिएको । 

यो कार्यव्रmम समुदाय–प्रहरी साझेदारी कार्यव्रmम अन्तर्गत सुरुवात गरिएको । 


६. स्मार्ट सहरी योजना र विकाससम्बन्धी राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो ? 

विसं २०८२ कात्तिक १६–१७ (काठमाडौँ 

घोषणापत्र जारी ।)


७. संयुक्त राष्ट्रसङ्घद्वारा ‘इन्टरनेसनल डिकेड फर सस्टेनेबल डेभलपमेन्ट’का रूपमा घोषणा गरिएको अवधि कुन हो ? 

सन् २०२४ – २०३३

युएनओद्वारा सन् २०१८–२०२७ को दशकलाई 

‘डिकेड अफ दी इराडिकेसन अफ पोभर्टी’ का रूपमा घोषणा गरिएको । 


८. सरकारले स्वच्छ तथा सफा हिमाल र सुरक्षित आरोहण अभियानलाई व्यवस्थित गर्ने उद्देश्यले ‘हिमाल सफा राख्नेसम्बन्धी कार्ययोजना २०८२–२०८६’ कहिले स्वीकृत गरेको हो ? 

विसं २०८२ मङ्सिर २८ 

नेपालको साहसिक पर्यटनको मुख्य आकर्षण मानिने हिमाल आरोहणका व्रmममा हुने फोहोरमैला र आरोहणलाई सुरक्षित गर्ने चुनौती बढिरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँचबर्से सो कार्ययोजना स्वीकृत गरेको ।

‘सफा हिमाल स्वच्छ वातावरण’ कार्ययोजनाको दीर्घकालीन लक्ष्य रहेको ।

जापानी आरोही केन नेगुचीको अगुवाइमा हिमाल सफाइ अभियान सन् २००० बाट शुरु भएको । 

यो अभियानले सन् २००७ सम्ममा ९० क्विन्टल फोहोर सगरमाथा क्षेत्रबाट सङ्कलन गरेको थियो । 

सन् २०१९ देखि नेपाली सेनाले ‘सफा हिमाल अभियान’ सञ्चालन गर्दै आएको । नेपाली सेनाले सञ्चालन गरेको यो अभियानबाट हालसम्म कुहिने र नकुहिने गरी एक लाख १९ हजार ५६ किलोग्राम फोहोर, १२ मानव शव र चार मानव अस्थिपञ्जरसमेत सङ्कलन भएको । 

पर्यटन विभागले सन् २०११ को वसन्त ऋतुदेखि सगरमाथा आरोहणबाट फर्किने स्वदेशी तथा विदेशीले आठ किलोग्राम फोहोर ल्याउनुपर्ने नियम लागु गरेको छ । 


९. पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन कहिले भएको हो ? 

विसं २०८२ पुस ८ (८८ वर्षको उमेरमा)

बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि तथा शाहीकालमा गरेर उहाँ पटक पटक मन्त्री तथा उपप्रधानमन्त्रीसमेत हुनुभएको ।

२०५५ सालदेखि तत्कालीन नेपाल सद्भावना पार्टीको उपाध्यक्षको जिम्मेवारीमा रहेर राजनीतिमा सव्रिmय हुनुभएको । नेपाल सद्भवाना पार्टीका अध्यक्ष गजेन्द्रनारायणको निधनपछि उहाँ सोही पार्टीको कार्यवाहक अध्यक्षसमेत हुनुभएको थियो । २०६२÷६३ सालको जनआन्दोलनबाट मुलुकमा गणतन्त्र स्थापना भएपछि उहाँले तत्कालीन नेपाल सद्भावना पार्टीको अध्यक्षबाट राजीनामा दिएर राजनीतिक जीवनबाट अलग रहँदै आउनुभएको थियो ।


१०. अन्तर्राष्ट्रिय टी–२० व्रिmकेटमा एकै ओभरमा पाँच विकेट लिएर नयाँ विश्व रेकर्ड कायम गर्न सफल व्रिmकेटर को हुन् ? 

गेदे प्रियान्दाना (इन्डोनेसिया) 

सन् २०२५ डिसेम्बर २३ मा कम्बोडियाविरुद्धको खेलमा सो कीर्तिमान कायम गरेका । 


११. ‘खुसीको कुनै चाबी छैन किनकि यसको ढोका कहिल्यै बन्द हुँदैन’ भन्ने व्यक्तित्व को हुन् ? 

मदर टेरेसा 


१२. ‘नेपाल बिएफएसआई शिखर सम्मेलन २०२५’ कहिले सम्पन्न भएको हो ? 

सन् २०२५ डिसेम्बर १९, काठमाडौँ 


१३. अन्तर्राष्ट्रिय आप्रवासन दिवस कहिले मनाइन्छ ? 

डिसेम्बर १८ 

सन् २०२५ को नारा (२५ औँ) ः श्रम आप्रवासनको चव्रmमा सुशासनः सुरक्षित, मर्यादित र सिपयुक्त आप्रवासन ।


१४. पोखरा महानगरपालिकाद्वारा स्थापना दिवसको अवसरमा ‘पोखरेली नवरत्न’ अवार्डबाट सम्मानित (२०८२ पुस) हुने व्यक्तित्व को को हुनुहुन्छ ? 

चन्द्रकान्त बराल, नेपथ्यका अमृत गुरुङ, उद्योगपति चन्द्रकृष्ण कर्माचार्य, साहित्यकार तीर्थ श्रेष्ठ, पत्रकार तिलकमान गुभाजू, प्राडा बुद्धिबहादुर थापा, शिक्षासेवी प्राडा वीरेन्द्रसिंह गुरुङ, महिला उद्यमी रामकली खड्का र उद्योगी हरिप्रसाद पाण्डे 

पुरस्कार ः जनही दुई लाख दुई हजार दुई सय दुई रुपियाँ, ताम्रपत्र र पदक । 


१५. एनएसएसएफ १३ औँ किन्डर ओलम्पिकको उद्घाटन कहिले गरिएको हो ? 

विसं २०८२ पुस १२ 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सभामुख देवराज घिमिरेद्वारा ओलम्पियन कमलबहादुर अधिकारीलाई किन्डर ओलम्पिकको टर्च हस्तान्तरण गरी उद्घाटन गरिएको ।

कमलसँगै ओलम्पियन एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र कबड्डीकी मानमती विष्टले टर्चसहित दशरथ रङ्गशालाको ट्र्याकमा परिव्रmमा गर्नुभएको ।

सानै उमेरदेखि बालबालिकालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले किन्डर ओलम्पिक आयोजना गरिएको । 

पुस ४ गते शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा किन्डर ओलम्पिकको मस्कट अनावरण गरिएको थियो । 


१६. ‘ग्लोबल हिरो अवार्ड २०२५’ बाट सम्मानित हुने नेपाली को हुन् ? 

  कुलमान घिसिङ


१७. सावर्णि नामक औपन्यासिक कृतिका लेखक डा. श्रीधर खनाल हुन् भने हिउँको गीत नामक उपन्यासका लेखक को हुन् ? 

  तीर्थ गुरुङ


१८. थाइल्यान्ड र कम्बोडियाबिच युद्धविराम गर्ने सहमति कहिले भएको हो ? 

सन् २०२५ डिसेम्बर २७ 

दुवै देशले केही हप्तादेखि जारी सीमा सङ्घर्ष रोक्ने र शान्ति स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका । 

युद्धको व्रmममा तीन हप्ताभित्र कम्तीमा ४७ जनाको मृत्यु भएको र एक लाखभन्दा बढी मानिस विस्थापित भएको अन्तर्राष्ट्रिय समाचार संस्था 

एएफपीले जनाएको ।

सहमति अनुसार दुवै पक्षले सबै प्रकारका हतियार प्रयोग रोक्ने, नागरिक र संरचनामा कुनै पनि प्रकारको आव्रmमण नगर्ने र सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई छिट्टै घर फर्कन अनुमति दिने व्यवस्था लागु गरिने भएको । 

साइबर अपराध नियन्त्रणमा सहकार्य गर्ने पनि दुवै देशले प्रतिबद्धता जनाएका । 

यो युद्धविराम तीनदिने सीमा वार्तापछि आएको हो, जसमा आसियान, संयुक्त राज्य अमेरिका, चीन र मलेसियाले मध्यस्थता गरेका थिए । 

विवाद पुरानो उपनिवेशकालीन सीमाङ्कनका कारण सुरु भएको हो, जहाँ प्राचीन मन्दिरमा दुवै देशको दाबी छ । 


१९.  निर्वाचन आयोगले विसंं २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने खर्चको सीमा कति तोकेको छ ? 

रु. २५ लाखदेखि ३३ लाखसम्म 

आयोगले १६५ निर्वाचन क्षेत्रलाई पाँच वर्गमा विभाजन गरेर २५ लाखदेखि अधिकतम ३३ लाखसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको ।

प्रस्तुतकर्ता : टङ्क केसी

Share:

मिति २०८२ साल पौष ९ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत सामग्री

 


१.  सन् २०२५ डिसेम्बरमा घोषित फिफा वर्ष खेलाडी को हुन् ? 

पुरुषतर्फ : ओसमन डेम्बेले (फ्रान्स/पिएसजी), महिलातर्फ : आइताना बोनमती (स्पेन/बार्सिलोना) 

स्पेनकी आइताना बोन्मतीले ऐतिहासिक लगातार तेस्रो पटक द बेस्ट फिफा महिला खेलाडी अवार्ड जितेकी । 

द बेस्ट फिफा अवार्ड, २०२५

उत्कृष्ट प्रशिक्षक (पुरुष) : लुइस एन्रिक (पिएसजी)

उत्कृष्ट प्रशिक्षक (महिला) : सरिना विगम्यान (इङ्ल्यान्ड) 

उत्कृष्ट गोलरक्षक (पुरुष) : जियानलुइजी डोनारुम्मा 

उत्कृष्ट गोलरक्षक (महिला) : हान्ना ह्याम्पटन 

फिफा पुस्कास अवार्ड : सान्टियागो मोन्टिएल 

फिफा मार्टा अवार्ड : लिजवेथ ओभाले

फिफा फ्यान अवार्ड : फ्यान अफ जाखो एससी

फिफा फेयर प्ले अवार्ड : डा. हार्लास–न्युकिङ, एसएसभी जाहन रेगेन्सबर्ग 


२. पछिल्लो समय फेला पारिएको काजिनसारा अर्थात् सिङ्गर ताल कुन जिल्लामा अवस्थित छ ? 

मनाङ (चामे गाँउपालिका–४) 

काजिनसारा तालको प्रारम्भिक मापन सार्वजनिक भएपछि यसलाई विश्वकै सबैभन्दा उचाइमा अवस्थित ठुलो तालका रूपमा स्थापित गर्न सकिने सम्भावनाले राष्ट्रिय चासो बढाएको । 

ताल समुद्र सतहबाट करिब ५,२०० मिटरको उचाइमा रहेको प्रारम्भिक सर्वेक्षणले देखाएको । 

सो तालको क्षेत्रफल तथा गहिराइको औपचारिक वैज्ञानिक प्रमाणीकरण भने अझै बाँकी रहेको ।

उक्त क्षेत्रलाई स्थानीयद्वारा सिङ्गरखर्क भनिने हुँदा सो ताललाई ‘सिङ्गर ताल’ नामले पनि चिनिने । 

हाल विश्वकै उच्चतालाई चुनौती दिने तालका रूपमा रहेको तिलिचो ताल (४,९१९ मिटर) भन्दा काजिनसारा ताल करिब ३०० मिटरमाथि रहेको प्रारम्भिक 

मापनबाट देखिएको ।


३. विश्व भोकमरी सूचकाङ्क (ग्लोबल हङ्गर इन्डेक्स–जिएचआई), २०२५ मा नेपाल कति औँ स्थानमा रहेको छ ? 

७२ औँ

नेपाल सन् २०२४ मा १२३ राष्ट्रमध्ये ६८ औँ स्थानमा थियो भने यसपालि चार स्थान खस्किएर ७२ औँ स्थानमा झरेको । 

यस वर्ष नेपालको जिएचआई अङ्क १४.८ रहेको । यसले मध्यम खालको भोकमरीको स्थिति दर्शाउने प्रतिवेदनमा उल्लेख ।

नेपालले विगत दुई दशकमा भोकमरी न्यूनीकरणमा उल्लेखनीय प्रगति गरे पनि कुपोषण र बालबालिकामा पुड्कोपन (स्टन्टिङ) को समस्या अझै चुनौतीपूर्ण रहेको प्रतिवेदनमा उल्लेख ।

सन् २००० मा जिएचआई अङ्क ३७.१ सहित नेपाल ‘गम्भीर भोकमरी’ भएको देशको श्रेणीमा पथ्र्यो । दुई दशकमा नेपालले भोकमरीको अवस्थामा उल्लेखनीय सुधार गरी १४.८ को अवस्थामा आइपुगेको । 

अल्पपोषण वा क्यालोरी खपत कम हुने जनसङ्ख्या नेपालमा ५.३ प्रतिशत रहेको उल्लेख ।

पाँच वर्षभन्दा मुनिका बालबालिकामा पुड्कोपना (चाइल्ड स्टन्टिङ) २६ प्रतिशत रहेको । बाल मृत्युदर २.६ प्रतिशत र ख्याउटेपना (चाइल्ड वेस्टिङ) ७ प्रतिशत रहेको प्रतिवेदनले औँल्याएको ।

प्रतिवेदन अनुसार श्रीलङ्काबाहेक अन्य दक्षिण एसियाली देशहरूको तुलनामा नेपालले भोकमरी न्यूनीकरणमा राम्रो सुधार गरेको । भारत, पाकिस्तान र अफगानिस्तान अझै पनि भोकमरीको गम्भीर श्रेणीमा रहेका ।


४. फिफा अरब कप २०२५ को उपाधि विजेता टोली कुन हो ?

मोरक्को (उपविजेता : जोर्डन)

सञ्चालन मिति : सन् २०२५ डिसेम्बर १–१८ 

आयोजक राष्ट्र : कतार 

सहभागी राष्ट्र : १६ 

डिसेम्बर १८ मा भएको फाइनल खेलमा मोरक्कोले जोर्डनलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै उपाधि जितेको ।

खेल अन्त्यतिर मोरक्कोका लागि अब्देर्राजाक हम्दल्लाह नायक बने । उनले ८८ औँ मिनेटमा गोल गर्दै खेल २–२ को बराबरीमा पु¥याए र खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको १०० औँ मिनेटमा हम्दल्लाहले फेरि गोल गर्दै मोरक्कोलाई ३–२ को जित दिलाए ।

यस जितसँगै मोरक्कोले आफ्नो पाँचौँ सहभागितामा दोस्रो पटक अरब कपको उपाधि जित्न पुगेको । यसअघि मोरक्कोले सन् २०१२ मा यो उपाधि जितेको थियो ।


५. हाल विश्वकै सर्वाधिक धनी व्यक्तिको रूपमा इतिहास रच्न सफल धनाढ्य को हुन् ? 

एलन मस्क

टेस्ला र स्पेस एक्सका मालिक एलन मस्कले सम्पत्ति आर्जनमा विश्वकै ऐतिहासिक कीर्तिमान कायम गरेका । उनको रकेट कम्पनी स्पेस एक्सको बजार मूल्याङ्कनमा भएको भारी वृद्धिसँगै मस्क ६०० अर्ब अमेरिकी डलरभन्दा बढी सम्पत्ति हुने इतिहासकै पहिलो व्यक्ति बनेका ।

फोब्र्स पत्रिकाका अनुसार यसअघि विश्वमा कसैको पनि सम्पत्ति ५०० अर्ब डलरको सीमा नाघेको थिएन । मस्कले ६०० अर्ब डलरको आँकडा पार गर्दै नयाँ इतिहास रचेका ।


६. चीनले हालै सार्वजनिक गरेको विश्वकै सबैभन्दा सस्तो ह्युमानोइड रोबोट कुन हो ? 

बुमी 

ह्युमानोइड रोबोट प्रविधिमा तीव्र विकास भइरहेका बेला चीनले विश्वकै सबैभन्दा सस्तो ह्युमानोइड रोबोट सार्वजनिक गरेको । ‘बुमी’ नामक यस रोबोटको मूल्य केवल नौ हजार ९९८ युआन (करिब एक हजार ४०० अमेरिकी डलर) तोकिएको ।

यो रोबोट विशेष गरी बालबालिकासँग संवाद गर्न, शिक्षा दिन तथा रोबोटिक्स र कृत्रिम बुद्धिमत्ता (एआई) सिकाउन डिजाइन गरिएको । चीनको यो पहलले विश्व रोबोटिक्स बजारमा ठुलो प्रभाव पार्ने अपेक्षा गरिएको ।

महँगा ह्युमानोइड रोबोट किन्न नसक्ने शैक्षिक संस्थाहरूका लागि बुमीले रोबोटिक्स शिक्षामा नयाँ अवसर खोल्ने विश्वास गरिएको ।

बुमीको व्यावसायिक कारोबार सन् २०२६ जनवरीबाट सुरु हुने कम्पनीले जनाएको । 


७. कृषि गणना २०७८ अनुसार सबैभन्दा बढी कृषक परिवार भएको प्रदेश कुन हो ? 

कोशी प्रदेश (जिल्ला : झापा)

८. हालै पृथ्वीबाट पहिलो पटक अवलोकन गरिएको ब्ल्याक होल कुन प्रकारको हो ? 

सुपरम्यासिभ ब्ल्याक होल 

सूर्यभन्दा तीन करोड गुणा ठुलो सुपरम्यासिभ ब्ल्याक होलमा भएको विस्फोट पहिलो पटक पृथ्वीबाट देखिएको ।

विस्फोटपछि एक्स–रे ज्वाला देखिएको र पदार्थ प्रतिसेकेन्ड ६० हजार किमिको गतिमा बाहिर निस्किएको वैज्ञानिकले जनाएका ।

ब्ल्याक होलबाट निस्किने आँधी सूर्यमा हुने ज्वाला (कोरनल मास इजेक्सन–सिएमई ) जस्तै रहेको तर धेरै ठुलो र शक्तिशाली रहेको । 

यस्तो घटना एक्टिभ ग्यालेक्टिक न्युक्लिअस (एजिएन) मा चुम्बकीय ऊर्जा अचानक मुक्त हुँदा हुने ।

यस खोजले आकाशगङ्गाको विकास र ब्रह्माण्डका नियम बुझ्न महत्वपूर्ण वैज्ञानिक सङ्केत दिएको जनाइएको । 

अमेरिकी अन्तरिक्ष निकाय (नासा) का अनुसार ब्ल्याक होल निकै सानो ठाउँमा ठुलो परिमाणमा खाँदिएको पदार्थ हो । नाममा ‘होल’ भए पनि त्यो ‘छिद्र’ वा ‘प्वाल’ चाहिँ होइन ।

ब्ल्याक होल भनेको अत्यन्तै सानो स्थानमा ठुलो परिमाणमा पदार्थ खाँदिएर बनेको यस्तो खगोलीय वस्तु हो, जसको गुरुत्वाकर्षण अति नै शक्तिशाली (प्रकाशसमेत बाहिर निस्कन नसक्ने) हुन्छ । नाममा ‘होल’ भए पनि यो वास्तवमा प्वाल होइन, अत्यधिक घनत्व भएको वस्तु हो ।


९. एसिसी यु–१९ एसिया कप, २०२५ को उपाधि विजेता राष्ट्र कुन हो ?  

पाकिस्तान 

उपविजेता : भारत 

सञ्चालन मिति : सन् २०२५ डिसेम्बर १२–२१

आयोजक राष्ट्र : युएई

सहभागी राष्ट्र : ८ 

सेमिफाइनलमा पुग्ने राष्ट्र : भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश

सर्वाधिक रन बनाउने : समीर मिन्हास, पाकिस्तान (४७१ रन)

सर्वाधिक विकेट लिने : दिपेश देवेन्द्रन, भारत (१४ विकेट) 

प्लेयर अफ दी टुर्नामेन्ट : समीर मिन्हास, पाकिस्तान 

प्लेयर अफ द म्याच (फाइनल) : समीर मिन्हास, पाकिस्तान 


१०. हुन त दुनिया दुःखले भरिएको छ तर त्यसबाट मुक्ति पाउने कुराले पनि भरिएको छ । भन्ने भनाइ कसको हो ? 

हेलन केलर


११. कानुनले तोकेबाहेक कागजातमा हुलाक टिकट टाँस्नैपर्ने व्यवस्था हटाउने निर्णय कहिले भएको हो ? 

विसं २०८२ मङ्सिर २९ 

प्रचलित कानुनमा व्यवस्था भएको बाहेक सेवा प्रवाह प्रक्रियामा कागजको आधिकारिकताका लागि हुलाक टिकट अनिवार्य टाँस गर्नुपर्ने प्रचलन हटाउने 

निर्णय भएको ।


१२. राष्ट्र बैङ्क र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बिच जलवायु वित्तको रणनीति विकाससम्बन्धी समझदारीपत्रमा कहिले हस्ताक्षर भएको हो ? 

विसं २०८२ मङ्सिर २९ (सन् २०२५ डिसेम्बर १५)

राष्ट्र बैङ्कमा आयोजित एक कार्यक्रमबिच सोसम्बन्धी सझदारीपत्रमा कार्यकारी निर्देशक दयाराम शर्मा पङ्गेनी र आइएफसी साउथ एसियाका कन्ट्री एडभाइजरी एन्ड इकोनोमिक्ससम्बन्धी व्यवस्थापक ग्रेगरीस्मिथद्वारा हस्ताक्षर गरिएको । 

परियोजनाको कार्यान्वयनबाट नेपालमा जलवायुसम्बद्ध वित्तीय जोमिखलाई सम्बोधन गर्दै जलवायु अनुकूलनका क्षेत्रमा वित्तीय स्रोत परिचालनलाई प्रवर्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको । सो परियोजना सन् २०२८ सेप्टेम्बरसम्म सञ्चालन हुने छ ।


१३. १६ वर्षमुनिका बालबालिकाका निम्ति सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउने राष्ट्र कुन हो ? 

अस्ट्रेलिया (सन् २०२५ डिसेम्बर १० देखि लागु)


१४. विश्व ध्यान दिवस कहिले मनाइन्छ ? 

डिसेम्बर २१

सन् २०२५ (दोस्रो) को नारा : इनर पिस–आउटर पिस–वल्र्ड पिस । 

नेपाली आदर्श वाक्य : विश्व शान्ति र सद्भावका लागि ध्यान । 

सन् २०२४ डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको । 


१५. साफ महिला क्लब फुटबल च्याम्पियनसिप, २०२५ को उपाधि विजेता टोली कुन हो ? 

इस्ट बङ्गाल क्लब 

उपविजेता : एपिएफ (नेपाल) 

आयोजना : काठमाडौँ 

सहभागी टिम : ५, इस्ट बङ्गाल क्लब (भारत), एपिएफ (नेपाल), कराँची सिटी एएफसी (पाकिस्तान), नासिर स्पोर्ट्स एकेडेमी (बङ्गलादेश), ट्रान्सपोर्ट युनाइटेड (भुटान) 

पुरस्कार राशि : प्रथम – १० हजार डलर, द्वितीय – ५ हजार डलर 

इस्ट बङ्गालले एपिएफलाई ३–० ले हराएर साफ महिला क्लब च्याम्पियनसिपको पहिलो च्याम्पियनको गौरव हासिल गरेको । 

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक आयोजना गरेको यस प्रतियोगितामा पाँच टिम सहभागी थिए । 


१६. टेलिफोन कललाई इन्टरनेटको माध्यमबाट देशमा भित्र्याउने प्रविधिलाई के भनी चिनिन्छ ?

  भिओआइपी (भ्वाइस ओभर इन्टरनेट प्रोटोकल) 


१७.  विश्व मानव अधिकार दिवस कहिले मनाइन्छ ? 

डिसेम्बर १०

सन् २०२५ को नारा : ह्युमान राइट्स, आवर एभ्रिडे इसेन्सियल्स ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार घोषणापत्र सन् १९४८ डिसेम्बर १० मा जारी भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको । 

प्रस्तुतकर्ता : टङ्क केसी

Share:

मिति २०८२ मंसिर १० गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत प्रश्नोत्तर


 १.  जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–३०) कहिले र कहाँ सम्पन्न भएको हो ?

  सन् २०२५ नोभेम्बर १०–२१, ब्राजिलको बेलेम

  मुख्य एजेन्डा : जीवाश्म इन्धनको खपत विस्थापन, वन, समुद्र र जैविक विविधता संरक्षण अभिवृद्धि, कृषि र खाद्य प्रणालीको रूपान्तरण, मानव पक्षपोषण र सामाजिक विकास तथा प्रविधि, क्षमता अभिवृद्धि र विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने प्रतिबद्धता कार्यान्वयन ।

–  कोप–३० मा नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियार (९ सदस्यीय) को नेतृत्वको टोली सहभागी भएको । 

–  नेपालद्वारा सम्मेलनमा सगरमाथा संवादको निष्कर्षका साथै जलवायुजन्य हानिनोक्सानी, कार्बन वित्त, पेरिस सम्झौताको धारा ६ सम्बन्धी एजेन्डालगायत विषय प्रस्तुत गरिएको । जलवायु वित्त, पारदर्शिता ढाँचा, पर्वतीय मुद्दा, क्षमता अभिवृद्धि र प्रविधि हस्तान्तरणमा केन्द्रित विषय पनि नेपालको प्राथमिक एजेन्डाका रूपमा रहेका । 

जलवायु सहनशीलता, स्वच्छ ऊर्जा र न्यायोचित रूपान्तरणसम्बन्धी नयाँ सहमतिलाई कोप–३० को महत्वपूर्ण उपलब्धि भएको बताइएको ।

–  नेपालले कोप–३० को पूर्वसन्ध्यामा यही कात्तिक २० र २१ गते ‘लिडर समिट’ को आयोजना गरेको । 

–  पहिलो कोप सम्मेलन (कोप १) सन् १९९५ मार्च २८– अप्रिल ७ सम्म जर्मनीको बर्लिनमा सम्पन्न भएको थियो । 

–  आगामी कोप ३१ सन् २०२६ मा अस्ट्रेलियाको एडिलेडमा हुने भएको ।

–  कोप २९ अजरबैजानको राजधानी वाकु (सन् २०२४ नोभेम्बर ११–२२) मा सम्पन्न भएको । 


२. जी–२० शिखर सम्मेलन २०२५ कहाँ सम्पन्न भएको हो ? 

दक्षिण अफ्रिका 

मिति : सन् २०२५ नोभेम्बर २२–२३ 

अफ्रिकामा पहिलो पटक जी–२० सम्मेलन आयोजना भएको ।

सम्मेलनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहिष्कार गरेका । 

जी–२० शिखर सम्मेलनको घोषणापत्र पारित । 

जलवायु, ऊर्जा, ऋण स्थिरता, खनिज सम्झौतालगायतका विषय घोषणापत्रमा समेटिएको । 

घोषणापत्रमा युक्रेन, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, सुडान र ‘कब्जा गरिएको प्यालेस्टाइन क्षेत्र’ मा ‘न्यायपूर्ण’ शान्तिको लागि संयुक्त आह्वान समावेश । 


३.  सरकारले मुख्य सचिवमा कसलाई नियुक्त ग¥यो ?

सुमनराज अर्याल 

–  विसं २०८२ मङ्सिर ८ को मन्त्रीपरिषद् बैठकले मङ्सिर १० देखि लागु हुने गरी अर्याललाई २९ औँ मुख्य सचिवमा नियुक्त गरेको ।

–  ५८ बर्से उमेर हदका कारण मुख्य सचिव एकनारायण अर्याल ९ मङ्सिरबाट अनिवार्य अवकाश भएका । 


४.  सरकारले कुन निकाय अन्तर्गत राष्ट्रिय अनुसन्धान तथा विकास परिषद् स्थापना गर्ने निर्णय गरेको छ ? 

राष्ट्रिय योजना आयोग


५.  विश्व शौचालय दिवस कहिले मनाइन्छ ? 

नोभेम्बर १९ 

–  सन् २०२५ को नारा : सेनिटेसन इन अ चेन्जिङ वल्र्ड । 

–  विश्वका सबै नागरिकलाई सुरक्षित शौचालयको पहुँचमा पु¥याउने तथा विश्वमा स्वास्थ्य र सरसफाइको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको । 

–  नेपाल विसं २०७६ असोज १३ गते खुला दिशामुक्त देश घोषणा (दक्षिण एसियामै पहिलो) भएको । 

–  नेपालको पहिलो खुला दिशामुक्त घोषित जिल्ला कास्की (२०६८ असार १०) तथा सबैभन्दा पछिल्लो अर्थात् ७७ औँ जिल्ला भोजपुर (२०७६ असोज ४) रहेका । 


६.  कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिका सेवी सम्मान–२०८२ कसलाई प्रदान गरियो ?

विजय यादव ‘निर्बिज’

–  बज्जिका भाषाको पहिलो उपान्यास ‘प्रतिमा’ का लेखक विजय यादव ‘निर्बिज’ लाई सो अवार्ड प्रदान गरिएको । सर्लाही मलङ्गवामा बज्जिका साहित्य समाज सर्लाहीले सो सम्मान प्रदान गरेकोे ।


७.  बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?

४३२ मेगावाट

–  प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा विसं २०८२ मङ्सिर ३ गते बसेको बैठकले चार ठुला जलविद्युत् परियोजना (वेतन कर्णाली जलविद्युत् परियोजना, तल्लो अरूण जलविद्युत् परियोजना, अरूण जलविद्युत् परियोजना र पश्चिम सेती जलाशययुक्त जलविद्युत् परियोजना) का सम्बन्धमा महत्वपूर्ण निर्णय गरेको ।

–  अर्धजलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनाको ९३ अर्ब ४० करोड ७६ लाख ३६ हजार रुपियाँ लागत स्वीकृत ।

–  ६६२ मेगावाट क्षमताको तल्लो अरूण जलविद्युत् परियोजनाको उत्पादन अनुमतिपत्रको मसौदा स्वीकृत ।

बैठकले नौ सय मेगावाट क्षमताको निर्माणाधीन अरूण तेस्रो जलविद्युत् परियोजना प्रत्यक्ष सम्झौताको मसौदा स्वीकृतिका लागि मन्त्रीपरिषद्मा पेस गरिने । 

–  आठ सय मेगावाट क्षमताको पश्चिम सेती जलाशययुक्त जलविद्युत् परियोजनाको सर्वेक्षण अनुमतिपत्रको म्याद थप गर्ने निर्णय गरिएको । 


८.  एभोकाडोको राजधानीका रूपमा घोषणा गरिएको स्थान कुन हो ? 

धनकुटा (विसं २०७५)


९.  नोबेल पुरस्कारबाट सम्मानित हुने संयुक्त राष्ट्रसङ्घका महासचिव को हुन् ? 

कोफी अन्नान र ड्याग ह्यामरसोल्ड 


१०.  राष्ट्रिय कफी दिवस कहिले मनाइन्छ ? 

  मङ्सिर १ 

२०८२ (२१ औँ) को नारा : कफी खेती गरौँ, स्वरोजगार बनौँ । 

नेपालमा विसं २०६२ बाट कफी दिवस मनाउन सुरु गरिएको । 

विश्व कफी दिवस अक्टोबर १ मा मनाइने ।

कफीमा पाइने तत्व : क्याफिन ।

कफीको घर भनेर इथियोपियालाई चिनिने ।

कफीका लागि प्रसिद्ध जिल्ला गुल्मी हो । 

विश्वमा सबैभन्दा बढी कफी उत्पादन हुने देश ब्राजिल हो । 


११.  हाल देशका कति स्थानीय तहमा बैङ्किङ पहुँच पुगेको छ ? 

७५३


१२.  विश्व बैङ्कद्वारा सन् २०२५ अप्रिलमा प्रकाशित प्रतिवेदन अनुसार सन् २०२५ मा दक्षिण एसियाको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ? 

५.८ प्रतिशत (सन् २०२६ मा भने सो वृद्धिदर ६.१ प्रतिशत पुग्ने अनुमान रहेको ।)


१३. प्रथम दृष्टिविहीन महिला टी–२० विश्वकप प्रतियोगितामा नेपालले कुन स्थान हासिल ग¥यो ? 

दोस्रो 

विजेता : भारत 

उपविजेता : नेपाल 

आयोजक राष्ट्र : भारत र श्रीलङ्का 

खेल सञ्चालन : सन् २०२५ नोभेम्बर ११–२३ 

सहभागी राष्ट्र : नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, अस्ट्रेलिया र अमेरिका 

राउन्ड रोविन लिगको आधारमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ९ विकेटले, अस्ट्रेलियालाई ८ विकेटले तथा पाकिस्तान र अमेरिकालाई १०÷१० विकेटका साथ पराजित गरेको । नेपालकी विनिता पुनले पाकिस्तानविरुद्धको खेलमा १०७ रनको पारी खेलेकी । 


१४. ‘पर्यटनका लागि साहित्य : गोरखापत्र साहित्य सम्मेलन’ कहिले र कहाँ सम्पन्न भएको हो ? 

विसं २०८२ मङ्सिर ५–६, शैलुङ (दोलखा)

गोरखापत्र संस्थानद्वारा आयोजित सो सम्मेलन समुद्र सतहदेखि तीन हजार पाँच सय मिटर उचाइको धार्मिक एवं पर्यटकीय स्थल शैलुङमा कविता वाचनसहित सम्पन्न भएको । 

सो सम्मेलनमा गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले ‘अबको पत्रकारिताले समयसापेक्ष जनजीवनलाई जोड्नु पर्ने साथै साहित्य विकासमा ऐतिहासिक महìवका स्थललाई विकसित हुने वातावरण सिर्जना हुनुपर्ने’ बताउनु भएको । 

सो सम्मेलनमा सुवासचन्द्र पौडेल, लक्ष्मी ढकाल, रञ्जना निरौला, किशोरी पहाडी, लक्की चौधरी, तारा बिएम, अमृता विकलगायतले कविता वाचन गर्नुभएको थियो । 

सम्मेलनमा गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेत, दोलखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, शैलुङ गाउँपालिका–८ का वडाध्यक्ष धनबहादुर तामाङलगायतको 

उपस्थिति रहेको । 


१५. ९८ औँ ओस्कार अवार्ड, २०२६ का लागि नेपालबाट चयन भएको चलचित्र कुन हो ? 

एञ्जिला 

९८ औँ ओस्कार अवार्ड सन् २०२६ मार्च १५ मा अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजना हुने ।

मिलन चाम्स निर्देशित चलचित्र एञ्जिला राष्ट्रिय महिला फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवनकथामा आधारित रहेको छ ।

९७ औँ ओस्कार अवार्डका लागि शाम्बाला चलचित्र छनोट भएको थियो । 


१६. नेपाल सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति २०८२ कहिले स्वीकृत गरेको हो ?

विसं २०८२ साउन २६


१७. युइएफए वुमन्स् युरो २०२५ को उपाधि कसले जित्यो ?

इङ्ग्ल्यान्ड (उपविजेता : स्पेन) 


१८. आव २०८१/८२ को बजेटमा सबैभन्दा बढी खर्च गर्ने प्रदेश कुन हो ? 

कोशी प्रदेश (७७.२६ प्रतिशत) 


१९. मिस युनिभर्स २०२५ को उपाधि चुम्ने सुन्दरी को हुन् ? 

फतिमा बोस (मेक्सिको)

संस्करण : ७४ औँ 

आयोजना : थाइल्यान्ड 

विजेता : फतिमा बोस (मेक्सिको)

फस्र्ट रनरअप : प्रविनर सिंह (थाइल्यान्ड) 

सेकेन्ड रनरअप : स्टेफेनी अवसली (भेनेजुएला) 

थर्ड रनरअप : आतिसा मानालो (फिलिपिन्स) 

फोर्थ रनरअप : ओलिभिया यासे (आइभरि कोस्ट)


२०. पहलमान सिंह स्वाँर नेपाल–भारत अन्तर्राष्ट्रिय साहित्य सम्मेलन तथा दोस्रो प्रादेशिक कविता महोत्सव २०८२ कहिले सम्पन्न भएको हो ? 

विसं २०८२ जेठ २४–२५, धनगढी (कैलाली)


२१. रुस र युक्रेनबिचको युद्ध अन्त्य गर्नेसम्बन्धी २८ बुँदे शान्ति योजनाको मसौदा कहिले सार्वजनिक गरियो ? 

सन् २०२५ नोभेम्बर 

अमेरिकाद्वारा युद्ध अन्त्य गराउन विशेष पहल गरिएको । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा समर्थित २८ बुँदे शान्ति योजनाको मसौदामा युक्रेनले मस्कोलाई निश्चित क्षेत्रीय तथा सुरक्षासम्बन्धी छुट प्रदान गर्नुपर्ने प्रावधान रहेको जनाइएको । 

शान्ति योजनाका प्रमुख बुँदा

रुसलाई पुनः जी–८ मा फर्काइने । 

रुसमाथि लगाइएका विभिन्न प्रतिबन्ध चरणबद्ध रूपमा हटाइने । 

रुसले छिमेकी मुलुकमा आक्रमण नगर्ने र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) ले थप विस्तार नगर्ने । 

अमेरिकाको मध्यस्थतामा रुस–नेटोबिच सुरक्षा तथा तनाव न्यूनीकरणसम्बन्धी संवाद हुने । 

युक्रेनले संविधानमा नेटोमा प्रवेश नगर्ने प्रावधान राख्ने ।

नेटोले भविष्यमा युक्रेनलाई सदस्यता नदिने विषय आफ्नो विधानमा समावेश गर्ने । 

नेटोले युक्रेनमा सेना तैनाथ नगर्ने । 

क्रिमिया, लुहान्स्क र डोनेट्स्कलाई रुसका रूपमा मान्यता दिइने, खेरसन र जापोरिझिया सम्पर्क रेखामा ‘स्थिर’ अवस्थामा रहने । 

रुसले सहमतिबाहेकका अन्य क्षेत्रको नियन्त्रण त्याग्ने । 

सबै पक्ष सहमत भएपछि दुवै पक्षका सेनाले निर्धारित स्थानमा पछाडि हट्नेबित्तिकै युद्धविराम लागु हुने र सम्झौता कार्यान्वयन सुरु हुने कुरा पनि शान्ति योजनामा उल्लेख गरिएको ।

प्रस्तुतकर्ता : टङ्क केसी

Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages