Showing posts with label लोकसेवा सहयोगी बस्तुगत. Show all posts
Showing posts with label लोकसेवा सहयोगी बस्तुगत. Show all posts

मिति २०८२ चेत्र १८ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत प्रश्नोत्तर

 


१. राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ तथा संसदीय दलका नेता बालेन्द्र शाहको प्रधानमन्त्रित्वमा नयाँ सरकारको गठन कहिले भएको हो ? 

विसं २०८२ चैत १३ 

प्रधानमन्त्री नियुक्त : विसं २०८२ चैत १३

नेपालको संविधान (२०७२) जारी भएपश्चात् पहिलो पटक धारा ७६ (१) अनुसार प्रधानमन्त्री बन्ने उहाँ पहिलो व्यक्तित्व हुनुहुन्छ । 

नयाँ मन्त्रीपरिषद् (चैत १३ मा गठित)


नेपालको पहिलो प्रधानमन्त्री : भीमसेन थापा 

नेपालको पहिलो महिला प्रधानमन्त्री : सुशीला कार्की 


२.  वासु शशी साहित्य पुरस्कार, २०८२ कसलाई प्रदान गरियो ? 

साहित्यकार वसन्त चौधरी 


३. मानवनिर्मित रोबोट ‘अप्टिमस’ सहित मङ्गल ग्रहमा प्रक्षेपण गर्न लागिएको विश्वकै शक्तिशाली रकेट कुन हो ? 

स्टारसिप

स्पेसएक्सले मानवनिर्मित रोबोट ‘अप्टिमस’लाई आफ्नो शक्तिशाली स्टारसिप रकेटमार्फत यसै वर्षको अन्त्यमा मङ्गल ग्रहमा पठाउने जनाएको छ । 

यो प्रक्षेपण र अवतरण सफल भएमा सन् २०२९ देखि २०३१ सम्ममा मङ्गल ग्रहमा मानिस पठाउने एलन मस्कको योजना रहेको छ ।


४. मानिसको दिमागमा कम्प्युटर चिप राख्न व्यावसायिक स्वीकृति दिने विश्वको पहिलो मुलुक कुन हो ? 

चीन (सन् २०२६ मार्च) 

चीन ‘इन्भेसिभ’ ब्रेन–कम्प्युटर इन्टरफेस (बिसिआई) मेडिकल डिभाइसलाई व्यावसायिक बिक्रीको स्वीकृति दिने विश्वकै पहिलो देश बनेको छ । 

चीनको नेसनल मेडिकल प्रोडक्ट्स एडमिनिस्ट्रेसन (एनएमपिए) ले पक्षघात भएका बिरामीहरूको उपचारका लागि यस्तो डिभाइस व्यावसायिक रूपमा प्रयोग गर्ने अनुमति प्रदान गरेको छ ।

अनुमति पाउनेमा ‘न्युराकल मेडिकल टेक्नोलोजी’ ले विकास गरेको नियो नामक उपकरण रहेको छ । 

ब्रेन–कम्प्युटर इन्टरफेस यस्तो प्रविधि हो, जसले मस्तिष्कमा उत्पन्न हुने विद्युतीय सङ्केतलाई वास्तविक समयमा पढेर कम्प्युटर वा मेकानिकल उपकरणहरू नियन्त्रण गर्न सक्छ । यो प्रविधि इन्भेसिभ र नन्–इन्भेसिभ गरी दुई प्रकारको हुन्छ । हाल स्वीकृत भएको नियो उपकरण इन्भेसिभ प्रविधि हो । 

लामो समयदेखि प्रयोगशालामा सीमित रहेको बिसिआई प्रविधिलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को उदयले व्यावसायिकतातर्फ अघि बढ्न सहयोग पु¥याएको छ । एआईले मस्तिष्कका हजारौँ न्युरोनबाट निस्कने जटिल सङ्केतहरूलाई तत्कालै विश्लेषण गर्न सम्भव बनाइदिएको छ । यस क्षेत्रमा अहिले विश्वभर कडा प्रतिस्पर्धा रहेको छ ।


५.  नोबेल पुरस्कारबाट सम्मानित हुने संयुक्त राष्ट्रसङ्घका महासचिव को हुन् ? 

  कोफी अन्नान र ड्याग ह्यामरसोल्ड 


६.  व्यावसायिक रूपमा प्रयोग गरिएको नेपालको पहिलो रोबोट कुन हो ?

  परी (पाइला टेक्नोलोजीले बनाएको र नेपाल एसबिआई बैङ्कमा प्रयोगमा ल्याइएको हो ।)


७. दर्जनौँ व्यक्तिको ज्यान जाने गरी कोलम्बियाली वायुसेनाको विमान कहिले दुर्घटनाग्रस्त भएको हो ? 

सन् २०२६ मार्च २४ 

विमानमा ११४ जना सैनिक जवान र ११ जना चालक दलका सदस्य रहेको जनाइएको छ ।

सो दुर्घटनामा परी ६६ भन्दा बढी व्यक्तिको ज्यान गएको साथै दर्जनौँ व्यक्ति घाइते हुन पुगेका छन् । 


८. नेपालको समावेशी चरित्रलाई आत्मसात् गर्दै गोरखापत्रले विभिन्न मातृभाषामा समाचार र लेख प्रकाशन गर्ने कार्यको सुरुवात कहिलेदेखि गरेको हो ? 

विसं २०६४ असोज १ 

यस बहुभाषिक खण्डलाई ‘नयाँ नेपाल’ नामकरण गरिएको छ ।

सुरुवातमा सीमित भाषाहरूबाट थालिएको यो अभियान अन्तर्गत हाल थपिँदै गएर ४६ वटा विभिन्न मातृभाषामा सामग्री नियमित रूपमा प्रकाशन हुँदै आएका छन् । एउटै पत्रिकाले यति धेरै भाषामा सामग्री प्रकाशन गर्नु विश्व पत्रकारितामै दुर्लभ मानिन्छ । 


९.  राष्ट्रिय विकास परिषद्को अध्यक्ष को हुने प्रावधान छ ?

प्रधानमन्त्री


१०. विश्वमा सबैभन्दा बढी प्रजातिका वनस्पति पाइने देश कुन हो ?

  ब्राजिल 

११. विसं २०८२ फागुन २१ मा सम्पन्न निर्वाचनपश्चात् नवनिर्वाचित सांसदद्वारा कहिले शपथ ग्रहण गरियो ? 

विसं २०८२ चैत १२

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीद्वारा सपथ लिइएको हो । 

शपथ ग्रहण लिने प्रतिनिधि सभा सदस्य : २७४ 

सिंहदरबारस्थित सङ्घीय संसद्को निर्माणाधीन बहुउद्देश्यीय सभाकक्षमा शपथ ग्रहण समारोह आयोजना भएको हो ।

प्रतिनिधि सभाका ६६ जना सदस्यले १८ वटा अन्य मातृभाषामा शपथ लिनुभएको थियो । 

ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले अघिल्लो दिन चैत ११ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिनुभएको थियो ।


१२. राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार हाल नेपालमा कति प्रतिशत क्षय रोगका बिरामी उपचारभन्दा बाहिर रहेको उल्लेख छ ? 

४२ प्रतिशत

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार हाल नेपालमा प्रति एक लाख जनसङ्ख्यामा २२७ जनामा क्षयरोग हुने गरेको छ । क्षयरोगको सबैभन्दा डरलाग्दो पक्ष भनेको यसका ४२ प्रतिशत बिरामी उपचारभन्दा बाहिर हुनु हो । 

समाजमा छरिएर रहेका बिरामी उपचारको पहुँचमा नआउँदा एकले अर्कोलाई सार्ने र क्षयरोग फैलाउने कार्य बढिरहेको केन्द्रका निर्देशक डा. भुवन पौडेलले बताउनुभयो । 

नेपालमा सरकार तथा विभिन्न साझेदारी निकायले सन् २०१०, २०१५ र २०१८ मा सर्भिलेन्स सर्भे गरेका थिए तर त्यसयता स्थानीयस्तरसम्म पुगेर सर्भिलेन्स सर्भेसमेत गरिएको छैन । 

नेपालले सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्य लिएको छ  ।

सन् २०२५ को तथ्याङ्क अनुसार नेपालमा सबैभन्दा बढी क्षयरोग सङ्क्रमित मधेश प्रदेश (२५ प्रतिशत) मा रहेका छन् । 

क्षयरोग सङ्क्रमणबाट नेपालमा बर्सेनि १६ हजार जनाको ज्यान जाने गरेको छ । 


१३.  मदन पुरस्कार प्राप्त गर्ने पहिलो विदेशी सर्जक को हुन् ?

फादर विलियम बर्क (कृति : सही शब्द, विसं २०५१)


१४.  डब्लृडब्लुएफ को आदर्श वाक्य के हो ?

फर नेचर : फर पिपुल : फर इभर


१५. इन्डियन प्रिमियर लिग (आइपिएल) को १९ औँ संस्करण कहिले देखि सुरु भएको हो ? 

सन् २०२६ मार्च २८ 

सहभागी टोली : १० (ग्रुप ए : चेन्नई सुपर किङ्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बेङ्लुरु, पन्जाब किङ्स; ग्रुप बी : मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद, गुजरात टाइटन्स, देल्ही क्यापिटल्स र लख्नउ सुपर जायन्ट्स) 

पहिलो खेल : रोयल च्यालेन्जर्स बेङ्लुरु र सनराइजर्स हैदराबाद । 

आइपिएलको सुरुवात : सन् २००८ 

१८ औँ संस्करणको विजेता : रोयल च्यालेन्जर्स बेङ्लुरु (उपविजेता : पन्जाब किङ्स)


१६. जी–२० शिखर सम्मेलन २०२५ कहाँ सम्पन्न भएको हो ? 

दक्षिण अफ्रिका 

मिति : सन् २०२५ नोभेम्बर २२–२३ 

अफ्रिकामा पहिलो पटक जी–२० सम्मेलन आयोजना भएको थियो ।

सम्मेलनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहिष्कार गरेका थिए । 

जी–२० शिखर सम्मेलनको घोषणापत्र पारित भएको छ । 

जलवायु, ऊर्जा, ऋण स्थिरता, खनिज सम्झौतालगायतका विषय घोषणापत्रमा समेटिएका छन् । 

घोषणापत्रमा युक्रेन, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, सुडान र ‘कब्जा गरिएको प्यालेस्टाइन क्षेत्र’ मा ‘न्यायपूर्ण’ शान्तिका लागि संयुक्त आह्वान समावेश छन् । 


१७.  बिम्स्टेकमा सदस्य नभएका सार्क राष्ट्र कुन कुन हुन् ?

अफगानिस्तान, पाकिस्तान र माल्दिभ्स 

(सार्क सदस्य नभएका बिम्स्टेक राष्ट्र थाइल्यान्ड र म्यानमार हुन् ।)


१८.  नेपालमा पेट्रोल र डिजेलमा स्वचालित मूल्य प्रणाली कहिलेदेखि लागु गरिएको हो ?

विसं २०७१ असोज १३


१९. ‘इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस’ द्वारा सार्वजनिक (सन् २०२६ मार्च) प्रतिवेदन अनुसार आतङ्कवादी गतिविधि हुने देशहरूको सूचीको पहिलो स्थानमा रहेको राष्ट्र कुन हो ? 

पाकिस्तान 

१६३ देश समेटिएको यस सूचीमा आतङ्कवादबाट सबैभन्दा बढी प्रभावित देशको रूपमा पाकिस्तान रहन पुगेको छ ।

यस सूचीमा नेपाल ८९ औँ स्थानमा रहेको छ ।

आतङ्कवादी गतिविधिबाट बढी प्रभावित मुलुक 


२०. विश्वव्यापी ऊर्जाको मुख्य मार्ग होर्मुज जलडमरुले कुन–कुन खाडी जोड्छ ? 

पर्सियन खाडी र ओमानको खाडी 

विश्वको कुल समुद्री तेल व्यापारको करिब २० देखि ३० प्रतिशत हिस्सा यही मार्ग भएर हुने गर्छ । 

सबैभन्दा साँघुरो भागमा मात्र ३३ किलोमिटर चौडा रहेको यो मार्ग इरान र ओमानको जल क्षेत्रमा पर्छ । संवेदनशील भूगोल र साँघुरो बाटो भएका कारण यो बारम्बार शक्ति राष्ट्रबिचको तनावको तारो बन्ने गरेको छ ।

प्रस्तुतकर्ता : टङ्क केसी

Share:

मिति २०८२ साल चैत्र ४ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत प्रश्नोत्तर


 १. प्रतिनिधि सभा निर्वाचन २०८२ मा राष्ट्रिय दलको मान्यता प्राप्त गर्न सफल दल कति वटा रहेका छन् ? 

छ वटा (राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी) 

निर्वाचनमा दलहरूको अवस्था : थप जानकारी


२. संयुक्त राष्ट्रसङ्घद्वारा कुन दिनलाई अन्तर्राष्ट्रिय आरोग्य दिवस (इन्टरनेसनल वेलनेस डे) का रूपमा मनाइने भएको छ ? 

१५ अप्रिल 

महासभाद्वारा पारित मिति : सन् २०२६ मार्च १०

नेपालको मौलिक अभ्यासलाई कूटनीतिको सौम्यशक्तिका रूपमा अगाडि बढाउँदै नेपालले अघि सारेको ‘अन्तर्राष्ट्रिय आरोग्यता दिवस’ अर्थात् ‘इन्टरनेसनल वेलनेस डे’ को सङ्कल्प प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेसँगै विश्वभर अप्रिल १५ मा उक्त दिवस मनाइने भएको छ ।

नेपालको प्रस्तावमा निर्णय भएर विश्वव्यापी रूपमा आरोग्यता दिवस मनाउने घोषणा संयुक्त राष्ट्रसङ्घले गर्नु नेपाल र यस क्षेत्रकै लागि गौरवको विषय मानिएको छ । 

आरोग्य भनेको रोगको अनुपस्थिति मात्र होइन, यो त शारीरिक, मानसिक र आध्यात्मिक पूर्णताको ऊर्जावान् अवस्था हो । यसले सिङ्गो मानवजातिलाई सुख र सकारात्मकताको मार्गमा डो¥याउँछ । 


३. फोब्र्सद्वारा सन् २०२६ मार्च ११ मा प्रकाशित विश्वका अर्वपतिहरूको सूची अनुसार पहिलो स्थानमा पर्न सफल धनाढ्य को हुन् ? 

एलन मस्क

नवप्रवर्तन र प्रविधिको नेतृत्व गरिरहेका टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कको सम्पत्ति हाल ८३९ अर्ब डलर रहेको छ । 

फोब्र्सका अनुसार हाल विश्वभर ३,४२८ जना अर्बपति रहेका छन् । 

नेपालबाट सन् २०१३ यता फोब्र्सको सूचीमा लगातार प्रतिनिधित्व गर्दै आएका उद्योगी एवं राजनीतिकर्मी विनोद चौधरी २.१ अर्ब डलरका साथ १,९८२ औँ स्थानमा रहेका छन् । 


४. नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा कसलाई नियुक्त गरियो ? 

गुग्लिएल्मो एरेना (स्विट्जरल्यान्ड), विसं २०८२ फागुन २८ 


५. राष्ट्रिय आर्थिक गणना २०८२ को गणना कहिलेबाट सुरु गरिने भएको छ ? 

विसं २०८३ वैशाख २ (असार ७ सम्म गणना गरिने छ) 

नारा : अर्थतन्त्र मापनका लागि आर्थिक गणना । 

गणनाका लागि चार हजार गणक परिचालन हुने छन् ।

देशभरका ७७ जिल्लामा ८४ वटा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरी काम अघि बढाइने भएको छ । 


६. सन् २०२६ मार्चमा प्रकाशित हेन्ली पासपोर्ट इन्डेक्स २०२६ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ? 

९६ औँ 

यस प्रतिवेदन अनुसार नेपाली राहदानी वाहकहरूले हाल विश्वका ३५ वटा गन्तव्यमा ‘अनअराइभल भिसा’ प्राप्त गर्न सक्ने छन् ।

हेन्ली पासपोर्ट इन्डेक्स २०२६ अनुसार पहिलो स्थानमा सिङ्गापुर (१९२ गन्तव्य) रहेको छ ।

सो सूची अनुसार अफगानिस्तान अन्तिम (१०१ औँ) स्थानमा रहेको छ । 

७. नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार २०८२ माघसम्म इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या कति रहेको छ ? 

तीन करोड छ लाख ९८ हजार

–  जनसङ्ख्याभन्दा बढी पहुँच पुग्नुको मुख्य कारण प्रयोगकर्ताले एकभन्दा बढी इन्टरनेट सेवा प्रयोग गर्नु हो ।

प्रतिवेदन अनुसार हाल नेपालमा भ्वाइस टेलिफोन प्रयोगकर्ता दुई करोड ९९ लाखभन्दा बढी छन् । कुल टेलिफोन सेवामध्ये ९८ प्रतिशतभन्दा बढी हिस्सा मोबाइल सेवाको रहेको छ । 

टेलिफोन सेवाको पहुँच जनसङ्ख्याभन्दा बढी हुनुको कारण पनि एकै प्रयोगकर्ताले एकभन्दा बढी सिम प्रयोग गर्नु रहेको प्रतिवेदनमा उल्लेख छ ।


८. सरकारले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा कहिले स्वीकृत गरेको हो ? 

विसं २०८२ फागुन १२ 

धादिङ र गोरखा जिल्लामा निर्माण हुने यस आयोजनाको आधारभूत लागत दुई अर्ब ७७ करोड अमेरिकी डलर (करिब तीन खर्ब ७४ अर्ब रुपियाँ) निर्धारण गरिएको छ । निर्माण अवधिको ब्याजसमेत जोड्दा कुल लागत चार खर्ब छ अर्ब रुपियाँ पुग्ने अनुमान रहेको छ ।

स्वीकृत संरचना अनुसार कुल लगानीको ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीमार्फत जुटाइने छ । 


९. सुशासनसम्बन्धी नीति तथा कार्यक्रम पहिलो पटक कुन योजनाले अगाडि सारेको हो ?

नवौँ योजना


१०. नेपालले श्रम सम्झौता गरेको पहिलो राष्ट्र कुन हो ?

कतार


११. एसियाका ठुला अर्थतन्त्रबिच डलरमाथिको निर्भरता घटाउने उद्देश्यका साथ नयाँ सहमति कहिले कायम भएको हो ? 

सन् २०२५ मे ११ 

चीन, जापान, दक्षिण कोरिया र आसियान राष्ट्रहरू बिच डलरमाथिको निर्भरता घटाउन नयाँ सहमति भएको जनाइएको छ । 


१२.  आणिविक हतियारमा प्रतिबन्ध लगाउनेसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सन्धि औपचारिक रूपमा कहिलेदेखि कार्यान्वयनमा आएको हो ?

सन् २०२१ जनवरी २२


१३. विसं २०८२ भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सरकारसमक्ष कहिले पेस गरियो ? 

विसं २०८२ फागुन २४ 

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले अध्ययन, अनुसन्धान र सरोकारवालासँग बयान लिई प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको हो ।

सरकारले असोज ५ गते पूर्वन्यायाधीश कार्की अध्यक्ष र नेपाल प्रहरीका पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहने गरी आयोग गठन गरेको थियो । आयोगले साढे पाँच महिनाको अध्ययनपछि प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो ।


१४. स्मार्ट सहरी योजना र विकाससम्बन्धी राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो ? 

विसं २०८२ कात्तिक १६–१७ 


१५. अन्तर्राष्ट्रिय नेपाली गीतकार सङ्घले ‘ज्ञानेन्द्र गदाल गीत सम्मान’ २०२६ कसलाई प्रदान ग¥यो ? 

कवि एवं गीतकार दिनेश अधिकारी


१६. नइ प्रज्ञा पुरस्कार, २०८२ बाट सम्मानित हुने श्रष्टा को–को हुनुहुन्छ ? 

प्राडा वासुदेव त्रिपाठी, प्रा. शिवगोपाल रिसाल, प्राडा चूडामणि बन्धु र प्राडा दयाराम श्रेष्ठ

त्रिभुवन विश्वविद्यालयमा पठनपाठन, अनुसन्धान र सिर्जनाका माध्यमबाट नेपाली भाषा साहित्यको श्रीवृद्धिमा गरिएको योगदानका लागि सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । पुरस्कार राशि : जनही ५० हजार रुपियाँ ।


१७. १३ दिनमा तीन पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्ने महिला आरोही को हुन् ? 

पूर्णिमा श्रेष्ठ 

फोटो पत्रकारिताबाट विश्व कीर्तिमानी आरोही श्रेष्ठले सन् २०२४ मे १२, मे १९ र मे २५ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएकी हुन् । 

प्रस्तुतकर्ता : टङ्क केसी  

Share:

मिति २०८२ साल पौष १६ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत प्रश्नोत्तर

 


१.  लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा कहिले गरिएको हो ? 

विसं २०८२ पुस १३ 

प्रदेशमा १५ देखि ६० वर्ष उमेर समूहको औसत साक्षरता दर ९६.१६ प्रतिशत पुगेपश्चात् साक्षर प्रदेश घोषणा गरिएको ।

हालसम्म पाँच वटा प्रदेश साक्षर घोषित भएका । 


हालसम्म मुलुकका ६८ जिल्ला साक्षर घोषित भएका । 

६८ औँ जिल्ला ः कालिकोट (विसं २०८२ असोज ९)

पहिलो साक्षर जिल्ला ः सिन्धुपाल्चोक (विसं २०७१ असार २)

पहिलो पूर्ण साक्षर घोषित जिल्ला ः ललितपुर (विसं २०७१ असार ९)

हालसम्म कुनै पनि जिल्ला साक्षर घोषित नभएको प्रदेश ः मधेश प्रदेश


२. करदाता सेवा प्रदान गर्ने पहिलो स्थानीय तह कुन हो ? 

केराबारी गाउँपालिका, मोरङ

अर्थमन्त्री रामेश्वरप्रसाद खनालद्वारा विसं २०८२ पुस ९ गते गाउँपालिकाको सभा हलमा आयोजित कार्यव्रmममा सेवा शुभारम्भ गरिएको । 

आन्तरिक राजस्व कार्यालयबाट दिइने सेवा गाउँपालिकाबाट सुरुवात भएको । 

गाउँ गाउँमा करदाता सेवा सुरु भएपछि करदाताको लागत, समय र झन्झट घट्ने विश्वास गरिएको । 


३. राष्ट्रिय च्याउ दिवस कहिले मनाइन्छ ? 

पुस १५

विसं २०८२ पुस ११ गतेको मन्त्रीपरिषद् बैठकद्वारा यससम्बन्धी निर्णय गरिएको । 

मन्त्रालयका अनुसार हाल नेपालका ४७ जिल्लामा व्यावसायिक रूपमा च्याउ खेती गर्ने गरिएको । 

विभिन्न ७० जिल्लामा च्याउ खेती विस्तार भएको । 

च्याउ खेतीमा आबद्ध किसान ः ३५ हजार 


४. १९ औँ संस्करणको चितवन हात्ती तथा पर्यटन महोत्सव, २०८२ मा ‘हात्ती सुन्दरी’ को उपाधि जित्ने हात्ती कुन हो ?  

पुनमकली 

पुनमकलीले कुल ३०० पूर्णाङ्कमा २५० अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेकी । 

अन्तिम दिन हात्तीको पिकनिक, हात्तीको पूजा र हात्ती फुटबलको फाइनल प्रतिस्पर्धासँगै महोत्सव समापन गरिएको । 

हात्ती ‘सिङ्गल पेनाल्टी लिग टुर्नामेन्ट’ (हात्ती फुटबल–पेनाल्टी सुटआउट) प्रतियोगितामा लक्ष्मीकली प्रथम भएकी । 


५. नेपाल प्रहरीले ‘हाम्रो प्रहरी’ अभियानको सुरुवात कहिले गरेको हो ? 

विसं २०८२ पुस १३ 

जिल्ला प्रहरी परिसर काठमाडौँको आयोजनामा कार्यव्रmम शुभारम्भ गरिएको । 

यो कार्यव्रmम समुदाय–प्रहरी साझेदारी कार्यव्रmम अन्तर्गत सुरुवात गरिएको । 


६. स्मार्ट सहरी योजना र विकाससम्बन्धी राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो ? 

विसं २०८२ कात्तिक १६–१७ (काठमाडौँ 

घोषणापत्र जारी ।)


७. संयुक्त राष्ट्रसङ्घद्वारा ‘इन्टरनेसनल डिकेड फर सस्टेनेबल डेभलपमेन्ट’का रूपमा घोषणा गरिएको अवधि कुन हो ? 

सन् २०२४ – २०३३

युएनओद्वारा सन् २०१८–२०२७ को दशकलाई 

‘डिकेड अफ दी इराडिकेसन अफ पोभर्टी’ का रूपमा घोषणा गरिएको । 


८. सरकारले स्वच्छ तथा सफा हिमाल र सुरक्षित आरोहण अभियानलाई व्यवस्थित गर्ने उद्देश्यले ‘हिमाल सफा राख्नेसम्बन्धी कार्ययोजना २०८२–२०८६’ कहिले स्वीकृत गरेको हो ? 

विसं २०८२ मङ्सिर २८ 

नेपालको साहसिक पर्यटनको मुख्य आकर्षण मानिने हिमाल आरोहणका व्रmममा हुने फोहोरमैला र आरोहणलाई सुरक्षित गर्ने चुनौती बढिरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँचबर्से सो कार्ययोजना स्वीकृत गरेको ।

‘सफा हिमाल स्वच्छ वातावरण’ कार्ययोजनाको दीर्घकालीन लक्ष्य रहेको ।

जापानी आरोही केन नेगुचीको अगुवाइमा हिमाल सफाइ अभियान सन् २००० बाट शुरु भएको । 

यो अभियानले सन् २००७ सम्ममा ९० क्विन्टल फोहोर सगरमाथा क्षेत्रबाट सङ्कलन गरेको थियो । 

सन् २०१९ देखि नेपाली सेनाले ‘सफा हिमाल अभियान’ सञ्चालन गर्दै आएको । नेपाली सेनाले सञ्चालन गरेको यो अभियानबाट हालसम्म कुहिने र नकुहिने गरी एक लाख १९ हजार ५६ किलोग्राम फोहोर, १२ मानव शव र चार मानव अस्थिपञ्जरसमेत सङ्कलन भएको । 

पर्यटन विभागले सन् २०११ को वसन्त ऋतुदेखि सगरमाथा आरोहणबाट फर्किने स्वदेशी तथा विदेशीले आठ किलोग्राम फोहोर ल्याउनुपर्ने नियम लागु गरेको छ । 


९. पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन कहिले भएको हो ? 

विसं २०८२ पुस ८ (८८ वर्षको उमेरमा)

बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि तथा शाहीकालमा गरेर उहाँ पटक पटक मन्त्री तथा उपप्रधानमन्त्रीसमेत हुनुभएको ।

२०५५ सालदेखि तत्कालीन नेपाल सद्भावना पार्टीको उपाध्यक्षको जिम्मेवारीमा रहेर राजनीतिमा सव्रिmय हुनुभएको । नेपाल सद्भवाना पार्टीका अध्यक्ष गजेन्द्रनारायणको निधनपछि उहाँ सोही पार्टीको कार्यवाहक अध्यक्षसमेत हुनुभएको थियो । २०६२÷६३ सालको जनआन्दोलनबाट मुलुकमा गणतन्त्र स्थापना भएपछि उहाँले तत्कालीन नेपाल सद्भावना पार्टीको अध्यक्षबाट राजीनामा दिएर राजनीतिक जीवनबाट अलग रहँदै आउनुभएको थियो ।


१०. अन्तर्राष्ट्रिय टी–२० व्रिmकेटमा एकै ओभरमा पाँच विकेट लिएर नयाँ विश्व रेकर्ड कायम गर्न सफल व्रिmकेटर को हुन् ? 

गेदे प्रियान्दाना (इन्डोनेसिया) 

सन् २०२५ डिसेम्बर २३ मा कम्बोडियाविरुद्धको खेलमा सो कीर्तिमान कायम गरेका । 


११. ‘खुसीको कुनै चाबी छैन किनकि यसको ढोका कहिल्यै बन्द हुँदैन’ भन्ने व्यक्तित्व को हुन् ? 

मदर टेरेसा 


१२. ‘नेपाल बिएफएसआई शिखर सम्मेलन २०२५’ कहिले सम्पन्न भएको हो ? 

सन् २०२५ डिसेम्बर १९, काठमाडौँ 


१३. अन्तर्राष्ट्रिय आप्रवासन दिवस कहिले मनाइन्छ ? 

डिसेम्बर १८ 

सन् २०२५ को नारा (२५ औँ) ः श्रम आप्रवासनको चव्रmमा सुशासनः सुरक्षित, मर्यादित र सिपयुक्त आप्रवासन ।


१४. पोखरा महानगरपालिकाद्वारा स्थापना दिवसको अवसरमा ‘पोखरेली नवरत्न’ अवार्डबाट सम्मानित (२०८२ पुस) हुने व्यक्तित्व को को हुनुहुन्छ ? 

चन्द्रकान्त बराल, नेपथ्यका अमृत गुरुङ, उद्योगपति चन्द्रकृष्ण कर्माचार्य, साहित्यकार तीर्थ श्रेष्ठ, पत्रकार तिलकमान गुभाजू, प्राडा बुद्धिबहादुर थापा, शिक्षासेवी प्राडा वीरेन्द्रसिंह गुरुङ, महिला उद्यमी रामकली खड्का र उद्योगी हरिप्रसाद पाण्डे 

पुरस्कार ः जनही दुई लाख दुई हजार दुई सय दुई रुपियाँ, ताम्रपत्र र पदक । 


१५. एनएसएसएफ १३ औँ किन्डर ओलम्पिकको उद्घाटन कहिले गरिएको हो ? 

विसं २०८२ पुस १२ 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सभामुख देवराज घिमिरेद्वारा ओलम्पियन कमलबहादुर अधिकारीलाई किन्डर ओलम्पिकको टर्च हस्तान्तरण गरी उद्घाटन गरिएको ।

कमलसँगै ओलम्पियन एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र कबड्डीकी मानमती विष्टले टर्चसहित दशरथ रङ्गशालाको ट्र्याकमा परिव्रmमा गर्नुभएको ।

सानै उमेरदेखि बालबालिकालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले किन्डर ओलम्पिक आयोजना गरिएको । 

पुस ४ गते शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा किन्डर ओलम्पिकको मस्कट अनावरण गरिएको थियो । 


१६. ‘ग्लोबल हिरो अवार्ड २०२५’ बाट सम्मानित हुने नेपाली को हुन् ? 

  कुलमान घिसिङ


१७. सावर्णि नामक औपन्यासिक कृतिका लेखक डा. श्रीधर खनाल हुन् भने हिउँको गीत नामक उपन्यासका लेखक को हुन् ? 

  तीर्थ गुरुङ


१८. थाइल्यान्ड र कम्बोडियाबिच युद्धविराम गर्ने सहमति कहिले भएको हो ? 

सन् २०२५ डिसेम्बर २७ 

दुवै देशले केही हप्तादेखि जारी सीमा सङ्घर्ष रोक्ने र शान्ति स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका । 

युद्धको व्रmममा तीन हप्ताभित्र कम्तीमा ४७ जनाको मृत्यु भएको र एक लाखभन्दा बढी मानिस विस्थापित भएको अन्तर्राष्ट्रिय समाचार संस्था 

एएफपीले जनाएको ।

सहमति अनुसार दुवै पक्षले सबै प्रकारका हतियार प्रयोग रोक्ने, नागरिक र संरचनामा कुनै पनि प्रकारको आव्रmमण नगर्ने र सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई छिट्टै घर फर्कन अनुमति दिने व्यवस्था लागु गरिने भएको । 

साइबर अपराध नियन्त्रणमा सहकार्य गर्ने पनि दुवै देशले प्रतिबद्धता जनाएका । 

यो युद्धविराम तीनदिने सीमा वार्तापछि आएको हो, जसमा आसियान, संयुक्त राज्य अमेरिका, चीन र मलेसियाले मध्यस्थता गरेका थिए । 

विवाद पुरानो उपनिवेशकालीन सीमाङ्कनका कारण सुरु भएको हो, जहाँ प्राचीन मन्दिरमा दुवै देशको दाबी छ । 


१९.  निर्वाचन आयोगले विसंं २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने खर्चको सीमा कति तोकेको छ ? 

रु. २५ लाखदेखि ३३ लाखसम्म 

आयोगले १६५ निर्वाचन क्षेत्रलाई पाँच वर्गमा विभाजन गरेर २५ लाखदेखि अधिकतम ३३ लाखसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको ।

प्रस्तुतकर्ता : टङ्क केसी

Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages